Posts

Showing posts from February, 2022

सौर्य गाथा

Image
WelIcome home Avinandanji!  East and west Indian Jawns are Best! सौर्य गाथा 27.3.18 🤝👏💕🎓⛳⛳ एफ जेड बनाम  मिग एक्काईस जेड अनि सानो पिस्तोलको सहारा,र बृहत गहन तालिमले तैयार प्रिय जवान अभिनन्दन आउने छन देशका सपुत जसको सानो विमानले ठुलो शत्रु विमानलाई ध्वस्त मात्र पारेनन तर अभिमन्यु झै दुश्मनको जालमा फस्न गएर पनि देशसित गद्दारी नगर्ने एउटा विशाल मिसाल कायम गरे उनको माँतालाई शलाम! जसले मिठो नाम छोरोलाई दिए अनिता हनुमान झै रावनको लंकाबाट छुटेर आउने भए सपूतलाई सत सत नमन! हाम्रो सौर्य गाथा अभिनन्दलाई सलाम! जस्तो नाम उस्तै काम हिरो तिमी यस संघर्षको! नायक तिमी यस देशको अभिनन्दित तुल्यायौ  देशको आशा भरोसा जै जवान! जै अभिनन्दन!

तर उसलेवके पायो?

Image

झमक घिमीरे

Image
.. तिमीलाई देखेर म छक्क परे तिमीलाई देखेर म मख्ख परे, तिम्रा पाँउका तीन औँला  शुमशुम्याउन अशिम चाह छ! तिमीलाई भेट्ने आश छ यस वर्षको नारी दिवसको थिम" वी वोल्ड ईनफ" तिमी भन्दा स्वाभिमानी तिमी भन्दा शक्तीशाली अरू नारी छैनन, तिम्रा जेठी,माईली र साईली औलाले विश्व साहित्य हल्लाउन सक्यौ! अशक्षम शरिरलाई जीवन धान्न सक्ने जीविकापार्जन गर्नसक्ने साहित्य दियौ! सरस्वतिको बरदान छ तिमीलाई नेपाली साहित्य साधना हौ तिमी! अपार छ प्रकृतिको  यस्तो नियम कतिउर्जा तिमीमा,,,,,, अर्को जन्म मान्दिनौ! यसै जन्ममा स्वाभिमानी भई जिउछौ. घर आगन तिम्रो संसार तर साहित्य तिम्रो साधना,,,, शिक्षा तिम्रो हतियार जीवनको जंग लड़न आधुनिक शिक्षा अग्रेजी र कमप्युटर सिक्ने चाहना, आह कति राम्रो जीवन धान्ने गहना! विश्वकै शशक्त नारी तिमी हौ नेपाली साहित्यकी महारानी! तिम्रो प्रेरणाले बिश्व साहित्य फूलोस गुलाब  फूल गुच्छा तिमीलाई सयपत्री र गुंरास  तिमीलाई! मखमली र अरकीट तिमीलाई! घिमीरे झमक! साहित्यकी चमक सत -सत नमन तिम्रा परिवारलाई!!

आमा

Image
मलाई तिम्रो सम्झनाले सताउछ यी आखाँहरू तिम्रा नै देन हुन... सून्दर संसारमा ल्याई छाड़ी गयेको धेरै समय बीतीगयेछ भन्छ जून.... तिम्रा सून्दर हातले कपाल बाटेको सदा पेटको अग्नी निभाउन तत्पर.... मेरो  आवस्यकता पूर्तीको माध्यम ऩ्यानो माया पाउन तिमीमा निर्भर..... शुभ शुभ भन्दै पढ़न पठायेको सानो टुक्की बाली छेवैमा ममता सबै दु:ख भूली भविष्य ताक्दै.... कति कष्टसित गर्यौ होली सम्झौता.. यस्ती मेरी परि आज निल गगनमा सपनाको संसार भई वाचेँकी.... 25 फरवरीसातमा हामीलाई छाड़ी गयौ आफ्नी परम आमाकी काखमा.... Miss you very much....mom!!! .

