Posts

Showing posts from August, 2021

पत्र- तँलाई!

Image
धेरै अभ्यास लेख्न गरिसकेपछि सुन्दर अक्षरले पत्र तिमलाई लेख्ने रहर थियो समय यति विति गएछ जस्तो पत्रलेखि पोस्ट गर्न चाहे धेरै अबेर भई सकेछ पोस्ट मास्टरले काम छोड़ी सकेछ पोस्टअफिसमा ताल्चा लागेछ। मेरो प्रियतमलाई ईमेल गर्न सिकाएँ मेरो पत्र पढ़ोस र छिट्टै पत्रोत्तर दिउन भनी, केवल टिट- टिके मोबाईलसम्म मात्र खेलाउन सिके फोन सुन्न र गर्न सिके, फोन गर्न भनी एकान्तमा उभिएँ रिङ लाग्यो तर फोन उठेन धेर अबेर भएछ क्यार उ अब बहिरो भएछ। हस्याङ पस्याङ गरी चड़े ल्याण्डरवरमा ट्याक- ट्याके विग्रेछ की क्या हो चक्का अघी गुड़न मान्दै मानेन यसो उभो हेरे टक्क चन्द्रमा लागेको थियो एउटा वृक्षपछि लुकेर मलाई हेर्दै भन्यो मलाई झक- झकायो यो राखी होईन होली हो थाहा छैन होलिका जलि सक्यो। हँ ! म झसङ्ग भए र गाड़ी ठेल्न थाले त्यो धुप्पीको बाकल माथी ब्यारिङ गाड़ीमा चड़ी ओह्रालो गुड़ेको याद आयो त्यो पापी एउटा काँटीले स्वाट्ट उसको आँखा नेर खुन पच्छे भई चोट लागेको यादले झस्के म गुड़दै गुड़दै तल पुगी जामा टकटकाएँ उसले सोध्यो! तलाई चोट त लागेन ?  कस्तो हँ ! तैले आफुलाई सम्हालिनस् आफ्नो पर्वाह गरेको भए तैले मेरो फोन स

बसन्त(Mysterous.. boy.short film)

हिज ताः 29.8.21को दिन 'बसन्त" सर्ट फिल्म "Basant,the Mysterous boy"को प्रिमियर , सेवा केन्दमा सुसम्पन्न भयो। यसका निर्देशक लेखक कलाकार श्री कृष्ण गुरूङ अनि कार्यक्रम अध्यक्ष श्रीमान दिनानाथ शर्माज्यु, रूबेन गुरूङ तथा पृष्ठभुमिका सम्पुर्ण कलाकारहरूलाई मुरी- मुरी बधाई तथा शुभकामना। हिज धेरै प्रेस तथा पोटलका पत्रकारहरू पनि सामेल भएका थिए। प्रायः सबैको मन्तव्य अनुसार सर्ट फ्लिम सिलगड़ीबाट निस्कने शुरूवात भएकोमा हर्ष व्यक्त गरे  । के सिलगढ़ीमा यस्ता चलचित्रको स्कोप छ भन्ने प्रश्नहरू प्रेशले गरिरहेका थिए।  यसको उत्तरमा मेरो मन्तव्य के छ भने स्वच्छ मनले , अथक परिश्रमले गरेको काममा अवस्य फल- फुल लाग्ने छ।  आजको युगमा चाहिदो विषय बस्तु हुन जरूरी छ। आजकल युटियुबरहरूले दिन प्रतिदिको दैनन्दिनीको कुरा कानी साझा गर्दा मात्र पनि पैसा कमाउदैछन। अन लाईन क्लासहरू गरेर पनि पैसा कमाउदैछन भने सर्ट फ्लिमको अवस्य स्कोप छ । तर यसको प्रचार प्रसार गर्ने तरिका सठिक हुन पर्यो। सिलगढ़ी एउटा महा-सहरमा बदलन्दैगरेको अवस्थामा छ। चारवटा अन्तराष्ट्रिय सिमावर्ती रेखाले घेरिएको चिकन नेक हो भने पुर्वोत्त

