Posts

Showing posts from January, 2023

मेरो वसन्त

Image
मेरो वसन्त बसन्त लागेछ चालैनपाई उमेर नी भागेछ उ बर्षैपछि आउने मलाई चाहि पौढ़ बनाउने*** को हौ तिमी मेरो बसन्त गन्न लाउने**** आमाले मलाई नानी नै भन्छन बाबाले बावु भन्छन छिमेकले कति सानी थियौ भन्छन तर बसन्त आउदा सारदे माताले तिमी कति ज्ञानी भयौ भन्छिन****? नकुल दाना  कलम र सिहायी पलाशको फूल चढ़ाई पुजा आर्चना गर्न सक्ने प्रशाद बाड़ी नी रमाईलो गर्न सक्ने भएछु भनि मन मनै मनन चिन्तन गरे अनिता यस वर्षको  एउटै वसन्त पञ्चमी मेरो पनि यस वर्षको एउटै वसन्त न हो भनी पहेंलो वस्त्रमा आफैलाई रंगाई बगांली भ्यालाईनटाईनमा निस्कीए अब वसन्त गन्न😊😀😊

लुड़थुड़ क्याम्प

Image
मलाई याद आउछ लुड.थुम क्याम्प.. नेपालीदेखि गोर्खा बन्न परेको ईतिहास.. मलाई थाहा छ रगतको भल बहेको........ मलाई थाहा छ सूकेलाई गुरू थापेको ईतिहास! मलाई यो पनि थाहा छ दार्जीलिड. ! सिलगढी छाड़न तिमीलाई वाध्यबनायो.. जलपाईगुड़ीका नानीहरूमा मिठाई बाड़ेको छोरोलाई असहाय ....पार्ने..बाध्यता आएको! राजनितीमा चौकीमात्र ठूलो होईन राजनितीमा नेता एटिएम.....होईन उनका पनि नाता गोता दाईत्व होलान साथी संगी....वेवसी..र भावना पनि... मानवता महान छ ....... .. आज... मौन आवाजहरू बुललन्द....छन घड़ीयाल र परिबारका आशुँ बरोबर दिल्लीदेखि मन्जुसम्म..जै हिन्द! जै गोर्खा जवान!!

गनतन्त्र दिवस

26.1.19[ reminder] गनतन्त्र दिवस मैले यस दिवसलाई खुशी भई छेवैबाट देखेको छु हाम्रो देशको  महान पर्व हो हाम्रै मुटुको रगतले सिमा सिंचेको छु    जै जवान! जै महा काली! जै गैर्खा !भन्दै अग्रेजलाई लखेटेको ईतिहास मैले लेखेको छु, भिर पहरामा नाम कुंदेको छु संविधानको पानामा मैले मेरो विचार कोरेर देशलाई गनतंनत्र दिनमा, ईतिहास रचेको छु अरिबहादुर भई त्यहा ठिङ्ग उभिएको छु आज पनि कुपवाढ़ा र द्रासमा मेरो आलो खुन गवाह छ गोर्खाको सपना मेरो सपना भनि दार्जिलिङलाई ठगेको मैले देखेको छु हे स्वतन्त्रता! हे गनतन्त्र! यति गर्दा पनि आफ्नो विचार पानामा पोखि हिड़दा तिमीले नचिने पनि परोक्ष मेरो कर्तव्य देश प्रेम गरि रहेको छु मेरो पनि देशको बागडोर सम्हाल्ने एक दिन अवस्य आउला त्यस दिन देशलाई आतकंबाद मुक्त बनाउने मैले दार्जिलिङमा बसी सपना देखेकी छु।।

