मनका कुरा



पर्वपछिको चिसो हावा
हिमाल सेत्तामे अनुहार उघार्छे
परिवर्तनको हावा चल्यो की भनी!

बादल खित्का छाड़दै हाँस्छ
म उढ़े झै हावासित उढ़ने गरन् तिमी
किन वर्ष पर्खिन्छौ घुम्टो उघार्न भनी।

निरन्तरता तिमीमा होईन खहरेमा छ
बुझ्न गाहारो भो पानीको अभावमा
बुझाई हेरन तिम्रो नै परिश्रम भनी।

शिर उठाई कर्म गर्छौ वर्षै भरी तिमी
 पहाड़ शितोष्ण मरूमा परिवर्तित छ 
 आश्वासन मात्र छ,प्यास बुझाउछु भनी।

तिर्खाएर श्वास छपक्क उड़ेको दिन
बादल मसितै उड़ीरहला एक नाश गतिमा
थाहा छ पछितो गरि घुम्टो ओढ़ी रुने छौ भनी।

फेरी नयाँ पालुवा पलाउदा हेर्ने छौ
अलि अलि गरी घुम्टो सरकाउने गर्छौ
सेताम्मे डंका ,तर थाहा छ उ मर्ने छ भनी।

 तिम्रो प्रेम,सुन्दरता होस या प्रकृति प्रेम
निरन्तरता गुमायौ र एक्लो भयौ भने फेरी
नयाँ पालुवाले हावा सगैं काँचुली फेर्ला अनि‌।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you