Posts

Showing posts from February, 2023

बादी

Image
बादी सुदुर पश्चिमको कुण्ठा नयाँ कथा छ त्यहा ब्यथा नियम पुराना शोशित वर्ण  साउ अक्षर शुन्य ,छ मर्म। आवाज बुलन्द छ उसको बिगत बाल्य कालको पिढ़ा, हिम्मत र आदर्श, त्यहाँ संघर्ष, समाजसितको यो विमर्श । जटिल छ रूढ़ीबादसित संघर्षको चरमसिमामा उ अहो शरिरका रौं काँप्यो लौ, कुन सताब्दीमा छौ हामी? के कति यस्ता कुरो सुन्न अझ बाँकी छ कथा- व्यथा छक्क परें म थारूहरूमा, बादीको सुनी मनका व्यथा। शरिर नबेच्, लौ यो होईन पेशा शिक्षा देउ लौ उसलाई निसुल्क आर्थिक स्वतन्त्रा, छ ठूलो आशा निको पार लौ बादी समस्या सदा।।।।

झमकसित

Image
तिमीलाई देखेर म छक्क परे तिमीलाई देखेर म मख्ख परे, तिम्रा पाँउका तीन औँला  शुमशुम्याउन अशिम चाह छ! तिमीलाई भेट्ने आश छ यस वर्षको नारी दिवसको थिम" वी वोल्ड ईनफ" तिमी भन्दा स्वाभिमानी तिमी भन्दा शक्तीशाली अरू नारी छैनन, तिम्रा जेठी,माईली र साईली औलाले विश्व साहित्य हल्लाउन सक्यौ! अशक्षम शरिरलाई जीवन धान्न सक्ने जीविकापार्जन गर्नसक्ने साहित्य दियौ! सरस्वतिको बरदान छ तिमीलाई नेपाली साहित्य साधना हौ तिमी! अपार छ प्रकृतिको  यस्तो नियम कतिउर्जा तिमीमा,,,,,, अर्को जन्म मान्दिनौ! यसै जन्ममा स्वाभिमानी भई जिउछौ. घर आगन तिम्रो संसार तर साहित्य तिम्रो साधना,,,, शिक्षा तिम्रो हतियार जीवनको जंग लड़न आधुनिक शिक्षा अग्रेजी र कमप्युटर सिक्ने चाहना, आह कति राम्रो जीवन धान्ने गहना! विश्वकै शशक्त नारी तिमी हौ नेपाली साहित्यकी महारानी! तिम्रो प्रेरणाले बिश्व साहित्य फूलोस गुलाब  फूल गुच्छा तिमीलाई सयपत्री र गुंरास  तिमीलाई! मखमली र अरकीट तिमीलाई! घिमीरे झमक! साहित्यकी चमक सत -सत नमन तिम्रा परिवारलाई!!

युद्ध

Image
युद्ध 1500 करोड़ एक दिनमा खर्च हुनु सानो कुरो होईन। यसले विश्वमा आर्थिक समस्या त् हुन्छ नै अमन चयन पनि दाउमा लागेको हुन्छ।  तीन वर्ष 2019-20, 2020- 21, 2021- 22, कोवित र बिमारीले सतायो।  अब युक्रेन र रशियाको युद्धले तीन दिन भयो विश्वलाई चिन्तित गरायो। सन- सनी समाचारले विश्वलाई चकित बनाएको छ। सायद आफ्नो आफ्नो सिमाना बचाउने धर्म युद्ध हुन सक्छदुवै देशको तर लघु विश्व, सामाजिक संजालले अनि एउटा देश अर्को देशसित कतिपय कुरोमा निर्भर भएको हुदा अशर सबैलाई परेको देखिदैं छ। कतिले ज्यान गुमाउदैछन,कति बेघर भए, बाटैमा भाग्दा भाग्दै नयाँ शिशुलाई जन्म दिए। समस्या चारैतिर भईरहेछ। मेरा देश महान! नमन छ भारत मातृभुमिलाई! विश्वमा छरिएका विद्यार्थीहरूलाई ती देशहरूबाट घर आँगनसम्म ल्याउने कार्यमा लागेका छन। तर कति देशका नागरिकहरू फसेका छन तर उनिहरूले आफ्नो नागरिकहरूलाई झिकाउन सकेका छैनन्।  हाम्रो देशले यी तीनदिनमा जे जस्तो सल्लाह मसुरा गरे,  निशुल्क विद्यार्थीहरूलाई निकाल्दैछन  , कार्य सराहनिय छ। कोवितले अनलाईन बनायो हामीलाई भने अब युद्धले फेरी कागज कलम तिर लादैं छ।कारण साईबर एटेक भएको खण्डमा, ब्ल्याक आउट भएक

