पक्कै हाे
पक्कै हाे!
पक्कै हाे सबै कुराे बुझ्न थालें
रिश अलि कम भा जस्ताे लाग्छ
अरुले गिजाकाे बुझ्ने भएकी छु
धेरै हिढे छु,पक्कै म साठ्ठी पुगेछु।
मानिसलाई मसिनले गरेकाे दमन नीति
विज्ञानले ज्ञानलाई दाैढाउदै खाएकाे
नयाँआविष्कारले आफैलाई दाैढाएकाे
बुझ्न थालेकी छु पक्कै म साठ्ठी पुगेछु।
जीवन छिटाे बिते जस्ताे लाग्छ आज
तर छनिक कहाँ हाे र फरक केही त छ
आफ्नै मन मर्जी गर्न मन लाग्दाे रहेछ
Comments
Post a Comment