Posts

Showing posts from March, 2023

History of Siliguri

Image
HOW MANY INDIANS KNOW ABOUT SILIGURI? 'SILIGURI' was a small agricultural village in the Kingdom of Sikkim. It was captured by the Kingdom of Nepal in 1788, after which KIRATI (RAI-LIMBU) and Nepali Lepchas came to settle in this region. Siliguri started as a small area i.e. now Saktigarh, southern part of city, on the bank of Mahananda River. Treaty of Sugauli in 1815 signed between Britain-Nepal, changed the prospect of Siliguri. As it became a point of transit with Darjeeling hills and Nepal mainland. 1815 onwards, Siliguri started growing rapidly as a small city due to its strategic convenience of trade. In 1865, the British captured Darjeeling and the entire Dooars region to build tea plantations and export the produce to England. For easy exportation they introduced the Siliguri Town railway station which stands to this day, and introduced the Toy train from the station to Darjeeling in 1880. This helped Siliguri gain sub-divisional town status in 1907.[18] To

प्यारी रानी

Image
प्यासी रानी! उहिले राजाको राज गद्दी खोस्न शत्रु देश जितदै आएछ! सबै जिती सकेपछि एउटा जित्न बाँकी रहेछ! त्यो एउटा सानो देश! ह्याकुलाले थिचेर लिन्छु सोचेँ छ!  दुई चार सिमानाबाट चड़ाई गर्न थाल्यो! त्यहाँ त्यो ठूलो संसार जित्ने योद्धा साह्रै विजय हासिल हुन सकेन! लौ अब त् लाज मर्दो हुने भो भनि विस्तारै मित्रताको हात पसारेछ! त्यो सानो देश तर बलवान देश ठिकै छ भनी ती ठूला देशसित  मित्रता गाँसेछ! कालान्तरमा सानो देश की कान्छी छोरी विछट्ट की राम्री राजाले मन पराएछ! लौत अब ठूलो विश्व जित्ने महाराजासित विहे दिएछन र सम्दि सम्दिनी भए! धेरै बर्ष वितेपछि राजनित न हो ,अरू सबै देश मिली ती ठूला देशका महाराजालाई लखेटेछ! तर बिछट्टकी सून्दरी श्रीमतीलाई भने त्यही छाढ़ी भागेछ! कस्तो निष्ठुरी महाराजा!  अब बिहे दिएकी छोरी न घरै पर्कन सक्छिन न महाराजाले नै लगे,,,,,,बिचल्नी भै छेवैको देशको राजकुमारले  एउटा सानो कोठोमा सुसारे बनाई राखेका छन! न उसको त्यति मान सम्मान छ! नता बाबूको नाम लिएर हाँस्न सक्छ नता श्रीमानको नाम लिएर गर्भ गर्न सक्छ! विचरी राजकुमारी एक समय की कान्छी महारानी आज न भने जस्तो उसले पिउने

ऐठन

Image
ऐठन यो रातको दुँनियामा केही त अवस्य हुन्छ मलाई आज रात भरी ऐठन पार्यो के थियो  म भन्न सकदिन तर अनुभव यस्तो थियो,,,, म घरको लाईट जलाउन सुईचतिर हात बढ़ाउछु कोठाका दुबै सुईजले लाईट जलेको संकेत दिएन बुड़ोलाई झक झकाई हेरें मस्त निन्द्रामा छन,,,, छामछाम छुम छुम गर्दै कोठादेखि बाहिरतिर लागें अचानक  ठुलो आलमिरा कसैले म तिर डकेली दियो म दुई हातले थामि राखे पछिलतिरबाट मेरै श्रीमान गललल् हास्छन मानो मसित जिस्कदै छन,,,,, त्यसै समय फोनमा सानो नानी खितितिति हाँसेको आवाज मेरो कानमा गुञ्जिरहेको छ मनमा दुविदा फोन उठाउँ त आलमिराले मलाई चोट पुर्याउने नउठाउँ त त्यो मेरो फोन कसले चलाउदैछ यति राती भन्ने मनमा जिज्ञासा,,,, केही छनपछि झ्वाट्ट  केही चिजले छाड़े जस्तो भयो साँचो रूपमा लाईट जलाएँ समय रातको दुई तिस भएछ अनुहारमा मेरो पसिनै पसिना बुढ़ो छेवैमा घ्वार घ्वार मस्त निन्द्रामा छन यो के थियो यति बेरसम्म एउटा ऐठन केवल,,,,,, तर थियो भयावह रातको के यस्तो तपाईलाई पनि अनुभव हुन्छ कहिले काँही सरिर तातिएर ज्वरो र सरदीले ग्रस्त थियो अनिता एउटा ज्वरोको दावाई खाएर फेरी म त्यही स्वप्न संसारमा डुब्न पुगे केही बेर,,,,,