आमाको पुण्यतिथी

Image
पुण्यतिथी आमा तिमीलाई आज कै दिन हामीले गुमाएको सन सातमा आज एक जुग वितेर गयो तर हरेक समस्यामा समझना गर्छु हरेक पर्वमा मार्ग दर्शको आश गर्छु हरेक खुशी साझा गर्न एकान्तमा आकाशतिर हेरी तिमीसित बात गर्छु सुन्नुन आमा! तिमीले पकाको रोटी र डाढुको तिउनको सम्झना हिज मात्र चंचलकोटीमा सबैले गर्दै थिए कालो नुन र तोरीको तेलको थ्रोट पेन्ट बनाई गलाको खरास सबैलाई मेटाउने गरेको सबैले सम्झना गरे! यस्ता धेरै कुरो साझमा चौतारीमा बसी गरौला तिमी चन्द्रमा भई आउनु म तिम्रो ईन्तजार गर्ने छु आमा!

नियात्रा

Image
1986 आज घर सफाई गर्दै गर्दा 20 /21 बर्ष पुगेर बीएमा पढ़दै गरेको आईकार्ड पाये! यसमा धैरै ईतिहास जड़ीत रहेछ!  दार्जीलिङ्ग सरकारी कलेज प्रति जिज्ञासा लरेटो कलेज अनर्स नपाउदा छोड़न परेको साथीहरूसितको विछोड़ ,,,,,,यहाँ सहजै अनर्सलिन पाएर खुशी भएको! चन्द्रको कोकील कण्ठ र माईकलको गिटारको धुनमा प्र्याकटिकल क्लास बितेको! सुनीलको चेतावनी क्लास सिर्यसलि गर्ने! जुतिकालाई गिजाएको! शुशमिताको राम्रो नोट बुक तानातान! यो कार्ड नभए "न्याउरेको"बसमा जादाँ बस भाड़ा आधा नहुने सगँ सगैँ जिएलको आन्दोलन ! शान्तिले पढ़न कहाँ पाईयो र! कहिले आग लागी त् कहिले तीनदिने स्ट्राईक! हसटेलमा पानी र म्यागी खाएर विताएका दिन एका एक याद आयो!   आज तिस बर्ष वितेछ थाहा नै पाईएन! दार्जीलिङ्गको राजनितीमा केवल विक्रीति मात्र आयो! सुकेमा एउटासम्म कलेज बनिएन! राम्रा राम्रा पढ़ेका साथीहरू विदेश लागे! ठूला ठूला मान्छे भएका छन! हामी पढ़न लागेकाहरू पनि जसो तसो जागिरे भएका छौ!  जस जसले भोक हड़ताल गरे प्रायः विरामी भएर सिलगढ़ीमा वसोबास गर्छन! औकास प्राप्त जागिरे रैथानेहरू पनि न्यानो खोज्दै सालबारी,सुकूनातिर थान्को लागे!  पहाड़का

उसले के पायो

Image
तर उसले के पायो? मैले  सबै थोक पाँए तर  के पायो उसले? बिमार छ उ! अन्धकारमा छ उ घरैमा समान छैन उ मैले सबै थोक पाँए तर उसले के पायो? उसको निम्ति, म औषधी बन्न चाहान्छु! उसको निम्ति ज्योती बन्न चाहन्छु! उसको अधिकारको निम्ति, समानताको पाठ पढ़ाउन चाहान्छु! तिमीले देख्यौ उसलाई? नदीमा माछा मार्दै छ उ! नदी किनार गिट्टी कुटदै छ उ! शुर्य अस्त भै सक्दा पनि भोली के होला थाहा छैन उसलाई! मैले सबै थोक पाएँ तर उसले के पायो? उसैको निम्ती म लढ़न चाहान्छु ! मेरा जस्तै दाता पाँउन् जन्मदिनमा समानताको संघ -  घोष होस बाल्यकालमा क ,,,ख ,,,नाँचुन आँखा अघि युवा अवस्तामा समानता जागोस, सुस्वास्थ बनाउन चाहान्छु तिमीलाई। मेरो जस्तै आमा बनाउन चाहान्छु समानताको चस्मा लगाईदिन चाहान्छु गिटी कुट्न अघि खाजा बोकी पाठशाला गएको हेर्न चाहान्छु। मैले  सबै थोक पाँए तर  के पायो उसले? बिमार छ उ! अन्धकारमा छ उ.... घरैमा समान छैन उ.... मैले सबै कुरो पाँए.... तर उसले के पायो?

