Posts

बादी

Image
बादी सुदुर पश्चिमको कुण्ठा नयाँ कथा छ त्यहा ब्यथा नियम पुराना शोशित वर्ण  साउ अक्षर शुन्य ,छ मर्म। आवाज बुलन्द छ उसको बिगत बाल्य कालको पिढ़ा, हिम्मत र आदर्श, त्यहाँ संघर्ष, समाजसितको यो विमर्श । जटिल छ रूढ़ीबादसित संघर्षको चरमसिमामा उ अहो शरिरका रौं काँप्यो लौ, कुन सताब्दीमा छौ हामी? के कति यस्ता कुरो सुन्न अझ बाँकी छ कथा- व्यथा छक्क परें म थारूहरूमा, बादीको सुनी मनका व्यथा। शरिर नबेच्, लौ यो होईन पेशा शिक्षा देउ लौ उसलाई निसुल्क आर्थिक स्वतन्त्रा, छ ठूलो आशा निको पार लौ बादी समस्या सदा।।।।

झमकसित

Image
तिमीलाई देखेर म छक्क परे तिमीलाई देखेर म मख्ख परे, तिम्रा पाँउका तीन औँला  शुमशुम्याउन अशिम चाह छ! तिमीलाई भेट्ने आश छ यस वर्षको नारी दिवसको थिम" वी वोल्ड ईनफ" तिमी भन्दा स्वाभिमानी तिमी भन्दा शक्तीशाली अरू नारी छैनन, तिम्रा जेठी,माईली र साईली औलाले विश्व साहित्य हल्लाउन सक्यौ! अशक्षम शरिरलाई जीवन धान्न सक्ने जीविकापार्जन गर्नसक्ने साहित्य दियौ! सरस्वतिको बरदान छ तिमीलाई नेपाली साहित्य साधना हौ तिमी! अपार छ प्रकृतिको  यस्तो नियम कतिउर्जा तिमीमा,,,,,, अर्को जन्म मान्दिनौ! यसै जन्ममा स्वाभिमानी भई जिउछौ. घर आगन तिम्रो संसार तर साहित्य तिम्रो साधना,,,, शिक्षा तिम्रो हतियार जीवनको जंग लड़न आधुनिक शिक्षा अग्रेजी र कमप्युटर सिक्ने चाहना, आह कति राम्रो जीवन धान्ने गहना! विश्वकै शशक्त नारी तिमी हौ नेपाली साहित्यकी महारानी! तिम्रो प्रेरणाले बिश्व साहित्य फूलोस गुलाब  फूल गुच्छा तिमीलाई सयपत्री र गुंरास  तिमीलाई! मखमली र अरकीट तिमीलाई! घिमीरे झमक! साहित्यकी चमक सत -सत नमन तिम्रा परिवारलाई!!

युद्ध

Image
युद्ध 1500 करोड़ एक दिनमा खर्च हुनु सानो कुरो होईन। यसले विश्वमा आर्थिक समस्या त् हुन्छ नै अमन चयन पनि दाउमा लागेको हुन्छ।  तीन वर्ष 2019-20, 2020- 21, 2021- 22, कोवित र बिमारीले सतायो।  अब युक्रेन र रशियाको युद्धले तीन दिन भयो विश्वलाई चिन्तित गरायो। सन- सनी समाचारले विश्वलाई चकित बनाएको छ। सायद आफ्नो आफ्नो सिमाना बचाउने धर्म युद्ध हुन सक्छदुवै देशको तर लघु विश्व, सामाजिक संजालले अनि एउटा देश अर्को देशसित कतिपय कुरोमा निर्भर भएको हुदा अशर सबैलाई परेको देखिदैं छ। कतिले ज्यान गुमाउदैछन,कति बेघर भए, बाटैमा भाग्दा भाग्दै नयाँ शिशुलाई जन्म दिए। समस्या चारैतिर भईरहेछ। मेरा देश महान! नमन छ भारत मातृभुमिलाई! विश्वमा छरिएका विद्यार्थीहरूलाई ती देशहरूबाट घर आँगनसम्म ल्याउने कार्यमा लागेका छन। तर कति देशका नागरिकहरू फसेका छन तर उनिहरूले आफ्नो नागरिकहरूलाई झिकाउन सकेका छैनन्।  हाम्रो देशले यी तीनदिनमा जे जस्तो सल्लाह मसुरा गरे,  निशुल्क विद्यार्थीहरूलाई निकाल्दैछन  , कार्य सराहनिय छ। कोवितले अनलाईन बनायो हामीलाई भने अब युद्धले फेरी कागज कलम तिर लादैं छ।कारण साईबर एटेक भएको...

आमाको पुण्यतिथी

Image
पुण्यतिथी आमा तिमीलाई आज कै दिन हामीले गुमाएको सन सातमा आज एक जुग वितेर गयो तर हरेक समस्यामा समझना गर्छु हरेक पर्वमा मार्ग दर्शको आश गर्छु हरेक खुशी साझा गर्न एकान्तमा आकाशतिर हेरी तिमीसित बात गर्छु सुन्नुन आमा! तिमीले पकाको रोटी र डाढुको तिउनको सम्झना हिज मात्र चंचलकोटीमा सबैले गर्दै थिए कालो नुन र तोरीको तेलको थ्रोट पेन्ट बनाई गलाको खरास सबैलाई मेटाउने गरेको सबैले सम्झना गरे! यस्ता धेरै कुरो साझमा चौतारीमा बसी गरौला तिमी चन्द्रमा भई आउनु म तिम्रो ईन्तजार गर्ने छु आमा!

