Posts

Showing posts from December, 2021

Happy New Year 2022

Image
जीवनले केही लिएर गयो समयले केही  दिएर  गयो समय-जीवनको गीत गायो केही नयाँ नयाँ रित ल्यायो! केही हँसायो केही रूवायो तर समय विताए रै छाड़्यो के खोजीमा तल्लीन रहन्छ  मन माया पाए हाँसी रहन्छ पोस्ट अफिसदेखि ईन्टरनेट सम्बन्ध गाँसने नयाँ जीवन यसले ल्याउला नयाँ समय गठीलो फेरी बनाउछ जीवन! नयाँ वर्षको शुभकामना!

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

Image
सिलगढी वरिष्ठ महिला‌ समूहको मासिक भेटघाट आज‌ दिनांक २९/१२/२०२१ बुधबारको दिन दिल कुमारी छेत्रीको नयाँ वासगृहमा भयो। उहाँको नयाँ घरको गृहप्रवेश भएको हुनाले हामी ‌बाहेक हैदरपाढा ‌समाज‌ सेवा समितिका भजन मण्डलीबाट महिला सदस्याहरू पनि उपस्थित थिए। समाजसेवी दिलिप तिवारी ‌सरको‌ असामयिक निधन भएको हुनाले एक ‌मिनटको मौन धारणबाट कार्यक्रम शुरू ‌भयो। तिवारी ‌सरको‌ सामाजिक क्रियाकलाप लतिका गुरुमाले यसरी राख्नु‌ भयो:- उनी देवकोटा ‌संघका संस्थापक सदस्य, सिलगढी ‌गोर्खा वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष, नन्दी तिवारी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, सिलगढी कृष्ण ‌माया नेपाली हाई स्कूल संचालन समितिका पूर्व ‌सचिव, नेपाली साहित्य प्रचार ‌समितिका आजीवन सदस्य, नेशनल गोर्खा ‌फेडरेशका प्रथम अधिवेशनमा सचिव, भारतीय ‌गोर्खा परिसंघका‌ आजीवन सदस्य, नेपाली भाषी गोर्खा समाजका एकजना अभिभावक, शुभ‌‌ चिन्तक, सिलगढी ‌रविरत्न महाविद्यालयका मूल खाम्बो भएर महा‌विद्यालयमा सेवा पुर्याउने प्राध्यापकहरुलाई आफ्नै‌ खल्तीबाट तनखा दिएर हाम्रा नानीहरूलाई शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने काम गर्नु भएको थियो। ९४ औं अगमसिंह गिरी

दार्जिलीङ्ग तिमीलाई

Image
दार्जिलीङ्ग तिमीलाई सधै  घमाईलो देख्छु चिया बगाँन बन्द हुदा पनि  हाँसे कै छौ नोट बन्दीमा पनि  यात्रा तय गरेकै छौ टोल तिर्ने गेट बनाई कर  तिर्न लाएकै छौ बिस्तारै पर्यटक क्षेत्रलाई  लिजमा लाएकै छौ किन यस्तो भो त!  गएकालाई फर्काई ल्याऊ ठुला ठुला बनेका छन्  हाम्रा सन्तान! एकासीको आन्दोलनले लखेट्यो छ्यासीको आन्दोलनले लखेट्यो अझ कति घुमाउराबाटाहरू  तयगर्नु पर्ने? तिम्रो व्यवस्थामा  गाग्री रित्तो छ रंगीतले कानेखुर्सी  गरीरहन्छ म बगेको बगेकै छु  मलाई रोकन भन्छ् पैरोले भन्छ ईन्जिनियरले  सुमसुम्याउन् मलाई विभिन्न भाषा शैलीमा  सुरिलो भए तर शिक्षा कति वगेर  उर्वर पंखा वनिसक्यो त्यो फलदायक हो तर  शिक्षालय पनि वग्दै छ तर पनि तिमी दिसम्वरमा  घमाईलो किन? कतै वाक्लो घरको  पैहिरनले त होईन? पेट अपच भएर  उल्टीआउला झै भएर तिम्रो ललाटमा पसिना  आएको त होईन? तर तिमी घमाईलो छौ!  पर्यटक रमाउछन तिम्रो सुन्दरता हेरी  म पनि रमाउछु कञ्चनजङ्गा हेरी  तर मलाई थाहा छ जुन कुरो न प्रशासनले  बुझछ नता पर्यटकले तर कहिले कहिले  प्रतिवाद गर्छ पैसा लिए जति  सौचालय सफा कहाँ? तर पनि तिमी  हाँसेको देख्दा म सम्झना गर्छु  तिमीलाई प