1986को सम्झना

Image
आज घर सफाई गर्दै गर्दा 20 /21 बर्ष पुगेर बीएमा पढ़दै गरेको आईकार्ड पाये! यसमा धैरै ईतिहास जड़ीत रहेछ!  दार्जीलिङ्ग सरकारी कलेज प्रति जिज्ञासा लरेटो कलेज अनर्स नपाउदा छोड़न परेको साथीहरूसितको विछोड़ ,,,,,,यहाँ सहजै अनर्सलिन पाएर खुशी भएको! चन्द्रको कोकील कण्ठ र माईकलको गिटारको धुनमा प्र्याकटिकल क्लास बितेको! सुनीलको चेतावनी क्लास सिर्यसलि गर्ने! जुतिकालाई गिजाएको! शुशमिताको राम्रो नोट बुक तानातान! यो कार्ड नभए "न्याउरेको"बसमा जादाँ बस भाड़ा आधा नहुने सगँ सगैँ जिएलको आन्दोलन ! शान्तिले पढ़न कहाँ पाईयो र! कहिले आग लागी त् कहिले तीनदिने स्ट्राईक! हसटेलमा पानी र म्यागी खाएर विताएका दिन एका एक याद आयो!   आज तिस बर्ष वितेछ थाहा नै पाईएन! दार्जीलिङ्गको राजनितीमा केवल विक्रीति मात्र आयो! सुकेमा एउटासम्म कलेज बनिएन! राम्रा राम्रा पढ़ेका साथीहरू विदेश लागे! ठूला ठूला मान्छे भएका छन! हामी पढ़न लागेकाहरू पनि जसो तसो जागिरे भएका छौ!  जस जसले भोक हड़ताल गरे प्रायः विरामी भएर सिलगढ़ीमा वसोबास गर्छन! औकास प्राप्त जागिरे रैथानेहरू पनि न्यानो खोज्दै सालबारी,सुकूनातिर थान्को लागे!  पहाड...

पहिलो सम्मान कार्यक्रम

Image

उसले के पायो?

Image
तर उसले के पायो? मैले  सबै थोक पाँए तर  के पायो उसले? बिमार छ उ! अन्धकारमा छ उ घरैमा समान छैन उ मैले सबै थोक पाँए तर उसले के पायो? उसको निम्ति, म औषधी बन्न चाहान्छु! उसको निम्ति ज्योती बन्न चाहन्छु! उसको अधिकारको निम्ति, समानताको पाठ पढ़ाउन चाहान्छु! तिमीले देख्यौ उसलाई? नदीमा माछा मार्दै छ उ! नदी किनार गिट्टी कुटदै छ उ! शुर्य अस्त भै सक्दा पनि भोली के होला थाहा छैन उसलाई! मैले सबै थोक पाएँ तर उसले के पायो? उसैको निम्ती म लढ़न चाहान्छु ! मेरा जस्तै दाता पाँउन् जन्मदिनमा समानताको संघ -  घोष होस बाल्यकालमा क ,,,ख ,,,नाँचुन आँखा अघि युवा अवस्तामा समानता जागोस, सुस्वास्थ बनाउन चाहान्छु तिमीलाई। मेरो जस्तै आमा बनाउन चाहान्छु समानताको चस्मा लगाईदिन चाहान्छु गिटी कुट्न अघि खाजा बोकी पाठशाला गएको हेर्न चाहान्छु। मैले  सबै थोक पाँए तर  के पायो उसले? बिमार छ उ! अन्धकारमा छ उ.... घरैमा समान छैन उ.... मैले सबै कुरो पाँए.... तर उसले के पायो?

