Posts

शैशव

Image
शैशव ( सम्झना सुके पोखरीलाई) कुहिरो लागेको बिहानी र सुनौला किरणहरू हुँदै,  जहाँ हाँसोका खित्काहरूले बाल्यकालमा सपना बुन्छ किसिएको जमिनमा खाली खुट्टा बाटाहरू,  उकाली ओह्रालीमा आनन्दको प्रतिध्वनि सुनिन्छ।  धुप्पीका रूखहरूले मीठो बालगीत गुनगुनाउँछ  जसरी कुईरो संगैं हावा नाच्छ र स्वागत गर्छ,  बादल धर्तिमा ओर्लि कथा लेख्ने गर्छ सेताम्मे आखिभौ भविश्यको सपना सजाउने गर्छ।  चिसोले बन्द भएका ढुङ्गाले ढाकिएका घरहरू,  भिजेको माटो, चिया र कोईलाको गन्ध,  मैनबत्तीको उज्यालोमा बुबा-आमाका कथाहरू,  पहाडका मिथकहरू ,हमजाएगाका कथाहरू।  यति अग्ला पहाडहरूमा बिताएको बाल्यकाल,  असीम नीलमणि आकाश मुनि,  समयको अँगालोले नछोएको संसार,  त्यो हराएको ठाउँको लागि तिर्खाउने यो हृदय।  आज फर्की आउदा सुके रमाईलो माईति गाउँ कठै बरा हाम्रो भविश्य कोर्नै खरिमट्टीहरू धेरै जसो सायद माटैमा बिलिन भए होलान, दर्ह्रिलो  ठिङ्ग उभिएका गुरूहरूलाई सम्मान गर्छु। कुहिरो उघारी हेर्दा सम्झनाका कोशेली बोकी आज सम्झना गर्नै साचिसलाई नमन गर्ने  गर्छु मेरो...

उड़ानउड़ान भर्न केही,अघिसुरक्षा कवच लाउन सिकाईन्छप्यारा सुट र अक्सीजन ,मार्क्सको विवरण दिईन्छ तरसमय र कालले त्यो अवसरपनि कहाँ प्रदान गर्यो र! हिजो मात्र आफ्नो डाक्टरीपेशाबाट राजिनामा दिएरतीन सन्तानलाई लिई हिँडेको जोशी दम्पति भविश्य बनाउनसपना चकना चुर भोकेवल चन्द पलमा, कठैबरा!एक्लो व्यक्ती एघार नम्बरमासुरक्षित छन् अस्पतालमा सिघ्र सुस्वास्थ्य लाभको कामनाबिचरा डाक्टरका समुहसबैलाई दिवा भोजन जुट्यो जुटेनतर निरन्तर काममा जुट्यो दाईत्य।प्रश्न मनमा छ ब्ल्याक बक्सलेकहाँसम्म सुन्यो होला पाईलटलाईके ठोकियो के, बिमानकोदुई ईञ्जनले काम गर्न छोड्योपलक झपक मैं मलवा बन्योसमवेदनाका दुई अक्षर कम भो।Before taking off, you are taught to wear protective gear, a para suit and oxygen, and are given details of the marks, but where did time and space provide that opportunity? Just yesterday, the couple who resigned from their medical profession and took their three children with them had their dreams of a bright future shattered in just a few moments, oh my! The only person in number eleven is safe in the hospital. Wishing everyone a speedy recovery. The poor team of doctors managed to get lunch for everyone, but they continued to work tirelessly. The question remains,

बात चित जामुन को रूखसित

Image
बातचित जामुनको रूखसित आज बिहानै मलाई झ्यालमा ढ़क ढ़कायो, यसो झ्याल खोलि हेरें, काग, रूप्पी, अलि पर पर भगेराहरू, भुईमा चाल मारेर बिरालो बसी रहेको रहेछ। सोचें, उनिहरूको पनि नेता गिरीको चर्चा होला। खाने आहारको सल्लाह होला। चुनावको चर्चा होला। तर मलाई एउटीले ढ़क ढ़काई बस्छ, किन होला ? मनै मन  चिन्तन गर्दै पर्दाहरू सारे अनिता आकाशतिर हेरें अलि अलि बादल छ, फनी तुफानले अरूतिर नोकसान गरे पनि सिलगढ़ीलाई भने न्यानो राखेको छ। वर्षा नआई वर्षात छ। फेरी म तिर हेरी पोल सारे जस्तो गरि चिरी-बिरी गरी रहन्छ, चारो पो चाहियो होला भनेर अलिकता चामल र पानी राखिदिए।केही दाना खायो फेरी भुर्र उड़ेर रूख मै बस्यो।धेरै चिरी-बिरी सुन्दा मलाई लाग्यो ईनीहरू पनि पर्यावरण दिवस मनाउने सल्लाह  गर्दै छन क्यार। यसो अब धुप बालौं भनि फूर - पाति टिप्न लागेको त भुई भरी क्यामुना जस्तो पाकेर जामुने रंगमा छ, के होला भनेर टिपेर हेरेको ता मसिनो खाल्को जामुन रहेछ, यसो मास्तिर नजर डुलाउदा ता लटरम्मै जामुन पाकेछ। त्यो देखदा मेरो साथीको घर लाब्दा मगंपुको पो याद आयो।भन्सा कमरा र ठूलो घर माझ सानु सेतु काठको माझमा तल्...

