मनका कुरा
पर्वपछिको चिसो हावा
हिमाल सेत्तामे अनुहार उघार्छे
परिवर्तनको हावा चल्यो की भनी!
बादल खित्का छाड़दै हाँस्छ
म उढ़े झै हावासित उढ़ने गरन् तिमी
किन वर्ष पर्खिन्छौ घुम्टो उघार्न भनी।
निरन्तरता तिमीमा होईन खहरेमा छ
बुझ्न गाहारो भो पानीको अभावमा
बुझाई हेरन तिम्रो नै परिश्रम भनी।
शिर उठाई कर्म गर्छौ वर्षै भरी तिमी
पहाड़ शितोष्ण मरूमा परिवर्तित छ
आश्वासन मात्र छ,प्यास बुझाउछु भनी।
तिर्खाएर श्वास छपक्क उड़ेको दिन
बादल मसितै उड़ीरहला एक नाश गतिमा
थाहा छ पछितो गरि घुम्टो ओढ़ी रुने छौ भनी।
फेरी नयाँ पालुवा पलाउदा हेर्ने छौ
अलि अलि गरी घुम्टो सरकाउने गर्छौ
सेताम्मे डंका ,तर थाहा छ उ मर्ने छ भनी।
तिम्रो प्रेम,सुन्दरता होस या प्रकृति प्रेम
निरन्तरता गुमायौ र एक्लो भयौ भने फेरी
नयाँ पालुवाले हावा सगैं काँचुली फेर्ला अनि।।
Comments
Post a Comment