Posts

Showing posts from November, 2021

खोज

Image
आज म घरै बसी रहेछु तर खिड़कीबाट ठक- ठक  घरी घरी मलाई बोलाए जस्तो गर्छ फर्केर हेर्छु भाग्दै भागदिन भगेंरी मेरो एकाघ्रता .... भंग गरीरहेकी छे। . म नयाँ घरमा खुशी भै कपीलको सो हेर्दै छु घरी घरी यसले केही भनि रहेछ दिक्क मानी भगाउन खोज्छु एक पल्ला झ्याल खोल्छु... केही पर फुर्र उड़छ फेरी फर्की फर्की ठकठकाउछ। म छक्क परिरहेछु...किन केही खानेकुरो पाउदो हो शिशामा नियाली हेरे केही छैन...  सायद आफ्नै प्रतिविम्ब देख्दी हो मलाई नै वोलाए जस्तो    ..तेसै मसित रिसाए जस्तो गर्छे।  मिस्त्री आईपुग्यो सोधिहेरे किन भगेंरी यसो गर्छ हँ? उसले हास्दैँ भन्यो..हिज यहाँ उसको गुँड़ थियो. त्यसैले परिवार खोज्दैछ प्रतिबाद गर्दै छ। नाथे भङेरीले त प्रतिबाद .गर्छे आफ्नो परिवार खोजि हिड़छे  हो यो उसको मौन संघर्ष अनि म चाहि नी के गर्दैछु आफ्नो अस्तित्वको..निम्ति आफ्नो अस्मिताको....निम्ति??

विडम्वना

Image
समाचार पत्रको समाचार बिहान यस्तै नौ बजे मेरो दैलोमा सरक्क केही भुईमा झरेको आवाज आउछ।यता भात उम्लदै गरेको हुन्छ।सब्जि काट्न व्यस्त हुन्छु।श्रीमान चिया उम्लदै गरेको हेर्दै हुन्छन, मन मेरो त्यो आवाजले त्यतैतिर हुन्छ।सोफाको मुन्तिर पो पुग्यो की, भुईमा कतै पानी त् पोखिएको थिएन, कतै त्यो भिज्यो की भन्दै सोचदा नसोचदै दुध स्वाट्ट उम्लेर अगेनामा हुन्छ।मन ठेकानमा राखेर काम गर भन्ने आवाज आउछ पछिलतिरबाट । नशा यो पढ़ने खबरकागज।हो त्यो आवाज हो नेपाली दैनिक पेपर हिमालय दर्पणको।मलाई प्रिय लाग्छ यो दैनिक समाचार पत्र। तर आजदेखि मलाई बदलिन कर लाग्यो।मेरो बजटले भ्याएन त्यो समाचार पत्रको हाड कपी पढ़न,अब अनलाईन पढ़ने गर्नु पर्यो भनी सोचें। हुनत "प्रजा- शक्ती" पनि राम्रो नेपाली दैनिक हो तर मलाई मन पर्ने चाहि पहि लो थियो।मजबुरन झण्डै पचास प्रतिशत मूल्य बढ़दा मेरो दैनन्दिनी जीवनमा ठूलो अशर पर्न गयो।हो समाचार पत्रका मालिकले पनि आफ्नो मजबुरी बताई रहेका छन भने म पाठकले पनि आफ्नो मजबुरी आफ्नै मुकपत्रमा लेख्दैछु। कति महगों भयो जीवन सैली यो नेपाली भाषी बंगभूमिका सपुतहरूको।  तर,त्यो सरक्क आवाज त

सम्झना

Image
आज धेरै दिन भो उसलाई नदेखेको कस्तो खबरै नदिई ओझल भएको । व्यस्तताको पनि सिमा हुन्छ क्यार माया माया भन्दै पनि यो कस्तो हार। आउछौ तिमी सम्झनामा कल्पनामा नियाल्दा नियाल्दै किन छैनौ विपनामा। हार मानेकी छैन जीवन यात्रामा मित्र यस्तै यस्तै सोचँमा परि रहेकी छु मित्र।।

