Posts

लघु कथा-बोर्ड

Image
म बसी रहे थिये। अचानक मेरो अघी मेरा मित्र आई भन्न लाग्यो, के सोंच्दै छौ? मैले भने, होईन जीवनको हिसाब मिलाउदैं थे। कस्तो हिसाब हो? म पनि सुनौत्!लौ सुन, हन कतिवटा बोर्ड बनियो,,,,,बनिरहे छ? के को बोर्ड? खोई मलाई केही थाहा छैन! म कुन बोडमा पर्ने हो? चिन्तामा छु!सुर्ता नगर हामी चाँहि आफै बोड होईनौ र? कसरी मैले सोधे?अरे जसले आफ्नो भाषा, भेष भुषा भुले उसको निम्ती पो हो बोर्ड त्! तिमी र मैले त् सधै आफ्नो भाषा बोल्यौ, सबैलाई आफ्नै भाषा सिकायौ होईन र? हो नी! तब फेरी के चाहियो त?  होईन बोर्डहरु त् चाहिन्छ नी! गनतन्त्र हो यहाँ देश सगँ सगैँ अफ्नो अस्मीता बचाउनु पर्छ! मैले वुझिन क्या! कस्तो? धेत्तरी! हाम्रो आफ्नो बोर्ड छ? स्कुल बोर्ड हौ? छैननी त्! कलेज बोर्ड? छैननी त! एस एस सी बोर्ड? छैननी त्?   पञ्चायत बोर्ड? छैन नी त्! पञ्चायत समिती वोर्ड? छैन नी त्! जिल्ला परिषद बोर्ड? छैन नी त्! तेसो भये के छ त्? छ नी हाम्रो पनि बोर्ड! पहिले हिल काउन्सिल थियो अहिले जीटीए! त्यो पनि वोर्डै हो? हुनत् हो तर के हो? के हो? बर्षैपछि हिसाब किताब बुझाउछ बोर्डले?  त्यो त थाहा छैन! र त् म बसेर हिसाब मिला...

शुभकामना

Image
दिल्ली तिमीले भोट पाएपछि भुल्छौ हामी दार्जीलिङ्गेलाई तर हामी रमाउने गर्छौ प्रगति डिजीटल भारतमा! वाधा र आश्वासनमा जिउने गर्छौ तर अगष्ट महिना पावन दिनमा हाम्रा सहिद र सिमाबललाई सम्मान गर्ने गर्छौ! एक एक गरि घरलौरी छन सिमानामा अमन चैनको गाथामा सबै भन्दा बड़ी हामी रमाउने गर्छौ ! दिल्ली भुल्छौ किन?? साधं- सिमाना बलियो भए हरियो परियोले टम्म भए शान्त मनले सर सफाई गर्न - विशाक्त जिवजन्तुलाई, छोरोहरू पठाका छौ सिमामा! सार्वभौम सत्तामा सुनको चमच लिई यो धर्तीमा अवतरण भ्एको मेरो मातृभुमीलाई दार्जीलिङ्ग सदा गर्दछ, सत सत नमन! सत सत नमन! ए आमा दिल्ली! कहिले त फर्केर हेर यो दार्जीलिङ्गलाई कहिले यसको पनि राजधानी बन्ने हो? यहाँको पनि मुख्य मत्रीले, तिरंगा फहराउने हो दिल्ली! आशा भरोसा र ईन्तजार छदैछ मनमा देशको अमन चैनमा एक एक बुँद गोर्खाको रातो रगतले सदा सिचने छ स्वतन्त्रताको रक्षार्थ सदा अघी छौ! बन्धे मातरम! जै हिन्द !!