बड़ादिनको शुभकामना

Image
मारिया ए मदर मेरी! सुपुत्रकी धनी! गरिदेउ सबैको कल्यान सदा दिन एकनाशे तिम्रो जयन्ती बड़ा छ! तिम्रो शन्देशमा द्वन्द छैन प्रेम तिम्रो मूल मन्त्र  समर्पण दियौ ज्ञान प्रेम प्रेम गर्दै भयौ बलिदानी तिमी! आज द्वन्दको संसारमा फेरी आईदेऊ  ए! मरिया! सुपुत्र ईशुको सन्देश तिमिले छरी देऊ। द्वेश र नर्क आज पनि उतिकै छ संसारमा प्रेमको ज्ञान छर्न तिमी जस्ति आमा ! र तिम्रो छोरो जस्तो प्रेम र शान्तीको सुसमाचा छरिदिन ए मारिया! मदर मेरी, सबैकी आमा! गाईको गोठमा  पर्खीराछु आई देऊ!  सत्य मार्ग दर्शाईदेऊ। गोरेटोमा भक्त भई पर्खेकी छु मारिया! ईशुको बढ़ाई होस!! शान्तिको ज्योति  कुना कुनामा छरिदेऊ ए मारिया!  तिमी फेरी आऊ।

नियाली हेरें

Image
नियाली हेरें हो उस्तै उस्तै छौ तिमी हिमालमा हिउँ परेकै छ न्यानो भित्र शरिर लुकाई टोल्लाई रहेछौ नियाली हेरें। के फरक पर्छ र शरिरलाई खाल्डाङ खुल्डुङ बाटाले उपचार ओराह्लो लागेको समय टोल्लाएको नियाली हेरें। महामहिम भन्दैपछि दौड़न्छौ हावामै विलिन भएको अग्रज उन्युले लुकायो की परदेशले कठै कुरो सुनेर अन्धकार नियाली हेरें।  देख्यौ तिमीले हिमाल हाँसेको तल तलै हिउँको तलाले घिसिएको शितोष्ण मन, अन्योल जन जन ठिहिमा मैले हिमाल टल्केको नियाली हेरें। रानी तिमी प्रिय मेरी हौ म कहाँ यसरी छाड़ने छु र कहाँबाट हुन्छ मुस्कान फर्काई ल्याउछु भन्दै ठिटीहरूलाई नियाली हेरें। सबै दफतरमा जब पहाड़ हाँस्छ बाटामा जब शिक्षाको अलकत्र लाग्छ टोल र पकढण्डीमा हिमाल हास्छ म नियाली हेर्नेछु तिम्रो मुस्कान।

