Posts

Showing posts from April, 2023

समस्यासितै हास्नेहामी

Image
रमाईलो भेटघाट...हाम्रो गोर्खाल्याण्ड टेरिटोरी दार्जीलिङ् सदरमा।  दार्जीलिङ्गले केवल दार्जीलिङ्ग  मात्र बुझाउदैन, यसले साथमा कालेबुङ जिल्ला, सदर दार्जीलिङ्ग, खरसाङ महकुमा, सिलगढ़ी महकुमा,साथ साथै तराई र दुवार अञ्चललाई पनि समेटछ भने चियाबारीको ईतिहासले भने  सिक्कीम,पुर्वाञ्चल आशाम, हिमाचल प्रदेश , दक्षिणमा उटीसम्मलाई समेटछ। तर यी सबै भारतका स्थानहरू मध्य, कसकसले कति शुख पाए कमानमा अनि कसले दुःख झेल्दैछन,त्यसको निवारण के हुन सक्छ आजको परिसथितिमा भन्ने बिचार विमर्स, साहित्यमा चल्न थाल्नु भनेको अशल कुरो हो। यस्ता ज्ञान गुणका कुरा समय समयमा गोर्खाल्याण्डमा हुन अति आवश्यक छ। बधाई छ यहाँहरूलाई।  हो पर्यटकहरू शितल ताप्न आएका रहेछन, हामी भने दुःख शुख साटन आएका थियौ। पर्यटकहरू चौरस्तामा बसी हाँस्दै थिए,मैले पनि त्यहाँ दार्जिलीङ्ग हाँसेको देखें, तर म भने ज्ञानगुणका कुराले सोचमा परेको थिए,आखिर कहिले कमान र यहाँका बस्तीका श्रमीकहरू हाँस्ने हुन अनि म पनि चौरस्तामा बसी हाँसौंला, भानुभक्तलाई नमन गरौंला,मित्र मिलन सँगै हाँसोको खित्काले यो हिमाललाई लालीमय पारी हाँसौंला । श्रीपेच कञ्चनज...

नेट बिजिनेस

Image
हिजको हिमालय दर्पणमा मैले नेटवर्कीङ बिजिनेस विषय एउटा आर्टिकल पढ़े ।कति कुरो ठिक लाग्यो,कतिवटा कुरोमा भने केही चित्त बुझेन। हो हाम्रो पहाड़मा मात्र होईन तराईमा पनि यस्ता धेरै ठग कम्पनीहरूले मानिसको पैसा लुटेको सुन्नमा आएको छ। तर सबै बिजिनेस फेक पनि हुदैन।हाम्रो पनि कतिवटा यस्ता कम्पनीहरूसित काम गरेको अनुभव छ। एक चोटी मलाई याद आउछ खरसाङमा पावर ग्रीडले त्यसरी नै सबैलाई काम दिने प्रलोबन देखाएर धेरै बेकारीहरूको पैसालुटेको मलाई याद आँउछ। यस्ता कम्पनीहरूसित जोगिनु पर्छ आफ्नो पैसा खेर जान भन्दा अघि छान- बिन गरेर मात्र लगानि गर्न पर्छ। विशेष त्यस लेखमा नेटवर्क व्यवसायको चर्चा गरिएको थियो। जहाँसम्म मेरो अनुभव छ पहिले व्यवसाय बुझनु पर्यो। कम ईनभेष्टमेन्टमा यसले व्यपार गर्न र मुनाफा कमाउन सिकाउछ।दोस्रो कुरो प्रोडक्ट सोझै कम्पनीबाट ए -वान पाउनु हुन्छ। जसको दोकान घर वा स्पेस छैन , रकम ईनभेष्ट गर्न कम छ, अनि त्यो प्रोडक्ट तथा कामको आवस्यकता छ भने यो पोडक्ट बेस व्यवसायमा कहिले नोक्सान भने हुदैन। तर नेटबर्कीङ व्यपार के हो त्यो बुझन जरूरी छ। जोईन गर्दैमा करोड़पति हुईनदैन। कम्पनीमा नाम पंञ्जिकरण गर्नु भ...