चिप्लिएको बागडोर

Image
कचल्टिएको राजनित भित्र शुखद भविष्य हराएको देखि हैरानछु राहु केतु भ्रामरी सबै हामीलाई लागेको छ क्यार घरी घरी त हामीलाई आफल ताफल गर्नेहरूलाई सोच्दा पनि पो मन अमिलो न देश भित्रका न बाहिरका कटपुतली केबल चुनावका। एक कोशिका भएका नेता एमिबा जस्तो दुई कोशिकामा चट्ट चट्ट चुड़ी रहने जेलीमात्र सोंची ल्याउदा मन अढ्याउने चौतारी डिल केही छैन है! कहिले काँही आफैलाई विदेश मै छौ जस्तो पो लाग्छ त्यसो भए मेरो देश खोई भन्ने प्रश्न मनमा उठछ धुन मात्र मेरो गीत तिम्रो परिश्रम मात्र सदा  मेरो पौरख चाहि  सबै तिम्रो? वाह वाह समय जति बित्दैछ आँखा मेरो नम भएको छ ललिपपमा तिमी भुलेको अनिता अन्धकार तिर लम्केको सुनामी भन्दा कम छैन यो हावा हुरी बतास केवल यो दरवार विनाको रानीले भोग्छ हामीलाई बन्दी भएका स्लेब बाहेक केही केही ठान्दैन हँ!

Happy International Mothers Tangue Day

Image
When  I born... I speak mother's tongue...Nepali.... After some years  I realised, Iwas born In Indian soil... than I learn hindi ... ..its my motherland"s language.... .Again,  I realised that  I am in Bengal So I try to speak  and respect bengali language..... Than again grown up. ..and realised  most popular  language of the world.. ..i.e. Rnglish.....I love it... Recently i visit  some countries  they never speak others language ...then I am learning  sign language.. .so there are  different flavour  of languages..... .they are like salad in a boul.. ...taste it and love  your language......

मनोबल

Image
कर्म नै धर्म जै जै काली आयो यो जुरमुराई! प्राण बचाई दुश्मन खदेड़न सफल भव! तिम्रो चेलीको यो पुकार ईश्वर सुन्न बाध्य छ। भाई टिकामा सात फेरा लगाई यम रोके छु! ओक्खर टुक्रा झर्याम्म पारी छानो दुष्ठ लेखेटें। आमा सगुन मुजेत्रोमा लुकाई नजर काटी! मन्दिर गुम्बा शक्ती बटुली तिम्रो जै शुभ होस!

यसरी हेर्छु

Image
यसरी हेरौं भनेको राज्य! खोई गाँठो खोल्न नै पो गाहारो पर्यो, छुट्याउनु र शक्ती कम गर्नु बाहेक केही छैन अल्प समुदाय  के गरोस झण्टा बदलियो बस्यो। चुनाउ आउछ जान्छ मन्त्री आउछन जान्छन सदनमा चिच्याउछन के के गर्छन तर गोर्खाको हितमा केहि छैन है बाबै!   म त आजकल डार्लिङको के राशी हो त्यो पो हेर्न थालेको छु कतै "दा" र "गो"को राशीमा ईच्छा पुर्ती राज योग , कहिले अनि कुन सालमा आउछ  कीता भनी!

नेटवर्क हराएछि

Image
तिम्रो कोमल मनमा ठेस पुगेछ मायालु! मनलाई   दोष नदेउ त्यो त तिमी चलभाष नेटवर्क वाहिर थियौ  नकि   मेरो दोष! आज तिम्रो डोली  सजेथ्यो आनन्दको अनुभुति गरे मैले तर कानमा  खुशुक्क  भन्यौ कति निष्ठुरी हल्लोसम्म गरेनौ! तिमी पहाड़की रानी बन्छौ जसै तब ढाड़ाले जियोसम्मलाई छेक्छ म त यहाँबाट  तिमलाई चियाउछु तर तिम्रो मन छिया पारेछ दुरिले। अर्को पल्ट यस्तो नहोस , एप हाल दुनियाँ भरमा नभुल सठिक छान नत्र दोष मलाई नदिनु वेतारे सम्बन्ध लाग्दैन जता ततै  मनको झनकार सुन्नु।

