Posts

Showing posts from May, 2022

ईतिहास फेशबुकमा31.5.2014

Image
ईतिहासको पाना फेसबुक फेस बुकको कमाल चाहि के छ भने यसले हरएक दिनको ईतिहास त्यसै दिनमा दोहोर्याई दिन्छ! त्यस्तै एउटा मिठो घटना यस नई प्रकाशनको , यस फोटोले बयान गर्छ!  केही वर्ष अघि यसै समयमा नई प्रकाशनको " बानिरा गिरी' सम्मान तथा  महिला साहित्यकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको थियो। त्यहाँ जानमलाई मेरो साहित्यकार मित्र भवानी छेत्रीज्युले प्रोतसाहित गरेकी थिईन! त्यसभन्दा पहिले म साहित्य विषय लिएर कहिल्यै काठमाण्डौ गएकी थिईन। म आफ्नै धुनमा मेरा नानीहरूको  एघार र बाह्रका स्कूल पूस्तक विशेष( भूगोल) लेख्न व्यस्त थिए! त्यसरी पूस्तक लेख्ने क्रममा साहित्य पनि समानान्तर रूपमा लेखिरहे कै थिए! यसरी काम गर्दा कँही न कँही मैले आफ्नो पेशा सँग सँगै भाषा र साहित्यको सेवा गर्ने काम गरिसकेकी रहेछु। मलाई यस कुरोको ज्ञान तब भयो जब भवानीजीले यस कार्यक्रममा जाने सल्लाह दिनु भयो! त्यसपछि मैले नगेन्द्र दाईसित सम्पर्क गरे! फेस बुकमा साथी पनि भयौ। तर वहाँले मलाई साहित्य विषय भन्दा बड़ी कुनै कुरोमा म मित्रता राख्ने छैन सथै कुनै कुरोमा मलाई ट्यग पनि नगर्नु होला बहिनी भन्ने सर्त राख्नु भ...

बारबराको सम्झनामा

Image
एडम बारबरा एक पत्रकार एक साहित्यकार अमेरीकी नेपाली नागरिक देश शान्तिको निम्ति कर्म गर्दै , धेरै यातना सहेर पनि माया माया भन्दै आफ्नै घरमा बस्न रूचाउने एउटी सबला नारी जसले जीवनलाई आफ्नै प्रकारले जिए अनि प्रेमी पागल भई जिवन निर्वाह गरे भन्नै पर्दा पत्रकार लेखकहरू पागलै हुन्छन क्यार प्रकॄतिलाई नै आफ्नो बनाई सकेपछि  अरू को नै चाहियो र! तिल्हरी र चुरा मन पराएर ईशाई धर्मामा जन्म लिएर बुद्ध र गणेशको दर्शन अप्नाएकी हिन्दु भै मृत्यु सैयामा निदाएकी पत्रकारलाई मेरो नमन देश प्रेमको मिशाल जलाउदै नश्वर शरिरले शान्तीको गीत गाउदै विदा लिएकी उनको जीवन कथाले म आज निकै प्रभावित भयें तिल्हरी उनलाई कति प्यारो उनीबाट सिक्नै पर्ने अमर प्रेमको कथा उनी सदा यो संसारमा एउटा उदाहरण बनी रहुन हुने नै छ हाम्रो आदर्श बनी

बुवा

Image
बुवा 30.5.17 आज उनको जन्मदिन हामी सधै धुमधामले मनाउँथ्यौ मैले देखेको "माँ,बा कम बोल्ने धेर बुझाउने शब्दलाई भाग गरि अर्थ निकाल्ने छोरा-छोरीका बन्धु आमाका उनी मज्नु, अल टाईम बन्धु! समाजका मार्ग दर्शक साहित्यका चिन्तक नारी स्वतन्त्रताका पक्षधर राजनितिज्ञ,जन्म भुमीका रक्षक एक सैनिक हुदाहुँदै पनि म त भन्छु उनी एक शिक्षक बर्माको लढ़ाईमा सबै  सुनका मुर्ती बटुल्दा, उनले सुके स्कूलका , नानीहरूको निम्ति खाता पेन्सिल बटुली  स्कूल पुर्याउने सैनिक। आफ्नो तनखाको केही हिस्सा स्कूललाई प्रदान गर्ने ती  आमा वुबा ,नशादेखि कोशो दुर परमागढ़ीको बाटो, खेतिको नयाँ स्रोत, रांगभाङ भेल्लीको  विद्धुतिकरण सूकेमा पिउने पानी  पुर्याउने पलिकल्पना, आज सबै साकार छन। वहाँले गर्न पर्ने सबै  जथा शक्ती काम सबै सफलिभुत  छन वर्तमानमा त्यस  सगैँ साहित्य  र बन्दुकको गोलीले सिमाना सुरक्षा  ताक्ने व्यक्तीत्वसित  जीवन विताएपछि  अरू पुरूष त्यस्तै हुन भन्ने  सोचाँई भुल त होईन, यस्ता बाबा,,,,यस्ता,पुरूष आजको शुभ जन्म उत्सव   आज  मनाउन चाहान्छु मेरी आमाको ...