देवकोटा सघंको उत्तरोतर प्रगती 25.8.21

आजको देवकोटा सघंको स्वरूप तैयार गर्नमा यी दाताहरूको सहयोग प्रदान भयो।  65 जना मध्य ...15..जना 25.8.21 मा आउनु भएको थियो। क्रमैले वहाँहरूको नाम यस प्रकार छ- डा सिद्धीराज शर्मा , विमल दालमिया, राम औतार,बन बन्धुलाई पड़ाउनु हुन्छ,नविन अग्रवाल,मनोज बन्सल,ईनटेरियर डिजाईनर, कनैयालाल अगरवाल क्याटरर माखन भोग, सावरमल अमृत भोग आटा, नरेश अगरवाल,निरन्जन मित्तल,दिपक अगरवाल,रशराज, सर्जु शर्माज्युले पततकालै पाँच लाख रूपयाँ प्रदान गर्नु भयो।डा देवी कला शर्मा बनिता गीरि, जै भगवान गोयलजी,प्रमोद सिन्नल, आर के सेनिटेसन, सिलगढी विल्डर्स, सोनुम मुखर्जी,मनोजिया, पासङ तामङ,सनम गिरी,पदम छेत्री आदि यहाँहरूको सहयोग अनि श्री मिलन रूचालज्यु अनि वहाँको कार्यकारीणीहरूको अथक परिश्रमले आजको देवकोटा सघं अति सुन्तर र मनोरम बनेको छ । यहाँहरूलाई साधुबाद छ। सफलताको खुड़कीलाहरू आझ सहज होस भन्ने कामना गर्दछु। सहरका गण्यमान्य व्यक्तीत्वहरूलाई सम्बरदनाको कार्यक्रम पनि त्यस दिन सम्पन्न भयो भने बाडुली पत्रिका पनि पुन्ह प्रकाशनमा ल्याउन सघं सफल भयो। यो सफलताको श्रेय सघंका यस कार्यकारीणी सदस्य गणलाई जान्छ। यस पुनित बलिदान दिव

उसको कथा

कथा उसको हो न उ सिमाना बाहिर छ न उ सिमाना भित्र पर्छ तर उसको कथा  यसरी अलमलिन्छ। सबैको चाकर गर्छ विश्व भरि दौढ़न्छ जागरिलो,रसिलो मान्छे कहिले आलश्य छैन उ बीर छ तर कतै अलमलिन्छ। न धनी छ न ता गरिब नै नमिठो जीवन छ या मीठो नै त, उसलाई देख्नेले साफ सफाई अनि चिटिक्क खानदानी देख्छ। सुनकेसरी रानी जस्ती छोरीहरू छन कलकलाउदा गोरा गीद्धे आँखा उसैमा हुन्छ जनताको जिब्रोमा हाड़ हुदैन। कथा उसको हो गदेको  माल वस्त्रमा पनि उ सजिन्छ चिरीच्याट्टै दुनियाँको सिमा शुरक्षामा बिरता तकमा हो उ! कथा एक दिन घुम्दै घुम्दै तीन सय साठ्ठी डिग्रीमा कतै त्यो पारी गोरेहरूको जस्तो हुन सक्छ,सिमा बाँध्नै नपर्ने। कथा उसैको हो व्यथा उसैको हो जसको अनुहार र दश औंलाहरूमा जादु छ हजुर जादु!!

