Posts

Showing posts from March, 2022

आखिर किन?

Image
आखिर किन? यी आविष्कारहरू किन बोल्न लागे जता ततै आज नियन्त्रण हराएछ क्यार हाँसो कम रोदन धेर  देखिन थाल्यो विश्वमा सभ्य संसार छाड़ी जान बाध्य बन्यो आखिर किन? विनाशक विश्फोटक  कालो धुवा गुड़न थाल्यो फेरी ईतिहास नरसगांरको दिनो दिन दोहोरिन थाल्यो यो एशिया धेर चोईटिन लाग्यो हे मेरो देश! मध्य मार्ग देखाउ, यो सभ्यतालाई चरममा पुर्याऊ। अलेक जेण्डर र पुरूको कथा फेरी एक चोटी पाठ पढ़ाई देउ चान्यक्य निति पल्टाई हेर्ने गर कमिलाको गोलोलाई ठिम्याउने गर, मानवतालाई प्राथमिकता दिने गर सभ्यताको आदर गर्ने गर अनि त् प्रेम र शान्तीको दुत बनी अघि बड़। मुखमा ताल्चा  किन मुक दर्शक धेर भो  आमा पृथ्वी एक हुन ध्वनी प्रदुशषले नी दुःखछ उसलाई वायु प्रदुशनले आज्माको शिकार  जल प्रदुशनले जल प्राणीको नाश स्थलमा खाल्डोपरे माटोको छय  पटक पटक मृत्युले दुरगन्ध छ। भरखरै त यी मैलो हावाको शिकार लाश घरमा घर खोज्दै संसार फेरी आज किन बुझदैन यो मानव विज्ञान तबसम्म महान आविष्कार सभ्यतालाई पुर्याउछौ चरममा जब त्यसको दुरूपयो हुन थाल्छ त्यसैले पापको घड़ो भर्छ आमा!! आखिर किन मानवताको विनाश  खोक्रो शक्ती क...

खुशी खोज्ने क्रम

Image
साना साना खुशी बटुल्दै आफ्नै किपटमा आफैलाई खोज्दै हिड़ेको! पेटको समस्याले दुरदेश लागियो पर्देश लागियो आफ्नै ठाँउमा परदेशी भैयो! तर उ उस्तै उस्तै छे निरन्तर कार्य गर्छे अनि मलाई सोध्न लागि, किन आयौ त यहाँ?? चक्र जस्तो घुम्नलाई म जस्तै पग्लन सिक्नु पर्छ म जस्तै बाफिन सिक्नु पर्छ म जस्तै कक्रीन सिक्नु पर्छ। मैले भने, हो! त्यही ज्ञान पाएपछि म जरा खोज्दै आँए माया पाउन भनि आँए।

प्राथना

Image
प्राथना करूणाका राज- दुत वर्तमानका परिहरू विज्ञानका खोजकर्ता सुमसुम्याउने हातहरू सुई र दवाई पिलाउने आजका सैन्यहरूमा दुई हातजोरी प्राथना गर्छु, समझना गर्छु प्रिय! डाक्टरहरूलाई  पल पल हौसला पुगोस ब्यांकरहरूलाई सहयोग हरएक पहिलो पंक्तीका सहयोगी हातहरूलाई शक्ती प्रदान गर देवा! म एक्लो शान्तीमा छु तिमी एक्लै खुशी  छौ। तर उनिहरू बिरामीसित जगंमा तिम्रो  सुरक्षामा, जहाँ विज्ञानको अन्त हुन्छ आस्थाको दौड़ शुरूहुन्छ जढ़ी-वुट्टी प्रकृतिमा नै  हनुमान भै सुमेरू पर्वत सिङ्गो उठाई त्यही मुना टिपेर ल्याउ औषधी गर! मेरो प्राथना प्रकृतिलाई छ तिमी शुद्ध पवन प्रदान गर यो दुधु- बालाखा छाड़ी सेवामा कार्यरत सेवक- सेविकाको रक्षा गर, आज तिमी मेरो प्राथना सुनीदेउ प्रकृति तिमी नरिशाई देउ आज तिमी प्राथना,मेरो आस्थामा छौ।।