शुन्य

Image
शुन्य कहिले काँहि शुन्यसरी शुन्यमा नै एक्लै कोठामा आफैसित ठिङ्ग अघि म बात गरि रहेकी हुन्छु। यो गर्न थियो त्यो गर्न थियो अरे किन कसका लागि हँ? के यो तिम्रो आत्मा मात्र किन यसरी छट पटिन्छ हँ! तिमीलाई कसैले सोध्यो, के गर्दै छौ भनेर, कहिले तिमीलाई कसले खेद्ने गर्छ किन आत्तिएकी यसरी! मन आतुर छ तर समय? यही समयले खेदछ क्यार, एक्लो हुदा पनि ठेली रहन्छ एई! उठन् जांगर चला भन्छ। पहिले अनुशासनसित डराउथे आज त् म अनुशासित छु बन्धु बिनदास छन हतारिन्न मनको छट पट पट्यार लाग्दो। शुन्य बलवान छ भन्ने गर्छ म थपने गर्छु, तिमी पनि म सित घुर्रा झै घुम्ने गर नत्र यो उर्जा व्यर्थ छ भन्छ।

अन्तिम यात्रा

Image
अन्तिम यात्रा 23.1.19 हिड़ने बाटाहरूमा पछि फर्की तिम्रा पाईलाहरू खोज्ने गर्छु अनायास यी मन कहिले काँही शितका थोपासित चिसो रोज्ने गर्छु पानीका लहरहरूले यी छाप मेट्दा थाहा पाउछु दिनो दिन शरिर मै मर्ने गर्छु यो बोल्ने चरीले कतिदिन साथ देला यहाँ होस हराउदै फेरी आउने गर्छु कति अचम्भ भयो नी कस्तो बात गर्दा गर्दै उ त छैन  म फोटामा सिमित हुने गर्छु जन्मन् लस्कर लाग्नु पर्ने मरेपछि जल्न लस्कर लाग्नु पर्ने तर माया पाउन अधुरो भए झै गर्छु पाईला धुलिकणले मेटाई लाँदा अनायास फेरी अतितलाई यो मन बलवान देख्ने गर्छु

झम्काभेट

Image
झम्काभेट आज अचानक  एक परदेशीसित  भेट भयो मैले राम्ररी ठिम्याउने  कोशिश गरें तर मास्क लगाएकोले झट्टै बोलाउन सकिन मलाई उसको चस्मा लगाएर हेर्ने आदत भने थाहा थियो साथीलाई सोधि हेरें, हेरत् त्यो पछिल्तिर बस्ने हामीले चिन्या जस्तो लाग्छ अँ! आज कल उनी कहाँ छन? विदेश लागेका हुन  उतै तिर होलान भने हामी केही मगाँएर  खान लाग्यौ तर उनको टेबलमा  एउटा लेडिज ब्याग अनि मिनु हेर्दै  आँखा तलतिर सायद मैले पनि  मास्क लगाएकोले चिन्न गाहारो पर्यो या त् टेबल अघिको लेडिज ब्याग एउटा प्रश्न चिन्ह मेरो मनमा तर....तर...मन मनै   आखिर मैले त्यस्तो केही भुल गरे जस्तो लाग्दैन, मन मनै एक  खेल खेल्न थाले यदी मैले चिनेका  हुन भने मलाई पनि चिनेर  नबोल्ने ईच्छा भए ईनी यहाँबाट खाना  नखाई निस्कने छन साँचै नभन्दै एउटी कलाकार सिढ़ीबाट ढ़ल्कन्दै  उनी भए तिर लागिन खास- खुश दुवै के बात गरे नभन्दै त्यहाँबाट दुवै उठेर गए म मन मनै आफ्नो  गेममा सफल भएँ, मैले एक कप चिया मंगाए चिनी अलि धेर  थियो मन परेन फेरी चिनी कम  गरि माँगें त्यो पनि किन हो ...

सत्य

Image
गर्मीमा चिसो कफी मिठो शर्दीमा भुर्लुकै चिया छिटो! दुःखमा सुटुक्कै आँशु झाँरे  सुख बाड़न  मुसुक्कै हाँसे! समय वहेको हेरीरहेछु नित्य यही चक्षु हो देखाउछ सत्य! माया कहाँ छ? ह्रदय या मनमा  हजुर छ भने मधुर मुस्कानमा! शान्ती खोज्नुहुन्छ भने हास्नुहोस वनभोज खान पाये नी नाँच्नुहोस!  तस्विर फेसवुकमा सत्रकै हाले विगत मिठो, तर समय सगैँ चाले!  कति रूनु यो छैन त्यो छैन भनी बरू हाँसौ न यही हो सत्य जानी!, अनुहार समय  सगैँ  झुरी परोछ   जीवनले स्वास्थ्य मुस्कान भरोस! जति लेख्यो उति लेखौ  लाग्छ चिन्ता केही छन,,,पर पर भाग्छ! कविता पढ़ेथे सुन्दर साहित्य सुधा आजलाई यति लेखे देउ अब विदा!