अधिकार

Image
अधिकार मलाई पनि बोल्ने  अधिकार देऊ देश! मेरो ईच्छा  पुरा गर! म यो माटोमा  जन्म लिएकोले मलाई मेरो देश  प्यारो छ! तर म कहाँ र कता  बोल्दा ठिक हुन्छ त्यो अधिकार  मलाई देऊ! मेरो घर रोएको म  देख्न सक्दिन देश! रगत बन्दक राखि  अधिकार माँग्दैछु! तिम्रो मुट्ठीमा  छ मेरो सुरक्षा सरकार!मलाई  मेरो अधिकार देऊ! म सदा तत्पर रहने छु  रक्षा सिमाको गर्न! खुन दिएर म  माया पाउन अघिछु कश्मिर र लद्दाक  जस्तै छ मेरो समस्या भाशण र शाषणमा  म हराउन सकिन! म अधिकार पाउन्  चियाउदैछु! देशका दुई नयाँ  झ्यालबाट आफुलाई नहराउने बनाउन  पारिसम्म हेर्दै छु! अधिकार मेरो  कुनै धर्ममा होईन। कर्ममा देख्दै छौ,? जब जब पनि आक्रमन देशलाई हुन्छ तब मेरो  नाङ्गो कुखुरीसितै   म तिम्रो रक्षामा  शिमामा रहने छु! तिमी बोल्ने अधिकार देऊ! शुरक्षाको कवज म बनुला कसम तिमीलाई  शुरक्षा दिने छ! दिदैंछु।।

गति

Image
गति तिमी जान्छौ नै भन्ने मलाई निरन्तर थाहा छ मिठो सम्झना मात्र  दिए मलाई  सदा भा छ उमेर बढ़छ अटालिकासितै रोक्न मलाई कँहा भा छ सदा नयाँ रूप र रंगमा रमाउनै मन लाग्या त् छ! बनभोजले विदा दिउँला रात्री भोजले स्वागत आखिर के भा ,,छ ,,र अर्को क्यालेण्डरको पातो कति कति पातो फेरी सकें खोईत तिम्रो पर्खाई छ कहिलेसम्म हो,, बस्या छु एक टक लगाई ,,घुम्तीमा नयाँ पाउलाले सधै मलाई ढाँटने गर्छ आँउला भनी म बाटो छेउँ पर्खी रहन्छु उ वृक्षबाट झर्दै गरेको हुन्छ तरै पनि नैराश्य ममा छैन भोलीको पातो सम्झना गर्छु क्षितिज तिर हेरी पठाउछु शुर्यको किरणमा मुस्काउछु हो तिमी आ,,,,औछौ ,,,नै पात झरे पनि फेरी त,,, औंशीमा मात्र जुन पर हुन्छ पुर्णीमाले न्यौता,, दियाछ् आउन्,, प्रिये जुनकेरी हेरी रमाएको रात ,,,संगालौ वहेको पानीमा छाँया हेरी फेरी एक पातो पल्टाई हेरौ!!

मायालाई माया

Image
गायिका माया प्रधानलाई सम्झना गरदै : नाँचन् माईच्याङ नाँचन् जाडो त त्यसै भगाउला बनभोज खाँने नी दिनैमा पिरथी फेरी  त्  गासौला*******:) थेबाले भुलेर गएछ  तिम्रो माया नी ब्यर्थै भो नमान्नु धन्दा माईछ्याङ नी! च्याङबाले साथ दिनेछ माया नी माया  भन्दैमा जीवन नफाल  व्यर्थमा नाँचौ  गाउँन नी  माँघमा भगाउ व्यथा  साथमा तिम्रो खुशी र कलाले भाग्ने छ टाडा व्यथानी थेबाको पस्चताब देखेर हाँस्नेछौ खुशी र सुखले नाँचन :)   :)   :)   :)