ऐठन

Image
ऐठन यो रातको दुँनियामा केही त अवस्य हुन्छ मलाई आज रात भरी ऐठन पार्यो के थियो  म भन्न सकदिन तर अनुभव यस्तो थियो,,,, म घरको लाईट जलाउन सुईचतिर हात बढ़ाउछु कोठाका दुबै सुईजले लाईट जलेको संकेत दिएन बुड़ोलाई झक झकाई हेरें मस्त निन्द्रामा छन,,,, छामछाम छुम छुम गर्दै कोठादेखि बाहिरतिर लागें अचानक  ठुलो आलमिरा कसैले म तिर डकेली दियो म दुई हातले थामि राखे पछिलतिरबाट मेरै श्रीमान गललल् हास्छन मानो मसित जिस्कदै छन,,,,, त्यसै समय फोनमा सानो नानी खितितिति हाँसेको आवाज मेरो कानमा गुञ्जिरहेको छ मनमा दुविदा फोन उठाउँ त आलमिराले मलाई चोट पुर्याउने नउठाउँ त त्यो मेरो फोन कसले चलाउदैछ यति राती भन्ने मनमा जिज्ञासा,,,, केही छनपछि झ्वाट्ट  केही चिजले छाड़े जस्तो भयो साँचो रूपमा लाईट जलाएँ समय रातको दुई तिस भएछ अनुहारमा मेरो पसिनै पसिना बुढ़ो छेवैमा घ्वार घ्वार मस्त निन्द्रामा छन यो के थियो यति बेरसम्म एउटा ऐठन केवल,,,,,, तर थियो भयावह रातको के यस्तो तपाईलाई पनि अनुभव हुन्छ कहिले काँही सरिर तातिएर ज्वरो र सरदीले ग्रस्त थियो अनिता एउटा ज्वरोको दावाई खाएर फेरी म त्यही स्वप्न संसारमा डुब्न पुगे के...

बधाई छ हाम्री गोर्खाली विधुशीलाई! ( सौजन्य प्रजाशक्ती)

Image

कविता

Image
कविता  कविता ......कविता  जस्तै हुन पर्छ, कविताले कसैको  जीवनको कविता पोखेको  उठाई दिएको हुन पर्छ, कविता ठगिएकी नारीको अस्तित्व हुनपर्छ कविताले अशल नारीको आशस्था र विश्वास  बोकेको हुनपर्छ। कविता हाँस्दा हाँस्दै रोएकोहरूको आँशु पुछ्न सक्ने हुन पर्छ, देवालयमा पुजीने नारीमा शक्ती प्रदान गर्ने आस्था बोकेको हुप पर्छ भने, कविता शोशितहरूको आशाको किरण बन्न सक्ने नारी नै हुन पर्छ कविता,  कविताले कवितै बोकेको हुन पर्छ कविता यस्तै हुन पर्छ कविता उस्तै कविको मन रोएको हुन पर्छ भने कविले समाजलाई   हातेमालो गरेको हुन पर्छ

प्रिय गुरूमा!

Image
DIL KUMARI BHANDARI: THE MAIN FORCE BEHIND ESTABLISHMENT OF STATUE OF MAJOR DURGA MALLA AND INCLUSION OF NEPALI LANGUAGE IN INDIAN CONSTITUTION  Dil Kumari Bhandari (Nepali: दिल कुमारी भण्डारी) is a former member of parliament (Lok Sabha) from Sikkim. She was also the president of Bharatiya Gorkha Parisangh, an organization of the Indian Gorkhas till 2012. Life Dil Kumari Bhandari was born on 14 May 1949 in the village of Bara Puttabong in Darjeeling district, India. She came from a highly cultured and traditional Rai family. She married Nar Bahadur Bhandari, who later became the chief minister of Sikkim, on 28 March 1968. She has been constantly working for the cause of Nepali-speaking people, her most notable contribution being the inclusion of the Nepali language in the Eight Schedule of the Indian constitution. Dil Kumari was elected as a Member of Parliament from Sikkim twice from May 1985 to 27 November 1989 and from 20 June 1991 to 10 May 1996. Source: Wikipaeia...