History of Sukhia Pokhari

Image

मन

Image
मन मन त मनै त... हो नी कहिले रून्छ उसैको यादमा कहिले हाँस्छ आशै आशमा मन त मनै त हो नी.... हिज मात्र दाईलाई चुड़ेर लग्यो भेनालाई चुड़ी लग्यो बाबालाई हर्यो निशष्ठुरीले मन रोई रह्यो...आखिर मन त मनै त हो...नी... कल कलाउदा रहरहरू तिल मिलाउदा बचनहरू उकाली ओर्हालीमा मुस्कान छर्दै जिस्कदै हाँसेको याद आउदा मन रून्छ.. आखिर मन त मनै त् हो नी.... गम्भिर भई ठुली भई टोबलेर हाँस्दै केही नभए जस्तो व्यस्त छु मन भारी छ   आँखा रशिए पनि एउटा मनले कसैलाई नदेखा दुःख भन्छ आखिर मन त मनै त् हो नी एकान्तमा रून्छ धुरू धुरू ...... आउछ रक्षाबन्धन जान्छ पनि तर त्यो माझको समयलाई अटेरी गरि कठोर मन बनाई बस्नु भन्छ, आखिर म त मनै त् हो नी... कस्तो आडम्बर देखाउछ यसले बाबा औंशीमा पनि नरूनु ल! भनि आफैलाई फकाई राखेको हुन्छ नदेखाउनु दुःख अरूलाई यही मन भन्ने गर्छ.... मन त मनै त... हो नी कहिले रून्छ उसैको यादमा कहिले हाँस्छ आशै आशमा मन त् मनै त हो नी।।

मेहन्दी

Image
मेहन्दी चमकति है पत्थर मे घिस जाने के बाद याद तेरी सताति सदा मेहन्दी हातो से मिट जाने के बाद सावन जरा आहिस्ता तेज वर्षात मे रूक गया फरिस्ता महेफिल तो जमी शानदार पर हर एक पल थी अधुरा ईन्तजार छत गिरा नदीयाँ वेहाल पानी की बुँदे तबदिल हुयी यादो मे ठहर गया दिल वादो मे चल हट! फिर मिलेगें अगली वर्षातो में😊😊😊

तृषणा

Image
तृषणा मनका तृषणाले  तिमीलाई खोजी रहन्छ आँखाका नानीले तिमीलाईदेखि नै रहन्छ सावनका थोपा थोपाले तिमीलाई पछ्याई रहन्छ हरियाली पावलाहरूले तिमीलाई चियाई रहन्छ पिरथीको कशम खाएको सदा याद गराउने गर्छ माहाकाल डाड़ाको याद पटक पटक आई रहन्छ आशिर्बाद सरह पागल मन कता कता भट्की रहन्छ किन किन मौसमी हावा सरह तिम्रै शहरमा घुमी हिड़छ हरियो पात र थोपा थोपा चट्ट भेटदा ताली मारी खितका छाड़े जस्तो मुस्कान मनमा छरि रहन्छ सावनमा पनि मनका तृषणा वृष्टी छाया बनी ब्याकुल  कतै तिमी फेरी उतै परदेश लागे जस्तो लाग्छ रूझाउ मलाई भिजाउ मलाई तर उसलाई पनि आउन देउ हामीलाई रमाउन देउ माया पिरथी गाँस्न देउ।।।

परिवर्तन

Image
हेर्दा हेर्दै  समयले कोल्टे फेर्छ उ हिढ़े जस्तो लाग्छ तर चप्पल जहाँ छ त्यही नै छ..... उ बोले जस्तो लाग्छ तर त्यो उ होईन झझल्को र सपना बिपना भन्दा अमर पो हुन्छ क्यार मनमा सम्हाल्न कति गाहारो छ त्यो अनुभव  स्पर्शका छापहरू यसो सुमसुम्याई हेर्छु तर झसङ हुदा त्यो हिज होईन न नै त्यो भोली हो तर उ सितको सम्झना आउने दिनहरमा झल्यास्स झल्यास्स आउदा आँखा चिम्ली हेर्छु मुस्कुराउदै प्रश्न सोध्न खोज्छु उ कतै हुन्न.. फर्की हेर्छु हाँसे जस्तो लाग्छ मौन ममबत्तीको टिल बिल टिल बिल लप्काले मलाई गिज्याउछ फर्क अब फर्क अबका आउने दिनहरूमा तिमी अब एक्लो छौ सत्य तितो छ तर यथार्त हो म आज एक्लो छु भोली उ पनि एक्लो हुनेछ तिमी पनि ता होईन र?? हेर्दा हेर्दै समयले युग बदल्छ मेरो अस्तित्व बिलिन हुन्छ राम्रा राम्रा कुराले रिक्त स्थान ओकटन थाल्छ अनि यो मनैले महरम लगाउछ आखिर म भित्रको  उसलाई खोस्न नखोज कैदछन ती पलहरू छितिज सत्य नहोला तर स्पर्श र स्नेह माया ममता साथ छ हेर्दा हेर्दै समयले कोल्टे फेर्छ फेरी नयाँ युग आउछ जहाँ म ......म हैन केवल उनिहरू मात्र फेरी मिठा मिठा कल्पनामा उ फेरी हिड़ने छ।।