Posts

Showing posts from October, 2022

झेल यात्रा

Image
झेल यात्रा कसैले तपाईको विरूद्ध नालिश गर्छ,अनि तपाईलाई झुटो आरोप लाउछ,र तपाईलाई पुलिसले एक दिन हिरासतमा लैजान्छ, दोस्रो दिन झेल लैजान्छ। माझमा धेरै दिनको छुट्टीहरू परेको हुन्छ, र धेरै दिन झेलको रोटी खान पर्छ भने पनि जबसम्म केशको सिडी बन्दैन, जबसम्म सबै आरोपी पकड़ा पर्दैन, उसलाई आरोपी हो भनेर औंलाउन सकिन्न। यदी दुश्मनी लागेर यस्तो झमेलामा फँसिन्छ भने, तपाईको मानसिकतामा कति आघात पुग्छ थाहा छ? जसलाई परेको छ उसलाई थाहा हुन्छ, सायद आफन्तको लाश अघि हुदा जतिको आघात पुग्छ त्यो भन्दा बड़ी आघात पुग्छ।  त्यो समयलाई सहन गर्न अति गाहारो हुन्छ। तसर्थ झेल पस्ने साथै त्यो व्यक्ती आरोपी होईन। जब तपाईलाई आरोप लगाउने मानिस अनपढ़ छ, हजार रूपयाँको लालचमा एउटा हस्ताक्षर गरेर आरोप लाउछ अनि त्यो हजार रूपयाँले दिन भरी रक्सी खाएर मज्जा गर्छ, तर उसलाई मैले यो के गरें भन्ने थाहा हुदैन र जब हजारौं रूपयाँ खर्चेर झेल बाहिर आएर , आरोप मुक्त हुदा, त्यसको बदला लिन खोज्दा फेरी तेही व्यक्ती माफ माग्न आउछ अनि रक्सी खान हजार रूपयाँ माग्छ। मैले के गरें थाहा छैन भनि भन्छ भने,त्यस समय थाहा लाग्छ कानुन अन्धो छ भने र।  तसर्थ कस

विडम्बना

Image
बिडम्बना,,? हो आज उ मरेको खबर आयो के उ साचै मरेछ? मेरो मनमा प्रश्नहरू नाचि रह्यो कसले मार्यो उसलाई? हो उसले आफ्नो अधिकार माग्यो त्यसैले उसलाई मार्यो? कस कसलाई मार्छौ? मर्ने त ती आत्मा हुन जसले समाजलाई धोका दियो तिमी त अजर अमर भयौ हो कसले मारेछ हँ? बिरामीको ईन्जेक्सन लाउने डेङ्गुले होईन आमा हामी माथिको अत्यचारले मारेछ कारावासको काल कोठरीले मारेछ हो र यस्तो छ यहाँ अत्यचार? प्रश्नै प्रश्नले मन रून्छ आमा! यी अत्यचारीहरूले मेरो ठाँउलाई कालापानी बनाउने छ मलाई चिथोरी रगत पसिना खाने छ त्यसैले मलाई लाग्छ एक दिन यो ठाउँ छ्याङ छ्याङ्गे नदी सुकेको झोलुङ्गे पुलमात्र हुनेछ प्रश्नै प्रश्न छ मनमा कतिलाई मार्छौ? कतिलाई कारावास दिन्छौ? कतिसित बैमनस्यता गर्छौ? मेरो बास भूमिलाई कारावास वनाउ या त कालापानी तर त्यहाँ काले धुश्रे फुश्रे मरनच्यासे भए पनि एक दिन गोर्खा राज्य कै नेता हुनेछ भनि गए ती मर्ने मानिसले सुन्यौ की तिमीले क्रुर शाशक? मेरो मनमा तरै पनि प्रश्नै प्रश्न छ म फेरी राजनिती शात्र बिथोल्न चाहान्छु कहाँ छ यस्तो अधिकार लेखिएको तिमी तिम्रो अधिकार मागें अपराधि ठहरीने छौ काराबासमा मारिने छौ भनि लेखिएक

