Posts

Showing posts from July, 2025

प्रशंसा

Image
प्रशंसा हर एक व्यक्ती चाहन्छ उसको कार्यको सफलता हारमा पनि उसको जित तर तिमी 'म' मा सिमीत भए,,,,,, 'म' बाट बाहिर निस्की हेर 'हामी'लाई अँगाली हिढ़ने गर तिम्रो 'म'स्वतह बिलीन हुन्छ म र हाम्रो मिलन शक्तीवान हुन्छ‌।   'म'को स्थानले सख्या पाउछ घरी घरी त्यसलाई बियुझाउनु हुन्न नत्र त्यो सदा घृणाको घेरोमा पर्छ मौन कर्मले हामी भै,प्रशंसा बटुल्छ। त्यहाँ आनन्दको अनुभुति हुन्छ सुस्वास्थ्यको सुपाच्य  खुराक  तर त्यहाँ 'म'ले,उच्च स्थान ओकटछ उ झुण्झमा पनि सुन्दर देखिन्छ।

समय बदलिन्छ

Image
हेर्दा हेर्दै  समयले कोल्टे फेर्छ उ हिढ़े जस्तो लाग्छ तर चप्पल जहाँ छ त्यही नै छ..... उ बोले जस्तो लाग्छ तर त्यो उ होईन झझल्को र सपना बिपना भन्दा अमर पो हुन्छ क्यार मनमा सम्हाल्न कति गाहारो छ त्यो अनुभव  स्पर्शका छापहरू यसो सुमसुम्याई हेर्छु तर झसङ हुदा त्यो हिज होईन न नै त्यो भोली हो तर उ सितको सम्झना आउने दिनहरमा झल्यास्स झल्यास्स आउदा आँखा चिम्ली हेर्छु मुस्कुराउदै प्रश्न सोध्न खोज्छु उ कतै हुन्न.. फर्की हेर्छु हाँसे जस्तो लाग्छ मौन ममबत्तीको टिल बिल टिल बिल लप्काले मलाई गिज्याउछ फर्क अब फर्क अबका आउने दिनहरूमा तिमी अब एक्लो छौ सत्य तितो छ तर यथार्त हो म आज एक्लो छु भोली उ पनि एक्लो हुनेछ तिमी पनि ता होईन र?? हेर्दा हेर्दै समयले युग बदल्छ मेरो अस्तित्व बिलिन हुन्छ राम्रा राम्रा कुराले रिक्त स्थान ओकटन थाल्छ अनि यो मनैले महरम लगाउछ आखिर म भित्रको  उसलाई खोस्न नखोज कैदछन ती पलहरू छितिज सत्य नहोला तर स्पर्श र स्नेह माया ममता साथ छ हेर्दा हेर्दै समयले कोल्टे फेर्छ फेरी नयाँ युग आउछ जहाँ म ......म हैन केवल उनिहरू मात्र फेरी मिठा मिठा कल्पनामा उ फेरी हिड़ने छ।।

आउन् माया गर परदेशी

Image
संगीतकारहरूको निम्ति कोही छन की??????😊😊 तिम्रो यादमा म छु बसेकी भीजेर भएनी आउन निष्ठुरी पल पल बस्छौ तिमी ह्रदयमा गाउन् देउ गीत लौ सावनमा धर्ती आज रमाएको देखे मैले पानीका छिटासित  माटा उफ्रे मिलन त्योदेखि म पनि रमाउन तिमीसितको मिलन कुरेर बसेछु कति धाउछौ   छाउनीमा मात्र यहाँ पनि त थियो थैलिमा पैसो जवानी मेरो कुरेरै बितिगो जाबो तिमी मौन छौ म यहाँ बेहाल छु पानीका थोपासितै विलाए रहर अषाड़ र सावन बनी तिमी आउ मलाई भिजाएर जाउ  एकै छन  तिम्रो बिछोड़को आँशु पिलाई देउ धर्ती झै आज रमाउने रहर मेरो तिमीलाई कालोबादलमा खोजे आउन प्रिये मायाको कोशेली बनी गाउन देउ  गीत झरी सावन बनी।।