अनुभुति

Image
कविता अनुभुति हो या शिर्षक शिर्षक कविता हो या कविता! कति अनौंठो छ प्रश्न यो मनको आउछ उ समय नहेरी जब- तब। लेखि हाल्छौ कसरी प्रश्न उसको साधना हो या सक्दैनौ भन्ने प्रेरणा, लेख्न त लेखिन्छ हौ जब-तब सदा आउने गर्छ समय बेपर्वाह कविता! आख्यानलाई उछिनदै मन बहाउछ कथालाई लतारदै उ किन लरखराउछ, तर उपन्यास भन्दा ससक्त भै आउछ समाजको दर्पन पारदर्शी उ देखाउछ । हाँस्छ रून्छ प्रकृति देखाउछ प्रदुशित, जातिपछि परेको देखी काहालिन लाग्छ, देश मर्दैगरेको देखी खितका छोड़ी हाँस्छ! प्रकृति पिरोल्ने कोरोना देखी भाग्ने? भन्छ। कविता कवितै भई बहन खोज्छ तेसै शिर्षक भन्दा कविताको नी अनुभुतिले , महल सजाउछ अजम्बरीको प्रदेशमा अड्डा जमाउछ हेरन अनि उ नाँच्ने गर्छ।।।

Darling Darjeeling

Image
हेप्पी भेलेनटाईन भन्नै सक्दीन तिमी अधुरो भएदेखि! प्रेमी प्रेमीकाहरू अझसम्म छैटौं  र जात गोष्टी नछोड़ेसम्म! सरकार अस्थाई र स्थाई प्रेम  दिन्छु भनी झुक्काएसम्म! मैले प्रेमको ईजहार गर्नै सकिन युटी या राज्य नदिएसम्म! डार्लिङ! मेरी प्रिय भेलेनटाईन! तिमी राज्य बन युटी बन! मनकी बातले तिमीलाई नछोए प्रिये नरोउ ! केही नभएसम्म! स्थाईत्वको राज उजागर गरौंला अर्को भेलेनटाईन मनाउला! हेप्पी भेलेनटाईन भन्नै सकिन तीन चक्के तन्त्र नभएसम्म! डार्लिङ दार्जीलिङ तिमी र मेरो प्रेममा वसन्त छाएन कहिल्यै प्रिये।

श्रद्धाञ्जली( 14.2.2019)

Image
समवेदना ती जवानका  परिवार प्रति  जसले आज ज्यान गुमाए  हाम्रो शुरक्षामा तैनाथ थिए , तर देश आज  तिम्रो बियोगमा  रोए पनि,  बदलाको ज्वाला हरएक  हिन्दुस्थानीमा  दन दन जलिरहेछ हाम्रा प्रिय  भेलेनटाईनहरूलाई यसरी छिनने  राक्षसहरूलाई यो मन धिक्कार्द छ! देशले दोस्रो  सरजिकल स्ट्रायक जैसे मोहोमद माथि  चाँढ़ै गर्ला तर देशको  खुपिया एजेन्सी प्रति शंकाको दृष्टीलाई   नजर अन्दाज कसरी गर्न सक्छौ  हे भारत? श्रद्धाञ्जली  तिमीलाई, आज ह्यदयमा बज्रपात भएको तिम्रो सपना यत्र तत्र छरप्रष्ट पारि ठुलो नोकसान पुर्याएको यो घाउले आज सबैलाई भत भत पोले पनि भारत अब उसो चुप रहने छैन होसियार दरिन्दे! तेरो दिन र अन्न पानी पनि अब धेर दिन छैन गन्दै गर दिन,अब  हामी सबै जाग्यौ तलाई सुताउन होसियार ! होसियार! यो सहिदको रगतले रगत तेरो अब  तप तप पार्ने छ!!

