Posts

Showing posts from October, 2021

झेल यात्रा

Image
झेल यात्रा कसैले तपाईको विरूद्ध नालिश गर्छ,अनि तपाईलाई झुटो आरोप लाउछ,र तपाईलाई पुलिसले एक दिन हिरासतमा लैजान्छ, दोस्रो दिन झेल लैजान्छ। माझमा धेरै दिनको छुट्टीहरू परेको हुन्छ, र धेरै दिन झेलको रोटी खान पर्छ भने पनि जबसम्म केशको सिडी बन्दैन, जबसम्म सबै आरोपी पकड़ा पर्दैन, उसलाई आरोपी हो भनेर औंलाउन सकिन्न। यदी दुश्मनी लागेर यस्तो झमेलामा फँसिन्छ भने, तपाईको मानसिकतामा कति आघात पुग्छ थाहा छ? जसलाई परेको छ उसलाई थाहा हुन्छ, सायद आफन्तको लाश अघि हुदा जतिको आघात पुग्छ त्यो भन्दा बड़ी आघात पुग्छ।  त्यो समयलाई सहन गर्न अति गाहारो हुन्छ। तसर्थ झेल पस्ने साथै त्यो व्यक्ती आरोपी होईन। जब तपाईलाई आरोप लगाउने मानिस अनपढ़ छ, हजार रूपयाँको लालचमा एउटा हस्ताक्षर गरेर आरोप लाउछ अनि त्यो हजार रूपयाँले दिन भरी रक्सी खाएर मज्जा गर्छ, तर उसलाई मैले यो के गरें भन्ने थाहा हुदैन र जब हजारौं रूपयाँ खर्चेर झेल बाहिर आएर , आरोप मुक्त हुदा, त्यसको बदला लिन खोज्दा फेरी तेही व्यक्ती माफ मागन्न आउछ अनि रक्सी खान हजार रूसयाँ माग्छ। मैले के गरें थाहा छैन भनि भन्छ भने,त्यस समय थाहा लाग्छ कानुन अन्धो छ भने

च्यानल

Image
नमसकार! पण्डित कांशीनाथजीलाई धन्यबाद राम्रा राम्रा फोटो पठाईदिनु भएकोमा। वहाँ एबीएन टिबीमा पण्डितजीको भुमिकामा हुनुहुन्थ्यो। एबीएन च्यानल बन्द भएकोमा दुःखी पनि हुनुहुन्थ्यो।एउटा मात्र नेपाली च्यानल थियो त्यहा कसैले सहयोग गरेनन भन्नेजस्तो कुरो हो कि भन्ने सन्देह पनि व्यक्त गर्नु हुन्थ्यो। मेरो अनुभवले भने के भन्छ भने, एउटा  स्याटालाईट च्यानल चलाउनु भनेको सानो कुरो होईन, केवल पैसा रूपयाँ मात्र भएर हुन्न, यो समुहले गर्ने कार्य हो। तारतम्य राम्ररी मिलाउन पर्छ।सबैको सहयोग लिन पर्छ , व्यवस्थापनामा त्यस्तो भएन जस्तो मलाई लाग्छ। अनुभवी व्यक्तीत्वहरूको साथ लिन पर्ने थियो। पत्रकारितामा होल या त ईलेकट्रोनिक मिडियामा होस , हाम्रो भाषाका च्यानल र पत्रिका बिलाएर जानु भनेको बड़ो दुःखको कुरो हो।  हामीले व्यवसायलाई ईजी र लरथरो सम्झन्छौ, तर गहिराईमा गएर काम गर्न भने भाँति पुर्याउदैनौ, हाम्रो कमि कमजोरी त्यही नै हो। जुन ठाँउमा हामी बस्ने र काम गर्ने गर्छौ त्यहाँको भुत र देवता दुबैलाई मन्साउने र पुजा गर्ने गर्नु पर्छ। सिलगढ़ी पाईक परेको ठाँउ , सजिलो, सस्तो, कलाकार, साहित्यकार, व्यवसाईहरूको उर्वर पंखा भ्एक

उ आज मरेछ!

