Posts

Showing posts from January, 2022

देश

Image
माटो रूख-पात सहपाटी परिवेश यी मेरै हुन! संविधान नियम कानुन सबै सबै यी मेरै हुन! नेपाली  भाषा- भेश-भुशा    यी पनि मेरै हुन! भोटको अधिकार र सरकार यी पनि त मेरै हुन! ठूलो भुक्मप आयो भल र पैरो आपदा वज्रपात हिउको पैरो ,नोट वन्दी सिमा विवाद पनि मेरै हुन! पशुपति हेरी प्रथना गर्छु ईश्वर, यी पनि  मेरै  हुन  तिम्रो असमर्थता ,मसित दुःखेसो यी  तिम्रा हुन! चेली-माईतिको साईनो,सदा   यी पनि मेरै  हुन धोती लाउन जानिन नी ता,  असमर्थता मेरै हुन! संविधान अमर शिरोपर छ भाषिक आधारमा  चौवन्दी  र छिट कै साढ़ीमा देश भारत मेरै हुन! बन्धु हो! गाली मलाई नदेउ,म यँही  जन्म लिए दोष  तिम्रा पुर्खाको होलान तर यो देश मेरै हुन! अधेरीमा नेता वनी मध्य सड़कमा भाशण नहाक! द्वेश र द्वन्द मलाई किन, देश सम्हाल ती तिम्रा हुन!  दुःखमा म रून सक्छु,वायु यानमा वर्षा  पुर्याउछु सुखमा हँसाउन-हाँ स्न  सक्छु यो वढ़प्पन मेरै हुन! विश्वव्यापीकरणको युगमा लघु विश्वमा वाँच्न सक्नु तिमीलाई सिकाउन सक्छु,यी पनि मेरै आदर्श हुन! वन्धु! तिम्रा विहान...

गुणाशो

Image
जवान तिम्रो  व्यथा प्रकृति आपदाले लुट्यो तिम्रो सुन्दर जीवन कथा हिमको नदी वन्यो आतंकको पिस्तोल जैजै महाकाली भन्नै नपाई यो निष्ठुरी हिम पैरोले जित्यो कति स्वाश गुम्सियो होला एका एक अर्धाङ्गीनी  समझना गर्यौ  सुन्दर बालक  घर आगंनमा खेलेको झल झल  देख्यौ होला त्यती मात्र होईन  देश र छात्तीको तकमा टल्काउन  हिड़ेका पथिक तिम्रो यस्तो  मृत्युमा प्रकृतिसित केही गुनाशो छ! दैवसित केही द्वन्द  देशको व्यवस्तासित पनि केही न केही  आशा र विश्वाश छ अमुल्य रत्नहुन ,यसरी सनसाधनको बरवादीलाई देश! यस्तो आपदाको निवारण लौ चाड़ै गरौन  ,मगंल यानमा जाने रकेटलाई सैन्यबलको  आपदा रोक्ने ज्याकेट बनाऊ ,यसरी सहिद भये तर हाम्रै निम्ति थिए त्यहाँ मौसमको मिजाजसित पनि लड़न सक्ने बनाउ मेरा रकक्षक सैनिकलाई! यो आतकंलाई हटाउन प्रशाशन तिमलाई  चुनौति हो! ती वारूद -गोला  लादिएको शरिर हिउदमा काप्नु हुन्न, यसरी उनको परिवार  एक्लो पार्नु हुन्न आज यो अर्जी  मेरो देशलाई छ आज यो सोचँ  मेरो  ती जवानलाई  आपदादेखि बचाउने छ यो सामाजि ल...