68बर्षपछिको चन्द्रमा

Image
        चन्द्रमा (68 बर्षअघि न थिये न नै पछि रहने छु) गुरू पूर्णीमाको चन्द्रमा यस वर्ष वर्षौपछि नगिच आएकी आफ्नी आमा पृथ्वी चुम्न हामीसित पिरथी गास्न! वाल दिवस थियो यसै दिन बर्षौपछि सुन्दर देखिन लागेकी हाँसी हाँसी एकैछिन बोलायेकी छतमा भन्छीन! सधै दिन एक नाश कहाँ हुन्छ!! कति हेर्छौ तल तिर, सबै भुली एकैछन त मेरो सुन्दरतालाई निहाल तिम्रो प्रेमको प्रतिक म हु तिम्री आमाकी सुन्दरी नुरी!! आज नै आउने  इच्छा भो नजिक कारण तिमी भुईमा ओछ्यान लगाई खेलौना माँग्दै थियौ गुरू नानकलाई गुलीयो मिठो हलुवा तिम्रै निम्ती थियो!! खुशी भई बाटामा वसी हजारको नोटमा खाएको खुशीको मुस्कानमा मेरो प्रतिविम्व म हेरी रहे थिए मलाई हेरी तिमी मुस्काउदा ,म पनि त्!! म फेरी आउन्न यसै दिन नानी हो! मैलै दिएको मुस्कान साँची राख तिम्रो सुन्दर यौवनमा सुखी परिवार हेर्न आउला तिम्रो बघैँचामा सुनौलो सुख छर्न!!!!

हँसना

Image
हँसना हँसना सिखा  बस हँसना सिखा जिवन मे ईस के अलावा कुछ ना सिखा! आँखो मे नमी कम है सायद पहाड़ो में हिम नहि क्या फरक पड़ता है गम कि गिन्ति कम करें! दौड़ना सिखा बस दौड़ना जमाना पिछे हम आगे क्या फरक पड़ता है मञ्जिल मैं आगे जमाना पिछे! भाग दौड़ तो कम नहि पर हक जमाने के लिए हात बाँधे आशमा देखें ये तो कोहि शुत्र बताए मुझे! ना उमर देखा ना जमाने निरन्तर उसिको देखा कहाँ है अन्त और कहाँ मञ्जिल बस हँसना सिखा भाई हँसना!!

समिक्षा भुट- भुटी

Image

बाल दिवस21

Image
चुरोट जुवा तास गांजा चरश डेनड्राईट सिगरेट विड़ी गुटका यी सबै विनासक हुन वाल दिवसमा यस्ता शत्रुदेखि दुर रहने सल्लाह छ! पड़नका साथ साथै सन्तुलीत आहार व्ययाम र मनन चिन्तन मौलिक गुण र कलाकारीताको खोज आफैमा निरन्तर गर्ने खोज्ने सल्लाह छ! सफलताले चुमोस वाध्यता र वाधा नपरोश शुभ कार्यमा मन लागोस प्रश्नोत्तर दिदा सदा सरस्वतीको वास होस समाज सेवामा सोचँ बड़ाउने सल्लाह छ! पड़न लेख्न याद गर्न समय सदुपयोग संसकार र बुजुर्गको आदर गर्नं, मनमा चित्त नपरेका कुरो आमा- वा गुरू र अविभावक कहाँ सोझै राख्ने सल्लाह छ!! Happy children's day God bless

