अतित
उत्तर बंग विश्वविद्यालयमा फ्रेसेस वेलकममा मैले आफ्नै हातले सिलाएको र डिजाईन गरेको ड्रेसमा उभिएको पनि अब वर्षौ वितेछ। तर यसरी यस फोटोलाई यहाँ राख्न र वितेका दिन याद गर्ने जमाना यही जुनीमा आउछ होला भन्ने चाहि थाहा थिएन। यो सबै श्रेय राजीब गान्धीलाई जान्छ।वहाँले भारतमा कम्प्युटर युग नल्याएको भए हामी यसरी नेटमा बसेर मनको कुरो साँटन सक्ने थिएनौ होला। जब वहाँले यो तकनिकीको बारेमा कुरो राखे तब विपक्षले यसलाई नकारेका हुन। यति ठुलो आबादी भएको देशमा कम्प्युटरले काम गर्न थाले बेरोजगा अझ बढ़छ भन्ने सोंच थियो तर त्यसको ठिक विपरीत हाम्रा ट्यालेन्टहरूले विश्वमा आईटी सेक्टरमा नाम कमाई रहेका छन भने हामी जस्ता कम्प्युटर ईलिटरेटहरू पनि यसको सहायताले केही नभए पनि ईन्टरटेन्टमेन्ट त गर्न सक्षम भएका छौ। त्यतिमात्र नभएर भलो कुसारी साट्न सक्षम छौ। मलाई थाहा छ जब म सिक्कीममा काम गर्न गएकी थिए सन 1987 को कुरो हो बुबाले मलाई सिलगढ़ीबाट अन्तरदेशीय पत्र यानकी ईगंल्याणड लेटरमा पत्र लेख्नु हुन्थ्यो त्यो वेस्ट सिक्कीम आई पुग्न पन्द्र दिन लाग्थ्यो। अनि मैले बुबालाई तुरन्तै पत्रोत्तर लेखेर पठाउथे त्यो पनि सिलगढ़ी पुग्न