कल्पतरु

Image
कल्पतरू हिजको ईतिहास कल्पतरू थिए गिरी पर्वत झै समुहमा गीता ज्ञान दिने ध्वनी! ईतिहास किन किन दोहरी रहन्छ यो युगमा आज छैन हो हल्ला एउटा कल्पवृक्ष ढलेको छ। यी नयनहरूले देख्न पर्दा आफैलाई दोषी ठाने मानव सभ्यतालाई  कोषन् मनलाग्यो। प्रशाषणको धज्जी उढ़ेको  देखें  मैले एका एक कल्पवृक्ष ढलेको देख्यौ तिमीले ? यो पुणित दिवसमा ईतिहासको पानामा आज मैले यो नलेखे कस्ले लेख्ला त ईतिहास! गिरी नै केही समयमा क्षय भएको देखेका छौ? यस्तै क्रिया कलापले त किटाणुको जन्म हुन्छ। सभ्यताको विनास हुन्छ मुर्खहरूको जमातले कल्पतरूको महत्व कहिले बुझ्ने होला! सभ्यता तुहिने कगारमा छँदा पनि नफरतको  जरालाई आङबाट नपखालेसम्म प्रकृति रहला?  मनलाई नरिझाएसम्म   ज्ञान सागर गीता भजने  वृक्षलाई नबचाएसम्म  के तिमी अजम्बरी छौ ?  प्रश्न उठन स्वभाविक हो,  ज्ञानले सान्तवना दिन्छ गीताले भन्छ कर्मको फल, तर ह्रदय कहाँ मान्छ र ? जब जब पनि गिरी पर्वत एक्कासी ढल्द छ यहाँ प्रलयको शंख घोश सुन्छु प्रकृति विनासको आर्तनात। हे मानव! मानवता बचाई सभ्यताको ईतिहास बनाउँ नत्र यस्ता कल्पतरूहरू एका एक ...

सम्मान

जीवन सहज हुन्छ जब समाजको माया पाईन्छ जीवन ऋणी हुन्छ जब जीवनले धेरै प्राप्त गर्छ परिश्रम सार्थक हुन्छ जब जीवनमा सफलता मिल्छ जब जीवनमा अनुजहरुको उन्नती देखिन्छ मन शन्तुष्ट हुन्छ।

माँ

Image
रेत मे तेरा नाम लिखा हजारों बार मिटाया पर वह मिट ना सका यादो मे तुझे देखा देखा हँसिन बँगिचो मे मुरझाई तु फिर भी मिटा न सका हर अदा तेरी खुस्नमा लगे हर शब्द प्रशाद सा लगे हर वक्त अमृत तप्के आ मेरे गले लग जा चुम लु तुझे दिल भरके फिर ना जाना मुझे छोड़ के एक एक पल गुजारी मैने सब अधुरी थी बस कमी थी तेरी आहट की दुरी थी!!

बार बार

Image
दिल मे बुलाले उन्हे बार बार मुलाकात होगी बार बार सिकायत न सिकुवा किसी से बातें करलें बार बार! समन्दर कि लहेरें आति बार बार आँखो में नमी बार बार रिस्ते को पलने दे मन मन्दिर मे पुजा हो बार बार! यु तो दिल की धड़कन रोक दु बार बार हवाको वहने दे बार बार परछायी है सुन्दर चाँदनी रात मे ईसे रोक दु मैं बार बार! मन मन्दिर की कहानी सुनाउ बार बार उन की आहट होती बार बार परछाई तो वस एक ही बुलाउ  सामे गजल  हो  बार बार!

लेखन कला

Image
किन आफ्नो वालमा लेख्छौ भन्छन  सिक्नलाई हो नी भन्न मन लाग्छ ! कविता कागज मै कोरेको राम्रो भन्छन हरियो बचाएको नी भन्न मन लाग्छ! आजका फैसबुके कवि पनि कवि हुन त्? होईन भन्छन जसले यहाँ लेख्न सिकेनन! साहित्यले नयाँ तकनिक नअपनाउने त? ठेली का ठेली पुस्तक घुनलाई मात्र हो! यहाँ प्रकाशमा आएका पुस्तकमा आउन्न त् आउन हुन्न भन्ने शब्दकोष त छैन होईन? भुईफुट्टा फेस बुके कविहरूले साहित्य ढाक्यो ठूला लेखकहरूको डायसबाट सुन्ने गर्छु सोध्न मन लाग्छ छोरा कमप्युटरमा राम्रो है! यो तिम्रो आउने दिनको पेशागत मित्र भविष्य!  डायसबाट बोल्ने हिम्मत छैन गुरूवरहरू छन तर यो त मैले कमाएको रूपयाँ तोढ़दै छु नी पाएको सौलियतमा समय वचेको रोप्दै छु नी! मित्रहरूलाई मनोरञ्ज प्रदान गर्दै छु नी साहित्य! हो म तिमीसितै बात गर्दै छु नी देवनागीरी, तिमी मेरो देशको लिपी ,तिमी मेरो मनको लिपी आज यहाँ डोगरीहरू पनि कनिकुथी पढ़छन उसको पनि त यही लिपी,फेरी भनत कवि? तिम्रो पुस्तकको टेलर होईन त यो लेखन वालमा! टेलर र विज्ञापन विना के पो आउछ प्रकाशमा ठेलीका  ठेली पुस्तक केवल छन त उपहारमा!!