उड़ान

Image

आँशु अविरल

Image
आँशु अविरल म रोए जस्तो के गरें थे उसले फर्केर हेर्यो तर केही नभनि आफ्नो बाटो लाग्यो म फर्केर हेर्ने कोशिस गरिरहें,उसले ट्याक्कै पो फर्केर हेरेन, केही मजबुरी थियो होला भनि ठाने, तर ,,,,तर त्यो कस्तो मजबुरी हँ! म बिना उसलाई ट्याकै नहुने हो, तर आज रिम झिम हिँउ पर्यो, चिसो बतास र हावा हुरी चल्यो, तर उ ट्याकै फर्कन सकेन। मेरो आँङमा घाम लागेन, मलाई धमिराले खाई रह्यो।किरा फटेङ्ग्राले सताई रह्यो तर पनि उसले परैबाट मात्र सम्झना गर्यो,त्यो पनि उसको मजबुरी कै एउटा हिस्सा थियो। मेरो आत्मालाई रूवायो, शरिरलाई घना जङ्गलमा लुकाई राख्यो। मेरो जागिरलाई चियान डाढ़ामा दफनाई दियो, अनिता फर्केर ट्याकै हेर्न सकेन। गब्बरको सामुने नान्चन लगाई, मदारीको तमाशा हेरे झै गरि कटौरीमा ट्याक्क ट्याक्क पैसा बजाई रह्यो नलिउँत दिन भरीको शिकार लिउँ त् त्यो घोटालाको शिकार, कस्तो विडम्बना हो! तर उसले नियालेर हेर्नसम्म सकेन। म पछिबाट हेरी सम्झि रहें, सायद राम राज्य फेरी फर्केछ क्यार, सिताले न्याई नपाउने हो, प्रशाषण भित्र हाम्रो निम्ति सदा कुशाषण पनि भन्न कहाँ मिल्छ र, तर थर,र,,र काम्दै शुकिसकेको गुलाब देखाँउने जावो यो दिन, खै...

what is in your mind?

Image
What is in your mind?  Always asked  by facebook! Everyday  I react with it As if he is  my life parter ... As if he will  solve my problem As if he will be  happy with my joy Why I am giving  answer to him? Somtimes I feel! Yes!  He is my well wisher! I feel relaxed by  sharing my thought  of the daý.. .feelings of my  unknown friends... I peep..from the window.. Which flower  they send it to me... What is the day. ..today...is.... Which festible is this... And most prbably  every day is ... Birthday celliberation  of my friends... But sometimes I  miss out to wish them... As because it scrolled  so fast that my fingures  could not run out  in a hurry... Sometimes..i am upset. ..because some friends  send me spam ... Sometimes I! smile with smilies...😊

नाना

Image
हामीलाई नान भन्छिन फूल किन्न जादा मिरिकमा हामीले पनि नानाको फूल बघैँचा नाम राखेका छौ, आज कोरोना कालपछि फेरी फूल हेर्न गयौ मिरिक पुग्नै लाग्दा गोलाईमा भाई रशिक फटाह छन फूललाई बेच्नँ भन्दा अधिक माया गरेर राख्ने गर्छन, यस पल्ट भने लक डाउनले चुनौती नै थियो साना व्यपारीलाई मैले सोधे भाई यो कालमा के के गर्नु भयो त? हाँस्दै भन्नु भो, क्याकटस र केमलियासित रमाएँ पर्यटकहरूको निम्ति सपना सजाएँ भ्यालानटाईन कपलको निम्ति साना साना हट बनाए समय धेरै  पाँए गुलाब साटासाट गर्ने सजिलो सिढ़ी बनाएँ, हेरेर कविता राम्रो लेख्नु होस,उषा र अञ्जनालाई ल्याउनु होस मेरो घरमा एकदिनको पाहुना अवश्य बन्नु होस। हामी सिलगढ़ीमा गर्मी लागेपछि यस्तै घर परिवेशको कल्पना गर्छौ ,त्यस्तै रहेछ। नयाँ चाहि के थियो त्! स्वभाविक प्रश्न हो! फूल बघैँचाले स्वागत गर्छ चियाको बुटिकले आकृष्ट, बाँसका रेलिङ र चौतारीले बिसाउने मौका दिन्छ भने लोकलमा भोकल वाईनले तपाईको मुहाँरमा मुस्कान बाक्कल जलाएर पलिस गरि तैयार चारपाईले मन्त्र_ मुग्ध त्यसैको सुन्दर सिलिङ रछ, घुम्ने टेबल,गुलाबी ढ़ाड़ा घर चियाको चुस्कीसित चिसो हावा, वाह! उद्धमीला...