गाईने

Image
तिरिरी मुरालीको धुन बागडोगरा मेरीना होटेल छेउँ मलाई यसले आकृष्ट गर्यो म दौड़दैं छेउमा पूगे! वरिपरी अनेपाली भाषी मानिसहरूले घेरी राखेका एउटा सानो तम्बु अनि छाता छेवैमा सानो माईक छाता मन्तिरको मानिस दोकाने पनि होईनन् नेपाली भाषी! धुन मुरालीको सकेपछि**** ध्वनि माईकमा अचानक नेपाली भाषामा**** "मस्तानी तेल लिनुहोस गोढा,कुईना, जोड़को दर्द घुड़ासम्मलाई पार्छ निको आयुर्वेदको छ यसमा चमत्कार" छक्क परें यो के हो यस्तो? नेपाली भाषाको प्रयोग? नेपाली ग्राहाक निम्त्याउन होकी? या त् पारिका तराई नागरिक? सोचँदै फर्कीए अनि फेरी धुन मुरालीको तिरिरी बज्न लाग्यो! आईतबारको दिन परेकोले निकै ध्वनि परसम्म सुने***** साईन बोर्ड नेपालीमा लेखौ, रेलवे जंक्सनमा नेपाली भाषामा माईकमा फुकुन भन्ने आन्दोलन जारी छदैँछ तराईमा अझ तर मन मोहक बिज्ञापन सुनेर मेरो मनमा धेरै प्रश्न उठ्यो? कता कता आनन्द पनि*** आन्दोलनै विना भाषा प्रयोग हाम्रो दिन फर्के छ कि कसो? म मुस मुस हाँस्दै आफ्नो बाटो लागें! कतै न कतै मानिसमा छाप त् छ ग्राहाक भये पनि यहाँ छन नेपाली भाषी भनि आश छ! तराईको छाप छ यहाँ गोर्खालीको सकारात्मक सोचँ छ यहाँ सि...

निद्रा

Image
निन्द्रा कति थरीको हुन्छ निन्द्रा उ सुतेको बेला म जागेको थिएँ उ यता उता फर्कदैं गर्दा म मेरै काममा व्यस्त थिएँ उ घुर्नलाग्दा पनि म,,,, म कामैमा व्यस्त थिएँ उसले ललीपप चाटदै देखाउदाँ मैले अघीनै चपाई सकेको हो! समय कटनी गर्न गाहारो भो भन्दा मलाई भने आङ तान्नेसम्म फुर्सत कहाँ? त्यसरी धेरै समय बितेपछि यसो हेरि पठाए छितिजमा उ सदाको निम्ति निदाएछन मैले चालै नपाई गएछन खै त जीवन उसले जिएर गयो या त म सघर्षरत छु, र मैले जितेकी जस्तो लाग्छ। समाज तिम्रो अघि प्रश्न राखें म हारे या त मैले जीवनलाई जिते? उ मस्त निदाए निदाएकै भयो कहिले नउठने गरि गए क्यार म सपना देख्दै छु अझ भोली यो कसैलाई सुनाउने छु, लौ भन जीवनलाई कसले जितेछ? समय जीवन हो भने समय बलवान रहेछ म त केवल सपना मात्र रहेछु सबैको आखाँमा कर्म बनी बाँच्ने सन्तुलन हराउन लागेको दुई पाँउ सभ्यतामा आउन लागेको परिवर्तन झ्यालबाट हेर्ने केवल समय कसरी हात गोड़ा बाधिदिएका छौ। खै त न निदाउन सक्छु, नता तिमी झै सदाको निम्ति केवल सपना नै बन्न सक्छु तर निन्द्रा लाग्न पर्छ केवल भोली उठनलाई अझ कार्य थाति मै छ के के गर्नलाई तर ढुक्कसित समय सुतेर वितायो, अनि उ ढुक्क...