चिरबिर

Image
आज मेरो कुरो प्रकृतिले सुनेछन क्यार बर्षको पहिलो बर्षा भो सिलगढ़ीमा 3.30pm मा****अब छिछीमिरा धेरै मर्नेहुन आज,,,,,,,,,😊☺😊😀 कोईली  कुहु कुहु कुहु  गीत  गाउछे बिहानै  मलाई     शुरले नै  जगाउछे हरियो.   परियोदेखि  केही रमाउछे केही खिसी गरे झै  खित्का   हास्छे धुलो उड़ेकोदेखि केही.  गुणगुणाउछे कुहु कुहु कुहु   बनेछ तिम्रोबारी मरू लगायएनौ पानी "  ईसप्रिङ्कल"चरू हिमको पैरो.  गयो अब म मधेस लागे चियाको सिचाँईमा   शरिरनी भिजाये तर तिमी सुती राछौ.  म भये नी प्यसी कुहु कुहु कोयल यसरी  आज गाउछे! कथा र व्यथा उसको मलाई सुनाउछे थाहा छ! छिछीमिराको पखेटा पलायो तर यसपालि कता कालवैशाखि हरायो! वर्ड फ्लु र स्वाईन फ्लुलाई न्यौता दियौ कुहु-कुहु गर्दै विहानी पख सवाहि कहन्छे आपँका मञ्जरी, पालुवा खोई पलाएको? वसन्त बघैचाँ!मलाई भिजाउदै नचाँएको! कुहु कुहु गर्छु धुलीकन मै  मैलो भै उड़छु! हाँसको बच्चा नदीतिर  विस्तारै  भागिछ मलाई मैलोदेखि आत्तियेर  उधै लागिछ! गौथली भागि सके छ हेर त घर कुनामा, लाटकोसेरो विचरी टावरमै आखाँ चिम्ली झुण्डीएर आत्माहत्या ,समाचार लेखिछ "फाईप जीले" घर खबर छिटो पुग्ला भन

शुभ प्रभात

Image
शुभ प्रभात यसरी हेरौं भनेको राज्य! खोई गाँठो खोल्न नै पो गाहारो पर्यो, छुट्याउनु र शक्ती कम गर्नु बाहेक केही छैन अल्प समुदाय  के गरोस झण्टा बदलियो बस्यो। चुनाउ आउछ जान्छ मन्त्री आउछन जान्छन सदनमा चिच्याउछन के के गर्छन तर गोर्खाको हितमा केहि छैन है बाबै!   म त आजकल डार्लिङको के राशी हो त्यो पो हेर्न थालेको छु कतै "दा" र "गो"को राशीमा ईच्छा पुर्ती राज योग , कहिले अनि कुन सालमा आउछ  कीता भनी!

कठै बरा

Image

हिज

Image
हिज हिज बनभोजमा  केही पल आफैसित मात्र हेर न अतित भै हाले भनिन्छ नी जिउनु आफ्नै प्रकारले जहाँ तिमीलाई खुशी मिल्छ बटुली राख्नु अनुभव यसले के भनला उसले के भनला भन्ने त मनको भ्रम मात्र यो हल्लाको परिधिमा केबल तिमी मात्र कहाँ छौ र! फुर्सत कहाँ छ चियो चर्चोको मानिसले केवल शान्ति खोज्छ म पनि त त्यस्तै हो नी ता र हर पललाई म छिन्न चाहान्छु जहाँ केही पल म हास्नँ सक्छु अनिता खुशीले  ती पल बाँच्न सक्छु तिमी पनि यसलाई अप्नाई हेर न! शुखका पलहरू तिमी भित्रै छन! good morning!