पिपिएस

Image
के हामी अब सरकारलाई विशवास गर्न छाड़ेका हौं? सबैलाई चांसो भएर पनि शान्त किन छौं? हामीलाई परिसथितिले यति पिल्सायो, घाउ पिरोल्ने छ तसर्थ केही न चाहिये झै चुप लागेगा छौ। भनौ नै भने अब यो हाम्रो पालो हो पाउने, अब यो हाम्रो पालो ,मानो पाथी चुली पारी सरकारले हामीलाई दिनु पर्ने।  आन्दोलित धेरै भयौ। संसाधन बिहिन बनाए हामीलाई, छदाँ छदैको संसाधनहरू आन्दोलनको नाममा धेरै बिथोलिए।  अब संसार बदलिदा हाम्रो पनि बदलिने पालो हो। सरकारले हामीलाई लो लो पोतोमा नराखुन भन्ने चाहाना छ। यो मेरो मेरै समाजको निम्ति आवाज हो। हामी सड़कमा उतरिएर केही नगरे पनि राज्य सरकार र केन्द्र सरकारको रानी र प्याधाको चाल हेरी रहेका छौ। चस्काई र भोगाई- सित  पिल्सी रहेका छौ। साथै राजनैतिक दलका नेताहरूको भनाई र विचार,द्वन्द र प्रतिशोद पनि विचार्ने गर्छौ। एउटा शिक्षित नागरिकको हैसियतले , संविधानको धाराहरूमा बहदै यतिनै भन्न चाहन्छु, हाम्रो चाहाना युटी भन्दा धेर हो  ,युटी भन्दा कम नहोस। सिधान्त र दलको कुरोलाई धेरै भयो हाम्राहरूले अप्नाएको, सम्झौता गरेको,तर सरकारले सठिक मार्ग दर्शन हामी प्रति गरेको छैन।  तसर्थ सरकारले दार्जिलिङ्ग जिल्

झरेछ तारा

Image
झरेको तारा केहि इच्छा पूर्ति आकाशतिर हेरें झिलिक्क मात्र के भयो हत्त न पत्त ईच्छा पूर्तिको कामना गरें! एकै पलमा शुन्यमा हरायो हेरी रहें मेरो ईच्छा पलाउँदै गयो उ बिलाउदै गयो आकाश गंगामा धेरै ईच्छा पूर्तिको कामना गरें! रोबोटिक चालमा हातगोढ़ा चलाए फेरी बाटाहरू हेरिपठाएँ उ आउछ नै भनी सोंचे मैले यथार्तमा धेरै ईच्छा पूर्तिको कामना गरें! फेरी एक चोटी माथि हेरी पठाएँ दिनको घमाईलोले रात पनि रमाईलो एउटा चम्कन्छ एउटा स्थिर छ, त्यो स्थिर तपस्या माथि ईच्छा पूर्तिको कामना गरें।।

जवाई बाबु

Image
जवाई- बाबु ********** बगांलका जवाई- बाबु कलाकारका कलाकार महानायक विश्व शिशु कन्याका अग्रज अविभावक कविका पुत्र कविता बाचनमा माहिर यस्ता यस्ता होनहार कलाकारलाई सत सत नमन, सत सत नमन! चलचित्र जगत मात्र नभएर नारी जगतलाई पनि अगवाई गर्ने युग षुरूष हाम्रा शान हुन, भारतका सम्मान हुन, बङालका जवाई -बाबु! चलचित्र जगतका महाराजा यसका साथ साथै शिशु- कन्या भ्रुन हत्या,दाउरी प्रथा,चिर हरण जस्ता कुकर्म मुक्त समाज निर्मान प्रति सोचँ राख्ने महानायक समाज सेवक अमिताव वच्चनज्यु, ईमान्दार बाबा र जात भात नमान्ने सोचँ राख्ने केवल छोरीको स्वतन्त्रताको निम्ती संघर्षरत महान विभुतीमा नमन! जति उमेर बडदै छ ऊनको आदर्श र सम्मानी दृष्टिकोन पनि बड़दैछ ती आमालाई नमन,जसले विश्व  नारीको सम्मान गर्न सिकाये ती भारतीय आमालाई नमन जसले दाईजोको विरोध गर्ने भारतीय सुपुत्र जन्माईन ती दम्पतीलाई नमन जसले अमिताब जस्तो सोचँको परवरिस गरे यस्ता नागरिक भारत माता! तिमीले अनेकन जन्माउनु पर्छ तब भने सत्य युग दुर छैन है भारत जगमगाउनु,नारी सम्मान जहाँ विश्व विजय त्यहाँ ! बङ्गाल मात्र होईन विश्व छोरीकी आमाले वहाँ जस्तै ज्वाई पाउन् भन्ने कामना ग

भुटभुटी कविता संग्रहको समिक्षा( मिरा गजमेर अरोडा)