ए शिलगढी

Image
ए सिलगढ़ी! म नी कहिले काँहि छक्क पर्छु! तिम्रो छात्तीमा  किल र काँटी ठोकी मेरै हो भन्नेहरूले तिमीलाई आफ्नो भने भन्दैन। कार्यक्रम सिलगढ़ीमा बेस्ट छ नी! सस्तो  र सहज छ उत्तर पूर्व र चार देशको सिमाना बिचमा गरिमामय भालेको हिड़ाईमा कोट कोट्यास गर्दा पोथी खोङ्गी सगैं बन्धु बान्धवहरू भेला भई हाल्ने अलि अलि चारो गुदीमा पुगि हाल्ने! तर म नी कहिले काँही छक्क पर्छु! एउटा टिकरीक्क महकुमा छुट्टै पारी यता न उताको बनाई राखेका छन यी मनका परिवारले न यसलाई गोर्खाल्याण्डले, अपनाउछ नता जलपाईगुढीले! संमविधानमा नभएको समतललाई टिकरिक्क महकुमा पहाड़ बनाई राखेछ,तिमीलाई आफ्नो भने कसैले भन्दैन! तार-तारा हवाई अड्डाबाट उत्रिएर प्रेसतिर पहाड़बाट उत्रिएर माड़वरी प्यालेसतिर उत्तर पुर्वबाट कुदेर टिवीका पर्दातिर अरू त अरू साहित्य संसकृति संगीत ,खेलकुदको राजधानी तिमीलाई बनाए पनि ती अटालिकामाथि बस्नेहरू भोट आउदा रित्ता रात्तै हुन्छन! जति जति सभ्याता अघी बड़दै छ बाटाका दुई छेउँ घैमल पनि बड़दैछन चिकन स्प्रिङले पेट भरे पनि दुर्गन्ध छ बाटाका दुई किनारमा  छत हाली बनाका  दोकान छदा छदैं व्यपारीहरू दुरगन्ध फैलाई नाफा बटुलदै छन यस

कललियुग

Image
कलियुग हो यस्तो दिन पनि आउछ भनि अस्सीमा नै भनेको थियो  एक लेखकले। चालिस वर्षपछि देखिन्छ यसको अशर ठिक सहरको चिनबाट लेखक हुन अमेरिकन। दुई देशमा छ द्वन्द संसारलाई बनायो मन्द स्वास्थ्य शरिरलाई चिन्ता बिछोड़को पिढ़ा अनिता। राजस्थानको डाक्टरले ईटालीयनलाई ठिक गर्यो खुशीको कुरो यो ज्वरो उ बाँच्यो , कोभित भाग्यो। चिन्ता के को टन्न खानु छुट्टी छ घरको नियम मान्नु सबै आफ्नै तौर तरिका छान्नु चुलो र आमाको कुरो ठिक ठान्नु। कलियुग हो बाबै सधै स्वाईन र बर्ड फ्लु मात्र कहाँ "मेन- फ्लु" हो प्याज लशुन खादाँ झुक्रेको कुखुरा दौड़न्छ। के छैन र" मै तुलशी तेरे आँगनकी,",, तेज पत्ताको छ सुगन्ध दालचिनी पत्ता टप्प टिप्नु भुरलुक्क रातो चिया चुस्स। कागति सुन्तल्ला फोक्से नागपुरको, मिरीकको भने स्वादिष्ट छ बजारमा गने के छैन सैलानीसित अलि डरे। अचम्भ युगमा छ प्रवेस डाक्टर नर्सको हो समय नाम कमाउने काम गर आफुलाई पनि राखि पर।।