अनुभुती

Image
अनुभुति कविता अनुभुति हो या शिर्षक शिर्षक कविता हो या कविता! कति अनौंठो छ प्रश्न यो मनको आउछ उ समय नहेरी जब- तब। लेखि हाल्छौ कसरी प्रश्न उसको साधना हो या सक्दैनौ भन्ने प्रेरणा, लेख्न त लेखिन्छ हौ जब-तब सदा आउने गर्छ समय बेपर्वाह कविता! आख्यानलाई उछिनदै मन बहाउछ कथालाई लतारदै उ किन लरखराउछ, तर उपन्यास भन्दा ससक्त भै आउछ समाजको दर्पन पारदर्शी उ देखाउछ । हाँस्छ रून्छ प्रकृति देखाउछ प्रदुशित, जातिपछि परेको देखी काहालिन लाग्छ, देश मर्दैगरेको देखी खितका छोड़ी हाँस्छ! प्रकृति पिरोल्ने कोरोना देखी भाग्ने? भन्छ। कविता कवितै भई बहन खोज्छ तेसै शिर्षक भन्दा कविताको नी अनुभुतिले , महल सजाउछ अजम्बरीको प्रदेशमा अड्डा जमाउछ हेरन अनि उ नाँच्ने गर्छ।।।

श्रद्धान्जली

Image
श्रद्धाञ्जली  समवेदना ती जवानका  परिवार प्रति  जसले आज ज्यान गुमाए  हाम्रो शुरक्षामा तैनाथ थिए , तर देश आज  तिम्रो बियोगमा  रोए पनि,  बदलाको ज्वाला हरएक  हिन्दुस्थानीमा  दन दन जलिरहेछ हाम्रा प्रिय  भेलेनटाईनहरूलाई यसरी छिनने  राक्षसहरूलाई यो मन धिक्कार्द छ! देशले दोस्रो  सरजिकल स्ट्रायक जैसे मोहोमद माथि  चाँढ़ै गर्ला तर देशको  खुपिया एजेन्सी प्रति शंकाको दृष्टीलाई   नजर अन्दाज कसरी गर्न सक्छौ  हे भारत? श्रद्धाञ्जली  तिमीलाई, आज ह्यदयमा बज्रपात भएको तिम्रो सपना यत्र तत्र छरप्रष्ट पारि ठुलो नोकसान पुर्याएको यो घाउले आज सबैलाई भत भत पोले पनि भारत अब उसो चुप रहने छैन होसियार दरिन्दे! तेरो दिन र अन्न पानी पनि अब धेर दिन छैन गन्दै गर दिन,अब  हामी सबै जाग्यौ तलाई सुताउन होसियार ! होसियार! यो सहिदको रगतले रगत तेरो अब  तप तप पार्ने छ!!

डार्लिड़ दार्जीलिड़

Image
डार्लिङ दार्जिलिङ! हेप्पी भेलेनटाईन भन्नै सक्दीन तिमी अधुरो भएदेखि! प्रेमी प्रेमीकाहरू अझसम्म छैटौं  र जात गोष्टी नछोड़ेसम्म! सरकार अस्थाई र स्थाई प्रेम  दिन्छु भनी झुक्काएसम्म! मैले प्रेमको ईजहार गर्नै सकिन युटी या राज्य नदिएसम्म! डार्लिङ! मेरी प्रिय भेलेनटाईन! तिमी राज्य बन युटी बन! मनकी बातले तिमीलाई नछोए प्रिये नरोउ ! केही नभएसम्म! स्थाईत्वको राज उजागर गरौंला अर्को भेलेनटाईन मनाउला! हेप्पी भेलेनटाईन भन्नै सकिन तीन चक्के तन्त्र नभएसम्म! डार्लिङ दार्जीलिङ तिमी र मेरो प्रेममा वसन्त छाएन कहिल्यै प्रिये।