Image

जापान टोकियोको समझना

Image

बुहारी दार्जीलिङग

Image
बुहारी दार्जीलिङ म ईतिहास लेख्दै थिए आफ्नै समयका व्यथाहरू एकतिर म मेटिदैँ जादै थिए भने वक्र रेखाहरू एकातिर  कोरिदैँ थियो यो कस्तो विडम्वना  मैले मलाई नै चुड़ाउदैँ  यत्र तत्र छरपष्टिएको  देखिरहे थिए सिङ्गो देशको अगं थियो  विछट्टकी शुन्दरी छोरी बाबैका दुश्मन -मित्रले  मेरो हात माग्दा घर वचाउन मेरो  विहे गरिदियो फेरीत के थियो  बुहारीलाई  जे गरे नी भो सिन्दुर लगाएर  राखी त दिए नी नागरिकता पाईयो  त्यस घरको तर वुहारी केवल जुठेलनीमा  भाड़ा मस्काउन मात्र न बाबैले केही गर्न सके  न नै शशुराले प्यास लाग्यो नी भन्दा  परिवारले पाए भो तिमी त बुहारी पहिले घरको  शुख शान्ति हेर वाटो पैह्रो गयो नी त  वनाउन् भन्दा, पर्ख हेर मगंल  यान उड़दै छ! मलाई एउटा  कोठो चाहियो भन्दा, पर्ख अरू पनि  छोरा छोरी छन  उसको आवस्यकता  पुर्ती पहिले गरौं घरको ईज्जत वचाउँ  तिमीलाई जातमा हुलेकै छु बरू तिम्रो कोठो ठूलो भो  भाई बुहारीलाई भाग लगाऊ घरको ईज्जत हो , बुहारी हु नी,  गर्न केही सकिएन अब नियम रित रिवाज  पनि देशको र घरको अर्कै अनि म बुहारी भनि  मेरो चाहिँ अर्कै? किन अरू छन तिन तल्ले घरमा  म चाहिँ दुई तल्लेमा? घरको संविधानले

यस्तै तस्तै लाग्छ

Image
यस्तै यस्तै लाग्छ नजाउँ त्यो बाटो भन्दा- भन्दै पाईला त्यतै लरखराउछ, खुनको साईनो हो हजुर मनले कहाँ बाँधिराख्न सक्छ। माया माया भन्दा भन्दै कसलाई पछ्याउन लागेछु ह्रदय, ह्रदय एकै जस्तो लाग्छ बाटाहरू धमिला  धेरैहुन सक्छ । मोड़ बदलिएपछि लक्ष्य कता हो कता घुमौरो घुम्दै थाकेर लत्रिएपछि के पानी के घाम एलनिनो जस्तो लाग्छ सुनामी र महामारीले छोपे जस्तो लाग्छ। कोमल भावनामा डुब्दा डुब्दै सधै यथार्तले झस्काउने गरि रहन्छ बघैंचाको  रमनिय दृश्य जस्तो लाग्छ  सुन्दर पखेटा काड़ामा अल्झिए जस्तो लाग्छ।

सम्मान

Image

पुनर जन्म

Image
म हराएँ म बिलाएँ म लत्रिएँ म बिस्तारै माटो भुनी लुकें केहि समयपछि विस्तारै जुरमुराएर फेरी आङ जिरिङ्ग पार्दै एउटा छिद्रबाट तिमीलाई चियाउने छु तिम्रो मुस्कान म बन्ने छु चराको डाली प्रकृतिको माली अनि तिम्रो घर म अवस्य बन्ने छु।

ओ गोर्खाल्याणड!