गनतन्त्र दिवस

Image
मैले यस दिवसलाई खुशी भई छेवैबाट देखेको छु हाम्रो देशको  महान पर्व हो हाम्रै मुटुको रगतले सिमा सिंचेको छु    जै जवान! जै महा काली! जै गैर्खा !भन्दै अग्रेजलाई लखेटेको ईतिहास मैले लेखेको छु, भिर पहरामा नाम कुंदेको छु संविधानको पानामा मैले मेरो विचार कोरेर देशलाई गनतंनत्र दिनमा, ईतिहास रचेको छु अरिबहादुर भई त्यहा ठिङ्ग उभिएको छु आज पनि कुपवाढ़ा र द्रासमा मेरो आलो खुन गवाह छ गोर्खाको सपना मेरो सपना भनि दार्जिलिङलाई ठगेको मैले देखेको छु हे स्वतन्त्रता! हे गनतन्त्र! यति गर्दा पनि आफ्नो विचार पानामा पोखि हिड़दा तिमीले नचिने पनि परोक्ष मेरो कर्तव्य देश प्रेम गरि रहेको छु मेरो पनि देशको बागडोर सम्हाल्ने एक दिन अवस्य आउला त्यस दिन देशलाई आतकंबाद मुक्त बनाउने मैले दार्जिलिङमा बसी सपना देखेकी छु।।

मन की बात

Image
आज सैन्यबल "सुखी- रोटी"के लिये बोल्ने लगे पर ये गोर्खा बीर आज और तब भी  मौन थे! अपनी भाषिक- राज्य की मागं  थी मौन  जुलुश देश - शिमा मे "बहादुरी" मिली पर घर मे लाठी! शान्ति के दुत बने ,देश बचाना दुष्मन का ढाल पर अपने ही घर मे देशका शान का क्या है हाल? देश के 'पास्व क्षेत्र या अन्य क्षेत्र' भाषा के आधार मे  राज्य बना,या बनी युनियन टेरीटोरी मेरे देश मे ही! बस एक ही ल्याण्ड छुट गया   यहाँ जिल्ला  बनकर  यह हमारी पहचान है दार्जीलिङ पहाड़ ,सुन्दर रन-बन!  सरकार समक्ष रखने यह सैनिक के मौन था जुलुस पर ईनकी सम्मान पे पड़ी लाठी, दुःख लगता है मुलुक! भारत के ईतिहास मे आज "गोर्खा- ह्याट" शिर्ष पे है पर ये मेरे पापा के खुन, मुझे बोल्ने मजवुर करती है! सेवानिवृत हो तो क्या हुवा छात्ती की तकमा रो रही है  देश- शुरक्षा के लिये ये सदा ततपर है पर आज मौन हैं! सटे राज्य है जिस से हमारी भाषा संस्कार मिल्ती है पर राजनित ,क्या जाने हमारी भूगोल ईतिहास यह है! यहाँ एक्स सरभिसम्यान की  जमिन  लुटी  जाती  है कुछ मौन   जुलुसो मे भ...

मनको भाव

Image
गर्मीमा चिसो कफी मिठो शर्दीमा भुर्लुकै चिया छिटो! दुःखमा सुटुक्कै आँशु झाँरे  सुख बाड़न  मुसुक्कै हाँसे! समय वहेको हेरीरहेछु नित्य यही चक्षु हो देखाउछ सत्य! माया कहाँ छ? ह्रदय या मनमा  हजुर छ भने मधुर मुस्कानमा! शान्ती खोज्नुहुन्छ भने हास्नुहोस वनभोज खान पाये नी नाँच्नुहोस!  तस्विर फेसवुकमा सत्रकै हाले विगत मिठो, तर समय सगैँ चाले!  कति रूनु यो छैन त्यो छैन भनी बरू हाँसौ न यही हो सत्य जानी!, अनुहार समय  सगैँ  झुरी परोछ   जीवनले स्वास्थ्य मुस्कान भरोस! जति लेख्यो उति लेखौ  लाग्छ चिन्ता केही छन,,,पर पर भाग्छ! कविता पढ़ेथे सुन्दर साहित्य सुधा आजलाई यति लेखे देउ अब विदा!