पहाड़की रानी

Image
म सुन्दरी पहाड़की रानी अग्रेजको निम्ति सेनिटोरियम गोर्खाको गौरब! मेरा मानिसलाई सुख दिन तम्सिए, छुटै राज्यमा राखौंला भने मेरो शनि निच रछ क्यार! यो गोर्खाले साह्रो दुःख पायो मैले केही गर्न सकिन आज मेरो मुहानै सुक्यो! विशाल सून्दर मेरो शरिर बिरामिले कुनै कुहेर झर्यो,कुनै अगं भने काट्दै फ्याक्नु पर्यो! यी सबै तमाशा हेरिरहेछु कहिले शान्त भएर ,कहिले धुम्मिएर कहिले उत्सव भएर! तर मेरो मान्छेलाई सँञ्चो भएन मेरा छोरा-छोरीलाई ललिपपमा भुलाई रहेका छन! म दिन दिनै चुड़ीदैं छु म दिन दिनै मर्दै छु तर मेरा नानीहरू छरिएर पढ़दैछन! जुनदिन म मरेको हुन्छु,फेरि मेरा नानीहरूको निम्ति औषधि वनि मलिलो मलमा परिणत हुन्छु! शिक्षा ,संसकार र तकनिकले सजिएको हुनेछ मेरो लाश खदाले लादिएको हुन्छु! तब मेरो क्रिया क्रम गर्न विभिन्न  रित निभाउन सबै आउने छन रित रिवाज भाषा नमिल्ला तर आँशु भने एउटै हुनेछ! म मरे पनि म त पहाड़की रानी हु, कुनै दिन वशं वचाउन घरले लखेटदा त्यो शक्ति झेल्ने आजको शव हु! मैले मरेर पनि एकसय आठ बिरामि निवारण गर्ने औषधि भई पलाउनु छ तुशारोमा! त्यो विरामीले चुड़िएका अगंलाई फेरी जोड़नु छ अनि ता...

ओ माई भ्यालेनटाईन!

Image
ओ माई भ्यालेनटाईन आई लब  यु भेरी मच! डार्लिङ्ग! कति सहन्छौ माया दिने धेरै भए तर पिरथी साटने नो एउटै विना ईच्छा पुरा गर्ने नी कोही छैन तिम्री साथीलाई दोश्याउने मुठ्ठी भने बन्द राख्ने देख्यौ तिमीले ! 😶 तिम्रो मेरो प्रेममा धुल झोक्ने बम गोलाले आई लब यु लेख्ने, मायालु मौन किन छौ? सालौ पहिले बाध्य गर्यो हाम्रो प्रेममा चिरा पार्यो पारपाचुके गर्न बाध्य गरायो तर म डार्लिङ्ग! तिम्रो मकुट सेताम्मे हिउको वर्षा हेरी सदा बाँचेकी छु तिम्रो मायामा सदा हाँसेकी छु!😍 भ्यालानटाईनमा सदा म  तिमलाई याद गर्ने गर्छु तिमीले दिएको  सानो रेलको यात्रा आह! बतासे लुपको  हाम्रो प्रेम कथा..... प्रेमको आँलिङ्गन  चियाको मुनामा कशम खाएको  रातको जुनमा! हो आज हिउँ कै  पैरो गयो भन्छ मायालु!  अलिकता  घाम जुन पठाउँ भन्छु भन्छु मोरीले आँखा लाउछे! छेउँ पर्न दिन्न डार्लिङ्ग! म विहल छु तिम्रो मायामा तर यो मिथ्या भ्रमले तिमीलाई छुनै दिन्न पर  पर सारिसक्यो यो लब  ट्रयाङ्गलले प्रिये! लालकोटीमा  विताएको प्रेम कथा सबै मिथ्या भो आज! तर फूलको  वर्षा गर्न फेरी भ्यालानटाईन...

परिवर्तन

Image
एक नदी  दुई किनारा आशा ठूलो  बन्ने दुई साहारा ठूला ठूला चट्टान  माझ घर्शणमा चोइटिदैं भल पैहिरो सगैं  दौढमा छ समय! हिउदोॅमा पानीले  किनार शुमसुमाउदा किनारले मौका  छोपी चियाउछ कतै समानानतरको  भेटने शुत्र मिल्यो कि??? घोलिकरण रशायण मिश्रण केवल आखाॅका  नानी र शरितामा छ। मन त केवल  छटपटाउने मात्र हो सगंममा रमाउ  भन्छ पानी वहावमा छ उर्जा  भन्छ नदी किनार हेरी  रमाऊन दिन्छ अर्ती नत्र बिलाउन  र वाष्पीकरणको अनि कठीन स्वेत  रूप धारण गर्ने शुर्य उर्जा शोषण  शुत्र छ भन्छ किनारालाई सान्तवना  दिन्छ साहारा!

