Posts

Showing posts from September, 2022

दुर्गा चालिसा

Image
दुर्गा चालीसा नमो नमो दुर्गे सुख दायिनी नमोः नमोः दुर्गे दुःख नाशिनी! निरङ्कार छ     ज्योति तिम्रो तीनै लोक       उज्यालो राम्रो! ललाट मुखमा शशि।  विशाला नेत्र राता।     भृकुटी। भीषण! मातृ रुपा तिम्रो साह्रै सुहाउछ दर्शन गर्ने जनले सुख पाउछ! संसारको शक्ति र भक्ती र लय  तिमी अन्न पुर्न पारी जग पालन गर्ने  तिमी नै अति सुन्दरी बाला मन हर्ने प्रलयकालको सबै भय तिमी हर्ने तिमी नै गौरी शिवशङ्कर प्रेम गर्ने शिव योगी सबैले तिम्रो गुण गाउँछन ब्रह्म विष्णु         सधैं   ध्यान गर्छन।। रूप सरस्वतीको    हौ तिमी धारा। देउ सुवुद्धि रिषि-मुनीलाई सहारा। नरसिंहको रूपमा।   तिमी अम्वा! हेर प्रकट भयौ     फाड़ी खम्बा! ! प्रह्लादलाई रक्षा   गर्यौ    बचायौ! हिरण्यकश्यपलाई।  स्वर्ग पठायौ!! लक्ष्मीको  रूप      धरी   माते! अगं। समाहि   श्री   नारायने !! सिन्धु सिन्धुमा  गर्छौ विलासा! अपार दया दिन्छौ मन...

दशै आयो

Image
दशैं आयो हामी ॠतुसितै रमाउने गरौं छुट्टी छ केही सर सल्लाह मिलाउँ लुगा फाटा घाममा सुकाउँ लौ घुम्न जाउ दार्जीलिङ दशैं आयो । बाटाका पैरोहरू सोरीसके होला भित्ताका घाँस फुस काटी सफाई कर्मीले चिरी च्याटै पारे लौ घुम्न जाउँ दार्जीलिङ दशैं आयो। सारंगी गाईने चौरस्ताको उकालोमा हिमालको फोटो दास स्टुडियोमा घोड़ सवारी चौरस्तामा लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो। उसलाई बोलाएको छु प्रेमआलाप गरौला माल रोडमा साझ बत्तीको झिलमिल सरबरीमा लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो।   सिङ्गड़ा मिठाई नारायन दाशको भुजा चिप्स मिठो चौकको केक र चकलेट गिलिनेरीजको लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो। माहाकाल मन्दिर जाउला माताको आराधना गरि गुलाब टिप्न ओह्रालो लागौला लौ घुम्न जाउँ बोटानिकल गार्डन दशैं आयो। तेन्जिङलाई सम्झी कनञ्चनजङ्गातिर लागौं बरचिल र हिमालयन माउण्टटेनिङ  लौ घुम्न जाउँ राज भवन दशै आयो। अग्रेजका घोड़ादौड़ लेबोङमा हेरन देख्छ नी मालरोडबाट विसौनिमा बसी  चुस्की चियाको लौ घुम्न जाउ, छाड़ेको मुटु छाम्न दशै आयो।

Hope

Image

दसै आयो

https://m.facebook.com/story.php?story_fbid=pfbid021f2V4FkBdPyLAbTWtPA34FHQ6ke6Uc7nk87zvSk9Zv4QoeddCs7KGj4Xhz5hCguZl&id=100078071090214

cloud of smog

Image

Moon Lit Night

Image

Love Song

Image

my...