मुटुको व्यथा

Image
मेरो मुटुको टुक्रा जस्तो आँखाबाट ओझल भयो त्यस्तै पोजेटिभको खबर आयो मुटुको धड़कन अलि तेज भयो तपाई सदा झै व्यस्त रहनु होस म ठिक हुनेछु! मुटुलाई कशिलो बनाएँ नित्य कार्यमा लागि रहेछु परिसथितिसित लड़ने सान्तवना दुष्मनको तातो गोली छातिमा पर्दा पनि छोरो रनमा एकलो हुन्छन! तीन वर्षदेखि युद्ध चलेको चलेकै न विज्ञानले यसलाई रोक्न सक्छ न ज्ञानले नै वद्ध गर्न सक्यो बस परिसथितिसित संघर्ष गर्नु छ केवल दुई हात जोड़ी गगनमा टोलाउनु छ। हुरू..रू..रू आउछ खुशी उसितै हुरू..रू..रू उड़ेर जाने गर्छ उ खुशी छदा हामी खुशी उसलाई दुःखदा आफुलाई व्यथा आमा हुँ कति बलियो बनाउन सक्छु मन! एक आमाको निम्ति सदा चुनौती हरेक पाईलामा कशिङ्गर बड़ाल्नु पर्ने तर..उसलाई उर्जा प्रदान गर्न म बलियो भएर बस्नै पर्ने छ उसलाई मैले स्वास्थ्य बनाउनु छ।।

सम्झना

Image

केही लेख्न मान्या छैन

Image
यस वर्ष व्यस्ताले हो क्यार कलम चल्न मान्या छैन मनका बहहरू सबै  कुईरोले ढाक्या छ जाड़ोले हो क्यार  मन ककरीएर कलम चल्न मान्या छैन कहिले कहिले  मन के सोच्छ कुन्नी के हुन्छ र यी सब  लेखेर भन्छ क्यार? तेसैले कलम चल्न मान्या छैन यो कलमकार त हास्दै  खेल्दै हिड़्या देख्छ सबले तर फेरी मनको बह  पोख्छ भन्छन क्यार तेसैले कलम  चल्न मान्या छैन कस्तो आश्चर्य  साहारामा हिउँको वर्षा सेताम्मे चारै तिर ,  हिमालमा हिउँको पैरो तेसैले होला औंला  ककरीए छ क्यार कलम चल्न मान्या छैन उत्सव छ मधेसमा  सिजन लाग्याछ तर ठिही धेरै वर्षपछि  देखेर हो क्यार कुकुर रातभरी रोया छ,  गरिबको मुटु काम्या छ तेसैले हो क्यार कलम छाड़ी आगोको झिल्का हेर्न  मन लाग्या छ क्यार उसलाई मुटु बलियो  भए पुग्छ क्यार पहाड़ी खहरेको  सुन्दरता देख्या छ तर शक्ती एक मुष्ट पारी  उर्जावान बन्न मन लाग्या छ त्यसैले होला कलम  चल्न केही अवेर भो जाड़ोले हो क्यार पहाड़ हेरी तातो धुवा मुखबाट खुईय.. गरी कलम केही ढिलो  चल्या जस्तो भै राछ  पानी बग्न भ...

पत्र खुशी बोल्छ

Image
तिमी गएपछि  भावुक हुन्छु तिमी आउदा  खुशी हुन्छु तर कति  यस्ता शब्दहरू मलाई सदा  खुशी प्नदान गर्छ झल्यास्स मेरो आँखा  त्यो पत्रमा पर्यो नियाली हेरें  BHARATH साहबको राम्ररी पढ़दै गएँ,  आनन्द लाग्यो, त्यँहा तिम्रो उन्नतिको  प्रशनसा थियो छेवैमा LEGENDS हरू  गाउदै थिए सायद यसलाई  CARVAAN mini नाम दिईएको रेडियो र टेपको साथै पुराना  गीतहरूको नयाँ रूपमा अनि धेरै कुरो  मायाका चिन्हहरू मन मनै धन्यबादी भएँ यस्तै यस्तै तरक्की होस भन्दै तिम्रो कमरा सफा परी फेरी आफ्नो काम तिर लागिरहें घड़ी हेरे मिनीसित गुणगुणाउदै बसी रहें फेरी तिमी आउछौ नयाँ खुशी अवस्य ल्याउछौ।।