HAPPY BIRTHDAY VIVIAN RAJ CHETTRI

Image
भिभियन राज छेत्रीज्युलाई आज वहाँको जन्म दिनमा बधाई दिन चाहान्छु। वहाँ हाम्रा गोर्खे शन्तानका आजसम्मका पहिलो एउटै मात्र अन्तराष्ट्रिय लनटेनिस खेलाड़ी हुन्। वहाँको जन्म दिल्लीमा भएको हो। सानैदेखि वहाँको मातापिताले अथक परिश्रम गरेर वहाँलाई यो तालिम प्रदान गरेका हुन।जुनियर प्लेयरको हिसाबले भारत रिप्रेजेन्ट गरेर ख्याति प्राप्त गरेका भिभियन, उच्च शिक्षा हाँसिल गर्न अमेरिका गए, अनि आज एउटा  टेनिस क्लबको डाईरेक्टर प्रोपोराईटर भएर धेरै अमेरिकन नानीहरूलाई तालिम दिएर अघि बड़ाउने काम गरिरहेका छन। सायदै हाम्रा भारतिय गोर्खालीहरूले वहाँको विषय थोरै जान्द छन, त्यसैले आजसम्म कुनै खेलकुद निकायले एउटा फुल गुच्छासम्म उनलाई प्रदान गर्नमा ध्यान दिएका छैनन, यो एउटा सोचने कुरो हो। हुनत भनिन्छ प्रशनसा अरूले गरेको राम्रो, तर यहाँ हामीले हाम्रै ढोल पिटे मात्र आँटा बिक्छ भन्ने उक्ती सहि लाग्छ। जे होस आज उनको जन्म दिनमा म उनलाई आशिर्बाद दिन चाहान्छु, एक दिन यहाँलाई यो समाजले चिनुन अनि हाम्रो आगन्तुक नानीहरूले प्रेरणा पाउन। उनको माताश्री पनि सानो छदा खेलकुदमा निकै अब्बल थिईन, पुलुङदुङ बस्ती, पोखरेबुङ, सुके, मेम कम

सम्बन्ध

Image
सम्बन्ध प्राचिन कालको हतियार वर्तमानको सौंदर्य यसमा पलिस लगाउने कारिगढ़िता!😊 स्वास्थ्य शिक्षाले भन्छ यो छिः फोहोरको अड्डा   जे होस सफा  राखे सुन्दर र सहयोगी! सबै अंगका केही न केही कार्य अवस्य छन त्यसैले परिआएको बेलामा एउटा हतियार ! एउटा शक्तीको प्रतिक साना साना सुन्दर नङले माशुसितको मित्रताको ज्ञान बोध गराउछ !😍 यसको पाठ जुगबरले पेटैबाट सिकेर आएछ क्यार हामीलाई भेट गराई मित्रता गांस्न लायो कठै नङ र माशु जस्तो! 😊😊😊😊😊😊😋

पीपीएस

Image
राजु विष्टजीलाई धेरै धेरै बधाई छ।  एक राम क्या करे! एक लाठी क्या करे? हिम्मत गरेर सियो झै पस्नु भएको छ फाली भै निस्कनु। ईन्तजार हामी गर्ने छौ। हुनत धेरै वर्ष भयो ईन्तजार गरेको, सहयोगको हात बड़ाउने ईच्छा पनि जाग्छ तपाईको कार्य देख्दा, तर संगैमा कतिपय कुरोहरू भने सकारात्मक हुन अझ खाँचो छ। जनताको आरोप हाम्रो नेता भएन, स॔सदमा हाम्रो कुरो पुगेन सहिढ़गमा भन्ने गर्छौ, तर अहिले संसदलाई हाम्रो समस्या प्रत्यक्ष रूपमा अवगत छ, तर भोट बंगालको नबिग्रोस भनी हाम्री अल्प सख्यकको कुरोले सधै लामे लश्करमा बस्नु परेको छ। तर कहिलेसम्म?? परमानेन्ट सलुसन के हो? यो भोट अघि नै खुलासा भए हामी भोटको पैरो चलाउने थियौ, तर जहिले पनि हामी अन्धकारमा छौ। गोर्खाल्याण्ड, "छ" अन्धोहरू हात्ती हेर्न गए जस्तो मात्र  छ। कसैले नाङ्लो भेटे, कसैले के के, भेटे। जब जब पनि आन्दोलन भयो, तब तब हामीलाई तोड़ने काम भयो। सुभाष घिसीङ आन्दोलनमा सिलगढ़ी छुट्याईयो,बिमल आन्दोलनमा कालेबुङ छुट्टीयो,जात जातको बोर्ड बनीयो, यसले कन्सटीटुएन्सी एरिया घटाईयो, जमीनको घोटाला भन्दै धेरेलाई फसाईयो। धेरै सहिद बने, धेरैले अनेक यातना सहन गर्न पर्य

उ!