खनक

Image
तब से सुनी है खनकते मेरो कानो मे ये उन दिनो की याद दिलाती मुझे जब मै माँ कि गोदी मे बैठी थी उनकी कलाई मे मैने ईसे आविस्का कि तब से अब तल कि दौड़ ईसकी थकती नही चुड़ीयाँ समुह मे हो तो खनकती एकल पड़गई तो मौन रहती और उसके पिघलने जल्ने राख हो के फिर निकल्नेका दौड़ याद करती है वह! टुठ के विखरना भी आम बात पर सजती है कलाई में तो शुभ सन्देश सबको देती चुर चुर हो गई तो समझना कमजोर थी जीवन के लिये तैयार नही वस सज गई कलाई में तो वहाँ जीवन के साथ मधुर प्रेम है बारिकी से देखना छोटी छोटी उगंलियाँ जो भी पड़ी ईन मे वह जीविका अनेक परिवार के  खुशी और मुस्कान है वाध्यता किसीको नही यह जरूरी है पहनना पर सब तभी खरिदतें जब  घर खुशीयाँ आई हो! यह याद दिलाती मित्र मिलन कराती ये प्रेमीयोँ की मिलन किसने शुरू कि होगी ईस की चलन  वह भी एक प्रेम हि होगा निरजिव वस्तु से दिल की खनक सुनाना वाह यह चुड़ियाँ  क्या एक प्रेमी से कम है पर ये जीविका भी है किसी की मेहनत भी है किसी की कलाकाल की आँशु भी है कलाकारिता झलक ती सौदर्य बड़ाती किसी की याद दिलाती मुझे माँ से सखी तक बस मुस्कराहट ही लेआती ये मुस्कान की प्र...

माँ- उ, बा-उ

Image
माँ-उ-बा-उ आज  मेरो  कविताको   पाना   पिर् पिर् गर्दै च्यातिएको देखेँ  सकलो मान्छे पातिएको देखेँ सभ्य छ दिनमा साझ परेपछि सिगरेट धुवा रूमलिदैं  सभ्यता  उड़ेको देखेँ रक्सीको नशासितै अशलिलता  बड़ेको देखें हो उसको दुई रूप मैले  देखें  एकातिर सभ्य संसारको सकलो  मान्छे देखेँ अर्कोतिर पत्नी-पिड़ीत  परिवार   धान्न हम्मे  छोरा छोरी आमाको माँउ देखें तर नशा भित्र भित्र पिरो धुवा  घुमेको मात्र देखेँ निरलज्ज कोठाभित्रको चित्कार  मैले आज देखेँ यति असहाय उसलाई सभ्यताले बनायो बाध्यताले बनायो या त रूढ़ीवादले वनायो म यसैको खोजीमा छु मनोविज्ञानको सिमादेखि बाहिर हुन्छ सभ्यताको सिमापार गर्छ बिभध्स्व दुनियाँ उसको चार दिवार के थाहा नानीहरू बाबा निदाएको देख्छन आमाले उसलाई आदर्श छोरो ठान्छ समाजले सभ्य मान्छे  खोई के के मा समिकरण नमिलेर हो पत्नीले पारपाचुके नगरी क्रुशमा झुण्डाएको देखेँ अब नशा नशामा नशा नाँच्न थाल्छ अनि ता उसले सबै नारीलाई  उस्तै उस्तै ठान्छ धुवा पक्रेर गोजीमा हाल्न खोज्छ आफैलाई महादेव ठान्छ ध...

यादमा सिक्कीम

Image
चापँ र गुंरास बनमा हेर  लह लह उच्च- पुल उत्तरेमा हावा सर,,, र,, र छांङ्गुसिक्कीमको शिमसारैमा हिउ पर्यो हिमालैमा.... माया बस्यो फुल फुलैमा हरियो परियो लालबजारैमा कंचनजङ्गा चढ़ौ जाउ पश्चिममा पेलीङ र देन्ताम सानो बजारैमा खेचीपेरीको अनौठो पक्षीले नै सफाई कर्मी झै पतकर उठाउने है डाफे र मुना न्यावली झ्याउ झ्याउ हेरन बनमा चरीको बोली क्याउँ क्याउँ  छाङ्गुमा एक पाखा ढाकेको सेताम्मै अर्को पाखा याक र घांसले ढाकैको ड्याम्मै कान्छलाई देखेर मन भयो मख्खै आँउला छुट्टीमा फेरी भेट्न आमै चार धाम साङडुप्चे नाम्चीको छ नामै लौ घुम्न जाउँ याब्ला र छुम्लाको गाँवै सानोपुर्वमा हिमाली राज्य सुन्दर छ साह्रै बिरसन्न मायालु भेट तिमीसितको आजै!!