सानी

Image
तिमी कस्ति आमा! नानीलाई अरूले लखेटी सक्दा  निन्द्रा मै छौ ? जाग अब जाग! मजबुरीले मुख बन्द भो, न्याय भन्दा अग्नि पेटको बारम्बांर जल्दो छ, न्यानो काख मेरी सानीको पराईलाई भा,, छ! तिमी कस्ति आमा! दिन रात उसलाई यहाँ कति गाहारो भा छ खाउँ- खाउँ लाउँ -लाउँ भन्ने बेलामा आंगन उसलाई परदेश भा छ, म सबै जान्द छु तर जीवन मेरो समय उसलाई नदिई कहाँ ,,,भा,,,छ? पेट अग्नि ज्वालामुखी  बिस्फोटको कगारमा छ तेसैले मेरी सानी आज आखा - पाखा भा,,,छ!!

अलविदा ताई

Image
कसमकस 5*2*17 सफेद फूलों से सजी थी यह महेफिल! ना शायरी थी ना गजल थी तो बस खामोशि! मेरी आमना- सामना हुई उनसे ना मै कुछ बोल सकी ना वे! पर एहशास था गले मे अटकी उन की विछड़ने की गम! मैं कुछ बोलती तो  जरूर आँखों से टपकती मोती एका एक मेरे आँखों के सामने इंन्द्र धनूष  जीवन  डोल्ने लगा कभी सजी होगि लाल रगं पे कभी सजी होगि शरशों की तरह फूलें फलें बाघ बघीचें अगल -बगल लेहेरा रहे थे उन की भी आखें नम जरूर थी पर सहन शक्ती की भी सिमा अलग कोने में बैठी मेरी सखी मुझे देख मुस्करारही थी उनकी मुस्कान के पिछे भी थी गम की लहेरें मैं एका एक रूहबरू हुई उन खांमोश गजल और शायरीयों से फिर दरवाजे पे पँहुची तो लड़खड़ाया मेरी भी आवाज शुन्य था वातावरण सफेद रंग पे रजनिगंन्धा की खुशबु मे लिप्टी उनकी आहट पर सुना मैने टुटे पत्तो की खामोशी में गजल और शायरी हि थी!!!

तिम्रो छायाँ

Image
तिम्रो छायाँ म मेरी माता तिमी मेरी भगवान तिमी सरस्वती काली दुर्गा मैले तिमी मै सबै पाँए तिम्रो सम्झनामा रमाउछु तिम्रो स्नेह कल्पि रहन्छु तिमीले दिएको औषधी आज मेरो स्वास्थ्य सम्झन्छु तिमीले दिएको आशिवचन आज मेरो सफलता सम्झनछु तिमीले दिएको शिक्षा आज मेरो गहना सम्झन्छु माँ! तिम्रो सुन्दरता देख्दा म मा केही कमी महशुस गर्छु तिम्रो संघर्ष सम्झदा मेरो केही कम छ जान्दछु तिमी अलाउदिनको चिराग तिमी  नै हौ जादु की छड़ी तिमी नै तिमीमा म बाँचेको छु  तिम्रो माया सदा साँचेकी छु म तिमी झै ममतामईआमा  बन्न सके सकिन आफैमा सदा प्रश्न तेर्साई रहन्छु तिमी सारदे ,तिमी गायत्री तिमी घारल सैन्य सुसार्ने मेरी फ्लोरेन्स नाईटिङ्गल आज झै हावा हुरी चलेको पानीका थोपा कता कता तिमीले हामीलाई छाड़ी गएको आज झल झल आँखामा आउन स्वभाविक हो! त्यस्तै परिसथिति माझ हामीले त्यस्ती प्रतिभावान आमालाई हराएको दिन आज नमन तिमीलाई मेरी आमा।।🙏🤲