अग्रजहरू

Image
के माँग्छौ? किन यता उता हुन्छौ? जनतालाई  नसुनाउ  नेता गुणासो अब दार्जिलिङलाई के चाहिन्छ त्यो सबैले जनेको कुरो हो! सरकारले जता बङ्गायो तेतै नेता बाङ्गिनु हुन्न जनतालाई भन्दा नेतालाई आजको दिनमा गृह कार्य गर्ने आवस्यकता छ शुचीहरू ललिपप हुन जात गोष्टी ललिपप विलय असम्भव सम्भव छ त दुईवटा कुरोमात्र छ सबै जान्दछन कमल कमजोर छ स्वार्थ हेर्छ,  हातले युटी दिएको रे भन्ने सुनेको, आजसम्म निरक्योलमा केही छैन रोटी सेक्न नेता हो तिमीहरूको ललिपप तिमीहरूलाई मुबारक माँग्छौ भने मूलभूत मुद्दा माग नत्र शान्ति भङ्ग नगर शरिर लुकाएर , टाउको बचाएर नेता बन्ने कोशिश नगर तेलेङ्गाना साक्षी छ! गोर्खे नेताहरू टेबलमा हारेको विश्वले बुझिसकेको छ तसर्थ समय अरूको बरबाद नगरिदेउ, हाम्रा नेताहरूलाई सिलगढ़ी चाहिएन, डुवर्स चाहिएन तिन पहाड़का थुम्काको बस्ती -कमान हेरन्, घर हल्लिदैछ! युवाहरू सबै मधेशमा काम खोज्दै छन पाँच वर्षमा चुनाउ आउछ त्यस समय मात्र सिटको निम्ति केही हलचल , फेरी बोल्छ मेरो मुद्दा, मेरो क्रेडिट, मेरै सब गर्यौ चै के? युटी डाईरेक्ट पाउने कोशिसमा नै लाग या राज्य! केबल मधेश र मिडियामा मात्र क्रेडिट लिएर

Happy Birthday bro!(missing you)

Image
मेरा बा तिनवटा युद्ध झेलेर पनि घर आई चालिस वर्ष पेन्सन खाई पर्लोक गमन गर्नु भो तर मेरा दाईलाई अनेक बिमारीको मुखेञ्जीबाट बचाएर ल्याएपछि यो रशायन विश्व युद्धले लुट्यो।  ठुला ठुला बन्दुक र मिसाईलको केही महत्व रहेन। मानव सभ्यतामा आएको संकटमा विज्ञानको हार भएको छ। चुनौतीहरू कम छैनन। परिवार बाहेक अरू कोही यो  पोजेटिभ कुरूकक्षेत्रमा होमिन चाहादैनन। चाहानेहरूको बाध्यता छ, एउटा जिवीका अर्को पारिवारिक बाध्यता।        अस्सीको दशकमा उसले घरैमा पुलिसको लाठ्ठी झेल्न पर्यो गोर्खाल्याण्डको आन्दोलनको शुरूवात थियो सुके पोखरीमा,सिआरपिएफले पनि कमजोर नब्सलाइ मात्र दबाउदो रहेछभन्ने पाठ मैले त्यहा सिकें। विचारा दाई बाह्रको अन्तिम परिक्षाको तैयारीमा नेपालीको पाठ पढ़दै थिए त्यसताक  । जसोतसो बाह्रपास गरी सरकारी कलेज दार्जीलिङ्गबाट स्नातकसम्म भए, तब उसले राजनितिको खुढ़कीलोको ए बी सी सिक्दै थिए, छात्र परिषदबाट जेनरल सेकरेटेरी भई कलेजका हिरो भई खुशीको दिन ब्यतित गरे। फेरी छ्यासीको गोर्खाल्याण्ड आन्दोलन र सुकेको आगलागीले हामीलाई लावारिस बनायो। काम खोज्न जिविका उपार्जन गर्न सिक्कीम लाग्यौ। जौंरी जस्तो जु