आधा जुन- घाम

Image
आधा घाम र जुन दिएपछि नी आफ्नो हुन्नौ! स्वार्थी संसार अस्थाई जीवन हो दुई दिनको! स्वर्ग र नर्क नदेखाउ मलाई समय हो यो! कर्म नै धर्म तर कहाँ छ मार्ग अनेक दिशा! कँहा जाने हो लक्ष्य तय गर्यौ के मार्ग प्रसस्त! किन ठोक्कीने दिशा परिवर्तन तुफान शान्त! Good Morning!

egg n jam

Image
Wish you good luck for egg n jam! यो सानुको आज परिक्षा छ नयाँ  तकनिकको खोज छ उठने र दौड़ने पनि चाह छ हो! आज  उसको  जाँच छ सागरको छाल र शुर्यको ताप पसिनाले  लोत  पोत छ  बरा संसार जित्ने उसलाई चाह छ कलामलाई हेरी दक्षिण दौड़्यो कोटाले खेद्यो उसलाई चाप छ नयाँ पाठसिक्ने उसमा चाह छ बुढ़ी औलो र चोरमा दवाब छ चौकुनाबाट विश्व  हेर्ने चाह छ

पेट्रोल र पैसा

Image
पेट्रोल र पैसा यो विभद्स  यो अशान्ती किन यति धेर? यसको कतै अन्त छैन आगोलाई खेलाईची पानीलाई पर पर पेट्रोलको पैसा विश्वका मजदुरहरूको पसिना यसरी तातो रगतमा परिनत गरि दुवै देश अशान्त किन छ? सबर गर,साधारण जन जिवन अस्त - व्यस्त के पाउछौ आखिर बच्चाको प्राण, दुर्वलको  हड्डीसम्म नपाउने गरि उधोन्नति तिर जादैछौ छिमेक! फर्क अब, शान्ती बहालीतिर रोधन र बिनासको अलाव फल केही छैन न नै यसले क्रान्ति ल्याउने हो! केवल छिमेकमा विभ्रान्ती फर्क अब शान्तीको मार्ग, कति रूवाउछौ देश वाशीलाई हाम्रा पनि वशंज छन ईश्वरसित प्राथना छ उनीहरूलाई सलामत राखे है!!

मनको रहस्य चिन्तन

Image

मार्क

Image
मार्क Many many Happy Returns of the day Dear Friend! साथीको महत्व बुझाउने फेस र फोटोको समुहले विश्व ईतिहास कोर्ने खेल खेलमा नयाँ तकनिक सबै उमेरका साथीहरूलाई सिखाउने तिमी सानै उमेरका महान व्यक्ती म ठान्द छु! हुनत यस्ता धेरै "एप"हरू छन तर मेरो नजरमा आजसम्मको यो सबैभन्दा राम्रो अनि सहज हो ! पाँच हजारसम्म मित्र बनिने मनका कुरा सहजै व्यक्त गर्न सक्ने मेटाउन सच्याउन सक्ने आफ्नो भाषामा लेख्न सक्ने विश्वलाई  प्रसारण र संकुचन गर्न सक्ने पत्र मोचन गरी नयाँ कृतिमान कायम गर्ने तिम्रो ज्ञानलाई सदा सदा सलाम छ। God Bless you Sir!💕