दगुर दगुर

Image
दगुर दगुर माईलो तेरो घरमा कम्पन पस्यो झ्याल ढोका खटखटायो सातो नानीको उड़ायो हात पाउॅ कमायो! नभाग न् कान्छी नानी! छैन चोखो कुनै ठाउॅ पनि,,,, बरू आईजाउ तल्लो घरमा बसौ सबै यस कै भरमा। कमिला, चरा, जन्तुको सकेंत हेर्न नभुल, गर सबैलाई प्रेम सिकाउछ ईनले माईलो! धर्ति कम्पनको बोल!!!!

पाएकै हुन्छु

Image
घामले भन्छ म आएकै हुन्छु जूनले भन्छ म छाएकै हुन्छु किन किन यो  मन भन्ने गर्छ तिमीलाई सधै पाए कै  हुन्छु हावा- बतासले ल्यायो सौगात पछि,,, सारिदेव न् यो   मलमास मेरो परदेशीको   होला अवकास डरै लाग्छ झरीमा  तेसै प्रतिमास आज हो कि भोली हो नी राजै! हाम्रो मिलन गांठो नौमती सगैं छाता ओढ़ी घाम पानी छेकौला जूनलाई शाक्षि देव देवता भाकौला!

पाएकै हुन्छु

Image
घामले भन्छ म आएकै हुन्छु जूनले भन्छ म छाएकै हुन्छु किन किन यो  मन भन्ने गर्छ तिमीलाई सधै पाए कै  हुन्छु हावा- बतासले ल्यायो सौगात पछि,,, सारिदेव न् यो   मलमास मेरो परदेशीको   होला अवकास डरै लाग्छ झरीमा  तेसै प्रतिमास आज हो कि भोली हो नी राजै! हाम्रो मिलन गांठो नौमती सगैं छाता ओढ़ी घाम पानी छेकौला जूनलाई शाक्षि देव देवता भाकौला!

१२वौ साउती२०१७

Image

सिलगढ़ी सम्मान

Image

8.4.2023 BJP

Image

बिगतलाई फर्की हेर्दा

Image
सैक्षिक,  सामाजिक र साहित्यिक क्षेत्रसंग स्थानीय स्तरमा बिगत १४ वर्षदेखि काम गर्दै आएको जरा फाउन्डेसनको बिशेस पहल, संयोजन र  नेतृत्वमा आगामी चैत्र २६ गतेदेखि २९ सम्म बंगलादेशको राजधानी ढाकामा हुने  तीनदिने साहित्यिक सास्कृतिक कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर १२जना र भारतका एकजना गरि १३जना स्रस्टाहरुको समूह भोलि चैत्र २६ गते अपरान्ह हवाईमार्गबाट  ढाका प्रस्थान गर्दैछ / दुवै देशका कलाकारहरुबाट २७गते विविध सास्कृतिक कार्यक्रम र २८ गते  कविता वाचन लगाएत चित्रकलाका झाकीहरुको प्रस्तुति रहनेछ /  बंगलादेशको प्रतिष्ठित सस्था Root  Bangladesh र जरा फाउन्डेसन नेपालले संयुक्त  रुपमा आयोजना गर्नलागेको सो समारोहमा प्रमुख अतिथिको रुपमा बंगलादेशका माननीय मन्त्री प्रमोद मनकिन, बंगलादेशकालागि नेपाली महामहिम हरि कुमार श्रेष्ठ,समतो सास्कृतिक केन्द्रका प्रमुख गुलाम कुद्देस, बंगलादेश प्रज्ञा प्रतिस्ठानका Director General  समासुजामन खान , सस्कृति मामिला मन्त्रालय बंगलादेशका सचिब- डा रन्जीत विश्वास,ढाका विश्वबिद्यलयका प्राध्यापक निरन्जन अधिक...