ड्रेस कोड

Image
ड्रेस कोड सानो छदा आमाको हातको भोटो तीनकुने न्यापकिन राम्रो छोटो छोटो।    अलि ठुलो भएछि  हाफप्यानट  नाना त्यस समय छोराछोरी दुवै आना माना। वर्तमन्द गेरूवा ,ठुली नानी छिटको साड़ी स्कूल भनेपछि नी युनिफर्ममा गुड़छ गाड़ी। क्याम्पसमा ड़्रेसकोड प्रशासनको अनुमति बुर्का गेरूवा कुनै हुदै हुदैन यसमा राजनिति। तर क्याम्पस या अघि अझ पड़े तिम्रो खुशी त्यसमा कसैको हुदैन यता उता झास झुसे। मन्दिर मसजित गुम्बा लोटस टेम्पल पेगोडा सबैमा छ छुट भने फेरी किन हुन्छ होहल्ला? सागर महासागर नदी सुईमिङ पुलमा विकीनी गोला बारूद रिश राग होईन सभ्यता सनातनी। रावण,राक्षसी स्वभाव केही ल्याउदै छ अशान्ती अटल अमर भारत भूमिमा नहोस फेरी क्रान्ती। उन्नत पथमा कति आउछन उकाली ओर्हाली मत भन्छु थकाईमा विसाउनी र लाग्नु उकाली। टीभी सञ्चालनमा कर तिर्नु अधिक र समाचार  घरी घरी फुक्छन बकवास नमिठो अमिलोअचार। बरू युटियुब र सामाजिक सञ्जालमा रोचकता द्वन्द शिक्षा ड्रेसशकोड होईन युनिफर्म समानता।।

ऑशु अविरल

Image
आँशु अविरल म रोए जस्तो के गरें थे उसले फर्केर हेर्यो तर केही नभनि आफ्नो बाटो लाग्यो म फर्केर हेर्ने कोशिस गरिरहें,उसले ट्याक्कै पो फर्केर हेरेन, केही मजबुरी थियो होला भनि ठाने, तर ,,,,तर त्यो कस्तो मजबुरी हँ! म बिना उसलाई ट्याकै नहुने हो, तर आज रिम झिम हिँउ पर्यो, चिसो बतास र हावा हुरी चल्यो, तर उ ट्याकै फर्कन सकेन। मेरो आँङमा घाम लागेन, मलाई धमिराले खाई रह्यो।किरा फटेङ्ग्राले सताई रह्यो तर पनि उसले परैबाट मात्र सम्झना गर्यो,त्यो पनि उसको मजबुरी कै एउटा हिस्सा थियो। मेरो आत्मालाई रूवायो, शरिरलाई घना जङ्गलमा लुकाई राख्यो। मेरो जागिरलाई चियान डाढ़ामा दफनाई दियो, अनिता फर्केर ट्याकै हेर्न सकेन। गब्बरको सामुने नान्चन लगाई, मदारीको तमाशा हेरे झै गरि कटौरीमा ट्याक्क ट्याक्क पैसा बजाई रह्यो नलिउँत दिन भरीको शिकार लिउँ त् त्यो घोटालाको शिकार, कस्तो विडम्बना हो! तर उसले नियालेर हेर्नसम्म सकेन। म पछिबाट हेरी सम्झि रहें, सायद राम राज्य फेरी फर्केछ क्यार, सिताले न्याई नपाउने हो, प्रशाषण भित्र हाम्रो निम्ति सदा कुशाषण पनि भन्न कहाँ मिल्छ र, तर थर,र,,र काम्दै शुकिसकेको गुलाब देखाँउने जावो यो दिन, खै