कहाँ छ ईच्छाको अन्त

अन्त कहाँ छ ईच्छाको? देब्रेतिर परिकल्पना दाहिनेतिर सिधान्त ईश्वरले तँ चिता ,,, म पुर्याउछु भन्छन रे यो कथन सहि ठहरछ क्यार जब नसोचेको कुरोको उत्पति हुन्छ। हो मकै रोप्यो बनेलले खायो रे, आलु रोप्यो उत्तानेले सक्यो रे, विचार रोप्यौ, आज फलेछ! सबै पैसा कमाई मधेश लागे हामी अब पहाड़ लाग्दै छौ सबैले पहाड़ रित्तो पारे रे! उष्ण मरूमा अस्तित्व खोज्दा कहिले हुनथ्यो र हजुर? अब अनुभव बाड़न गाँउ पसौ, कमानमा एउटा घरेटीको संघर्ष छ, गाँउमा घर बन्द र बञ्जर छ, होईन अब उत्ताने र बँदेल खेदी आफ्नो घर र बञ्जर फाँड़ - फुड़ पारौ ! बाटो र गन्तव्य तैयार पारौं लौ दार्जीलिङतिर लागौ। हामी दार्जलिङ्गे सदर महकुमा लाई सबैले हेप्नुसम्म हेपे है! नौकरीदेखि नैतिकतासम्म,,,, राजनितिदेखि राजनेतासम्मले,,,, कट -पुतली झै नचाउनसम्म नचाए ,तर हिम्मत गरे स्वर्ग ,स्वर्ग नै हो! अरूतिर कञ्चनजङ्गा कहाँ मुस्कराउन सक्छ र! तिम्रो खातिरदारीको तारिफ कहाँ छैन र, भन त हिमाल! मलाई त्यँही बसी, यति मन पर्छ भने के उसलाई न मन पर्ला र! राती गोल सिमलले त्यसो भन्छ दिउँसो न्याउलले मन दुःखाउछ मलामी चरा कहिले काँही कराई रहदा काम छिटो गर भने झै भान हुन्छ!

नेपाली भाषा मान्यता दिवस 20.8.21

नेपाली भाषालाई खस भाषा,पहाड़ी भाषा पनि भनिन्छ। यो भाषा नेपाल अनि भारतवर्षमा बड़ी बोलिन्छ, साथै एउटा सरकारी भाषाको रूपमा पनि लिईएको छ। साथै नेपाली भाषी विश्व भरी नै छरिएर बसेको हुनाले भाषाको विकाश भएको छ। यो भाषा संस्कृत भाषाबाट आएको हो। यसको लिपी देवनागिरी हो। यो निकै पुरानो भाषा हो। गढ़बाल, कुमाउनी र नेपाली भाषा प्रायः एकैजस्तो सुनिन्छ। यो भाषाको विकास साह डाईनेस्टिदेखि भएको भन्ने ईतिहासले बताउछ। 1559AD.मा लोमजुङका राजकुमार दिव्य साहले गोर्खामा आफ्नो आदिपत्य जमाएपछि, उनकै सन्तान पृथ्वी नारायण साहले छेत्री, गुरूङ मगरहरूलाई लिएर सैन खड़ा गरे। त्यसपछि गोर्खालाई खसहरूको गढ बनाए। त्यसै खस भाषालाई गोर्खाली- नेपाली भाषा भन्ने गरियो। यो भाषा विशेष पहाड़मा बोलिने गर्थ्यो र यसलाई पहाड़ी भाषा पनि भनिन्छ। त्यसपछि यो गोर्खाली भाषा हुदै नेपाली भाषामा प्रचलित हुन गयो। भारत स्वतन्त्र हुन अघि भारतमा पहाड़ी क्षेत्र अनि बनारसमा नेपाली भाषाको प्रचार प्रसार थियो। आज पनि भारतको पश्चिमाञ्चल, मध्याञ्चल अनि पुर्वाञ्चलमा साथै बनारसमा नेपाली भाषा विश्वविद्यालयमा पढ़ाईन्छ। पिएचडीसम्म यस भाषामा गर्ने सौलिय