जन्मदिनमा सम्झना

Image
पत्र  तलाई! धेरै अभ्यास लेख्न गरिसकेपछि सुन्दर अक्षरले पत्र तिमलाई लेख्ने रहर थियो समय यति विति गएछ जस्तो पत्रलेखि पोस्ट गर्न चाहे धेरै अबेर भई सकेछ पोस्ट मास्टरले काम छोड़ी सकेछ पोस्टअफिसमा ताल्चा लागेछ। मेरो प्रियतमलाई ईमेल गर्न सिकाएँ मेरो पत्र पढ़ोस र छिट्टै पत्रोत्तर दिउन भनी, केवल टिट- टिके मोबाईलसम्म मात्र खेलाउन सिके फोन सुन्न र गर्न सिके, फोन गर्न भनी एकान्तमा उभिएँ रिङ लाग्यो तर फोन उठेन धेर अबेर भएछ क्यार उ अब बहिरो भएछ। हस्याङ पस्याङ गरी चड़े ल्याण्डरवरमा ट्याक- ट्याके विग्रेछ की क्या हो चक्का अघी गुड़न मान्दै मानेन यसो उभो हेरे टक्क चन्द्रमा लागेको थियो एउटा वृक्षपछि लुकेर मलाई हेर्दै भन्यो मलाई झक- झकायो यो राखी होईन होली हो थाहा छैन होलिका जलि सक्यो। हँ ! म झसङ्ग भए र गाड़ी ठेल्न थाले त्यो धुप्पीको बाकल माथी ब्यारिङ गाड़ीमा चड़ी ओह्रालो गुड़ेको याद आयो त्यो पापी एउटा काँटीले स्वाट्ट उसको आँखा नेर खुन पच्छे भई चोट लागेको यादले झस्के म गुड़दै गुड़दै तल पुगी जामा टकटकाएँ उसले सोध्यो! तलाई चोट त लागेन ?  कस्तो हँ ! तैले आफुलाई सम्हालिनस् आफ्नो पर्वाह गरेको भए तैले मेरो फोन स

नागरिक

Image
नागरिक केही नभन्दा हुन्छ महङ्गो हुदा पनि हुन्छ तर सड़कमा आफ्नै घर तोड़ फोड़ नगर! भोट हाल्छौ होईन नोट बाँटछौ होईन जोरी खोज्छौ किन बाहिर जाने ढोका छैन! श्यामपटमा लेख्ने भयौ माटामा लेखदथ्यौ रे! परिवर्तन हावामा छ भने शंसोधन अनिवार्य होईन! लिखितम र बकितममा फरक नहुदो हो त् आज पनि हाड़ र मासुको कनभेनसन कहाँ हुने थियो र! छोरीको अधिकार घर परिवारले नै खोशिदिने कहाँ थियो र! लेखे झै सबै हुने भए 'क्वाजी' भन्ने शब्द आउथ्यो र! बस जल्छ दन- दन हेर्न त मज्जा आउछ, तर महङ्गाईमा तिरो कस्ले गर्छ नागरिक! परोक्ष खल्ति रित्तिन्छ! त्यसैले त मौन बस तिमी नागरिकतामा किन  कलंङ्क लाउछौ मौनतामा शान्ति छैन र!

जातिप्रेम

Image
फेरी म सोचँमा छु आज के हुने हो हाम्रो जातिको अल्प सख्यक चाहानाको बहु सख्यक हुन त गाहारो  अल्प एक मुष्ट भए हुन्थ्यो कमिलाको गोलो चलाउन्नन कुकुरको झुण्डसित थर्कीन्छन साढ़को हौक्कारसित भाग्छन मौरीको गोलोलाई छुन डराउछन धेर त उनिहरू पनि हुन्नन तर आज खै त राजनितीमा भने कमिलाको गोलो मौरीको गोलो कुकुरको झुण्ड देखिन्न भने नेताले साढ़को हुक्कार गर्न भुले की कसो अलमल्ल छ छरसप्रष्ट छ ठुलो थालीमा कम राजमाका दाना जस्तो डायलसिस मसीन नभएको अस्पताल र नरसिङ्ग होम जस्तो प्रधान आध्यापक विहीन बगरल्तै विध्यालयहरू जस्तै नेत्र विहीनहरू माझ माझ  चस्माको दोकान जता ततै पर्यटन स्थल कच्चा वाटो माझ पैरो माथि रेल झुण्डिए जस्तो खुकुरीको बेढ़ फुस्कीए जस्तो कता कता के के नमिले जस्तो विश्वविध्यालयको सपना तर महाविध्यालय विहीन सहरहरू हिमाल हास्छ कुईरो भाग्छ प्रकृति लुकामारी खेली रहन्छ तर काहाली लाग्दो नोट वँन्दी सदा छ यहाँ किनकी केही नै तारतम्य मिलेन धैरै भयो समय नयाँ वर्ष केही दिन्छौ हाम्रो हक केही ल्याउछौ हाम्रो सोचँ खुकुरीको वेड़ टाल्ने लाहासम्म ल्य्उनु , समुह टाल्ने चुम्वक विचार टाल्ने कुईक फिक्स ल्याउनु ख

