Posts

गोरेटो

Image
गोरेटो आज पुर्णीमाको जुन साक्षी छ आज म खुशी भएको दिन हो आज एउटा गाँउमा खलबली छ धुर्तहरूको त्यहाँ रग रगी पनि छ  वर्षौदेखि जीवन रेखा नकोरिएको आज कोरिन शुरू भो   है  ,साथी! सलबवाउन थाल्यो द्वन्द ठेकेदारमा त्यहाँ बड़ी चाशो छ पैसा कमाउने मैले त सोचेकै थिईन चक्का गुड़न झैझगढ़ाले ग्रस्त हुनेछ जिगज्याक पहिले भुमी साझा नगर्ने झमेला गर्ने पछि पछि मेरै ढाड़ाबाट गाड़ी गुढ़ाउने। तेहि जीवन रेखाका रातो माटो हेर्दै हाम्रो निम्ति गोर्खाल्यण्ड यही हो भन्ने लाटी ,बाटो खोई गाड़ी कुदेको मेरोमा यो शंख घोश सकारात्मक परिवर्तन हो आज खुशी छु पुर्णेको जुन साक्षी छ  जिवन्त रेखाले  भस्मेमा रातो माटो दु:ख कष्ट साँटने तिम्रो   नयाँ बाटो द्वन्द होईन परिश्रम गरि फुकाँउ गाँठो।!

हसिली तिमी

Image
दार्जिलिङ तिमीलाई सधै घमाईलो देख्छु चिया बगाँन बन्द हुदा पनि हाँसे कै छौ नोट बन्दीमा पनि यात्रा तय गरेकै छौ टोल तिर्ने गेट बनाई कर तिर्न लाएकै छौ बिस्तारै पर्यटक क्षेत्रलाई लिजमा लाएकै छौ किन यस्तो भो त! गएकालाई फर्काई ल्याऊ ठुला ठुला बनेका छन हाम्रा सन्तान! एकासीको आन्दोलनले लखेट्यो छ्यासीको आन्दोलनले लखेट्यो अझ कति घुमाउराबाटाहरू तयगर्नु पर्ने? तिम्रो व्यवस्थामा गाग्री रित्तो छ रंगीतले कानेखुर्सी गरीरहन्छ म बगेको बगेकै छु मलाई रोकन भन्छ पैरोले भन्छ ईन्जिनियरले सुमसुम्याउन मलाई विभिन्न भाषा शैलीमा सुरिलो भए तर शिक्षा कति वगेर उर्वर पंखा वनिसक्यो त्यो फलदायक हो तर शिक्षालय पनि वग्दै छ तर पनि तिमी दिसम्वरमा घमाईलो किन? कतै वाक्लो घरको पैहिरनले त होईन? पेट अपच भएर उल्टीआउला झै भएर तिम्रो ललाटमा पसिना आयेको त होईन? तर तिमी घमाईलो छौ! पर्यटक रमाउछन तिम्रो सुन्दरता हेरी म पनि रमाउछु कन्चनजङ्गा हेरी तर मलाई थाहा छ जुन कुरो न प्रशाशनले बुझछ नता पर्यटकले तर कहिले कहिले प्रतिवाद गर्छ पैसा लिये जति सौचालय सफा कहाँ तर पनि तिमी हाँसेको देख्दा म सम्झना गर्छु तिमीलाई प्रकृतिको अशिम बर्दान छ अब भविष्...

कविसित गनथन

Image
आज तपाईको जन्म दिन फेरी पनि भन्न मन लाग्छ एकै दिन भ्ए पुग्छ जिवनु फगत एकै दिनको आशामा साठ्ठी लाग्न लाग्दा पनि तिम्रो दार्जिलिङ्गको त्यो एक दिन आउन लागेन चाल खेल र राजनितिमा हामी रूमलि रहेका छौ त्यो एक दिनको पर्खाईमा फगत एक दिनको पर्खाईमा! गुरूवर! तपाई नै प्रेरणा तपाई नै डार्लिङ्गका अग्रज तपाई नै गुणाशो सुनिदिने आजका मेरा पात्रा हुनुहुन्छ किन यो जातिको पराजय बारम्बार हुन्छ आफ्नो घरमा विश्व जितेर तकमा लगाई घर फर्कदा एक रूपयाँमा भारतको जमिन आज पनि किन्न पर्छ एउटा सहिदले सुन्नु भो! आजको विडमबना? तपाईको कविताले मलाई सदा प्रेरणा दिने गर्छ तर मेरो अकर्मण्यतामा म! लाजले पानी पानी हुन्छु अरूले याद गरे गरेनन् तर मैले एउटा सहिदको जात सम्म नेशनल च्यानलहरूले उच्चारण गर्न नसक्दा मलाई कता कता चोटलाग्छ सायद त्यो हेलिकेप्टबाट झरेर प्राण गुमाउन भन्दा अधिक! त्यसैले गुरूबर पर्खाईमा कुरेको कुरे नै छु फगत त्यो एक दिन कहिले आँङमा घामलाग्ने हो! तपाई र मेरो अस्तित्व दिगो हुने हो मत भन्छु डिजिटल दुनियाँमा सम्म हामीलाई मेटाउने प्रयास पटक पटक हुन्छ भने त्यसैले त्यो एकदिनको पर्खाईमा आज तपाईको जयन्तीको तैयारीमा!! ...