कोरोना

Image
कोरोना 14th days quarantine कोरोना मैले तलाई राक्षस जस्तो देखे। वैज्ञानिकले तलाई उढ़ने-विश जस्तो देखे। डाक्टरले तलाई टेरोरिस्ट जस्तो देखे। पुलिसले तलाई देश विरोधी जस्तो देखे। ड्राईबरले तलाई चुम्वक जस्तो देखे। सफाई कर्मीले तलाई स्पाईडर म्यान जस्तो देखे। समाचारले तलाई एमिबा जस्तो जस्तो देखे। कस कसले कस्ता कस्ता देखे तर चिनले चमेरा जस्तो देखे। पश्चिमी देशहरूले तलाई चुड़ेल जस्तो देखे। देख्न त सबैले देखे मास्क र पञ्जा जस्तो देखे।  सफ्टवेर तकनिसियनले तलाई काँड़ादार डल्ला देखे। विश्वले तलाई नदेख्ने यमराज जस्तो देखे।  वास्तवमा तँ, कति विशाक्त मानव सभ्यताले अचम्भ देखे।

तिम्रो पनि हो की?

Image
तिम्रो पनि हो कि? आजकल मेरै ईतिहास लेख्दैछु याद गर्नुहोस ती दिनहरू अनि ता लेख्नुहोस तपाईसितै दफन हुनेछन... सायद कसैलाई कामलाग्ला किन व्यर्थ गुमाउनु यी तिता मिठा अनुभवहरू रोचक छन, अरू भन्दा भिन्न छन म आफै आफमा हराएका पलहरू मैले मेरै पनमा भोगेका मिथ्याहरू म आफैसित रिशाएका दिनहरू मलाई मेटाउने रबरहरू मेरो भाव कोर्ने कलमहरू मेलो निम्ति आशि बचनहरू मेरा औंला पक्रेर हिड़ाउनेहरू मलाई नपाउदाँ रोएका आँशुहरू मैले औंला समाई हिड़ाएका भविष्यहरू लौ म लेख्दैछु यस्तै यस्तै पलहरू भोलीका दिनमा पुस्तक बन्नेछन कसैले त् अवश्य सेल्फमा सजाउनेछन कसैले मेरो चर्चा गर्नेछन यसरी मलाई स्मरणमा राख्नेछन कसैले च्याती मुरैको खोची बनाउने छन कसैले त्यसलाई टिपी ठिम्याउनेछन धत! यो त फलना होईन! यी मोराले त कबाढ़ पो बनाएछ! यस्तै यस्तै कल्पना गरें त्यस समय म न सुन्न स॔कुला न नै देखन संकुला केवल नबुझी मुस्कान अवस्य छरौला थोते दाँतदेखि अरू पनि हाँस्नेछन डाड़ाको घाम भनि आँशु झार्लान मृत्युले अगाँल्न खोच्दा आँशुका धारा बहला तर म त्यस समय अरू कसैको काखमा फेरी शिशु भई रूनेछु सायद बिच बनी फेरी पलाउने छु सायद कति अनौठो छ जीवन त्यसमा न...

हावा हुरी

Image
मैले   देखेका   सपना पानामा    नपोखेसम्म ह्रदयमा बांध लागाएसम्म कल्पना   नदौढ़ाएसम्म त्यो मेरो   मात्र कल्पना.... तिमीलाई  भनौ    भन्छु उसलाई सुनाउ     भन्छु कहाँ केले रोके    जस्तो हावा हुरीले छेके  जस्तो मजुली मै रोकीए जस्तो एक दिशामा वर्षा झमझम विपरितमा सुर्यको किरण हुरीले अस्त व्यस्त जीवन प्रकृति तिमी   शान्त बस नत्र मनमा आँधी हुरी चले . तासका   पत्ता    झै झर्ला सानो        विन्दुमात्र प्राण स्वाशको पातलो  नलीमा निस्कन कत्ती बेर लाग्ला हिजको काल वैशाखी झै. ़़़़़़़़़़़़़़़़़़़़़