तारतम्य नमिलेको हिसाब

म बसी रहे थिये। अचानक मेरो अघी मेरा मित्र आई भन्न लाग्यो, के सोंच्दै छौ? मैले भने, होईन जीवनको हिसाब मिलाउदैं थे। कस्तो हिसाब हो? म पनि सुनौत्!लौ सुन, हन कतिवटा बोर्ड बनियो,,,,,बनिरहे छ? के को बोर्ड? खोई मलाई केही थाहा छैन! म कुन बोडमा पर्ने हो? चिन्तामा छु!सुर्ता नगर हामी चाँहि आफै बोड होईनौ र? कसरी मैले सोधे?अरे जसले आफ्नो भाषा, भेष भुषा भुले उसको निम्ती पो हो बोर्ड त्! तिमी र मैले त् सधै आफ्नो भाषा बोल्यौ, सबैलाई आफ्नै भाषा सिकायौ होईन र? हो नी! तब फेरी के चाहियो त?  होईन बोर्डहरु त् चाहिन्छ नी! गनतन्त्र हो यहाँ देश सगँ सगैँ अफ्नो अस्मीता बचाउनु पर्छ! मैले वुझिन क्या! कस्तो? धेत्तरी! हाम्रो आफ्नो बोर्ड छ? स्कुल बोर्ड हौ? छैननी त्! कलेज बोर्ड? छैननी त! एस एस सी बोर्ड? छैननी त्?   पञ्चायत बोर्ड? छैन नी त्! पञ्चायत समिती वोर्ड? छैन नी त्! जिल्ला परिषद बोर्ड? छैन नी त्! तेसो भये के छ त्? छ नी हाम्रो पनि बोर्ड! पहिले हिल काउन्सिल थियो अहिले जीटीए! त्यो पनि वोर्डै हो? हुनत् हो तर के हो? के हो? बर्षैपछि हिसाब किताब बुझाउछ बोर्डले?  त्यो त थाहा छैन! र त् म बसेर हिसाब मिलाउछु मिल्दै मिल्दैन!

बुबालाई पत्र (19.8.20मा लेखिएको त्यसदिन कुशे औंशी थियो)

आज कुशे औंशी तपाईको सम्झनामा हजुरको आज्ञा पालन गरि परिवार सम्हाली बसेकी छु यो पवित्र भुमिमा। हो! दुःख र शुख आउछन जान्छन तर रामदेव सेतु बुवा! आज पनि उस्तै छ। हो तपाईको सपना एउटा वास भुमीको मैले पुरो गर्न सकिन त्यो पनि संसदमा अल्झीए अलझ्यै छ सगांल्न गाह्रो भो बुवा। तपाईको त्यो अन्तिम भाशण सुन्ने गर्छु, सुके पोखरीमा होण्डाको अराजकता याद आउने गर्छ आज पनि। मान सिहंको भुत बनाई लेफ्ट सरकारले रात भरी हाउगुजी देखाउदा नानीलाई कोक्रोमा हाली चिहान घारीमा सुतेको हिजो जस्तो  लाग्छ बुवा। आज मामाले मेरी घोड़ी हें हें गर्दा तिम्रा सौर्यको याद गर्छन नत्र हामीलाई मान्छे गन्न छोड़े तर,भोलीको निम्ति भाषा बचाउने काम गर्दैछु नी बुवा । तपाईलाई कस्तो छ एका एक गर्दै सन्तान यहाँबाट घटदै जाँदा स्वर्गमा मिलन भयो होला भनि ठानेकी छु, प्रश्नै-प्रश्न छ मनमा बुवा! यो महामारीको युगमा मुख नाक छोपी कानै मात्र ठाड़ो पारी हिढ़ने गर्छु तर्किदै तर्किदै तरै पनि थाहा छ आज बाबा- औंशी भनी शुभकामना सबै बुवाहरूलाई।

LOVE SONG

Love in the heart I can't speak out, Agreeness in the eyes, I can't express.... You are my heart beat is to be revealed to you, ,Why do stay aloof.... what is the cause.... Had you waited , there would have no repentence, Is this love.... ask your heart. Love in the heart, I can't speak out, Agreeness in the eyes I can't express. You are my partner, past witnessed, Our love has been seen by leaves and branches, We vowed to live and die togther, promises are blown away by storm my heart is heavy. Love in the heart, I can't speak out, Agreeness in the eyes, I can't express.