माया छ दादा

Image
मेरा बा तिनवटा युद्ध झेलेर पनि घर आई चालिस वर्ष पेन्सन खाई पर्लोक गमन गर्नु भो तर मेरा दाईलाई अनेक बिमारीको मुखेञ्जीबाट बचाएर ल्याएपछि यो रशायन विश्व युद्धले लुट्यो।  ठुला ठुला बन्दुक र मिसाईलको केही महत्व रहेन। मानव सभ्यतामा आएको संकटमा विज्ञानको हार भएको छ। चुनौतीहरू कम छैनन। परिवार बाहेक अरू कोही यो  पोजेटिभ कुरूकक्षेत्रमा होमिन चाहादैनन। चाहानेहरूको बाध्यता छ, एउटा जिवीका अर्को पारिवारिक बाध्यता।        अस्सीको दशकमा उसले घरैमा पुलिसको लाठ्ठी झेल्न पर्यो गोर्खाल्याण्डको आन्दोलनको शुरूवात थियो सुके पोखरीमा,सिआरपिएफले पनि कमजोर नब्सलाइ मात्र दबाउदो रहेछभन्ने पाठ मैले त्यहा सिकें। विचारा दाई बाह्रको अन्तिम परिक्षाको तैयारीमा नेपालीको पाठ पढ़दै थिए त्यसताक  । जसोतसो बाह्रपास गरी सरकारी कलेज दार्जीलिङ्गबाट स्नातकसम्म भए, तब उसले राजनितिको खुढ़कीलोको ए बी सी सिक्दै थिए, छात्र परिषदबाट जेनरल सेकरेटेरी भई कलेजका हिरो भई खुशीको दिन ब्यतित गरे। फेरी छ्यासीको गोर्खाल्याण्ड आन्दोलन र सुकेको आगलागीले हामीलाई लावारिस बनायो। काम खोज्न जिविका उपार्जन गर्न सिक्कीम ...

दुरी

Image
परी झै उढ़न मन छ तिम्रै प्रेमको स्वर्गमा दुःख- शुख बाटौला नी तिम्रै ममता छाहारीमा! सुदुर देशबाट वोल्छ चन्द्रमा तिम्री ममता पर्खे की छिन वनी शुगन्धित तुलशी- मञ्जरी त्यसैले हो मैले आज सम्झेकी!  माया मोह कहाँ वस्छ जानिन साध -सिमा कसले रोक्छ ठानिन तिमी अमुल्य रत्नकी धनी हौ म भएछु नी ए हो ! तिम्रै मनी! पहाड़ हो की लेक भन्ज्याङ्ग भेट्न जाने बाटो  नी माईच्याङ्ग श्रीलाई सोधी है  घुम्न जाउला केही स्नेह -ममता नी साटौला!

स्वर्ग

Image
17800ft.उचाईमा अक्सिजन खुबै कम शाश प्रस्वास लिन निकै चर्को चक्कर आयेर लड़ने हावा हुरी सगैँ मसिना शिलाहरू उड़ने दिउसो बाह्रबजेदेखि उता वस्न नसक्ने ठाँउ मलाई भने यी सबै कुरो पहिले थाहा नै थिएन! जति माथि जादैं गयें मनमा भय र त्राश बड़दै गयो यस्तो मृत्यु मुखेञ्जी जानि जानि किन जादैँछौ त जस्तो पनि लाग्यो तर आफ्नो स्वास्थ्य आजमाउनु सुन्दरता प्रकृतिको हेर्नु हो भने यति कठिनाई उठाउनै पर्ने रहेछ उमेर हुदै स्वास्थ्य रहदै म पनि नानीहरू झै नानीहरूसितै रमाए अनि ता एभरेष्ट नै जिते जस्तो लाग्यो सायद एभरेष्ट जाने पनि मौका मिले पुग्थे होला भन्ने हौसला जगायो तसर्थ कहिले कहिले आफ्नो परिक्षा आफै लिनु पर्ने रहेछ भनी हास्दै खुशीहुदै फर्कीए!!! Lovely place....

कुछ पल

Image
कुछ पल  तेरे बाहो मे  यादो की गुलदस्ता दे लौट गई। वर्षो से खड़ी धुप- छाँवो की कड़ी फिसल गई।   बेनाम रिस्ते लक्ष्य विहिन राह दौड़ती चाँद। फिर भी हँसी छाई यादो मे तेरी तलाश जारी। क्या नशिब है तेरी मेरी संग की दुरी पर है। तुम्हारी साथ की अहसास मुझे है जैसा तुझे। दोस्त हैं हम दोस्ती हमारी सच फासला भी है। यह भी प्यार कम नहि जहाँ है त्याग चिन्तन। फूलों की पत्ते पिला झड़ते देखा  बाँहो में तेरी। बस युँ ही मैं एक पल खामोश तेरे यादो मे,,,,,,, युँही भटक गया था चाँदनी में यादो की पल।