विलौना

Image
हाँस्न जानिन कि हौ, नाँच्न जानिन् तिमीलाई यो संसारमा गाँस्न जानिन्। माया पाँउन् डुली हिड़े ,साटन् जानिन्  हात मिलाई तिम्रो माया साँचन जानिन्,,,, खेल ठट्टा मै दिनरात बित्यो साँचो मानिन्  सोची रहदा हुरी बतास के हो ठिम्याउन जानिन्। कति फरक भो यो जिवन छितिज पारि घाम जिवन के हो कहिलेसम्म थामी राख्न जानिन्।

ईच्छा

Image
ईच्छा सागरको जति गहिराई आजसम्म नापिसके, त्यस भन्दा अझ गहिरो गहिराई अन्धकारमा  जान चाहान्छु म म वैज्ञानिक बन्न चाहान्छु। नापि सकेको वायुमण्लमा उड़ी पार गरि अर्को ब्रमाण्ड खोज्न र छुन चाहान्छु म म वैज्ञानिक बन्न चाहान्छु। तारा जस्तै ह्रदयहरू कति चम्कनछन मरेपछि पनि पुनर जन्ममा ति ह्रदय आज झै होलान के म वैज्ञानिक भै बुझन चाहान्छु । ती मरेर गएका सहिदहरूका आत्मा मिलन भै आन्दोलित भएको आक्रोशको आन्दोलनलाई म टेलेशकोप लगाई देखाउन चाहान्छु । विश्वमा जिवनु नै हो भने आफ्नो बरचस्वको निम्ति आफैपटि दुरबिन एक्स रे लगाई म तिते आन्द्रालाई बुझन चाहान्छु। हो म एकदिन तिमीलाई त्यो आकाश गंगामा देख्न चाहान्छु जहाँबाट तिमी निल गगन मात्र होईन सागरको अन्धकार केलाउने वैज्ञानिक हुन्छौ।

खोजि रहन्छु

Image
म त  यहाँखोजि रहन्छु यी नयनहरू  टोलाई रहन्छन समयको परिवर्तन हेरी रहन्छु, तकनिकको प्रभाव सबै सहजै जान्ने तर हात जति बड़ाए नी, नभेटिने केवल  देखिने यी आँखाका नानीहरूमा स्पेस खोज्छु सख्याका जिवनलाई  सदा गन्ने गर्छु यो पाङरो घुमाईको पनि उमेर गन्ने गर्छु कतै उ पनि म झै बुड़ेसकाल तिर लम्किदै पो छिन ,,, ह्यदयघात त भै हाल्ने होईन, यी धुवाहरूले यी अनियमितताहरूले! हो उ एकली  घुमिरहेकी छिन मानव मनस पटलमा तसर्थ उसको उमेर बाहेक अरू सख्या अस्मिता बनाई रहन पर्दैन, ब्रहमाण्डमा उ बलवान नारी स्वरूपा हिड़ीरहेकी छिन, नत्र उसलाई मृत  घोसित गर्नेसम्म क्षमता कसैमा रहने थिएन कस्तो भयावह  काहालि लाग्दो विभद्स चिसो  हुने थियो होला। मेरी आमाको  अनुपस्थितिमा हाम्रो पुजा  घर जस्तो, तर यो घुम्ने नारीको शक्तीले नै म यो अभिव्यक्त गर्न सक्छु, यी मौन बस्ने आमाले प्रकृति बदलिएको सेनिमा तिमीलाई  देखाउदा यी मेरा  आँखाका नानीहरू बटुल्न नसकी खोज्ने गर्छन आखिर आमा तिमी कति  शक्तीशाली छौ? तिमीले नै मलाई पनि नयाँ मौसममा शक्ती प्रदान गर मलाई भन्छु। तिम्रा पनि शक्ती...