Image
उ! मैले उसलाई कहिले कवितामा सम्बोदन गरिन्! म सँगै बस्छु उसित तातो चिसो उ नै हो यथार्तमा उ नै उ ,,,, सम्बन्ध भाषा हाम्रो कहिले शांकेतिक कहिले मोहल्ला थर्काउने। छाता सरह दाहिने उ सदा बाँया म तर शब्दमा उ छैन। उ पुर्व त म पश्चिम तर गन्तव्य सदा हाम्रो एकै छ। ताल्चा छ एक  ढोका एक  तर चाबी दुई। यस्तो क्रम सदा चलिरहन्छ तर  छैन मेरो,,कवितामा उ। मायाको चिनो एउटा खालि छ बघैंचा दुवै हास्छौ त्यहाँ। तर उ कता कता कतै पनि छैन कवितामा उ।

रहर

Image
तिम्रो पनि म जस्तै हाँसने रहर होला तिम्रो पनि म जस्तै बाँचने रहर होला! समय न पर्ख यहाँ यो त विति जाला हाँसने कोशिश आजै गरे अशल होला! माया पाउने मेरो जस्तै तिम्रो रहर होला मुस्कान नभए भोली माया दिने को होला? हाँसो मिलेको दँन्ते मोहनीले मिलन होला बोल्दा, नबोले कुरो सलल् रहर मात्र होला! अनायासै हँसिलो मुस्कान तिम्रो याद आयो त्यसैले यो मनले आज जिवनको गीत गायो! तिम्रो पनि म    जस्तै हाँसने।   रहर   होला तिम्रो   पनि म    जस्तैबाँचने।   रहर होला।।

प्राथना

Image
प्राथना आज प्राथनामा एउटा  कथा छ, त्यहाँ दुवैको आफ्नो आफ्नै व्यथा छ। ती आमा महान हुन जसमा  मायाको मोती छ, ती परिवार महान हुन जसमा शिक्षा ज्योति छ। एउटा रोगीमा स्वास्थ्य जिवनको आशा छ, परिवार कता कता पैसाले अलि लापर्वाह छ। ईश्वरले सबैमा सद बुद्धी प्रदान गर्ने भरोसा छ, आजको यो परिक्षाको घड़ीमा सफलताको आशा छ। जसले कार्यमा निरन्तरता दिन्छ उसको कार्य सफल हुन्छ ईश्वरको अनुग्रह पनि उसले यसै जिवनमा प्रप्त गर्छ। लौ पितृलाई सम्झना गरौं देखेको ईश्वर उनै हुन, सबै हामीले आफ्ना आफ्नै गुण पाएका पनि उनै हुन। अस्त्र प्रचारीको हातमा ईश्वरिय शक्ती चमतकारी बनुन, जीवनमा आशिर्वाद गुरूको पनि दुवैलाई अमृत बनोस।

सदा मर्छस किन?

Image
प्रयास तिमीलाई हेर्ने 😎😊😶😏😆 ए तस्विर  सधै तँ,मर्छस किन?  तेरै पछि म भागी हिड़छु  र म पनि मर्दै गरेको हुन्छु सदा , तलाईदेखि थाहा पाउछु  कति मर्छन तेरैपछि ,नयन पागल  मन अत्रिप्त तेरैपछि सेल्फी र क्यामारा सदा तेरैपछि भोली यो आजको छबि कहाँ रहन्छ र त्यसैले ए तस्विर सबै पागल छन तेरै पछि पछि मेरो सोचाई झुट्टा छ आज तेरो तस्विर हेरी माया लुट्या छ आज त्यही तिम्रो पहिचान तर हेर्न देउ कारण उ केवल आज बांचेको छ भोली उ मरेको हुन्छ केही पल आफ्नै तस्विरसित बात गरें तिमी पनि गरी हेरन कारण यो अरूको हो तिमीले ऐना नभये कसरी देखने थियौ आफैलाई तसर्थ यो ऐनाको हो यो अरूको हो तिमी आफैले आफैलाई साधन बिना हेर्ने गर त् के सक्छ्यौ र! त्यसैले त प्रिय छ यो भोली मर्ने तिम्रो प्रतिविम्व