समिक्षा- उलझन

Image

कलियुग

Image
कलियुग हो यस्तो दिन पनि आउछ भनि अस्सीमा नै भनेको थियो  एक लेखकले। चालिस वर्षपछि देखिन्छ यसको अशर ठिक सहरको चिनबाट लेखक हुन अमेरिकन। दुई देशमा छ द्वन्द संसारलाई बनायो मन्द स्वास्थ्य शरिरलाई चिन्ता बिछोड़को पिढ़ा अनिता। राजस्थानको डाक्टरले ईटालीयनलाई ठिक गर्यो खुशीको कुरो यो ज्वरो उ बाँच्यो , कोभित भाग्यो। चिन्ता के को टन्न खानु छुट्टी छ घरको नियम मान्नु सबै आफ्नै तौर तरिका छान्नु चुलो र आमाको कुरो ठिक ठान्नु। कलियुग हो बाबै सधै स्वाईन र बर्ड फ्लु मात्र कहाँ "मेन- फ्लु" हो प्याज लशुन खादाँ झुक्रेको कुखुरा दौड़न्छ। के छैन र" मै तुलशी तेरे आँगनकी,",, तेज पत्ताको छ सुगन्ध दालचिनी पत्ता टप्प टिप्नु भुरलुक्क रातो चिया चुस्स। कागति सुन्तल्ला फोक्से नागपुरको, मिरीकको भने स्वादिष्ट छ बजारमा गने के छैन सैलानीसित अलि डरे। अचम्भ युगमा छ प्रवेस डाक्टर नर्सको हो समय नाम कमाउने काम गर आफुलाई पनि राखि पर।।

ए शिलगढ़ी

Image
ए सिलगढ़ी! म नी कहिले काँहि छक्क पर्छु! तिम्रो छात्तीमा  किल र काँटी ठोकी मेरै हो भन्नेहरूले तिमीलाई आफ्नो भने भन्दैन। कार्यक्रम सिलगढ़ीमा बेस्ट छ नी! सस्तो  र सहज छ उत्तर पूर्व र चार देशको सिमाना बिचमा गरिमामय भालेको हिड़ाईमा कोट कोट्यास गर्दा पोथी खोङ्गी सगैं बन्धु बान्धवहरू भेला भई हाल्ने अलि अलि चारो गुदीमा पुगि हाल्ने! तर म नी कहिले काँही छक्क पर्छु! एउटा टिकरीक्क महकुमा छुट्टै पारी यता न उताको बनाई राखेका छन यी मनका परिवारले न यसलाई गोर्खाल्याण्डले, अपनाउछ नता जलपाईगुढीले! संमविधानमा नभएको समतललाई टिकरिक्क महकुमा पहाड़ बनाई राखेछ,तिमीलाई आफ्नो भने कसैले भन्दैन! तार-तारा हवाई अड्डाबाट उत्रिएर प्रेसतिर पहाड़बाट उत्रिएर माड़वरी प्यालेसतिर उत्तर पुर्वबाट कुदेर टिवीका पर्दातिर अरू त अरू साहित्य संसकृति संगीत ,खेलकुदको राजधानी तिमीलाई बनाए पनि ती अटालिकामाथि बस्नेहरू भोट आउदा रित्ता रात्तै हुन्छन! जति जति सभ्याता अघी बड़दै छ बाटाका दुई छेउँ घैमल पनि बड़दैछन चिकन स्प्रिङले पेट भरे पनि दुर्गन्ध छ बाटाका दुई किनारमा  छत हाली बनाका  दोकान छदा छदैं व्यपारीहरू ...

सम्बन्ध

Image
प्राचिन कालको हतियार वर्तमानको सौंदर्य यसमा पलिस लगाउने कारिगढ़िता!😊 स्वास्थ्य शिक्षाले भन्छ यो छिः फोहोरको अड्डा   जे होस सफा  राखे सुन्दर र सहयोगी! सबै अंगका केही न केही कार्य अवस्य छन त्यसैले परिआएको बेलामा एउटा हतियार ! एउटा शक्तीको प्रतिक साना साना सुन्दर नङले माशुसितको मित्रताको ज्ञान बोध गराउछ !😍 यसको पाठ जुगबरले पेटैबाट सिकेर आएछ क्यार हामीलाई भेट गराई मित्रता गांस्न लायो कठै नङ र माशु जस्तो! 😊😊😊😊😊😊😋