नाना

Image
नाना हामीलाई नान भन्छिन फूल किन्न जादा मिरिकमा हामीले पनि नानाको फूल बघैँचा नाम राखेका छौ, आज कोरोना कालपछि फेरी फूल हेर्न गयौ मिरिक पुग्नै लाग्दा गोलाईमा भाई रशिक फटाह छन फूललाई बेच्नँ भन्दा अधिक माया गरेर राख्ने गर्छन, यस पल्ट भने लक डाउनले चुनौती नै थियो साना व्यपारीलाई मैले सोधे भाई यो कालमा के के गर्नु भयो त? हाँस्दै भन्नु भो, क्याकटस र केमलियासित रमाएँ पर्यटकहरूको निम्ति सपना सजाएँ भ्यालानटाईन कपलको निम्ति साना साना हट बनाए समय धेरै  पाँए गुलाब साटासाट गर्ने सजिलो सिढ़ी बनाएँ, हेरेर कविता राम्रो लेख्नु होस,उषा र अञ्जनालाई ल्याउनु होस मेरो घरमा एकदिनको पाहुना अवश्य बन्नु होस। हामी सिलगढ़ीमा गर्मी लागेपछि यस्तै घर परिवेशको कल्पना गर्छौ ,त्यस्तै रहेछ। नयाँ चाहि के थियो त्! स्वभाविक प्रश्न हो! फूल बघैँचाले स्वागत गर्छ चियाको बुटिकले आकृष्ट, बाँसका रेलिङ र चौतारीले बिसाउने मौका दिन्छ भने लोकलमा भोकल वाईनले तपाईको मुहाँरमा मुस्कान बाक्कल जलाएर पलिस गरि तैयार चारपाईले मन्त्र_ मुग्ध त्यसैको सुन्दर सिलिङ रछ, घुम्ने टेबल,गुलाबी ढ़ाड़ा घर चियाको चुस्कीसित चिसो हावा, वाह! उद्धमीलाई कोरोनाले

रानी

Image
म सुन्दरी पहाड़की रानी अग्रेजको निम्ति सेनिटोरियम गोर्खाको गौरब! मेरा मानिसलाई सुख दिन तम्सिए, छुटै राज्यमा राखौंला भने मेरो शनि निच रछ क्यार! यो गोर्खाले साह्रो दुःख पायो मैले केही गर्न सकिन आज मेरो मुहानै सुक्यो! विशाल सून्दर मेरो शरिर बिरामिले कुनै कुहेर झर्यो,कुनै अगं भने काट्दै फ्याक्नु पर्यो! यी सबै तमाशा हेरिरहेछु कहिले शान्त भएर ,कहिले धुम्मिएर कहिले उत्सव भएर! तर मेरो मान्छेलाई सँञ्चो भएन मेरा छोरा-छोरीलाई ललिपपमा भुलाई रहेका छन! म दिन दिनै चुड़ीदैं छु म दिन दिनै मर्दै छु तर मेरा नानीहरू छरिएर पढ़दैछन! जुनदिन म मरेको हुन्छु,फेरि मेरा नानीहरूको निम्ति औषधि वनि मलिलो मलमा परिणत हुन्छु! शिक्षा ,संसकार र तकनिकले सजिएको हुनेछ मेरो लाश खदाले लादिएको हुन्छु! तब मेरो क्रिया क्रम गर्न विभिन्न  रित निभाउन सबै आउने छन रित रिवाज भाषा नमिल्ला तर आँशु भने एउटै हुनेछ! म मरे पनि म त पहाड़की रानी हु, कुनै दिन वशं वचाउन घरले लखेटदा त्यो शक्ति झेल्ने आजको शव हु! मैले मरेर पनि एकसय आठ बिरामि निवारण गर्ने औषधि भई पलाउनु छ तुशारोमा! त्यो विरामीले चुड़िएका अगंलाई फेरी जोड़नु छ अनि ता रंग विरंगका मेर

सानी

Image
सानी तिमी कस्ति आमा! नानीलाई अरूले लखेटी सक्दा  निन्द्रा मै छौ ? जाग अब जाग! मजबुरीले मुख बन्द भो, न्याय भन्दा अग्नि पेटको बारम्बांर जल्दो छ, न्यानो काख मेरी सानीको पराईलाई भा,, छ! तिमी कस्ति आमा! दिन रात उसलाई यहाँ कति गाहारो भा छ खाउँ- खाउँ लाउँ -लाउँ भन्ने बेलामा आंगन उसलाई परदेश भा छ, म सबै जान्द छु तर जिवन मेरो समय उसलाई नदिई कहाँ ,,,भा,,,छ? पेट अग्नि ज्वालामुखी  बिस्फोटको कगारमा छ तेसैले मेरी सानी आज आखा - पाखा भा,,,छ!!

