Posts

आपनी साधारण मानुस नन

Image
आपनी साधारण मानुस नन" आज  एउटा स्कन मन्दिरका पण्डित बंगाली भाषी आएर यो फोटो हेरेर त्यसो भने। मैले सोंचे किन यो फोटो हेरी यसो भने भन्ने प्रश्न मनमा आयो अनि अलि धमिलीनु लागेछ र यसलाई शुरक्षित गरौ भन्ने सोंचे अनि ती ईतिहास पनि सेयर गरी राखौ भोली कसैलाई काम आउला। यो एउटा ईतिहास बोकेको फोटो फेरी धुमिल हुन लागेछ र यहाँ साझा गरें किन भने मार्क जुकरबकको यो एलबममा धेरै स्थान र सुरक्षा कवज पनि छ। यहाँ धेरै हस्तिहरू जसले समाज सुधारको निम्ति योगदान दिए अनि परम धाम गमन गरिसकेका छन। धेरै आज ओछ्यान परिसकेका छन भने धेरैले अझ समाज सेवा जारि राखेका छन। 17. 9.2004 को कुरो हो। भूगोल श्रेणी एघार बाह्रको निम्ति लेखिएको  पुस्तक थियो। भव्यताका साथ विमोचन भएको हो। नेपाली पाठ्य पुस्तकको सेण्डिगेट बनाउने हाम्रो परिकल्पना थियो तर कांश चिनारीको ज्वरोले घुमाएर आजसम्म यस्ता अहम कामहरू थांतिमा नै रहन गयो। अभाव कहाँ छैन र चारैतिर छ। साहित्य ठेलीका ठेली लेखिदैं छन। स्कूल सबै भटा भट अग्रेजी माध्यम गर्न बाध्य छौ नत्र बन्द गर्नु पर्ने हुन्छ।तर पनि यस पुस्तक प्रकासन हेतु लक्षिणकी लक्ष्मी कै बाहुलीबाट भएकोले पुर्ण ...

नव‌दुर्गा चालिसा

Image
नव दुर्गा चलीसा नमो नमो दुर्गे सुख दायिनी नमो नमो दुर्गे दुःख नाशिनी निरङ्कार छ ज्योति  तिम्रो तीनै  लोक    उज्यालो राम्रो ललाट मुखमा शशि विशाल नेत्र  राता   मृकुटी    भीषण मातृरूपा तिम्रो साह्रै सुहाउने दर्शन गर्ने जनले  सुख पाँउने संसारको शक्ति र भक्ति  तिमी पालन हेतु अन्न धन दिने तिमी अन्नपुर्ण पारी जग पालन गर्ने तिमी नै अति सुन्दर बाला मन हर्ने! प्रलयकालको सबै भय तिमी हर्ने तीमी नै गौरी शिवशङ्कर प्रेम गर्ने शिव योगी सबैले   गुण गाउछन ब्रह्म विष्णु  सधै  ध्यान   गर्छन रूप सरस्वतीको हौ तिमी धारा देउ सुबुद्धि ऋषि-मुनिलाई सहारा नरसिंहको रूपमा   तिमी अम्बा हेर।  प्रकट भयौ   फाड़ी खम्बा प्रह्लादलाई  रक्षा  गर्यौ   बचायौ हिरण्यकश्यपलाई  स्वर्ग पठायौ लक्ष्मीको   रूप    धरी     माते अंग   समाही      श्री    नारायने सिन्धु  सिन्धुमा  गर्छौ  विलासा अंपार दया दिन्छौ ...

तीजको शुमकामना

Image
रातो साड़ी हरियो चुरा हेरन राम्रो मिलेको बरा ढकने र दरैको पकवान माईत् लौ खान जावना... तीजको लहर  आयो बरीलै... निरजला शिव पार्वती पुजौन नाचौँन गावौँन    दिन काटौन हाते र मालो   सबैको   पालो हाँसखेल गरी गरौ    रमाईलो तीजको लहर  आयो बरीलै....  शुभकामना सबैमा तीजको!!,,