खोज बाटो

Image
मेरा अनुजहरू आज मलाई पछ्याउछन  मेरा अग्रजहरू ममा नै भविष्य खोज्छन हिज सिरमा आईलाग्दा गर्न सक्दिन भन्ने  सौलियत त्यँही खोज्न पहिले  आउछन कसमाथि भर परौ कसमाथि चित्त  वुझाउँ कहिले काँही ती डिल खोज्दा समय वित्छ आफ्नै स्वाभिमान कायम गर्न अघी बड़दा ट्वाल्ल परी मलाई हेरिरहन्छ छक्क मान्छे आफैलाई सदा विश्वास  गरन्! तिमी मान्छे फर्की नहेर ईतिहास नपल्टाउ ईतिहास रच तिमीले गरेको कार्य र मैले गरेको अन्तर छ मार्गका पकडन्डीहरूमा पर्की  नबस हिड़! म त हिड़ी सके नखोज मेरा प्रतिविम्बहरू ती ता मिथ्या हुन उनको आंचलमा झुण्डिएर विताएका पल सम्झि टोलाएर कहाँ भो र त अब मेरो अतितले तिम्रो भविष्य पैलाउने छ!!!

मानव अधिकार दिवस

Image
दुध -चम्बा प्रश्न चिन्ह अधिकार?? ( 10,12,18) मानव अधिका दिवसमा शुभकामना दिन सक्दिन बोलौ त झेल जाने डर नबोलौ त अन्याय र अत्यचार हामीले हातमा कालो निशान लगाई हातै काटी दिएकाहरूले अधिकारमा मौन बस्ने बनाएको छ एउटा बिराउने, घरको दुदुमुखे बालकको चम्वासम्म खोस्ने प्रशासन, बाबा नी खोई भन्दा? छे महिनाको छुट्टीमा आउने छन अनि हाम्रो दुधु- चम्बा क्यान्टीनबाट ल्याउने छन, खुकुरी चम्काई आतंकबाद देशबाट निकाल्नेछन त्यस्तो माशुमको घरहरू कुड़की भयो रे भन्ने सुन्छु तर आशा छ दुदु मुखेलाई भोली कारगिल र सियाचेनको ठण्डा अनि जैसेलमेर उपकुलको गर्मीमा डियुटी गरी बाबाले कमाएको पैसाले दार्जीलिङमा बाबाले छे महिनाको छुट्टीमा फेरी मेरो निम्ति अर्को घर बनाउने छन मेरो खाना सरकारले डिसकाउन्टमा दिन्छ तर घर मेरो कुढ़की भएको छ। बाबाले ढिसिउँ ढिसिउँ गरी फेरी मेरो घर बनाउने छन, त्यसैदिन म मनाउछु मानव अधिकार दिवस आजलाई होस,,,मेरा बाजेको सिनकोना बगानमा मेरो नामको घर पाएको दिन मनाउला यो दिवस काकाको चियाबगानमा घड़ेरी र धेर बोनस पाएको दिन मनाउला,, आज बाबालाई शाश फेर्न गाहारो छ अक्सीजन कम छ तर देशको रक्षामा छ भोली त अव