Image

लेखन कला

Image

Emotions

Image

Darjeeling

Image

सौभाग्य

Image
सौभाग्य मलाई नसुनाउ तिम्रा व्यथाहरू म आफैमा व्यथित भएको बेला मलाई पर सारी नगिज्याउ यहाँ म आफै आफमा हराएको बेला। सुन्दर बघैचाँमा फालेको  कथा नसुनाउ मलाई  म रोएको  बेला प्रेमलाई बलात्कारमा बदली यहाँ भुल कसको, जिवन रोएको बेला।  हेरन् लह -लह छ जीवन उसको अनुहार नमिल्छ  उसको यो बेला  यशोधा भईछ बांझो  कोख यहाँ नभन फालिएको, उ हाँसेको बेला। सत्य तितो होला ,सुने उसको  कथा नसुनाउ उसलाई दुःख लुकेको बेला समाजलाई पर सारी नगिज्याउ यहाँ संसकार आफै आफ हराएको बेला ।

के गर्छौ,,!!

Image
सर्जकहरू कहिले काँही  सर्जकहरूलाई देख्दा वहाँहरूको फिल्टर भएर आएको  मनोबल देख्दा आश्चर्य लाग्न लागेछ! हो त दाईत्य बोध  र  साँप -सिँड़ीको खेलमा म कहिले आफुलाई तल पुगेको देख्छु भने कहिले काँही भर्याङ  चड़दै माथि पुगेको पाउछु! दोष कसैलाई दिन भन्दा पहिले कोट्याउदैछु मैले चालेका दुई पाईला कतै उनलाई घोँचने सुईरो त बनेनन् कतै! जे होस गृष्म या शितलमा मैले पाईला चाल्न छाड़ेकी छैन् भन्छ उ, गोटी चल्न छाढ़े छैन उ, यो होड़को बजारमा पाठकहरूसित  तालमा- तालमिलाई उ अघी नै बड़ने कोशिशमा छ,  खेल न हो , यो जिवन घड़ीको पेण्डुलम जस्तो रहेछ त्यहाँ यसले समय देखाउँदै मलाई हल्लि रहेको छ भने म पनि कहिले तल त कहिले माथि यस्ता सर्जकहरूसित चाकाली चुकुलि  खेल्ने गर्छु भने अहिले साँप -सिड़ि खेलसित खेल्दै अघि बढ़ने गरि रहेको पाउछु उसलाई अनि म आफैलाई पनि अनिता पुस्तक फेरी बोल्ने गर्छ मलाई तिमी खेदछौ या बेच्छौ ??

वो भि क्या समय था!

Image
Lilli lallu. Kallu जमाना क्या था  ब्ल्याक और वाईट  माँ पापा का लाडला,  जीवन सुन्हेरा था! वड़ी थी चुलबुली मझला था चालाक छोटी थी शान्त! पर जब बड़े हुवे तो सम्हाला मोर्चा  अपने अपने साथ  एक वना व्यपारी एक वनी पत्रकार छोटी वनी गुरुवर पर अभि भी छोटी का  न सुन्ता कोही बात! करती पते की है बात पर सच वोल्ना व्यापारी को नही भाता ,त्रुप का है उसका चाल पत्रकार है वड़ी ही शियानी निकाल लेता मनकी बात गुरू विचारी क्या करती सब जान के भी बनती अनजान नही तो पोल खुलती होने लगता बुरा हाल माँ की वेलन की पड़ती मार पापा सिखाते शान्त रहने की पाठ क्या दुनिया थी वह मिठाई चुराते खातै वैठ एकसाथ!

गन्तव्य

Image
दयनन्दिनी आज म गई रहेको थिए।सबैलाई कल गरे।पुगौ है त्यहाँ भनि, तर अचानक एउटा कल आयो , म व्यस्त छु आज भने कै थिए नी! भोली अब ल? मैले हुन्छ भने। सबैलाई एक एक गरि कल गरें। उत्तर पर्खन पर्यो , रिङ लाग्न अघि भन्छ, आपका कल चालु है, बिल नहि भरें है तै सिघ्र भरिये , त्यसपछि रिङ लाग्यो, उत्तरमा-ए,,,,??किन,,???ल। अर्कोलाई लगाए, उठाएन।अर्कैलाई लगाए, अर्को नम्वरबाट मलाई कल आयो, म्याडम ! कहाँ आई पुग्न पर्ने, मैले बृतान्त सुनाए, अनि भोलि भने। त्यसपछि, म दार्जिलिङ मोढ़मा पुगे, ला हौ क्यान्सल ल? उत्तर पाए, भरे बात गर्छु फर्केको ल! त्यसपछि टोटो लिएर स्टाफसित लागे, कम्बर दुःखेर केही छैन, बाटो कति नराम्रो, धुलो, बाटाका दुई छेउ दुर्गन्ध छि;  सिलगढ़ीका बाटा छेउँ कति मैला! हाम्रो सहर कति मैला भारतमा मैला सहरहरूमा पहिलो नै आउछ क्यार! मन मन नै भने, म्यान! प्लिज लभ युबर सिटी!  छेउमा बसेकी ठिटीले गाईले घाँस चपाए झै चपाउदै थिई , प्याच्च रात्तै थुकि हाल्यो। मन मनै भने, प्लिज लब युवर हेल्थ! मुखले भनौ त! तेरेको क्या? भन्छै होला। गन्तव्यमा पुगि , भला कुशारी समवेदना दिएर घर आईयो  रिल्याक्स भएर बेडमा ढलकि...