सिडनी समाचार

Image

समाचार कान्अतिपुरी

Image
१ चैत्र २०७८ मंगलबार Tuesday, March 15, 20 प्रवास सिड्नीमा दोस्रो महिला साहित्यकारहरुको सम्मेलन भव्य   फाल्गुन २२, २०७२ नारायण खड्का अष्ट्रेलिया — डायस्पोरामा रहेका महिला साहित्यकारहरुको योगदान र उनीहरुलाई एकै स्थानमा जोड्ने उद्देश्यका साथ अष्ट्रेलियाको सिड्नीमा अन्तराष्ट्रिय महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी सुरु भएको छ ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स शाखाको आयोजनामा भइरहेको यस कार्यक्रमका लागि विश्वका विभिन्न देशहरुबाट साहित्यकारहरु सिड्नी आइसकेका छन् । शुक्रबारदेखि शुरु भई आइतबारसम्म चल्ने उक्त साहित्यिक सम्मेलनमा साहित्य लगायतका अन्य विविध विषयमा चर्चा र छलफल भइरहेको आयोजक संस्थाका महासचिव विकास उप्रेतीले जानकारी दिए । महिला साहित्यिक सम्मेलनका साथै कार्यक्रममा काब्य गोष्ठी समेत आयोजना हुने उनले जानकारी दिए । नेपाली साहित्यको वर्तमान आयाम, नेपाली साहित्यकारहरुको योगदान लगायतका विषयमा आइतबार कार्यपत्र प्रस्तुत गरिने भएको छ भने यस सम्मेलनले विश्वभरि छरिएर रहेका नेपाली महिला साहित्यकारहरुलाई एकै स्थानमा ल्याउने विश्वास आयोजकको छ...

छोरीको प्रतिक्रिया (13.3.18)

Image
मेरी आमालाई बलात्कार गर्ने मेरी दिदी बहिनीलाई बलात्कार गर्ने हिम्मत कसले दियो तलाई यो सिरिया होईन न नै तालेवान यो गनतान्त्रिक देशमा स्वतन्त्र सबैले बाँच्न पाउछन स्वतन्त्र आफ्नो अधिकार माँग्न पाउछन! पवित्र देशको वर्दीलाई कलङ्क लाउने कुविचारको हत्या गर्न जरूरी भो नत्र यसले मलाई मात्र होईन तिमीलाई होईन देशको गनतनत्रलाई कलङ्क लाउने छ कति प्रगतितिर लाग्न खोज्छु कति मित्रमिलन स्वप्न रोज्छु सबै भुली स्वच्छ फुल रोज्न चाहान्छु तर मेरो पछ्यौटे समाजको अधिकारको हत्या हुन लाग्दा आफ्नो अस्तित्व पतनको रक्षा गर्न बाघीनी हुन कर लाग्छ तेरो त्यो राक्षसी सोचको हत्या हुन पर्छ नत्र फेरी एउटा ज्वलामुखी बिस्फोट म यहाँ देख्दै छु हिउंको चिसो र लाभाको रापमा केही झिल्काहरू म यहाँ देख्दै छु सावधान! म मरेकी छैन ननै बलत्कॄत छु न नै अनपढ़ छु मेरी आमाको खुनले तलाई पनि सिचेर राखेको छ मेरी दिदी बहिनीको पसिनाले तेरो बिहानीको चिशो श्वास चिया चस्तै न्यानो हुन्छ तेरो परिवार त्यसैले पल्दै छ! मलाई जिस्क्याउन नखोज म यही धर्ती कै मायालु छोरी हो दयालु छोरी हो,तेरो कुविचारलाई मार्न सक्ने शिक्षीत नारी हो!!

बाँच्ने चाहना

Image
तिम्रो पनि म जस्तै हाँसने रहर होला तिम्रो पनि म जस्तै बाँचने रहर होला! समय न पर्ख यहाँ यो त विति जाला हाँसने कोशिश आजै गरे अशल होला! माया पाउने मेरो जस्तै तिम्रो रहर होला मुस्कान नभए भोली माया दिने को होला? हाँसो मिलेको दँन्ते मोहनीले मिलन होला बोल्दा, नबोले कुरो सलल् रहर मात्र होला! अनायासै हँसिलो मुस्कान तिम्रो याद आयो त्यसैले यो मनले आज जिवनको गीत गायो! तिम्रो पनि म    जस्तै हाँसने   रहर   होला तिम्रो   पनि म    जस्तै बाँचने  रहर होला।।

सान- मान - छुकी

Image
सान -मान- छुकी हिज हाईनेस! तिम्रो रिहाईमा मेरो प्राथना छ! तिमी आजद हुन पर्छ कहाँ गयो मानव अधिकार?  सानो देश! किन यस्तो अशान्त छौ, केवल गरिब र असहाय नारी मात्र होईन, छुकी!तिम्रो मान र सम्मान तिम्रो राज्य अविशेक फेरी होस भन्न खातिर यस महिला दिवसमा सम्झना गरेकी छु! कारावास भित्र पनि तिमीलाई दुर्गा- काली भै बाँचेको देख्न चाहान्छु तिम्रो अधिकार शसक्त नारीको अधिकार पनि हो! तसर्थ, यस नारी दिवसमा तिमीले न्याय पाउनु पर्छ सान- मान-  छुकी! अन्तराष्ट्रिय महिला दिवसमा मानव अधिकार विश्वमा  यदी छ भने,  हिज हाईनेस!  एउटी नारीको अधिकार उसले पाउनु पर्छ यो कलम आज चिन्तित् छ ती नारीको निम्ति पनि, शान्तीले देशको उन्नती हुन्छ धुवा र बन्दुकले देशको विनाश यस्ता अशान्त मनलाई विश्व नारी कलमले शान्त पार्ने क्षेमता राखौं, हाँस्न गाउन् र केक काट्न  मात्र होईन! विश्वको कुनै पनि कुनामा नारीको अपमानको यस दिवसमा घोर भत्सना गर्द छु!!!