भिन्नता

Image
टुल टुल यी दुई आँखाहरूको एका अर्कामा कहिले भेट हुन्न, तर कार्य एक। च्याउ झै आकार दुवैको दुई कानले एका अर्कालाई कहिले सुन्दैन, तर कार्य एक। स्वाश प्रश्वास बहने ढाढ़ीका दुई पुवाल नाकले एक अर्कालाई कहिले देख्दैन तर कार्य एक। सबै ईन्द्रियलाई भेट्ने शरिर कै आकारमा छरिएर बसेको यो त्वचाले  चिसो तातो अनुभव गर्छ तर  कार्य एक। माथि तल दुई कोमलओंठले मात्र मधुर गित,, प्रित ,,ध्वनी,, निकाल्छ एका अर्कालाई भेट्ने गर्छन तर कार्य एक। तर पापी छन यी पाँच ईन्द्रियाहरू सबै मिली एउटै काम गर्ने गर्छ,सिङ्गो सभ्यता बोक्छ तर सबै एक्लो छन।

गुरूदुम्बार लेक

Image
17800ft.उचाईमा अक्सिजन खुबै कम शाश प्रस्वास लिन  निकै चर्को चक्कर आएर लड़ने। हावा हुरी सगैँ मसिना  शिलाहरू उड़ने दिउसो बाह्रबजेदेखि  उता वस्न नसक्ने ठाँउ मलाई भने यी  सबै कुरो पहिले थाहा नै थिएन!  जति माथि जादैं गएँ मनमा भय र त्राश बड़दै गयो यस्तो मृत्यु मुखेञ्जी  जानि जानि किन जादैँछौ त  जस्तो पनि लाग्यो। आफ्नो स्वास्थ्यताको परिक्षा सुन्दरता प्रकृतिको हेर्नु हो भने यति कठिनाई उठाउनै पर्ने रहेछ उमेर हुदै स्वास्थ्य रहदै म पनि नानीहरू झै नानीहरूसितै रमाए। एभरेष्ट नै जिते जस्तो लाग्यो सायद एभरेष्ट जाने पनि मौका मिले पुग्थे होला भन्ने हौसला जगायो तसर्थ कहिले कहिले आफ्नो परिक्षा आफै लिनु पर्ने रहेछ भनी हास्दै खुशीहुदै फर्कीए!!! Lovely place....

ईलाम

Image
अर्थनितिको पैया लाउन सौंदर्य र परतन्त्र छन लिलाममा छुर्पी, सिलाम र गुड़पाक छन ईलाममा म सपना देख्ने गर्छु कताकता रेल गुड़ेको अनि अचार चाटेको सिलामको! बाटा घाटा अलि अपठेरो कताकता माता पाथिभाराले भन्छन आउन सक्छौ यता? चिया यहाँ मंग मगायो, व्यथा बोल्छ दार्जिलिङ्गमा डल्ले र हर्दी,अलैंची आलु भगरलतै छन रेल गुड़ेको उज्यालो किरण हेर न् वृक्षजालमा छिरेको! चालकको भुमीकामा छन गौरब गुरूहरू केवल ध्यान दिन पर्ने पैरो र लिसाईलो माटो बहेको लालुपाते र क्याम्पसले आकृष्ट गर्यो मन रमाई रहेछ आज सयपत्रीसित यो तन रेल गुड़ेको छुक छुक कु कु देख्छु पर्यटन सपनामा। संसकृति हाम्रो ईन्द्रेणी रंगको किवी र फामफल छुर्पी बड़े बड़े झुण्डिएको इलाममा हाम्रो सहरतिर त देख्नै छाड़ी सक्यो अब कोरोनाले सहर छोड़् अब गाँउ पस भन्छ सौंदर्य ईलामको लिलाममा छन स्वाद सिलाम