बधाई छ

Image
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संघले गरेको निर्णय अनुसार प्रा.डा. उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६, प्राज्ञ उन्नती बोहरा 'शीला' २०६७, गोमा शर्मा २०६८ गुहावटी, रुकु कार्की २०६९, बेटी बज्राचार्य २०७० - (२००७), जलेश्वरी श्रेष्ठ २०७१, पूनम काफ्ले २०७२ अमेरिका, गङ्गा कसजु २०७३, डा' ज्ञानु पाण्डे २०७४, सुशीला देउजा २०७५, गीता क्षेत्री २०७६ दार्जीलिङ, वीणा हाङ्खिम २०७७ दार्जीलिङ , डा. पुष्पा शर्मा २०७८ सिक्किम र लतिका जोशी २०७९ सिलगढी रहेका छन् ।

संसमरन नारी दिवस २०१६सिडनी

Image
अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा घरेलु हिंसा: बिभिन्न देशमा नेपाली साहित्यका खम्बाका रुपमा मानिने प्रतिष्ठित साहित्यकारहरु लगायत बीस देशका प्रतिनिधिहरुद्धारा सहभागिता जनाइेएको प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी अष्ट्रेलियाको सिड्नीमा यही मार्च ४, ५ र ६ मा आयोजना गरिएको थियो र यो ऐतिहासिक कार्यक्रममा नेपालबाट त्रिबिबिका पहिलो महिला प्रोफेसर  डा. गार्गी शर्मा, भारतबाट विन्द्या सुब्बा,  डा. Kabita Lama, हङकङबाट Desh Subba, सिक्किमबाट कवितामा नै पिएचडी गर्ने डा पुष्पा शर्मा, सिलिगुरीबाट  डा Latika Joshi, अमेरिकाबाट Padam Bishwokarma, Homnath Subedi आदिको सहभागिता थियो । संभबत अस्ट्रेलियाको मात्रै नभएर दक्षिणी गोलार्धमा नै यो नेपालीहरुको तर्फबाट आयोजना गरिएको यो स्तरको कार्यक्रम पहिलो थियो । एउटै कार्यक्रममा धेरी पुस्तकहरु बिमोचन भएको शायद यो नै पहिलो कार्यक्रम होला सिड्नीमा । पुस्तकको रुप पाउनु अघि नै सबै कविता पढिसकेका कारण भावनात्मक सम्बन्ध भएको Sanu Ghimire को "ग्रहण" ले INLS best book Award पाएर "ग्रह

डाक्टर साईबा

Image
डाक्टर - साईबा! यस वर्षको नारी दिवसमा यस नारीलाई सत सत नमन छ विद्यालय उसको माटो र ढ़ुङ्गा जिवन उसको फूल कि काड़ा  हुन उनी डा*झमक कुमारी घिमीरे आज भन्दा पहिले हेलेन किलरलाई उनको साहित्यमा पढ़े तर आज नेपाली हेलेनलाई देखेर आये दुबैको शरिरमात्र विकलाङ्ग थियो तर झमकको कान तढ़कालो नेत्र जिज्ञासु, मन र मष्तिस्क! विश्व राजनितीज्ञाहरू पछार्न सक्ने स्वनिरभर र स्वाभिमानी! महिला -पुरूष माझको भेद भाउ मान्दिन तर दुवै समाजका दुई समान पैया मन्छिन कलाकार र साहित्यकार नभये राजनितिज्ञ बन्ने उनको अशिम चाह छ! तर मनोनयन प्रक्रिया द्वारा होईन! आउन परे चुनाउ प्रक्रिया द्वारा मात्र सलाम छ यस्ती महान हस्तीलाई केही मनका बात साटने मौका पायौ गजबछिन धनै धनले भरेको धनकुटाकी राज कुमारी! सबै विधामा कलम चलाउन चाहान्छिन केवल देब्रे खुट्टाको तिन औंला उनको लेख्ने साहारा नेट र च्याटिङ् गरी सम्पर्क गास्छिन भाषा साहित्य अघी बड़ाउन प्रोतसाहन तिमी र मलाई दिन्छीन! यस्तो अनुभव हुन्छ जहाँ केही नगरे आफैलाई असहाय संसाधन विहीन लाग्छ उनी नेपाल मात्र नभएर विश्व कै नेपाली साहित्यकी कड़ी हुन जगेरा उनको, हाम्रो दाईत्य हो भने उनी सिङ्गो स