श्रद्धाञ्जली

Image

अधिकार

Image
बुझ्यौ अधिकार? समान अधिकार के हो ? प्रश्नै प्रश्नको जीवनमा  बायाल्यवस्था निरभरमा युवास्था अन्योलमा प्रौढ़ अवस्था बिछोड़ र अजनबी सहरमा कहिले बुझ्यौ त अधिकार! जसलाई पर्छ उसले सानैमा सिक्यो पाठ,  निलो भएर कठाङ्गरिदा पेटको अग्नी ज्वाला दनकिन्दा रित्तो भाँड़ा सिरमा बज्रन्दा ॠण तिर्न नसकदा, अधेरों कमरोतिर लखेटदा, अधिकारको मूल्यबोध बुझ्यौ? मैले बुझेको समान अधिकार साथीले पेन्सल खोस्दा रबर लुकाई दिदाँ पुस्तक अरूको हेर्न पर्दा टिफिनमा खाजा- पानी नहुदा, तिम्रो र मेरो बुझाई भिन्न हो! म दफतरमा, तिमी डोकोमा म गहनाले झरझुट्ट छु, तिमी दाईजोको चपेटमा,,, मेरो थैलोमा लक्ष्मीको वास छ स्वरसतीको वरदान छ। तिमीले जुनको रूप के देख्यौ? औंशीको रातमा आँशु खसाल्छौ, म भने जुनेली रातमा रमाउछु! हो अब यो दुःख पिढ़ी दर पिढ़ी तिमी नसार, बरू उसलाई भन बिहानी मै खोज तिम्रो खुशी, निलो गगनमा उड़न देउ मनलाई! बाल्य गीत गाउन् देउ आफैलाई मनलाई सोध बुझ्यौ के अधिकार??

धनगढ़ी

Image
धनगढ़ी धनी अभरण्यमा सुन्दर प्रकृति सुदुर पश्चिम उकुस - पुकुस सांसकृतिक साहित्यिक गतिविधिको प्रस्तुति थारूहरूको गढ़। ब्राहमण- छत्रीयको  परमपरा मिठो पकवान डडेलधुराको नृत्य, लवज परमपराको व्यस्त जोशीका सहपाटी बाईपङ्खिमा उढ़ाउन नेत्रित्वको स्वागतमा। साना सुन्दर बाईपंखिहरू हिमालको मनोरम  दृश्य देखाउन, अर्द्ध गोलाकार भै जब सगरमाथा  छेउ उड़दै थियो, म सोचँदै थिए। यसरी नै धुवा छोड़दै रेल पनि गुढ़दो हो, त याता- यात अझ सुगम, साहित्यको कुम्भमा प्रथम चोटी सातौं अञ्चलमा आफ्ना आफ्ना मनका अनुभव र व्यथा वादीका। अहो मनका ग्राफ हृदयका ग्राफ झै ढुक ढुकाउदै माथि तल गरिरह्यो देख्दा युग पुरूषलाई सुन्दा वहाँलाई उर्जाको श्रोत शरिरमा फैलन लाग्यो अहो रामजी! राम राज्य सृजन मैले त्यहाँ देखें। समृद्ध टोईन्टी- टोईन्टीको पर्यटन महोतस्व सफल र सुन्दर पर्यटक साहित्यकार , साउ-अक्षर चौबिसवटा लेख्ने लेखकदेखि हास्य व्यङ्य कलाकार कवि को थिएनन र! मैनमारी विद्यार्थीको जिज्ञाशा,विद्यार्थीहरूको क्याटरिङ र स्वागत पहलमान सिहं "स्वार" भानु तथा श्रष्ठा स्थानिय आंगनमा, सुन्दर थलो साहित्य दिगो होस। खोजिरह्यौ माछापुच्छरे ज...