आन्दामान२७अक्टोबर २३देखि ३ नोभेम्बरसम्म
सम्झनाका कोशेलीहरु,२७अक्टोबरदेखि ३नोभेम्बरसम्म,,हामी पाँच जना, यसु लामा सेर्पा,डा,कविता लामा,डा,पुष्प शर्मा,चन्द्रकला राई अनि म आन्दामान द्विप समुहको भ्रमणमा निस्किएका थियौ।
आजसम्म प्राय: साहित्यिक यात्रामा मात्र हामी सँगैं हुने गर्थ्यौ यस पल्ट भने हामी नेपाली गोर्खाली साहित्यकारहरू कहाँ चाहि पुगेका छैनन, यहाँ पनि होलान खोजी गरौं भनि त्यहाँ पुग्यौ।
नेपालीहरु नपुगेका त कतै छैनन विश्वमा तर त्यहाँ भने साहित्यकार नेपाली/ गोर्खाली कोही भेटिएन। सायद कालापानी भएर हो क्यार।
अग्रेजहरू दमनकारी हुदाहुदै पनि सौदर्य प्रेमी पनि हुन। त्यसैले सुन्दर स्थानहरु चयन गरी सहरहरू विकाश गरेका छन।
यहाँ जम्मा पाँचसय तिरत्तरवटा साना ठूला द्विपहरु छन। जसमा सातवटामा जान निशेध छन। त्यहाँका आदिम मानवहरू अझ पनि जंगली, यायावरी छन। तिनीहरू सभ्यता भन्दा आफ्नो समुदाय मात्र रुचाउछन।
अन्य द्विपमा जान परे पहिले पोर्ट ब्लेयर पुग्नै पर्छ।त्यहाँ मात्र एउटा हवाई अड्डा छ। अरू आईल्याण्डमा भने फेरी,क्रुज,पानी जहाजमा मात्र जान सकिन्छ।
हामी बागडोगराबाट कोलकता हुदै पोर्ट ब्लेयर पुग्यौ।
त्यहाँ हामीले सेलुलर झेल,साईन्स म्युजियम,कोरबेनस कोभ बिच, साउण्ड एण्ड लाईट (लुमिनर सो) सेलुलर झेलमा बेलुकी हेर्यौ।
मन छिया:छिया:भयो अग्रेजले गरेको घिनौना अत्यचारको कथा सुनेर, देखेर,,,।
तर सावरकरको साहस अनि नेताजीको योगदान,गाँन्धिजीको सान्तवनाले भने भारतीय हुनमा गर्ववोध गर्यौ।
भारत स्वतन्त्र भएपछि यो झेलमा भएका सबैलाई निकालेर सरकारले पुनर्वास गराएको ईतिहास मैले पढ़ेकी थिए। सबैलाई फालिन लगाएर, घरजम गर्न चाहे सरकारले नै बिहे गरिदिएर गृहस्ती सुरु गरिदिएका हुन।अनि वर्तमातमा भने छेउँ छाउँकाहरु व्यपार, पर्यटक व्यवसायमा लागेर आएकाहरू धेरै देखिएता पनि जनसंख्या बढ़ी भने छैन।
दोस्रोदिन नर्थबे कोरल द्विपमा पुग्यौ। सामुन्द्रिक संसारसित हातेमालो गर्दै, स्नोकलिङ, प्याराग्लाईडिङ,ग्लासवटम बोट राईड,आदि गर्यौ।
तेस्रो दिन हामी स्पिड बोटमा चढ़ेर ह्याबलक द्विप पुग्यौ, त्यहाँ राधा नगर बिच सातमा पुग्यौ। सवैभन्दा राम्रो बिच एशिया भरीको बिचहरूमा।
पानीमा खेल्न, नम्कीन हुन निकै रोमाञ्चक थियो। खुबै बेगले आएको छालले चस्मा र चप्पलहरु बगाई लगेको पत्तै पाएनौ।
सोचिहाल्नुहोस कति मस्तिमा ढ़ुबुल्की मार्यौ होला।
त्यसपछि फेरी होटल सरुवा हुने गरि क्रुजमा चड़ेर ईलिफेन्टा द्विप, टर्टल द्विप आदिमा पुग्यौ।
त्यहाँ पनि सून्दर कोरल, रंग बिरंगी माछाहरु,मोतीसित विराजमान सिप्पीहरू,बुहारी झार झै छुदा बन्द हुने, क्युकम्बर फिस ढिलो हिढ़ने तर महङ्गो पत्थरहरू तैयारी गर्ने क्रममा।
सागरको पानीलाई सुद्ध पार्न कोरलहरु आफ्नै संसारमा व्यस्त देखियो। स्फ्रुलिना घाँस जता ततै, जसबाट प्रोटिन, औषधी आदि वनाईन्छ। यस्ता अमूल्य वस्तुहरुसित हात मिलाउन पाईयो।
क्रुजको यात्रा दुई घण्टाको खुबै रोमाञ्चक थियो।
त्यसपछि फेरी बसाई सर्दै एक घण्टाको क्रुज यात्रा गरी निल द्विपमा पुग्यौ। सूर्यास्त भएको हेर्न पुगेका,तर अचानक धेरै वर्षा भयो। पाँच बजे नै झमक्क रात पर्यो र त्यहाँ भएका ससाना दोकानतिर ओत लाग्यौ अनि भए भरका मोतिका गर- गहनाहरुको खरिददारी गर्यौ र होटलतिर लाग्यौ।साथै भोलि पल्ट भने काला पत्थर द्विपको औलोकन गर्यौ। प्राकृतिक पुल, ( Natural coral Bridge) पनि देख्न पाईयो। एकवा संसार साह्रै अदभुत, एक एक गरि नियालेर हेर्न पाईयो।
अन्तमा लक्षमन बिच र भरतपुर बिचमा पनि पुगियो। साह्रै राम्रो बिच, सेतोबालुवा भएकोले गर्दा पानी सफा, सुईमिङ पुल झै सम्म परेको बिच, डरै नलाग्ने , त्यहाँ पनि एकटिभिटिज धेरै थिए, तर हामीले प्राय: सबै कुरोको अनुभव गरिसकेका थियौ र पानी भित्रको सेतो बालुवासित परिचय साटदै घाममा निकै छाला डढ़ाउदै उफ्रीबस्यौ।
र दुई तारिक नोभेम्बरमा बने फेरी क्रुजमा पोर्ट व्लेयर फर्केर आयौ कारन तीन तारिक फर्कने फ्लाईट थियो कोलकतासम्म अनि एक घण्टाको लेओभरपछि बागडोग्रा हुदै घर फर्कयौ।
Comments
Post a Comment