Posts

Showing posts from April, 2022

अधुरो माया

Image

कल्पतरू

Image
हिजको ईतिहास कल्पतरू थिए गिरी पर्वत झै समुहमा गीता ज्ञान दिने ध्वनी! ईतिहास किन किन दोहरी रहन्छ यो युगमा आज छैन हो हल्ला एउटा कल्पवृक्ष ढलेको छ। यी नयनहरूले देख्न पर्दा आफैलाई दोषी ठाने मानव सभ्यतालाई  कोषन् मनलाग्यो। प्रशाषणको धज्जी उढ़ेको  देखें  मैले एका एक कल्पवृक्ष ढलेको देख्यौ तिमीले ? यो पुणित दिवसमा ईतिहासको पानामा आज मैले यो नलेखे कस्ले लेख्ला त ईतिहास! गिरी नै केही समयमा क्षय भएको देखेका छौ? यस्तै क्रिया कलापले त किटाणुको जन्म हुन्छ। सभ्यताको विनास हुन्छ मुर्खहरूको जमातले कल्पतरूको महत्व कहिले बुझ्ने होला! सभ्यता तुहिने कगारमा छँदा पनि नफरतको  जरालाई आङबाट नपखालेसम्म प्रकृति रहला?  मनलाई नरिझाएसम्म   ज्ञान सागर गीता भजने  वृक्षलाई नबचाएसम्म  के तिमी अजम्बरी छौ ?  प्रश्न उठन स्वभाविक हो,  ज्ञानले सान्तवना दिन्छ गीताले भन्छ कर्मको फल, तर ह्रदय कहाँ मान्छ र ? जब जब पनि गिरी पर्वत एक्कासी ढल्द छ यहाँ प्रलयको शंख घोश सुन्छु प्रकृति विनासको आर्तनात। हे मानव! मानवता बचाई सभ्यताको ईतिहास बनाउँ नत्र यस्ता कल्पतरूहरू एका एक निदाउन थाले, हामी  पनि   घोर निद्रामा नउठने गरि सु

चियाको माया

Image
शुभाष सिमानाले रोज्यो हजुर किनाराले रोज्यो मेरो दोष होईन हजुर विधाताले सिमा कोर्यो हजुर! डोको र नाम्लो होईन हजुर चियाको मुनाले रोज्यो अग्रेज हुकुमत होईन हजुर मनोरम दृश्यले रोज्यो! पिरथी गांसन होईन हजुर परिश्रमले रोज्यो जीवन सैली सरल छ हजुर महगांईले चेप्यो हजुर! कन्चनजङ्गालले होईन हजुर ठिहीले नै मार्यो तिम्रो र मेरो पिरथी हजुर न्यानो भै बाँच्यो! हावा बतासले होईन हजुर उड़ायो हुरीले परदेशमा शुभाष छर्यो हजुर दुई पाते सुईरो हजुर!!!

कवि प्रतिबिम्ब पुस्तिकामा

Image
किन आफ्नो वालमा लेख्छौ भन्छन  सिक्नलाई हो नी भन्न मन लाग्छ ! कविता कागज मै कोरेको राम्रो भन्छन हरियो बचाएको नी भन्न मन लाग्छ! आजका फैसबुके कवि पनि कवि हुन त्? होईन भन्छन जसले यहाँ लेख्न सिकेनन! साहित्यले नयाँ तकनिक नअपनाउने त? ठेली का ठेली पुस्तक घुनलाई मात्र हो! यहाँ प्रकाशमा आएका पुस्तकमा आउन्न त् आउन हुन्न भन्ने शब्दकोष त छैन होईन? भुईफुट्टा फेस बुके कविहरूले साहित्य ढाक्यो ठूला लेखकहरूको डायसबाट सुन्ने गर्छु सोध्न मन लाग्छ छोरा कमप्युटरमा राम्रो है! यो तिम्रो आउने दिनको पेशागत मित्र भविष्य!  डायसबाट बोल्ने हिम्मत छैन गुरूवरहरू छन तर यो त मैले कमाएको रूपयाँ तोढ़दै छु नी पाएको सौलियतमा समय वचेको रोप्दै छु नी! मित्रहरूलाई मनोरञ्ज प्रदान गर्दै छु नी साहित्य! हो म तिमीसितै बात गर्दै छु नी देवनागीरी, तिमी मेरो देशको लिपी ,तिमी मेरो मनको लिपी आज यहाँ डोगरीहरू पनि कनिकुथी पढ़छन उसको पनि त यही लिपी,फेरी भनत कवि? तिम्रो पुस्तकको टेलर होईन त यो लेखन वालमा! टेलर र विज्ञापन विना के पो आउछ प्रकाशमा ठेलीका  ठेली पुस्तक केवल छन त उपहारमा!!