कावुलीवाला

Image
ओ मामा कावुलीवाला! आज तेरा देश का हालात देख रोना आया मुझे! मंगलबार का दिन होया करता था तेरे बक्सा मे सन्देस मेरे लिये टिफीन मेरा वही था! तु सुनाया करता था कावुल समाचार मै हँसती थी सुन तेरे भाषा कुछ समझ न आता था! आज मै सुन रही हु समाचार काबुल! तालेवानीयों का कब्जा दुःख हुवा हुकुमत को देख! तेरे सान और ईमान्दारी  सुना था पर पैसो के ढेर लेकर भाग्ने वाला हुकुमत! क्या ईज्जत रहेगया मामा! पर तुम ईमादारी से दो रोटी खाते हस्ते हसाते मेरे देश में अपना ईमान के साथ! हाँ मलाला का बात सुनले संसार काबुल की बेटीयों का कर रक्षा दौड़ रहें है चारो ओर भक्षक! प्रभो रक्षा कर मेरे मामा के बेटीयों को! हिम्मत भेज रही हुँ मेरे बतन से मेरे देश का शाहास तुझे मिले! दुष्ट अत्यचारी के आगे ना झुकना एक को हि सही सफाया करना मेरी दुवावो मे तुम हो! मेरे शक्तीयों मे तुम हो मेरे आका सुन रहा है तो ईन बच्चीयों का साथ देन! दुवा करती हु तुम्हारी सुरक्षा की दुवा करती हुँ अमन चैन की। मामा! तेरे बतन की रक्षा खातिर लौट जा अपना देश! शन्देश तेरे बेटीयों को खिला ईमान और शक्ती उने प्रदान कर आज तेरा साथ उन्हे दे,  कर रक्षा ब

Hope

HOPE As the cloud hugs the mountain with its arms, As love captures everyone in its charm, like that you dear! Before rain every year, as a bound you come. With the years of hope of unity, Having learnt love lessons from nature, As rainbow studded rains, With rays of hope sprinkle my face. Has to drench in love nectar, Incomplete dreams of love union, Lited rays of hope , But come not as a cyclone you come as rain. Like clouds engulfs mountain, In itself..... You also, like that Embrace and console me, If not how can I become rainbow? Or else expecing your arrival I could become barren as such.

आमा

तीमी चुलामा बसी पस्केको भात परसम्म आएको शुगन्ध आज पनि मेरो घ्रान शक्तीले भुल्न सकेको छैन। तिम्रो निधारमा बसेको दुई धर्का जब म अटेरी गरि नपढ़ेको समयमा भाग्य सम्झी हेर्दा हतकेलामा देख्छु। खाना नखाई भुलिरहेको समय खाना चिसो हुन्छ, स्वास्थ्य विग्रन्छ यस्तो आवहान म विरामी हुदा सम्झन्छु। आमा ! तपाईले के खानुभो त आज?? काड़ाक- कुड़ुक गरि बासी रोटीको आबाज आजसम्म पनि कानमा गुञ्जीरहन्छ। दशैंको नयाँ लुगा सबैलाई ल्याईदिदा तिम्रो चै नी आमा भन्दा मुसुक्क मुस्कान त्यो मौनताले मन कटक्क खाएको आलै छ। पन्द्र अगष्टमा सेतो कमिज चाहिदा रात भरी आगो सल्काई टापामा वस्त्र अनिदो भई सुकाईदिएको तिमीले नै हो नी। म खेल्दा खेल्दै लढ़ेर खुन पच्छे हुदा ढुङरे झार र तितेपाती मोलेर ठ्याप्प पार्दा तिम्रो गुन्यु समाई रूदा आँशु तप्प चुहेको हिजै हो नी! म सोच्ने गर्छु, मेरोमा त्यो धैर्य छ छैन तिम्रो नाता नातिनी तिम्रै गुण गाउछन साउँ बन्दा सुद, छोरा छोरी भन्दा नाता नातिनी। तिमी नै सृष्टीको रूप, तिमी नै ममता तिमीमा भएको गुण, मेरो जीवन तिम्रो संसकार मेरो सरल जीवन शैली। फेरी ती बाल्यकाललाई याद गर्