कसमकस

Image
कसमकस 5*2*17 सफेद फूलों से सजी थी यह महेफिल! ना शायरी थी ना गजल थी तो बस खामोशि! मेरी आमना- सामना हुई उनसे ना मै कुछ बोल सकी ना वे! पर एहशास था गले मे अटकी उन की विछड़ने की गम! मैं कुछ बोलती तो  जरूर आँखों से टपकती मोती एका एक मेरे आँखों के सामने इंन्द्र धनूष  जीवन  डोल्ने लगा कभी सजी होगि लाल रगं पे कभी सजी होगि शरशों की तरह फूलें फलें बाघ बघीचें अगल -बगल लेहेरा रहे थे उन की भी आखें नम जरूर थी पर सहन शक्ती की भी सिमा अलग कोने में बैठी मेरी सखी मुझे देख मुस्करारही थी उनकी मुस्कान के पिछे भी थी गम की लहेरें मैं एका एक रूहबरू हुई उन खांमोश गजल और शायरीयों से फिर दरवाजे पे पँहुची तो लड़खड़ाया मेरी भी आवाज शुन्य था वातावरण सफेद रंग पे रजनिगंन्धा की खुशबु मे लिप्टी उनकी आहट पर सुना मैने टुटे पत्तो की खामोशी में गजल और शायरी हि थी!!!

किशान

Image
देश देश है तो किशान है देश है तो जहान है देश है तो राशन है देश है तो अरमान है। दिल्ली सिर्फ आप का नहि सभी देश वासियों का शान है अरमान है, अभिमान है! देशकी तन्त्र न्यायलय नियन्त्रित करती है, जब बात वहाँ पहुच गयी तो अब आप सब्र करो, घर लौट जावो किशान! प्रधान एक मशिनका पुर्जा है, पार्टी अनेक है ईसकी नश, पर चुनाव को ईस से नहि जोढ़े तो मजबुत होगी हात! यह छोटा देश नहि है ईतनी छोटी बातों मे ना लड़ो अक्सीजन बड़ाने की मांग करो, थार मे अन्न उगाने की मांग करो यह आवाज होनी चाहिये बुलन्द! कश्मिर में फुलों की वर्षात होनी चाहिये! अब लौट जावो घर छोटी - छोटी बिज ईन्तजार में है, उनको सहेलावो, मिट्टी पानी दो, फिर डेढ़ साल के बाद, हरा- भरा घर आँगन परिवार को छोड़ आना दिल्ली बोडर में अपना धांक जमाना! चुनाव अनाज बिन नहि लड़ी जाती सिधान्त के पक्के हो तो, आप की जित निश्चित है! पर रोने से कानुन नहि बदलते। बात को सम्झो, आप को उस्काने बाले भाग जायेगें , छुप जायेगें पर वह नन्ही परि अंकुरीत होने से पहले, मर जाएगी! देश है तो ईमान है देश है तो लक डाउन  मे भी सभी के घर अनाज है। फिर यह स्थिति नहि आएगी? आप हमे क्या पता ह

छायाँ

Image
तिम्रो छायाँ म मेरी माता तिमी मेरी भगवान तिमी सरस्वती काली दुर्गा मैले तिमी मै सबै पाँए तिम्रो सम्झनामा रमाउछु तिम्रो स्नेह कल्पि रहन्छु तिमीले दिएको औषधी आज मेरो स्वास्थ्य सम्झन्छु तिमीले दिएको आशिवचन आज मेरो सफलता सम्झनछु तिमीले दिएको शिक्षा आज मेरो गहना सम्झन्छु माँ! तिम्रो सुन्दरता देख्दा म मा केही कमी महशुस गर्छु तिम्रो संघर्ष सम्झदा मेरो केही कम छ जान्दछु तिमी अलाउदिनको चिराग तिमी  नै हौ जादु की छड़ी तिमी नै तिमीमा म बाँचेको छु  तिम्रो माया सदा साँचेकी छु म तिमी झै ममतामईआमा  बन्न सके सकिन आफैमा सदा प्रश्न तेर्साई रहन्छु तिमी सारदे ,तिमी गायत्री तिमी घरमै सैन्य सुसार्ने मेरी फ्लोरेन्स नाईटिङ्गल आज झै हावा हुरी चलेको पानीका थोपा कता कता तिमीले हामीलाई छाड़ी गएको आज झल झल आँखामा आउन स्वभाविक हो! त्यस्तै परिसथिति माझ हामीले त्यस्ती प्रतिभावान आमालाई हराएको दिन आज नमन तिमीलाई मेरी आमा।।🙏🤲