विशालता

Image
म तिमीसित रम्न चाहान्छु तिम्रो विशालता नाप्न चाहान्छु तिम्रो शक्ती ममा प्राप्त। गर्न चाहान्छु तिमी शान्त त् कहिले छैनौ तर हल्का नचाहिदालाई फ्याक्छौ पल पलमा धुलीकन समेटछौ तिम्रो गर्वको आयतन  नाप्न चाहान्छु मोतीका दानाहरूसित  खेल्न चाहान्छु! तर भय छ कतै कष्टले  सुनामी त होईनौ? मलाई पनि बहाई लैजाने  ईच्छा त राख्दैनौ? नमकीन भई तिम्रा  छालहरूसित एकैछन म यहाँ  तिम्रा  ती शितल स्रोतसित रम्न चाहान्छु उष्न स्रोत नाप्ने नी मेरो क्षमता कहाँ छ र! केवल यी रेतमा  तिम्रो र उसको सम्वन्ध केलाउन र एकै छन  हाँसो र बेदना साट्न चाहान्छु तिमी दौड़न्छौ वेदना मेट्न या त तिमीलाई वेदनाहरूले  ढकेली रहन्छ? जान्ने अशिम ईच्छा नी  हुन्छ मनमा तर तिम्रो उर्जाले निवारण त  कसैको भई नै रहन्छ।

विडम्बना

Image
बिडम्बना,,,,??? मलाई पोलेको घाउले तिम्रो आँशु खसेन मेरो निन्द्रा उढ़ेको रातमा तिम्रो आँखा टोलाएन मैले तिमीलाई डोराउदाँ उभो फर्की हेर्ने आँखाले आज प्रश्न गरेन तर तिमी मुर्दा भएका छैनौ न नै तिमी आईशियुमा छौ फेर पर्यो नङ्गबाट माशु उकर्यो दुःखे चिरिकै तर घोपट्यौ यी नयन बड़ा विशालु ईर्शाको नजर हजुर! उभो हेरी प्रश्न गर्नै दिएन तेसैले म रगत र पसिना बहेको हेरी रहे तर उसको नी मन फर्केन तर उ घोप्टी रह्यो कता कता त्रास र भय देखे उसको खुशीमा कता कता केही वैमनश्यता देखें चोर मन मर्न भन्दा अघी भविश्य सम्झि भयभित देखें उसले जात भुल्यो समाज भुल्यो केवल एक प्राण मात्र देख्यो एक ईर्ष्या मात्र देख्यो त्यसैले घोप्टोपरि त्यही फेरी भत्केको घर कोट्याई बस्यो मलाई पोलेको घाउमा पिल्सी रहे पनि उ घोप्टोपरि नङ्ग-माशु कोट्याई रह्यो उभो हेरी प्रश्न गर्ने आँट अब उसले मलाई गरेन तर उ जिउदो लाश बनी मेरै छात्तीमा घोप्टो परि हिढ़ी रहेछ शाशको नली भेटाए उसको पोलेको दर्द कम गर्न भनी शमसान ओछ्याउन दागबत्तीको ईन्तजाममा तर उभो फर्की प्रश्न गर्ने क्षेमता उसको हराई सकेको छ!!

‌ सुन्दर

Image
सुन्दरी मैले एउटा चित्रकोर्दै थिए सुन्दरी  तिमी  थियौ मेरी वर्षौपछि हाम्रो  मिलन  अहो तिम्रो ह्रदयको धड़कन हरियो रनवनमा घन्के झै लाग्यो। मेरा शुप्त चेतनाका झ्यालबाट एका एक विछोड़का पानाहरू उसै उसै हुरीले फरफराई रहे अनिता मिलनको मुस्कान मिठो नेत्र विस्तारै रशिएर टप्कन लाग्यो। उफ! त्यो मिलन आलिङन तिमी केही फुलेछौ, पनि नैरास्य छदा- छदै तिम्रो सुन्दरतामा कमै खोट देखें मैले आज पनि तिमी मेरी प्रेमिल भएर हो क्यार!  सयपत्री माला सजाउन पाँउदा गद-  गद  भई  म  रमाएकोदेखि किन फर्कयौ दुर देशी भन्ने प्रश्नहरूले बाटाका किनारबाट जिसक्याई रह्यो प्रश्नै प्रश्नको ढोकाहरूले हेरी रह्यो!  तिमी हाँसेकी थियौ सेताम्मे भई नाँचेकी थियौ ह्रदय खोली साथमा नचिनेकी भान गर्दै सुन्दरी तिमी लजाएकी थियौ पिढ़ा मनमा बोकी सहश्र पाईलाहरू रशपान गर्दै थिए। kkñ