पर्यावरण दिवस 2021

मेरो हराएपछि मित्र उसको सजाएकी छु चित्र यो छ आज भाईरस विचित्र सबै भए दुर -दुर ईष्ट मित्र मुटुमा पार्यो कष्ट विचित्र फोक्सो चुस्छ भित्र भित्र।। गुड़- गुड़ आवाज हुक्का जस्तो अक्सीजन र पानीको त्यस्तो सुन्यौ श्वास पिपीमा निषाशे जस्तो सेनीटाईजर मादक प्रदार्थ उस्तै मुख छोप्न पर्ने बाध्यता त्यस्तो हाँस्दा नबुझने जीवन कस्तो- कस्तो।। शरिर निश्चल भो छैन श्वास शव वेपत्ता मलामिको छैन आश अरू सर्छ बिमारी भनि गास न वास राता रात ,तारा तार लैजाव वन- वास कस्तो आयो जमान शाश न वास फोनसम्म गर्न छोड़े अब के को आश।। स्वाईन फ्लु भन्दै गर्यौ किलिङ बर्ड फ्लु भन्दै जिउदै खाल्डोमा किलिङ म्यान फ्लुले आज बजायो घण्टी टिङ-लिङ सबै देशको परिसथिति सार्लाङ- सिर्लिङ जीवनको चाकाली- चुकली भयो घिर्लीङ मरे नै पछि के रह्यो र अब काङलिङ।। हो साथी हो! पर्यावर प्रकृती छ महान हेला नगर निर्जीव छ तर विश्वको सान रक्षा यसैको गरौं सदा हामीले सम्मान हरियो बन नै अक्सिजन हाम्रो अभिमान नानीहरूले घरै बसी पाए आज यो ज्ञान हल्लायो सबैलाई दौड़ायो भ्याकशीन विज्ञान।।

एम बी राई सरको सम्झनामा

समस्या रअड़चनहरू। लतिका जोशी, सिलगढ़ी। गोर्खाल्याण्ड, हामीले बुझेको अनि समाजलाई बुझाउन चाहेको के हो त? साधारण भाषामा भन्ने हो भने भारत स्वतन्त्र- गणतान्त्रिक देश भएपछि सविधान लागु भयो र भारतवर्षका राज्यहरू पुनर्गठन भयो।यसको मूल आधार थियो भाषा, कुनै क्षेत्रमा एउटै भाषा बोल्ने बाहुल्य भए एउटा राज्य बनाईयो।जस्तै- बिहारी समुहको निम्ति बिहार,मराठी समुह भएको ठाँउ महाराष्ट्र, पञ्जाबी समुहको निम्ति पञ्जाब आदि। जति समय बित्दै गयो समस्या समाधान र आवस्यकता हेतु राज्य बनिदैँ गए। तर कतिवटा क्षेत्रमा भने पाश्व अञ्चललाई अरू छेवैंका राज्यहरूसित मिलाएर राखिएको छ। त्यस्ता पास्व क्षेत्रहरू पनि कालान्तरमा राज्य यात केन्द्र शाशित राज्य बनि सकेको छ, जस्तै उत्तर पुर्वका राज्यहरू। त्यस्तै पाश्व क्षेत्र हो दार्जीलिङ जिल्ला अनि तराई क्षेत्र। र यो सविधान अनुसार जायज मागँ हो यहाँ ब- सोवाबासो गर्ने गोर्खाहरूको निम्ति पनि भिन्न राज्य हुन पर्छ भन्ने। त्यस्तै अरू अञ्चलहरू पनि छन जसको माँग छ छुट्टै राज्य बनोस भन्ने,अनि बनिदै पनि छ समय समयमा,तर गोर्खाहरूको माँग भने पुर्ण हुन सकेको छैन।अनि आजको चुनाव पछिको चर्चा