Image
तिमीलाई घर आउ भनेको नी कति समय भई सक्यो थाहा छ? तिमीलाई भित्र्याउने रहरमा कतिले मज्नु बन्न पर्यो त कति चिर-रांझा बने। ओ गोर्खाल्याण्ड! जब जब पनि चिच्याउछौ प्रशासनले एउटा हात काट्ने गर्छ तिम्रो,  प्रेमि- प्रेमीकालाई लामो उपवास बस्न लाउछ अनि साङ्गे गर्ने दिनमा ,तम्बु गुटमुटा भन्छ। जब जब चुनाव आउछ ,जनतालाई भ्रममा पारी झण्डाको ब्यपार गरि,मोदीको गल्ला भर्छौ, तिमीले हाम्रो रगत पसिना सुकाई, कहिले अस्थाई त कहिले जिएलपी बनाउछौ! ओ गोर्खाल्याण्ड! हामीलाई बेघर बनायो छोरा छोरी सबै परदेश- दुरदेश लगायो, काम धन्धा बन्द गरायौ, सुन्दरीको नजर उतारौं कतै शाशक मख्ख परेर पो तिमीलाई भित्र्याउने हो की? हेरन् कश्मिरी पण्डितसम्मको दिन फर्क्यो  सिनकोना र चिया बगानको भने निकोटिन मात्र कहिलेसम्म जात र गोष्टीमा भुलिने हो हँ? ओ गोर्खाल्याण्ड ! तिमी आउदा तिम्रो नौरार अर्कै हुने हो! मेरा बाको रगत पसिना सुकेको छ सिमानामा औंलाहरू लेक लागि तप्प तप्प चुहेको छ, तर ओ गोर्खाल्याण्ड! किन तमाशा मात्र देखाउछौ? एउटा भाको सिट पनि दिल्ली पंजाब आशाम दौड़ाउछौ!! कति गर्नु कुरा गरि साध्य छैन,राज्य र केन्द्र चाकाली- चुकलीको खेल मात्र ह

दादाको सम्झनामा (भाईटिका 2021)

Image
मेरा बा तिनवटा युद्ध झेलेर पनि घर आई चालिस वर्ष पेन्सन खाई पर्लोक गमन गर्नु भो तर मेरा दाईलाई अनेक बिमारीको मुखेञ्जीबाट बचाएर ल्याएपछि यो रशायन विश्व युद्धले लुट्यो।  ठुला ठुला बन्दुक र मिसाईलको केही महत्व रहेन। मानव सभ्यतामा आएको संकटमा विज्ञानको हार भएको छ। चुनौतीहरू कम छैनन। परिवार बाहेक अरू कोही यो  पोजेटिभ कुरूकक्षेत्रमा होमिन चाहादैनन। चाहानेहरूको बाध्यता छ, एउटा जिवीका अर्को पारिवारिक बाध्यता।        अस्सीको दशकमा उसले घरैमा पुलिसको लाठ्ठी झेल्न पर्यो गोर्खाल्याण्डको आन्दोलनको शुरूवात थियो सुके पोखरीमा,सिआरपिएफले पनि कमजोर नब्सलाइ मात्र दबाउदो रहेछभन्ने पाठ मैले त्यहा सिकें। विचारा दाई बाह्रको अन्तिम परिक्षाको तैयारीमा नेपालीको पाठ पढ़दै थिए त्यसताक  । जसोतसो बाह्रपास गरी सरकारी कलेज दार्जीलिङ्गबाट स्नातकसम्म भए, तब उसले राजनितिको खुढ़कीलोको ए बी सी सिक्दै थिए, छात्र परिषदबाट जेनरल सेकरेटेरी भई कलेजका हिरो भई खुशीको दिन ब्यतित गरे। फेरी छ्यासीको गोर्खाल्याण्ड आन्दोलन र सुकेको आगलागीले हामीलाई लावारिस बनायो। काम खोज्न जिविका उपार्जन गर्न सिक्कीम लाग्यौ। जौ

तिहार 2020

Image
यसवर्षको तिहार पुजा सधै गरिन्छ  लक्ष्मीको अलि भिन्न छ रात औंशीको अँधेरी सदा तर दिपावलीको अलि भिन्न छ । बारूद र गोला पड़कन्छ सिमामा तर यहाँ पटेकाको आनन्द भिन्न छ तिमी घर पुयौ छुट्टी मिल्यो तर नमिल्नेको नी परिवेश भिन्न छ। भैंलेनी आउछन की भनि पर्खे तर शहरमा रमझम भिन्न छ लिङ्गे पिङ् सगैं चिप्लो बाटो  भैलेंनी खेलेको मज्जै भिन्न छ  दियो बाली तिमीलाई पर्खेको पर्खाई मेरो भिन्न छ तर गाई तिहार हाम्रो मनाउने सैली अरू भन्दा भिन्न छ। काग, कुकुर, गाई गोभरधन र भाई हाम्रो चाड़ भिन्न छ अनेकतामा एकता यो देउँसी र भैलो सदा भन्दा भिन्ना- भिन्नै छ  लक्ष्मिप्रशाद देवकोटाको जन्मदिन सदा भन्दा यस पालि भिन्न छ हेर्न सकिन्छ सुन्न सकिन्छ चर्चा जन्मदिनको भिन्न- भिन्न छ।