परदेश

Image
परदेशमा घर छ भाँड़ा छैन कमरा छ तर घर होईन ठण्डाको वोतल काटी  गिलास वनायौ अनिता अभाव टरिगो एकदिनको कहिले काँही जीवन यस्तो पनि हुन्छ समयको अभाव नयाँ जग्गह  नयाँ पशलको खोज जारी छ तर यसरी पनि टर्यो आजको एक दिन यो अचानक आउने परिवर्तन प्राकृतिक प्रकोप भन्दा कम हुन्न मानिसलाई आनन्दको जिवनदेखि झसङ्ग झस्काई दिन्छ नयाँ अनुभव वटुल्न बाध्य गराउछ घर छाड़ी जागिर गर्न आएका चिनेको जस्तो भान गरी मुस्कउछन आफन्त पो हुन भनी निहाल्छन के भाषा वोल्छन भनि सोधछन सहयोगको निम्ती सबै अघी आउछन पानी हाम्रै पहाड़को मिठो दैनन्दीनी यहँको अलि छिटो व्यवस्ता यहाँको अत्ति राम्रो पहाड़को सोचँदा लाग्छ चाम्रो तरै पनि घर घरै हो परदेश अलि परै हो!!

भैलेनी

Image
#भैलो खेल्न जानु पर्छ है... लु सिक्दै गाउँदै गरौँ... भैलेनी आयौँ आँगन बडारी कुँडारी राख न। हो औँसीको दिन गाई तिहार हो भैलो। खोलामा पानी सलल औँसीको रात झलल। हो औँसीको दिन गाई तिहार हो भैलो। बादल छैन आकाशमा चिसो बढ्यो बतासमा। हो औँसीको दिन गाई तिहार हो भैलो। घर-आँगनको डिलैमा खुसी फुल्यो फुलैमा। हो औँसीको... रङ्गीचङ्गी वरिपरि फूलै र बत्ती झिलिली। हो औँसीको... दिनै भयो घमाइलो चारै दिशा रमाइलो। हो औँसीको... सयपत्री र मखमली रमाउँदैछन् बात गरी। हो औँसीको... बुट्टा-बुट्टा मिरिरी ठाउँ ठाउँ राम्रो बाबरी। हो औँसीको... चितुचाङ्गे थरीथरी हाँस्दै खेल्दै गफ गरी। हो औँसीको... वर्षदिनको चाडैमा हजुरका घरैमा। हो औँसीको... सम्झाउनी र बिर्साउनी आयौँ खेल्न भैलेनी। हो औँसीको... आयो गयो माया मोह आएन गएन को हो को। हो औँसीको... कुनाकानी हेऱ्यौ कि धुलो मैलौ फाल्यौ कि। हो औँसीको... बाँसघारीमा साँप होला रिसानीमा माफ होला। हो औँसीको... घरैमाथिको ढिस्कना घरपट्टि आमा निस्कन। हो औँसीको... कालो कात्तिक कहाँ हो र अँध्यारो नै कहाँ छ र। हो औँसीको... गीतै गाउनु स्वर हाली मनको मैलो पखाली। हो औँसीको... दुख-कष्ट भुलेर पर्व मा