नयाँ मार्ग

Image
नयाँ मार्ग मलाई घोच्ने काँड़ाहरू   मलाई रोक्ने बाधाहरू  मलाई गिज्याउने नाताहरू तिमीले पन्छाउने गर म ! म नै भई बाँचेकी छु सदा तिमीलाई हेरी हाँसेकी छु आत्मा साक्षी छ, तिम्रो तालमा  ताल मिलाई सदा नाँचेकी छु हिमालले सदा सुख दिन्छ रंगीतले सहारा दिन्छ  महानन्दाले खिल्ली उढ़ाउछ तर म तिमीसित वहेकी छु मैले तिमीबाट धेरै सिके तिमी सदा भन्ने गर्छौ खमा चाई! जान्ते पार्लाम ना म बाध्य भै जानी सकेकी छु कमल घाँसफुस ताराहरू सबै आफ्नै आकाशमा र धर्तीमा छाई रहने छ तिमी सहिछाप मैले जानेकी छु तेसैले तिमी   मेरो गुलाबको काँड़ा हटाई मलाई दिनु मेरो हिड़ने बाटोबाट यी पहरा र चट्टान हटाईदिनु!!

तिमी नहुदाको संसार

Image
आमा तिमी नहुदाको संसार हुदाको भन्दा भिन्न छ। बीसको भन्दा कोवित एक्काईसमा भई नभई अक्सिजन किन्नु छ। आमा- पृथ्वी तिमी किन मौन छौ एका- एक गर्दै ढ़ल्दैछन वृक्ष सरि जिवन। म त ढुक्क थिएँ  बीस गयो भनी एक्काईस अझ भयानक श्राप झै छ। परिवार मात्र छन छेउँ छाउमा शव यात्रा शुसशान जुनको टकमा। भोलीको घाम जुन हेर्छौ भने के खान्छौ तिमी शरिरलाई सम्हाल्नु छ। हामी भन्दा चनाखा छन भाईरस ब्याकटेरिया या रशायन युद्ध मनमा दोविदा छ। जसै वित्दो छ समय यहाँ खोज्दैछु उत्सर्ग र कर्म फल मेटिन्दो छ। मानवता माथि कसको दमन हो,, हाँस्न रून नै कठिन, परिक्षा छ जिवन नै! मैले भेटे जति र समेटे जति अनुभव बोल्दैछु तिमी स्वास्थ्य रहनको निम्ति मन्त्र। सेनिटाईजर, क्वारानटाईन, मास्क र औषधी ज्यानलाई खतरा छ भनि बोक्न कर छ।

समय

Image
यस समय मेरो   यौवन सपना नै सजाई रहेथ्यो लरेटोको स्वागत समारोह लण्डन नै पूगे जस्तो लाग्थ्यो मलाई****** माहाकल धामको घण्टी मलाई मार्ग दर्शन गर्थ्यो भने त्यो छेउको गीरजाघर ट्वाङ्ग2 गर्दा समय सकेंत गर्दथ्यो******* मदर डेमीनको  हुकुमत कुईक टेस्टले होसै उड़थ्यो मनोविज्ञानकी शिक्षिका देखेर म मक्ख पर्थे शिक्षण कलामा निपुर्ण******** त्यो ईञ्जीलिया फुलको सुन्दरतासितै मेरो भविष्य शितल शान्त हूर्की रहेथियो चौरस्ताको मनोरम दृश्य जस्तो******* गोरखाल्याण्डको आन्दोलनले करकश वन्दुकको ध्वनी सुनायो छ इन्चको हिसाब अनि पढ़ायो टियर ग्यासले अश्रु टप टप टप्कायो******* परिक्षा कहाँ पुस्तक कहाँ विश्व विजयको शंख घोश कता कता धमिल हुदै गये होण्डाको शासन सपना चकनाचुर******* प्रेम र यौवन विर पुजा मै हड़ताल र सन्नाटामा विते आज लरेटो परिवर्तन भएछ आईएस वन्ने मेरो रहर गएछ********* वरू ठुलो सपना न देखे मदरलाई  आजसम्म राख्न पाए फुल वघैँचा शिक्षा र संस्कार यौवन प्रेमिल वर्तमार सुन्दर पाउथे*****