विथोल्न नआउ

Image
संसार हेरी म हाँस्न थालेकी छु तिमीलाई छाड़ी म बाँच्न थालेकी छु, नआउ मेरो छेउँ तिमी जिवन विथोल्न नकारात्म सोच भै तिमी जिवन विथोल्न , हेरन उ उड़ेको नी हावामा कहाँ हो र? हुनर र परिश्रमले हो नी व्यर्थ कहाँ हो र। तिमीले कहिले यो सोच राखेर गर्यौ काम फेरी ब्यर्थै जिवन असफल किन भन्छौ? नकारत्मक सोचको निम्ति ठाँउ कहाँ छ र! व्यर्थै नआउ मलाई बिथोल्न संसार हाँसेको बेला।।

दार्जीलिङ्ग

Image
दार्जीलिङ  थियो केही सम्झनाका कथा छन  धेरै   विपनाका  व्यथा त्यहाँ पाएको मायाको कथा भेट हुन नसकेको छ  व्यथा। दार्जीलिङमा थियो एग- ज्याम परिणाम  विश्वले दिनेछ  ज्ञान कथा व्यथा माया साटेको क्षण मिठो सम्झना ईतिहास यो पल। लक्ष्मि -गिरीले   साटेको पल अनुपसथितिमा नै  उपसथिति तिमीले हामीले साटेको पल रहेन त्यहा कसैको चाल-खेल। गुण- गाण माया र दिव्यवानी हाँसेकी थिईन त्यसदिन रानी परिवेश शान्त र थियो सुलव साहित्य सुधा मात्र थिएन दुर्लब। अर्को साल आउने बाचा गरें माहाकालबाबलाई उभो हेरे गिरजाको घण्टी सगैं पेगोडा मन -मनै आई लब दार्जीलिङ भने।!🎓👏💕🎣

पाठक- फेसबुक मेमोरी

Image
पाठक आज नी बल्ल घर बस्ने समय निकाले अनि हिज लिएर आएको किताबहरू हेर्न लागें।तीनवटा किताबले मलाई हाँस्दै हेरीराथ्यो खिल्ली उड़ाउँदै।यो लेखकहरू पाठक ता कहाँ हुन र? भन्छन मलाई।लौ ता मलाई जिस्काएको? भनि प्रश्न गरें तीनैलाई।  हेर्नुहोस! पहिले म धन्यबाद दिन्छु शुसमा मोक्तान दिदीलाई वहाँको बाहुलीबाट दुई पुस्तक पाँए ।अनेक अनेक धन्यबाद र बधाई दिन्छु श्रीमान गौरी नेम्बाङ्गज्युलाई वहाँले सम्झनास्वरूप पठाउनु भएको रहेछ। तेस्रो भने बिक्री गर्न ल्याउनु भएको रहेछ डा0 जीवन राणा सरले वहाँले यो चाहि थमाई दिनु भएको हो। दाम सय रूपयाँ रहेछ, 'प्रक्रिया' सामयिक साहित्य, वीरभद्र कार्कीडोलीद्वारा सम्पादित। आज मैले यी तीनैसित निकै बातचित गरें। अनि भने -,नगिज्याउन मलाई! म एकहोरो भई पढ़न् बसे र कोही पाहुना घर आएनन भने म तिमीहरू सबैलाई पल्टाउने छु।तीनै हाँसी बसे हेरौ न कतिको पाठक बन्न सक्छ्यौ।  पहिले सबैभन्दा पातलो उठाए,रजत जयन्ती स्मारिका 1985- 2010 सम्मको प्राथमिक पाठशालाको ईतिहास, स्व रामप्रसाद नेम्बाङज्युको नाममा रहेछ । रोचक तथ्य ईतिहाससित म एकैछन रमाए। टिस्टा भेल्लीको कथा रहेछ यहाँ। त्यसपछि लगतै साहित्य