दशै

Image
ट्रिङ-ट्रिङ म बसेर तिमीलाई सम्झना गरिरहेछु ब्यस्त छौ कि कसो नेटवक क्षेत्रदेखि  बाहिर पो छौ , दशैं आउदा निकै मनमा चाह हुन्छ परदेशी किन पो मलाई भुल्यौ? कुनै बाधा या वादाले  पो छेक्यो की? कसैको मायाले पो रोक्यो की, किन हो आजकल तिम्रो फोनको घण्टी नबजेको धेर दिन भयो  सधै सुस्वास्थ्यताको कामनामा तिमी हुन्छौ बाल्यकालको सम्झनामा पनि त तिमी हुन्छौ ती स्वर्निम जिवनका हरेक पाईलामा, परदेशी भै हराएको मान्छे आएको छ भन्ने सुन्ने गर्छु कति के सम्हाल्यौ कति के गुमायौ समय सँग सगैँ हो आज तिमीले जिउन सिकेछौ, आँशु बहेर सागरमा विलिन भएको वर्षौ भो आज हाँसेको देंखे मैले तरै पनि दशैंको  शुभकामनाको कामना र ईन्तजार  छ मलाई! यसैले ट्रिङ ट्रिङ घण्टीले झस्काउला भनि नेटवर्क बाहिर जान मन छैन मलाई😊😊

, फट्टीचर

Image
, आज फट्टीचर हेरेर आइयो! भीलेन भाई दावा; प्रोडियुसर साथै सबै कलाकारहरुलाई बधाई दिन चाहन्छु! सेनिमा इन्टरटेनिङ हुनको साथ साथै सोच्न बाध्य गराउने थियो! के हाम्रो समाजको दर्पण यस्तै त हुदै छैन ? त्यहाँ एउटा प्रश्न हुनको साथ साथै आध्यात्म पनि पाईन्छ! गाड़ी जति खटारा देखाईएको छ; सन्देह लाग्छ कतै हाम्रो जीवन सैली पनि त्यतै तिर ढल्की रहेको त छैन ? भाषा पनि त त्यस्तै बोलि रहेका हुन्छन मोटर स्ट्याण्ड तिर यहाँ सुन्दा केही अन्नौठो लागे पनि यो यर्थात ! समस्याले घेरेको   जीवनका पात्राहरु;  आफ्नो अभिनय निभाउनमा सफल भएका छन ।  मेरै गाउँका भाईमा यतिको सृजन लुकेर बसेको रहेछ मलाई थाहा नै थिएन । खुशी लाग्यो । . धेरै पुरुष  पात्राहरु भएको फिल्म कस्तो होला जस्तो लागेको थियो तर बोरिङ्ग नहुने राम्रो भएछ । बारमा गीत गाउने स्त्री पात्राले आफ्नो भुमिका साहै राम्रो निभाएकी छिन । साहै मन पर्‍यो । कता कता थ्री इडियटस जस्तो । हिन्दी सेनिमा मा हो भने गोविन्दा अदित्य पन्चोली जोनी लिबरहरुको जस्तो व्यंगात्मक अभिनय थियो तर वहाँहरु जतिको पारगंत नभएता पनि शुरुवात राम्रो छ । उफ त्यो उल्टी चाहि कति अधिक खाना खादा सम्झीएर घि

बोनस

Image
बोनस  बोनस त त्यो हरियो पत्ति, चोर औंला र  बुड़ी औंलाको खेल हो पेटको यात्रामा थप सुख यो। झट्टारोले निभ्दैन आगो पेटको सुत्र अलग्गै छ हजुर! ति मुनाहरूसितको माया हो हाम्रा पुर्खाको आस्थाको यात्रा हो । स्लिम टि, ओलोङ टि, मिक्स टि भन्दै नाम दिदैं स्वाद लिदा बिचारा यी कर्मिहरू रूझेको तिमीले कहाँ देख्छौ र! कति निष्ठुरी छ तिम्रो तन्त्र भोको पेट खटेको देख्दा कहाँ राखी आँउछौ मानवता जब बस्छौ घुमाउने मेजमा! कलम किन लरखराउछ ? तिम्रा शब्द लहरहरू टिकेन किन बीसले स्थान पाएन प्रश्न छ दशैंमा पौरखी हातको??