अध्याय

Image
अध्याय आज गर्न त केही मन लाग्दैन  फेरी तर मर्न पनि मन लाग्दैन अनुसाशन घर बन्दी धन ठाँने यसलाई नयाँ  अध्याय माँने। कति अध्यायहरू पल्टने हो यहाँ जिवनका गोरेटो सुल्झने हो जहाँ नियमावली परिवर्तन हुने हो तब सभ्यताले कोल्टे फेर्ने नै  हो अब। अचम्भ छ आज को ,,हुन विकशित अनौठो छ प्रश्न को हुन विकाशशिल को ,,,हुन शत्रु को नै  हुन नी था मित्र आमैको चुलाको नुश्का नै छ विचित्र। पैस पैसा भन्दै दुर देश परदेश लागे मजबुरी थियो नत्र घर छाड़ी किन जाने चकित बनायो दुनियाँलाई अद्रिष्य आज प्रकृतिले नियम बदलिए छ थाहै भए आज। नब्बे साल पाको बोजु आज फर्कीए घर तीन वर्षे अन्तिम श्वास मन भरि छ डर छुन हुन्न न रून हुन्छ पाईन्छ जान घाटमा यस्तै हो भने अब उसो के नै त छ साथमा। हेर्दा हेर्दै  भित्र बाहिर सबै छ्याङ्गै देखियो  निलो रेनकोट र निलो गाम्छा मुखमा बेरियो अनिता भागे- भागै भा छ समाधान निर्णयहरू अध्ययन र अध्यायको होड़ पानामा निर्णयहरू । दुनियाँले ती बुनेका सपनाहरू छन  स्तब्द कायर आफै भन्न मन कतेह छैन अस्वास्थ्य  यो नयाँ अध्याय पनि नसुल्झने होईन त्यसैत समय तर बलवान हिसाब अमेल अस्त व्यस्त। जुन दिन दैवले मिल

आफ्नोपन

Image
2075,,,,,,,14,4,2018 आज भेट्न आएको ठल्ले खोर्सानी र किनेमालाई विरर्स्यौकी भनी आज भेट्न आएको गुन्द्रुर र सिन्की सिद्रालाई विरस्यौकी भनी आज भेटघाट राखेको  ढ़ेंड़ो र सिसनु भटमास मकैसित स्वाद ताजा हुन्छकी भनी आज भेट्न आएको रंगी विरगीं तिम्रा भेष भुषामा कतै तिमीले आफ्नो पन त भुल्यौकी भनी आज बुझ्न आएको राजनितलाई परराखि नी तिम्रो र मेरो मुटु सँगै धड़कीन्छकी भनी आज म छक्क परेको नयाँ पिढ़ीले गुन्यु र चोली लगाई एक दिन भेटौन मायालु भनेको सयपत्री टोटला जवा र पलास कृष्णचुरा राधा चुरा क्याक्टससित म मेला घुम्न आएको आज सेल र मो मो पाक्छकी भनी गोजी तताई मेलामा भेला भई संसकृतिको जगेरा गर्न आएको सिमाना जता लाउदा पनि हुन्छ नी टेको चाहि नेपाली भाषा होस पहाड़ी डम्फु नौमतीको भाका होस तर तराई र गढ़ीको एकताको आशा होस झन्डाले रेखा कोरिन्न सभ्यता भुलेर एक्लो भए समाजमा कतै चिनीन्न त्यसैले त अठ्ठाईस उनतीस तीस एकतीस मात्र होईन वत्तिसको हिसाब सिक्न आएको म बैसाख मेला घुम्न विचार्न मलाई भुल्यौकी भनी नयाँ वर्षको शुभकामना साट्न माया पिरथी फेरी लगाई नयाँ वर्षको उल्लास बाट्न अनेकतामा एकताको पाठ पढ्न लौ मत आएको सयपत्री गुल

मिलनको गीत

Image
घामले भन्छ म आएकै हुन्छु जूनले भन्छ म छाएकै हुन्छु किन किन यो  मन भन्ने गर्छ तिमीलाई सधै पाए कै  हुन्छु हावा- बतासले ल्यायो सौगात पछि,,, सारिदेव न् यो   मलमास मेरो परदेशीको   होला अवकास डरै लाग्छ झरीमा  तेसै प्रतिमास आज हो कि भोली हो नी राजै! हाम्रो मिलन गांठो नौमती सगैं छाता ओढ़ी घाम पानी छेकौला जूनलाई शाक्षि देव देवता भाकौला!