किन

Image
किन??         किन तिमी मलाई रोएको  मात्र हेर्न चाहान्छौ? किन तिमी मलाई  माँगेको  मात्र हेर्न चाहानछौ? तिरगां ओड़ेर आउदा  आमाले  केही मागिनन् न नै छोरो गुमाएँ भनि  अशन्तुष्टी नै जनाईन। यति चाँड़ो भुल्यौ  भोटमा मस्त भै भाषणमा मायाका कुरो तातो  चुस्कीसित कहिले गरेनौ मलाई सधै माँग्ने नै  बनायौ नी तिमीले किन ? माया त धेर मैले पनि  तिमीलाई गर्या झै लाग्छ  ।  सधै हाँसेको देख्छौ,  नाँचेको देख्छौ,मस्तमौला तर भुर्लुक्क गुन्द्रुकमा  घरी घरी पानी उमाल्छु नानी पढ़ाउन गुर्दासम्म  बेच्ने गर्छु तर निराश छैन दुःख यतिमात्र छ सदा  माग्नु पर्ने चरण धुली म। हिम्मत हारेको छुईन  छुट्टा छुट्टै समय हो एकताको मन्त्र मन मनै  छ खुनको साईनो हो नी एकदिन म पनि किन  दिने बन्न नसकौंला र! तिमी माँग्न आउने छौ  यो विर्ताको लाग्ने खुखुरी।।

मैली

Image
सिगरेटका ठुट्टा सरह  तिमीलाई लत्ताये खाली वोतल सहर घुईकाई पठाये भित्तामा गुटका खाई थुकेको घिनलाग्दो भित्ता जस्तो बनाये दिन रात गनाउने सौचालय झै दुरगन्ध सम्झे कार्खानाको कालो धुवामा झै नाक बन्द गरी हिड़े किन आखिर किन र? कारण तिमी भित्रको तिम्रै शत्रुलाई गाली गर्नु थियो थिमीलाई त्यो दलदलबाट निकाल्नु थियो तिम्रो शुभाश छर्नु थियो तिमी भित्रको कस्तुरी जगाउनु थियो तिम्रो परिश्रम र गुण केलाउनु थियो तिम्रो परिवर्तनशिल उर्जालाई संसारमा प्रयोगमा ल्याउनु थियो जीवन वचाउनु र सजाउनु थियो! तिम्रो मुखमा धुवा विश वन्छ वोतल चकनाचु भये वाटो छेक्छ भित्ताका रगँ एकैनास सुन्दर दुरगन्धले विमारी निम्त्याउछ कारखानाका धुवाले सहर ग्रस्त पार्नु विकाश होईन नी! तर सबै आवस्यक छन, आफैलाई हेर! प्रकृतिले शुभाश र दुर्गन्ध छुट्याउछ राम्रो नराम्रो छुट्याउछ भने तिमी किन सन्तुलनलाई मान्न छाढ़ी साक्यौ? त्यसैले त् म तिमीलाई च्वाट्ट लत्याउन चाहान्छु मन न परे नाक वन्द गर्छु आँखा चिम्लन्छु, निधार खुम्चाउछु अनित पलायन हुन्छु