पक्कै हाे

पक्कै हाे!

पक्कै हाे सबै कुराे बुझ्न थालें
रिश अलि कम भा जस्ताे लाग्छ
अरुले गिजाकाे बुझ्ने भएकी छु
 धेरै हिढे छु,पक्कै म साठ्ठी पुगेछु।

मानिसलाई मसिनले गरेकाे दमन नीति
विज्ञानले ज्ञानलाई  दाैढाउदै खाएकाे 
नयाँआविष्कारले आफैलाई दाैढाएकाे
बुझ्न थालेकी छु पक्कै म साठ्ठी पुगेछु।

जीवन छिटाे बिते जस्ताे लाग्छ आज
तर छनिक कहाँ हाे र फरक केही त छ
आफ्नै मन मर्जी गर्न मन लाग्दाे रहेछ
पक्कै हाे,म अब धेरै बुझ्न सक्ने भएछु।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you