कवि गुरू

Image
कवि गुरू विश्व कविलाई नमन वहेका उनका लहरहरूमा कति संगीत वहे कति ताल र झनकार तरंगीत भए कविगुरूको  शक्ती अपरमपार जन्म जन्मान्तर तृप्तीको निम्ति हजुरको वरीपरि घुम्ने साहित्य ब्रमाण्डमा कति तारा नक्षेत्र जन्मायौ आकाश गंगा नै बनायौ विणा कति तरंगीत भए  तबलाका धुन कति चड़कीयो कति  अझ  वज्नेछन सारेगामाप सरगम साथ विश्व मै भयो यसको बात एकला चलो रे! जोदी तुमार डाक सुने के,,ओ,,, ना,,आ ,,,से ताले एकला चलो रे! संसार अन्धका हुदाँ एउटा दियो बनी बली रहनु, महत्व त्यहाँ शुर्यको होईन जीवन धान्न सठिक समय भए केवल दियो काफी छ, हर पल शिक्षा दिएर गए! दर्दनाक मृत्यु सैयामा पनि हावाको झोकाँ भई स्पर्श गर्ने आफन्तको मोह चोर्ने अनि आँशु हर्ने उनको कवितामा शक्ती ,वाह! गुरूवर नमन छ तिमीलाई यो पावन पर्वमा सम्झना छ यो जन्मदिनमा👏👏👏

Love you Mother

Image

धन्यबाद अर्जुन सर

Image

मिलन

Image
यो कस्तो मिलन हो कल्पना र सपनामा आयौ आज चौतारामा यो जीवनको रहर हो! यो अचेलको मौसम हो चिसो सिर सिर हावामा बादल छ उड़दै मज्जामा यो पायलको झन्कार हो! यो शरदको चन्द्रमा हो प्रेमील छाँया  अमखरामा पत्ताहरूको हुरी,,,,,,हुरीले बाटो छेक्ने उसको रहर हो! फूल कोपिला सरा- बरी हो लालुपाते र गुलाबको मौसममा सुनतला घारी हरियै सुन्ताले घुम्तीमा लुकेर चियाउने रहर हो।

आजको शिक्षा

Image
हाँस्नु मात्र जीवन होईन नाँच्नु मात्र जीवन होईन बाँच्नु मात्र नी जीवन होईन समय साँच्नु, गम्भिताले  मनन गर्नु पनि जीवन हो।

जापान टोकियोको समझना

Image

68बर्षपछिको चन्द्रमा

Image
        चन्द्रमा (68 बर्षअघि न थिये न नै पछि रहने छु) गुरू पूर्णीमाको चन्द्रमा यस वर्ष वर्षौपछि नगिच आएकी आफ्नी आमा पृथ्वी चुम्न हामीसित पिरथी गास्न! वाल दिवस थियो यसै दिन बर्षौपछि सुन्दर देखिन लागेकी हाँसी हाँसी एकैछिन बोलायेकी छतमा भन्छीन! सधै दिन एक नाश कहाँ हुन्छ!! कति हेर्छौ तल तिर, सबै भुली एकैछन त मेरो सुन्दरतालाई निहाल तिम्रो प्रेमको प्रतिक म हु तिम्री आमाकी सुन्दरी नुरी!! आज नै आउने  इच्छा भो नजिक कारण तिमी भुईमा ओछ्यान लगाई खेलौना माँग्दै थियौ गुरू नानकलाई गुलीयो मिठो हलुवा तिम्रै निम्ती थियो!! खुशी भई बाटामा वसी हजारको नोटमा खाएको खुशीको मुस्कानमा मेरो प्रतिविम्व म हेरी रहे थिए मलाई हेरी तिमी मुस्काउदा ,म पनि त्!! म फेरी आउन्न यसै दिन नानी हो! मैलै दिएको मुस्कान साँची राख तिम्रो सुन्दर यौवनमा सुखी परिवार हेर्न आउला तिम्रो बघैँचामा सुनौलो सुख छर्न!!!!

कुछपल

Image
कुछ पल  तेरे बाहो मे  यादो की गुलदस्ता दे लौट गई।  वर्षो से खड़ी धुप- छाँवो की कड़ी फिसल गई।   बेनाम रिस्ते लक्ष्य विहिन राह दौड़ती चाँद। फिर भी हँसी छाई यादो मे तेरी तलाश जारी। क्या नशिब है तेरी मेरी संग की दुरी पर है। तुम्हारी साथ की अहसास मुझे है जैसा तुझे। दोस्त हैं हम दोस्ती हमारी सच फासला भी है। यह भी प्यार कम नहि जहाँ है त्याग चिन्तन। फूलों की पत्ते पिला झड़ते देखा  बाँहो में तेरी। बस युँ ही मैं एक पल खामोश तेरे यादो मे,,,,,,, युँही भटक गया था चाँदनी में यादो की पल।