बानेश्वर

Image

राजा पुण्यानी द्वारा संकलन गर्दै गरेका नारी हस्तक्षरहरू

Image
दार्जीलिङ-सिक्किमतिरबाट लक्खीदेवी सुन्दास, कमला सांकृत्यायन, सावित्री सुन्दास, माया योञ्जन, सानुमति राई, मटिल्डा राई, सम्पूर्णा राई, मायादेवी छेत्री, वसन्ती शर्मा, सरिता राई, पुष्पा राई, राधा रसाइली, ड. शोभाकान्ति थेगिम, गीता शर्मा, ड. शान्ति छेत्री, उषा दर्नाल, मातृका गजमेर, सुशीला सुब्बा आँशु, इन्द्रमणि दर्नाल, खिरोदा खड़्का, विन्द्या सुब्बा, मणिका मुखिया, सुशिला तामाङ आँशु, स्नेहलता राई, कमला राई जस्ता विदूषी नारी हस्तीहरूले नेपाली साहित्यमा नारी लेखनको स्वर्णिम जग हालेका हुन्।  त्यसपछि ड. कविता लामा, ड. वीणा हाङ्खिम, सुधा एम राई, ड. सुजाता रानी राई, सविता गोम्देन, ड. नीना राई, कमला राई आँसु, ड. साङ्मु लेप्चा, मुन्नु गौतम, ड. रेमिका थापा, ड. रिञ्जी इडेन वाङ्दी, वेदिका राई, ड. राजकुमारी दाहाल, तारा लोहार लेप्चा, अमला छेत्री सुब्बा, ड. पुष्प शर्मा, उषा शर्मा, रचना राई अनाकार, उर्मिला घिसिङ, कौशिल्या मुखिया, भीमा राई तोलाछा, उषा किरण सत्यदर्शी, अप्सरा दाहाल, सुमित्रा अविरल, उषा नन्दी गहतराज, सविता थापा सङ्कल्प, अनुपा राई, रजनी राई पेघा, लतिका जोशी, ललिता जोशी, दक्षिणा योञ्ज

रानी

Image
रानी म सूनकेश्री रानी! मेरो आश र आड़लाई खुढ्कीला बनाई तिमी माथि चढ़ेको मैले हेरेको निकै भयो! म जिर्ण भै सक्दा पनि तिमी यही लिस्नुमाथि चड़ेर सुन्दरताको रशपान गर्दै छौ हे आगन्तुक बन्धु हो! कहिले बर्दीलाई धोका दिन्छौ कहिले न्यायको पल्ला माथि तल टकटकाउछौ! मेरो जातिलाई च्याति च्याति धुजा धुजा पर्दै ओपरेशन थेटरमा पोसमाटम गरि उधाङ्गो राखेका छौ! के खोज्न आएका के पाउन आएका कति डराएका तिमी त्यसैले बलवान छौ रानी दिर्जीलिङ!

कोरोना ( 14days quarantine)

Image
कोरोना 14th days quarantine कोरोना मैले तलाई राक्षस जस्तो देखे। वैज्ञानिकले तलाई उढ़ने-विश जस्तो देखे। डाक्टरले तलाई टेरोरिस्ट जस्तो देखे। पुलिसले तलाई देश विरोधी जस्तो देखे। ड्राईबरले तलाई चुम्वक जस्तो देखे। सफाई कर्मीले तलाई स्पाईडर म्यान जस्तो देखे। समाचारले तलाई एमिबा जस्तो जस्तो देखे। कस कसले कस्ता कस्ता देखे तर चिनले चमेरा जस्तो देखे। पश्चिमी देशहरूले तलाई चुड़ेल जस्तो देखे। देख्न त सबैले देखे मास्क र पञ्जा जस्तो देखे।  सफ्टवेर तकनिसियनले तलाई काँड़ादार डल्ला देखे। विश्वले तलाई नदेख्ने यमराज जस्तो देखे।  वास्तवमा तँ, कति विशाक्त मानव सभ्यताले अचम्भ देखे।

मौन धारण

Image
मौन धारण आज उ साचै मरेछ! मैले सोधे को हँ? बिचारा समाज सेवी थिए मानिसको सेवा गर्थे विरामीहरूलाई ओसार पसार गरि निको पार्ने गर्थे लाते भकुण्डो उनको प्रिय खेल सबैलाई जंगल बिच एउटा ठुलो मैदानमा खेलाउने गर्थे, देशका भक्त सिमा रक्षक पनि हुन , फेरी मैले सोधें  वहाँको नाम चाहि के हो नी त? खै नाम जान्दिन तर  तालु अलि चिण्डे अग्लो हँसीलो अनुहार बिचारा मैले सोधे कँहि केरो भाईको कुरोत गर्नु भए होईन? हतार हतार नेट खोले र फोटो देखाएँ! अरे उनी नै हुन! मैले भने उनको फेसबुक हिजसम्म चल्दै थियो कसले चलाउदै छ त! हामीलाई केही खबर भएन त? कसैले चाल पाएका छैनौ, भाई ,तपाईले अरू कसैको कुरो गर्नु भयो होला,मेरो भाई हुन सक्दैन, तर्क- वितर्क गर्दै घर आएँ उनीहरू टोटोमा चड़ी बजार लागे,,,, घर आएर फोन लगाएँ ती भाई त जिउदैँ छन बात गरें कस्तो अचम्भ म सोचमा परे! न उ राजनितिज्ञ, नता ठुलो व्यपारी एउटा विचारा पेन्सनर, खटी खाने मान्छे, राम्रै उसको फोटो  फेसबुकमा माला लगाई सजाएर साधारण मानिसलाई मौन धारण गर्न लगाई, सरौ उठाएर लापत्ता हुने मानिसहरू पनि जन्मिएछ मेरो बिराद्रीमा! लौ है समाज सेवी हो! चनाखा बस्ने समय आएछ धेरैलाई उपकार