लोरी को जीवन कथा

Image
लोरीको जीवनकथा लुखुर लुखुर आएको उ एकदिन घरमा मुसोको रगरगी त्यसदिन बटुको दुध राखी फकायौ एकदिन ढोका‌ बन्द गरी राख्यौ त्यसदिन। स्वासतिकाले ल्याईदिएकी एकदिन छोरोको रहर बिरालो पाल्ने त्यसदिन  तिल मिठाई र बदमको यज्ञ हो हुरी नामाकरण गर्यौ उसको त्यहाँ "लोरी"! विकीपिडिया अध्ययन शुरु त्यसदिन बिरालाको उमेर तीनदेखि सोह्र रहेछ दुधको कटौरा ,आहार सगैं म्याउ-म्याउ उ हाम्रो प्रिय परिवार बन्यो लोरीकै दिन। घरदेखि बाहिर गयौ हामी एक दिन काम गर्नेको भरोसामा खान त्यसदिन पन्द्रमा आउदा पानी मात्र खान थालेछ त्यो निष्ठुरी पनाले दु:खि बनायो एकदिन।  उफ्री उफ्री सांड़ला, मुसा‌ मार्यो एकदिन पर्दामा झुण्डदै ,लुगा तान्दै रमायो त्यसदिन परिवार सदस्य बनी सबैको प्यारो एकदिन  मानव प्रभावले उ भिन्न, चोरेन खाना एकै दिन। गर्मी र बिरामीले ग्रस्त भयो दुईचार दिन बेलुकी बसी सुमसुम्यायो मलाई एकदिन आँखामा आँशु थियो मनमा के थियो कुन्नी तेह्रमा आई तेह्रमा नै हिढ़ी उ त्यसदिन। उन्चालिस डिग्रीको पारा चढ़ेको दिन धुप र माट्टीसहित बिदाई उसको त्यसदिन प्राथना,, मानिसको जुनी लिएस एकदिन  घरमा साड़ला नाच्छ  म...

सुके पोखरी

Image
साचिस त्रिकला संगमको आयोजनामा २०.४.२५ आईतबारका दिन साहित्यकार प्रेम गुरुङ सरको "अक्षरवृत समीक्षा" अनि" अभाषित पश्चाताप" कथा संग्रहको विधिवत  लोकार्पन सूके पोखरीमा भयो। त्यसरी नै  उपन्यासकार मणि कुमार सर्माज्युको" कलेजी डायरी" अनि "घर संसारका प्वालहरु " पुस्तक पनि फेरी विमोचन भयो। साचिस त्रिकला संगमद्वारा चारजना साहित्यकारसरुलाई सम्मान पनि जनाए। कविता वाचन कवि लतिका जोशी, कवि महेन्द्र श्याङबो,कवि रञ्जीत गुरुङ अनि गजलगो विजय मुखियाज्युले गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार  सचिन राई दुमी सरले गर्नु भएको थियो भने ,प्रमुख अतिथि वरिष्ठ साहित्यकार युवराज काफ्लेज्यु हुनुहुन्थ्यो। पुस्तकहरूको समीक्षाको भूमिकामा डा प्रा राजकुमार छेत्री,साहित्यकार तिलक लमसाल,साहित्यकार लक्ष्मन नेपाल अनि साहित्यकार सचिन राई दुमीज्यु हुनुहुन्थ्यो।              साहित्यकार मेरा गुरुवर गुरुङ सरलाई धेरै धेरै बधाई तथा धन्यबाद दिन चाहान्छु मलाई पनि साहित्यको अब्बल विद्यार्थीको रुपमा सम्मान दिनु भ‌एकोमा।  साथै साहित्यकार बी बी मुखिया सरप्रति आभार ...

लाै घुम्न जाउ दार्जीलिङ

Image
दशैं आयो हामी ॠतुसितै रमाउने गरौं छुट्टी छ केही सर सल्लाह मिलाउँ लुगा फाटा घाममा सुकाउँ लौ घुम्न जाउ दार्जीलिङ दशैं आयो । बाटाका पैरोहरू सोरीसके होला भित्ताका घाँस फुस काटी सफाई कर्मीले चिरी च्याटै पारे लौ घुम्न जाउँ दार्जीलिङ दशैं आयो। सारंगी गाईने चौरस्ताको उकालोमा हिमालको फोटो दास स्टुडियोमा घोड़ सवारी चौरस्तामा लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो। उसलाई बोलाएको छु प्रेमआलाप गरौला माल रोडमा साझ बत्तीको झिलमिल सरबरीमा लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो।   सिङ्गड़ा मिठाई नारायन दाशको भुजा चिप्स मिठो चौकको केक र चकलेट गिलिनेरीजको लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो। माहाकाल मन्दिर जाउला माताको आराधना गरि गुलाब टिप्न ओह्रालो लागौला लौ घुम्न जाउँ बोटानिकल गार्डन दशैं आयो। तेन्जिङलाई सम्झी कनञ्चनजङ्गातिर लागौं बरचिल र हिमालयन माउण्टटेनिङ  लौ घुम्न जाउँ राज भवन दशै आयो। अग्रेजका घोड़ादौड़ लेबोङमा हेरन देख्छ नी मालरोडबाट विसौनिमा बसी  चुस्की चियाको लौ घुम्न जाउ, छाड़ेको मुटु छाम्न दशै आयो।

मित्रता

Image
मित्रता मित्रता हुन्छ त्यहाँ  निस्वार्थ भावना जहाँ! हरेक पाईलामा  आस्था जहाँ समस्या समाधानको  व्यवस्था त्यहाँ! सम्झौता र  सम्झना जहाँ हाँस्ने र नाँच्ने  मिठो पल त्यहाँ कसले के भन्ला  भन्ने डर छैन जहाँ सम्बन्ध अटुट  रिश राग छैन त्यहाँ एका अर्कामा केवल  त्रिशना जहाँ, भेटेपछि समय  रमनिय हुन्छ त्यहाँ! भुत भविष्य भुलिन्छ  केवल हाँसो छ जहाँ परिवारदेखि पनि  टाड़ा एकै क्षण त्यहाँ!