गोर्खाल्याण्ड प्राप्तिका समस्या र अड़चनहरू

गोर्खाल्याण्ड, हामीले बुझेको अनि समाजलाई बुझाउन चाहेको के हो त? साधारण भाषामा भन्ने हो भने भारत स्वतन्त्र- गणतान्त्रिक देश भएपछि सविधान लागु भयो र भारतवर्षका राज्यहरू पुनर्गठन भयो।यसको मूल आधार थियो भाषा, कुनै क्षेत्रमा एउटै भाषा बोल्ने बाहुल्य भए एउटा राज्य बनाईयो।जस्तै- बिहारी समुहको निम्ति बिहार,मराठी समुह भएको ठाँउ महाराष्ट्र, पञ्जाबी समुहको निम्ति पञ्जाब आदि। जति समय बित्दै गयो समस्या समाधान र आवस्यकता हेतु राज्य बनिदैँ गए। तर कतिवटा क्षेत्रमा भने पाश्व अञ्चललाई अरू छेवैंका राज्यहरूसित मिलाएर राखिएको छ। त्यस्ता पास्व क्षेत्रहरू पनि कालान्तरमा राज्य यात केन्द्र शाशित राज्य बनि सकेको छ, जस्तै उत्तर पुर्वका राज्यहरू। त्यस्तै पाश्व क्षेत्र हो दार्जीलिङ जिल्ला अनि तराई क्षेत्र। र यो सविधान अनुसार जायज मागँ हो यहाँ ब- सोवाबासो गर्ने गोर्खाहरूको निम्ति पनि भिन्न राज्य हुन पर्छ भन्ने। त्यस्तै अरू अञ्चलहरू पनि छन जसको माँग छ छुट्टै राज्य बनोस भन्ने,अनि बनिदै पनि छ समय समयमा,तर गोर्खाहरूको माँग भने पुर्ण हुन सकेको छैन।अनि आजको चुनाव पछिको चर्चा छ पिपीएस,यानकी परमानेन्ट पोलिटिकल सलुस

शिक्षाघर

Image

नयाँ शिक्षा निति 2020

 नयाँ शिक्षा नितिका केही बुन्दाहरू- मन्त्री परिषद्ले नयाँ शिक्षा नीतिलाई हरियो संकेत दिएको छ।  ३४ वर्षपछि, शिक्षा नीतिमा परिवर्तन भएको छ।  नयाँ शिक्षा नीति को उल्लेखनीय विशेषताहरु निम्न छन-   *५ वर्ष आधारभूत*  1. नर्सरी 4 वर्षमा   २ जूनियर केजी ५ वर्षमा   3. सीनियर केजी  6 वर्षमा   ४ कक्षा १, सात  वर्षमा   5. दोस्रो 2nd  आठ वर्षमा   *३ वर्षको तयारी*   6. तेस्रो नौ वर्षमा   St. चौथो  दश वर्षमा   8. कक्षा V ११ वर्षमा   *३ वर्ष मध्य*   9. कक्षा VI १२ वर्षमा   10.कक्षा  VII 13 वर्षमा   11.कक्षा VIII 14 वर्षमा   *४ वर्ष माध्यमिक*   12.कक्षा IX 15 वर्षमा   13.कक्षा एसएससी एक वर्षको ,   14.कक्षा  एघाह्र 17 वर्षमा   15. कक्षा XII  १8 वर्षमा   *विशेष र महत्वपूर्ण कुराहरु*:   * बोर्ड १२ औं कक्षामा मात्र हुनेछ।  एमफिल बन्द हुनेछ।  कलेज डिग्री ४ बर्षको हुनेछ *   * १० औं बोर्ड सकियो।  एमफिल पनि बन्द हुनेछ,*   * अब ५ कक्षा सम्मका विद्यार्थीहरुलाई मातृभाषा, स्थानीय भाषा र राष्ट्रिय भाषा मात्र पढाईनेछ।  विषयको बाँकी, विषय अंग्रेजी एक विषयको रूप मा पढाईनेछ।*    * अब मात्र १२ औं बोर्ड परीक्षा दिनु पर्ने