कुरामा कुरा

Image
कुरामा कुरा जसका घरमा माता पिता,छोरा, छोरी, बुहारी,आदि सेना,नेभी,एयर फोर्समा छन,उनिहरूलाई मात्र थाहा हुन्छ अशल जिवनमा यसको अशर कति पर्छ भनि। तसर्थ सरकारले अब उसो निति बनाउन पर्छ, हरेक घरको एक सदस्यले यस पेशामा गएकै हुन पर्छ र कतिपय  सरकारी सौलियत पाईन्छ भन्ने एलान गर्नु पर्छ। यो सिबिलियन सोसाईटिमा बस्ने, पैसावाला रहिसहरूलाई उनको परिवारको दर्द कँहा थाहा हुन्छ र। म कुनै दलको पक्षमा बोल्न चाहेको होईन,तर एउटा सेनाका परिवारले जिवन कसरी धान्ने गर्छन त्यस विषय अवलोकन गर्न मात्र चाहेको हु। आज एउटा सहिदको लाश तिरंगामा बेरिएर आउछ, त्यसैदिन हामी जै हिन्द ! भन्छौ ,भोलि त भुलि हाल्छौ।तर ती परिवारलाई सोधने गरौ उसको परिवारले के भन्छन?  म पनि एक सैनिकको छोरी भएकोले थाहा छ,सिविल लाईफ र आरमी लाईफमा के भिन्नता हुन्छ भनेर। रात भरी कानमा रूई हालि बङ्करमा बस्न पर्दाको समय कति भयावह हुन्छ,जब की सिभिलियनहरू आनन्दले सोएका हुन्छन। बाबा अब लड़ाईमा हिड़ेको रे, दुश्मनको तातो गोली खाए फर्कीनिनु हुन्न, नानी फर्के भने हाम्रो अहोभाग्य,भन्ने जस्ता वाक्यहरूले मन अमिलो भए पनि योद्धा की छोरी बुहारी दिदी बहिनीले आँशु झार्न

धनगड़ी

Image
धनगढ़ी धनी अभरण्यमा सुन्दर प्रकृति सुदुर पश्चिम उकुस - पुकुस सांसकृतिक साहित्यिक गतिविधिको प्रस्तुति थारूहरूको गढ़। ब्राहमण- छत्रीयको  परमपरा मिठो पकवान डडेलधुराको नृत्य, लवज परमपराको व्यस्त जोशीका सहपाटी बाईपङ्खिमा उढ़ाउन नेत्रित्वको स्वागतमा। साना सुन्दर बाईपंखिहरू हिमालको मनोरम  दृश्य देखाउन, अर्द्ध गोलाकार भै जब सगरमाथा  छेउ उड़दै थियो, म सोचँदै थिए। यसरी नै धुवा छोड़दै रेल पनि गुढ़दो हो, त याता- यात अझ सुगम, साहित्यको कुम्भमा प्रथम चोटी सातौं अञ्चलमा आफ्ना आफ्ना मनका अनुभव र व्यथा वादीका। अहो मनका ग्राफ हृदयका ग्राफ झै ढुक ढुकाउदै माथि तल गरिरह्यो देख्दा युग पुरूषलाई सुन्दा वहाँलाई उर्जाको श्रोत शरिरमा फैलन लाग्यो अहो रामजी! राम राज्य सृजन मैले त्यहाँ देखें। समृद्ध टोईन्टी- टोईन्टीको पर्यटन महोतस्व सफल र सुन्दर पर्यटक साहित्यकार , साउ-अक्षर चौबिसवटा लेख्ने लेखकदेखि हास्य व्यङ्य कलाकार कवि को थिएनन र! मैनमारी विद्यार्थीको जिज्ञाशा,विद्यार्थीहरूको क्याटरिङ र स्वागत पहलमान सिहं "स्वार" भानु तथा श्रष्ठा स्थानिय आंगनमा, सुन्दर थलो साहित्य दिगो होस। खोजिरह्यौ माछापुच्छरे जब जब