आज मौन छु

Image
आज मौन छु 🙉🙊🙈 तिम्रो मृत्युले मलाई  नछोएको होईन तर तिम्रो कालो करतुत मौनता भित्र दफन थियो भुल्न सकिन। दुई थुङ्गा फुल श्रद्धाको दुई शब्द ऊँ शान्तीको यी शब्दहरू चड़ाउनै सकिन  बाला पनको पिढ़ा आलो भो। तिमी  साहित्यको आदर्श हौ तर सबैसित एक नाशे सम्बन्ध कँहा हुदोरैछ र जीवनमा र आज  मौन छु। अध्यारोको फाईदा लिन खोज्ने एउटा चप्पल हातमा लिएर भाग्न बाध्य गराउने मनोवैज्ञानिक कष्ट दिने। एउटा मानिसको अवगुणले शिशु ह्रदयलाई कष्ट दिने प्रवृत्ति तिम्रो मानसिकता त्यसैले शव यात्रामा मौन छु । आज जान्द छु दैवसित पारपाचुके छैन मानसिकतासित विरोधाभाश कालोदिन तिमीसितै दफन होस त्यसैले आज यो मौनताको होहल्ला । 🙉🙊🙈

लघु कथा-बोर्ड

Image
म बसी रहे थिये। अचानक मेरो अघी मेरा मित्र आई भन्न लाग्यो, के सोंच्दै छौ? मैले भने, होईन जीवनको हिसाब मिलाउदैं थे। कस्तो हिसाब हो? म पनि सुनौत्!लौ सुन, हन कतिवटा बोर्ड बनियो,,,,,बनिरहे छ? के को बोर्ड? खोई मलाई केही थाहा छैन! म कुन बोडमा पर्ने हो? चिन्तामा छु!सुर्ता नगर हामी चाँहि आफै बोड होईनौ र? कसरी मैले सोधे?अरे जसले आफ्नो भाषा, भेष भुषा भुले उसको निम्ती पो हो बोर्ड त्! तिमी र मैले त् सधै आफ्नो भाषा बोल्यौ, सबैलाई आफ्नै भाषा सिकायौ होईन र? हो नी! तब फेरी के चाहियो त?  होईन बोर्डहरु त् चाहिन्छ नी! गनतन्त्र हो यहाँ देश सगँ सगैँ अफ्नो अस्मीता बचाउनु पर्छ! मैले वुझिन क्या! कस्तो? धेत्तरी! हाम्रो आफ्नो बोर्ड छ? स्कुल बोर्ड हौ? छैननी त्! कलेज बोर्ड? छैननी त! एस एस सी बोर्ड? छैननी त्?   पञ्चायत बोर्ड? छैन नी त्! पञ्चायत समिती वोर्ड? छैन नी त्! जिल्ला परिषद बोर्ड? छैन नी त्! तेसो भये के छ त्? छ नी हाम्रो पनि बोर्ड! पहिले हिल काउन्सिल थियो अहिले जीटीए! त्यो पनि वोर्डै हो? हुनत् हो तर के हो? के हो? बर्षैपछि हिसाब किताब बुझाउछ बोर्डले?  त्यो त थाहा छैन! र त् म बसेर हिसाब मिला...

शुभकामना

Image
दिल्ली तिमीले भोट पाएपछि भुल्छौ हामी दार्जीलिङ्गेलाई तर हामी रमाउने गर्छौ प्रगति डिजीटल भारतमा! वाधा र आश्वासनमा जिउने गर्छौ तर अगष्ट महिना पावन दिनमा हाम्रा सहिद र सिमाबललाई सम्मान गर्ने गर्छौ! एक एक गरि घरलौरी छन सिमानामा अमन चैनको गाथामा सबै भन्दा बड़ी हामी रमाउने गर्छौ ! दिल्ली भुल्छौ किन?? साधं- सिमाना बलियो भए हरियो परियोले टम्म भए शान्त मनले सर सफाई गर्न - विशाक्त जिवजन्तुलाई, छोरोहरू पठाका छौ सिमामा! सार्वभौम सत्तामा सुनको चमच लिई यो धर्तीमा अवतरण भ्एको मेरो मातृभुमीलाई दार्जीलिङ्ग सदा गर्दछ, सत सत नमन! सत सत नमन! ए आमा दिल्ली! कहिले त फर्केर हेर यो दार्जीलिङ्गलाई कहिले यसको पनि राजधानी बन्ने हो? यहाँको पनि मुख्य मत्रीले, तिरंगा फहराउने हो दिल्ली! आशा भरोसा र ईन्तजार छदैछ मनमा देशको अमन चैनमा एक एक बुँद गोर्खाको रातो रगतले सदा सिचने छ स्वतन्त्रताको रक्षार्थ सदा अघी छौ! बन्धे मातरम! जै हिन्द !!

History of Sukhia Pokhari

Image