यावा

Image
यावा कहिले क्यसल्टनको खिड़कीमा तीन दियो जलायौ। पहिले कमिलाको गोला लखेटदै भूगोल सजायौ। कहिले धर्मसकंटमा पर्दा...भागेर कब्रस्थानमा हरायौ‌। बन्दुक र गोलीको नोकमा आफ्नो भविष्य सजायौ।  परिवार सुख दु:ख हस्याङ- पस्याङ चुटकी मैं बितायौ। अब फेरी दियो किन जलायौ खोज्न आफुलाई चौकीमा बसायौ। चुनौति कम छैन मार्ग साङगो- पाङगों तर सपना सजायौ। परिकल्पना बिनाको उड़ान कदाचित होईन यावा! माईल खुट्टी लगायौ। जीवनको दौड़ र खोज तब सकिन्छ जब इतिहास भूगोल बदलाउछौ।।

शैशव

Image
शैशव ( सम्झना सुके पोखरीलाई) कुहिरो लागेको बिहानी र सुनौला किरणहरू हुँदै,  जहाँ हाँसोका खित्काहरूले बाल्यकालमा सपना बुन्छ किसिएको जमिनमा खाली खुट्टा बाटाहरू,  उकाली ओह्रालीमा आनन्दको प्रतिध्वनि सुनिन्छ।  धुप्पीका रूखहरूले मीठो बालगीत गुनगुनाउँछ  जसरी कुईरो संगैं हावा नाच्छ र स्वागत गर्छ,  बादल धर्तिमा ओर्लि कथा लेख्ने गर्छ सेताम्मे आखिभौ भविश्यको सपना सजाउने गर्छ।  चिसोले बन्द भएका ढुङ्गाले ढाकिएका घरहरू,  भिजेको माटो, चिया र कोईलाको गन्ध,  मैनबत्तीको उज्यालोमा बुबा-आमाका कथाहरू,  पहाडका मिथकहरू ,हमजाएगाका कथाहरू।  यति अग्ला पहाडहरूमा बिताएको बाल्यकाल,  असीम नीलमणि आकाश मुनि,  समयको अँगालोले नछोएको संसार,  त्यो हराएको ठाउँको लागि तिर्खाउने यो हृदय।  आज फर्की आउदा सुके रमाईलो माईति गाउँ कठै बरा हाम्रो भविश्य कोर्नै खरिमट्टीहरू धेरै जसो सायद माटैमा बिलिन भए होलान, दर्ह्रिलो  ठिङ्ग उभिएका गुरूहरूलाई सम्मान गर्छु। कुहिरो उघारी हेर्दा सम्झनाका कोशेली बोकी आज सम्झना गर्नै साचिसलाई नमन गर्ने  गर्छु मेरो...

उन्मुक्त हाँसो

Image
उन्मुक्त हाँसो लक डाउनको उपलब्धि भरचुवल संसारमा भरचुवल हाँसो, एकल  खिच्न सिकायो काम के छ, हाँसौं  अनिता झुक्काउन भाईरसलाई, भरचुवल भै बाँचौं, लोकल र भोकल पनि कुरो आउछ जरा खोज्नु पर्छ भुल भए मेट्नु पर्छ चिन माथि भोकल हुनु हो या त दुरी कायम त गर्नै पर्यो, यो चंचल मनलाई मास्क बिहिन दुई पल केवल उन्मुक्त हाँसो नदिकन मन पनि त छ चंचल के खोजे जस्तो गरिरहन्छ निक पोईन्टमा पुर्याई भुत पल्टाई वर्तमान हाँसो भरचुवल हाँसो हाँस्न लगाई थुमथुमाउछु आफैलाई आज भोली सिहार सुसार गर्न थालेकी छु, तिमीले नी के गर्दै छौ साथी ? हाँस्न, नाँच्न,र गाउन नभुल्नु है साथी!!