टुईन्स

Image
कहिले काँही  जम्ल्या हुन मन लाग्छ शुक्षम प्राणको  आवरणलाई  यसरी छुट्याउन  मन लाग्छ कति हो कति काम गर्न  ऐनासित पारपाचुके  गर्न मन लाग्छ प्रतिविम्ब कति  देखाउन सकेको निरन्तर परिवर्तन  हेरिरहेछ जिस्काउछ मलाई  कति हेर्छौ भनी! कहाँ जान लागेकी  प्रश्न सोधे जस्तो लाग्छ हेरन **वर्ष वितेर   बाईस लाख्यो लौ अब चाड़ो गर काम समय र नदीलाई रोक्न सक्यौ? भने जस्तो मलाई लाग्छ  खै के के लाग्छ लाग्छ जब म एक्लै बसी ऐना हेर्छु मलाई मेरै ईतिहास  सुनाए जस्तो लाग्छ त्यसैले उसलाई  हेरी के के सोँचे अनिता हाँसि दिए नी  ता! के भो र आखिर  मेरै प्राणसित हो तर मलाई तिमीले  खिशी गरे जस्तो लाग्छ जे नै भन जस्तो  समय ल्याए पनि मेरो अनुहार हेरी  तिमीले मलाई  नचिने जस्तो लाग्छ माया नगरे जस्तो.... जस्तो लाग्छ तर मेरो मुस्कानले  तिमीलाई सधै सोधि रहन्छ यो मनुष्यले पाएको गुण हो सधै समय सगैँ  छरि रहौ जस्तो लाग्छ  मलाई काम निपाट्याउन  जमल्याह हुन मनलाग्छ!!!

ईच्छा

Image
ईच्छा सागरको जति गहिराई आजसम्म नापिसके, त्यस भन्दा अझ गहिरो गहिराई अन्धकारमा  जान चाहान्छु म म वैज्ञानिक बन्न चाहान्छु। नापि सकेको वायुमण्लमा उड़ी पार गरि अर्को ब्रमाण्ड खोज्न र छुन चाहान्छु म म वैज्ञानिक बन्न चाहान्छु। तारा जस्तै ह्रदयहरू कति चम्कनछन मरेपछि पनि पुनर जन्ममा ति ह्रदय आज झै होलान के म वैज्ञानिक भै बुझन चाहान्छु । ती मरेर गएका सहिदहरूका आत्मा मिलन भै आन्दोलित भएको आक्रोशको आन्दोलनलाई म टेलेशकोप लगाई देखाउन चाहान्छु । विश्वमा जिवनु नै हो भने आफ्नो बरचस्वको निम्ति आफैपटि दुरबिन एक्स रे लगाई म तिते आन्द्रालाई बुझन चाहान्छु। हो म एकदिन तिमीलाई त्यो आकाश गंगामा देख्न चाहान्छु जहाँबाट तिमी निल गगन मात्र होईन सागरको अन्धकार केलाउने वैज्ञानिक हुन्छौ।

खोजी रहन्छु

Image
खोजि रहन्छु म त  यहाँखोजि रहन्छु यी नयनहरू  टोलाई रहन्छन समयको परिवर्तन हेरी रहन्छु, तकनिकको प्रभाव सबै सहजै जान्ने तर हात जति बड़ाए नी, नभेटिने केवल  देखिने यी आँखाका नानीहरूमा स्पेस खोज्छु सख्याका जिवनलाई  सदा गन्ने गर्छु यो पाङरो घुमाईको पनि उमेर गन्ने गर्छु कतै उ पनि म झै बुड़ेसकाल तिर लम्किदै पो छिन ,,, ह्यदयघात त भै हाल्ने होईन, यी धुवाहरूले यी अनियमितताहरूले! हो उ एकली  घुमिरहेकी छिन मानव मनस पटलमा तसर्थ उसको उमेर बाहेक अरू सख्या अस्मिता बनाई रहन पर्दैन, ब्रहमाण्डमा उ बलवान नारी स्वरूपा हिड़ीरहेकी छिन, नत्र उसलाई मृत  घोसित गर्नेसम्म क्षमता कसैमा रहने थिएन कस्तो भयावह  काहालि लाग्दो विभद्स चिसो  हुने थियो होला। मेरी आमाको  अनुपस्थितिमा हाम्रो पुजा  घर जस्तो, तर यो घुम्ने नारीको शक्तीले नै म यो अभिव्यक्त गर्न सक्छु, यी मौन बस्ने आमाले प्रकृति बदलिएको सेनिमा तिमीलाई  देखाउदा यी मेरा  आँखाका नानीहरू बटुल्न नसकी खोज्ने गर्छन आखिर आमा तिमी कति  शक्तीशाली छौ? तिमीले नै मलाई पनि नयाँ मौसममा शक्ती प्रदान गर मलाई भन्छु। तिम्...