मानव अधिकार दिवस

Image
दुध -चम्बा प्रश्न चिन्ह अधिकार?? ( 10,12,18) मानव अधिका दिवसमा शुभकामना दिन सक्दिन बोलौ त झेल जाने डर नबोलौ त अन्याय र अत्यचार हामीले हातमा कालो निशान लगाई हातै काटी दिएकाहरूले अधिकारमा मौन बस्ने बनाएको छ एउटा बिराउने, घरको दुदुमुखे बालकको चम्वासम्म खोस्ने प्रशासन, बाबा नी खोई भन्दा? छे महिनाको छुट्टीमा आउने छन अनि हाम्रो दुधु- चम्बा क्यान्टीनबाट ल्याउने छन, खुकुरी चम्काई आतंकबाद देशबाट निकाल्नेछन त्यस्तो माशुमको घरहरू कुड़की भयो रे भन्ने सुन्छु तर आशा छ दुदु मुखेलाई भोली कारगिल र सियाचेनको ठण्डा अनि जैसेलमेर उपकुलको गर्मीमा डियुटी गरी बाबाले कमाएको पैसाले दार्जीलिङमा बाबाले छे महिनाको छुट्टीमा फेरी मेरो निम्ति अर्को घर बनाउने छन मेरो खाना सरकारले डिसकाउन्टमा दिन्छ तर घर मेरो कुढ़की भएको छ। बाबाले ढिसिउँ ढिसिउँ गरी फेरी मेरो घर बनाउने छन, त्यसैदिन म मनाउछु मानव अधिकार दिवस आजलाई होस,,,मेरा बाजेको सिनकोना बगानमा मेरो नामको घर पाएको दिन मनाउला यो दिवस काकाको चियाबगानमा घड़ेरी र धेर बोनस पाएको दिन मनाउला,, आज बाबालाई शाश फेर्न गाहारो छ अक्सीजन कम छ तर देशको रक्षामा छ भोली त अव...

अधिकार

Image
अधिकार मलाई पनि बोल्ने  अधिकार देऊ देश! मेरो ईच्छा  पुरा गर! म यो माटोमा  जन्म लिएकोले मलाई मेरो देश  प्यारो छ! तर म कहाँ र कता  बोल्दा ठिक हुन्छ त्यो अधिकार  मलाई देऊ! मेरो घर रोएको म  देख्न सक्दिन देश! रगत बन्दक राखि  अधिकार माँग्दैछु! तिम्रो मुट्ठीमा  छ मेरो सुरक्षा सरकार!मलाई  मेरो अधिकार देऊ! म सदा तत्पर रहने छु  रक्षा सिमाको गर्न! खुन दिएर म  माया पाउन अघिछु कश्मिर र लद्दाक  जस्तै छ मेरो समस्या भाशण र शाषणमा  म हराउन सकिन! म अधिकार पाउन्  चियाउदैछु! देशका दुई नयाँ  झ्यालबाट आफुलाई नहराउने बनाउन  पारिसम्म हेर्दै छु! अधिकार मेरो  कुनै धर्ममा होईन। कर्ममा देख्दै छौ,? जब जब पनि आक्रमन देशलाई हुन्छ तब मेरो  नाङ्गो कुखुरीसितै   म तिम्रो रक्षामा  शिमामा रहने छु! तिमी बोल्ने अधिकार देऊ! शुरक्षाको कवज म बनुला कसम तिमीलाई  शुरक्षा दिने छ! दिदैंछु।।

सिडनी समाचार

Image

ईच्छा

Image
ईच्छा सागरको जति गहिराई आजसम्म नापिसके, त्यस भन्दा अझ गहिरो गहिराई अन्धकारमा  जान चाहान्छु म म वैज्ञानिक बन्न चाहान्छु। नापि सकेको वायुमण्लमा उड़ी पार गरि अर्को ब्रमाण्ड खोज्न र छुन चाहान्छु म म वैज्ञानिक बन्न चाहान्छु। तारा जस्तै ह्रदयहरू कति चम्कनछन मरेपछि पनि पुनर जन्ममा ति ह्रदय आज झै होलान के म वैज्ञानिक भै बुझन चाहान्छु । ती मरेर गएका सहिदहरूका आत्मा मिलन भै आन्दोलित भएको आक्रोशको आन्दोलनलाई म टेलेशकोप लगाई देखाउन चाहान्छु । विश्वमा जिवनु नै हो भने आफ्नो बरचस्वको निम्ति आफैपटि दुरबिन एक्स रे लगाई म तिते आन्द्रालाई बुझन चाहान्छु। हो म एकदिन तिमीलाई त्यो आकाश गंगामा देख्न चाहान्छु जहाँबाट तिमी निल गगन मात्र होईन सागरको अन्धकार केलाउने वैज्ञानिक हुन्छौ।