नियात्रा

Image
1986 आज घर सफाई गर्दै गर्दा 20 /21 बर्ष पुगेर बीएमा पढ़दै गरेको आईकार्ड पाये! यसमा धैरै ईतिहास जड़ीत रहेछ!  दार्जीलिङ्ग सरकारी कलेज प्रति जिज्ञासा लरेटो कलेज अनर्स नपाउदा छोड़न परेको साथीहरूसितको विछोड़ ,,,,,,यहाँ सहजै अनर्सलिन पाएर खुशी भएको! चन्द्रको कोकील कण्ठ र माईकलको गिटारको धुनमा प्र्याकटिकल क्लास बितेको! सुनीलको चेतावनी क्लास सिर्यसलि गर्ने! जुतिकालाई गिजाएको! शुशमिताको राम्रो नोट बुक तानातान! यो कार्ड नभए "न्याउरेको"बसमा जादाँ बस भाड़ा आधा नहुने सगँ सगैँ जिएलको आन्दोलन ! शान्तिले पढ़न कहाँ पाईयो र! कहिले आग लागी त् कहिले तीनदिने स्ट्राईक! हसटेलमा पानी र म्यागी खाएर विताएका दिन एका एक याद आयो!   आज तिस बर्ष वितेछ थाहा नै पाईएन! दार्जीलिङ्गको राजनितीमा केवल विक्रीति मात्र आयो! सुकेमा एउटासम्म कलेज बनिएन! राम्रा राम्रा पढ़ेका साथीहरू विदेश लागे! ठूला ठूला मान्छे भएका छन! हामी पढ़न लागेकाहरू पनि जसो तसो जागिरे भएका छौ!  जस जसले भोक हड़ताल गरे प्रायः विरामी भएर सिलगढ़ीमा वसोबास गर्छन! औकास प्राप्त जागिरे रैथानेहरू पनि न्यानो खोज्दै सालबारी,सुकूनातिर थान्को लागे! ...

उसले के पायो

Image
तर उसले के पायो? मैले  सबै थोक पाँए तर  के पायो उसले? बिमार छ उ! अन्धकारमा छ उ घरैमा समान छैन उ मैले सबै थोक पाँए तर उसले के पायो? उसको निम्ति, म औषधी बन्न चाहान्छु! उसको निम्ति ज्योती बन्न चाहन्छु! उसको अधिकारको निम्ति, समानताको पाठ पढ़ाउन चाहान्छु! तिमीले देख्यौ उसलाई? नदीमा माछा मार्दै छ उ! नदी किनार गिट्टी कुटदै छ उ! शुर्य अस्त भै सक्दा पनि भोली के होला थाहा छैन उसलाई! मैले सबै थोक पाएँ तर उसले के पायो? उसैको निम्ती म लढ़न चाहान्छु ! मेरा जस्तै दाता पाँउन् जन्मदिनमा समानताको संघ -  घोष होस बाल्यकालमा क ,,,ख ,,,नाँचुन आँखा अघि युवा अवस्तामा समानता जागोस, सुस्वास्थ बनाउन चाहान्छु तिमीलाई। मेरो जस्तै आमा बनाउन चाहान्छु समानताको चस्मा लगाईदिन चाहान्छु गिटी कुट्न अघि खाजा बोकी पाठशाला गएको हेर्न चाहान्छु। मैले  सबै थोक पाँए तर  के पायो उसले? बिमार छ उ! अन्धकारमा छ उ.... घरैमा समान छैन उ.... मैले सबै कुरो पाँए.... तर उसले के पायो?

चिरबिर

Image
आज मेरो कुरो प्रकृतिले सुनेछन क्यार बर्षको पहिलो बर्षा भो सिलगढ़ीमा 3.30pm मा****अब छिछीमिरा धेरै मर्नेहुन आज,,,,,,,,,😊☺😊😀 कोईली  कुहु कुहु कुहु  गीत  गाउछे बिहानै  मलाई     शुरले नै  जगाउछे हरियो.   परियोदेखि  केही रमाउछे केही खिसी गरे झै  खित्का   हास्छे धुलो उड़ेकोदेखि केही.  गुणगुणाउछे कुहु कुहु कुहु   बनेछ तिम्रोबारी मरू लगायएनौ पानी "  ईसप्रिङ्कल"चरू हिमको पैरो.  गयो अब म मधेस लागे चियाको सिचाँईमा   शरिरनी भिजाये तर तिमी सुती राछौ.  म भये नी प्यसी कुहु कुहु कोयल यसरी  आज गाउछे! कथा र व्यथा उसको मलाई सुनाउछे थाहा छ! छिछीमिराको पखेटा पलायो तर यसपालि कता कालवैशाखि हरायो! वर्ड फ्लु र स्वाईन फ्लुलाई न्यौता दियौ कुहु-कुहु गर्दै विहानी पख सवाहि कहन्छे आपँका मञ्जरी, पालुवा खोई पलाएको? वसन्त बघैचाँ!मलाई भिजाउदै नचाँएको! कुहु कुहु गर्छु धुलीकन मै  मैलो भै उड़छु! हाँसको बच्चा नदीतिर  विस्तारै  भागिछ मलाई मैलोदेखि आत्तियेर  उधै लागिछ! गौथली भागि सके छ हेर त...