Happy Mothers day

Image

भविष्य

Image
एक पथिक मलाई सोध्छ कहाँ जाने हो   यस घड़ी मौन छु बाटाहरू धेरै धेरै एउटाले राजनीति वोल्छ अर्कोतिर भने नहेर भन्छ कहाँ जाने अर्को बाटोले? रूपयाँ सब थोक दौड़ौन् पछि पछि दुष्मनको ताँतो कालो धन   जाबो शान्ती विथोल्छ मनै अति पोल्छ आफन्त केवल स्वार्थ हेर्छ हिस्से दारी हिसाब लाउछ केही गर्न पहिले मानो भर्छ फेरि त् अर्कै   हाँसो हास्छ दुःखमा वाटो अघी लाउछ साथी यस्तो अनमोव धन त्यो बाटोमा खाल्डो देख्छ आघा गर्छ कुन बाटो जाँऊ सत्य असत्य बाटो देखाउछ निस्वार्थ तिम्रो साथ दिन्छ साहित्य कलाले बाटो गोड़छ पछि लाउछ भाषा सिकाउछ विश्वको मिठो चटनी चखाउछ अमर रहने पाठ  सदा पढ़ाउछ अजम्बरीको मार्ग प्रसस्त गर्छ

माटो

Image
माटो म नी   अल्झी  रहे आफैमा तिमी    बिनाको यो जालैमा मतस्य कन्या हु की क्यार भन्दै छटपट गरी रहे  म नी हालैमा ती सब मिथ्या  हुन भनी नी जानियो बिगत केही सालैमा पानी खहरेसित दौड़दैं नाँच्दैमा सुखी जीवन कहाँ हुन्छ बाँचदैमा सागर   भेट्न  दौढ़ी  रहे आफै छालको   उचाईले  भेटेन साँचै मतस्य  कन्या   फसेछ जालैमा हर  पल   छटपटि रहे साल सालैमा हिमाल हेरी    कहिले  रमाए नी के बिराये   भनी   बिलौना गायें पुग्न नसकी   गन्तब्य  अस्वस्ती यही गीत म   गाई  रहे  सनै सनैमा!!

त्यो कालो दिन

Image
मेरा बा तिनवटा युद्ध झेलेर पनि घर आई चालिस वर्ष पेन्सन खाई पर्लोक गमन गर्नु भो तर मेरा दाईलाई अनेक बिमारीको मुखेञ्जीबाट बचाएर ल्याएपछि यो रशायन विश्व युद्धले लुट्यो।  ठुला ठुला बन्दुक र मिसाईलको केही महत्व रहेन। मानव सभ्यतामा आएको संकटमा विज्ञानको हार भएको छ। चुनौतीहरू कम छैनन। परिवार बाहेक अरू कोही यो  पोजेटिभ कुरूकक्षेत्रमा होमिन चाहादैनन। चाहानेहरूको बाध्यता छ, एउटा जिवीका अर्को पारिवारिक बाध्यता।        अस्सीको दशकमा उसले घरैमा पुलिसको लाठ्ठी झेल्न पर्यो गोर्खाल्याण्डको आन्दोलनको शुरूवात थियो सुके पोखरीमा,सिआरपिएफले पनि कमजोर नब्सलाइ मात्र दबाउदो रहेछभन्ने पाठ मैले त्यहा सिकें। विचारा दाई बाह्रको अन्तिम परिक्षाको तैयारीमा नेपालीको पाठ पढ़दै थिए त्यसताक  । जसोतसो बाह्रपास गरी सरकारी कलेज दार्जीलिङ्गबाट स्नातकसम्म भए, तब उसले राजनितिको खुढ़कीलोको ए बी सी सिक्दै थिए, छात्र परिषदबाट जेनरल सेकरेटेरी भई कलेजका हिरो भई खुशीको दिन ब्यतित गरे। फेरी छ्यासीको गोर्खाल्याण्ड आन्दोलन र सुकेको आगलागीले हामीलाई लावारिस बनायो। काम खोज्न जिविका उपार्जन ग...