Image
म तिमीसित रम्न चाहान्छु तिम्रो विशालता नाप्न चाहान्छु तिम्रो शक्ती ममा प्राप्त। गर्न चाहान्छु तिमी शान्त त् कहिले छैनौ तर हल्का नचाहिदालाई फ्याक्छौ पल पलमा धुलीकन समेटछौ तिम्रो गर्वको आयतन  नाप्न चाहान्छु मोतीका दानाहरूसित  खेल्न चाहान्छु! तर भय छ कतै कष्टले  सुनामी त होईनौ? मलाई पनि बहाई लैजाने  ईच्छा त राख्दैनौ? नमकीन भई तिम्रा  छालहरूसित एकैछन म यहाँ  तिम्रा  ती शितल स्रोतसित रम्न चाहान्छु उष्न स्रोत नाप्ने नी मेरो क्षमता कहाँ छ र! केवल यी रेतमा  तिम्रो र उसको सम्वन्ध केलाउन र एकै छन  हाँसो र बेदना साट्न चाहान्छु तिमी दौड़न्छौ वेदना मेट्न या त तिमीलाई वेदनाहरूले  ढकेली रहन्छ? जान्ने अशिम ईच्छा नी  हुन्छ मनमा तर तिम्रो उर्जाले निवारण त  कसैको भई नै रहन्छ।

सागरसित मनथन

म तिमीसित रम्न चाहान्छु तिम्रो विशालता नाप्न चाहान्छु तिम्रो शक्ती ममा प्राप्त। गर्न चाहान्छु तिमी शान्त त् कहिले छैनौ तर हल्का नचाहिदालाई फ्याक्छौ पल पलमा धुलीकन समेटछौ तिम्रो गर्वको आयतन  नाप्न चाहान्छु मोतीका दानाहरूसित  खेल्न चाहान्छु! तर भय छ कतै कष्टले  सुनामी त होईनौ? मलाई पनि बहाई लैजाने  ईच्छा त राख्दैनौ? नमकीन भई तिम्रा  छालहरूसित एकैछन म यहाँ  तिम्रा  ती शितल स्रोतसित रम्न चाहान्छु उष्न स्रोत नाप्ने नी मेरो क्षमता कहाँ छ र! केवल यी रेतमा  तिम्रो र उसको सम्वन्ध केलाउन र एकै छन  हाँसो र बेदना साट्न चाहान्छु तिमी दौड़न्छौ वेदना मेट्न या त तिमीलाई वेदनाहरूले  ढकेली रहन्छ? जान्ने अशिम ईच्छा नी  हुन्छ मनमा तर तिम्रो उर्जाले निवारण त  कसैको भई नै रहन्छ।

तिम्रो छायाँ

Image
दाहिने तिर छन गुरूङ्ग सेनी देब्रे तिर खसको छोरी भन्छन सौलीयतले हामी बैग्लै भयौ तर रगत पसिना एउटै हो अचानो र बाम्फक एउटै हो दर्द पिढ़ा एउटै छ होईन र? यो तस्विरले वया गर्छ केही त हाम्रो मिल्छ होईन र? तर हाम्रो समुह भिन्न हो! आज राजनिती यसरी बोल्छ अनायासै यस्तै कुरो खेलीरहन्छ मेरो मनको एक कुनामा! सौलियत पाए त् भन्छन तर वाटो र पानी शिक्षा र नितीमा केही फरक परेको छैन स्वासथ्य र उपचार मिलेकै छैन भाषा र संस्कृति हाम्रो भिन्न छ तर मुण्डा वोर्ड र सौताल बोर्ड च्याटर्जी वोर्ड र वर्मन वोर्ड त छैन त्यसो भये मेरी आमा र मेरो बोर्ड किन भिन्न भिन्न छ जब की हामी दुई सरिर एक आत्मा नै हौ होईन र??

विडम्बना

Image
मलाई पोलेको घाउले तिम्रो आँशु खसेन मेरो निन्द्रा उढ़ेको रातमा तिम्रो आँखा टोलाएन मैले तिमीलाई डोराउदाँ उभो फर्की हेर्ने आँखाले आज प्रश्न गरेन तर तिमी मुर्दा भएका छैनौ न नै तिमी आईशियुमा छौ फेर पर्यो नङ्गबाट माशु उकर्यो दुःखे चिरिकै तर घोपट्यौ यी नयन बड़ा विशालु ईर्शाको नजर हजुर! उभो हेरी प्रश्न गर्नै दिएन तेसैले म रगत र पसिना बहेको हेरी रहे तर उसको नी मन फर्केन तर उ घोप्टी रह्यो कता कता त्रास र भय देखे उसको खुशीमा कता कता केही वैमनश्यता देखें चोर मन मर्न भन्दा अघी भविश्य सम्झि भयभित देखें उसले जात भुल्यो समाज भुल्यो केवल एक प्राण मात्र देख्यो एक ईर्ष्या मात्र देख्यो त्यसैले घोप्टोपरि त्यही फेरी भत्केको घर कोट्याई बस्यो मलाई पोलेको घाउमा पिल्सी रहे पनि उ घोप्टोपरि नङ्ग-माशु कोट्याई रह्यो उभो हेरी प्रश्न गर्ने आँट अब उसले मलाई गरेन तर उ जिउदो लाश बनी मेरै छात्तीमा घोप्टो परि हिढ़ी रहेछ शाशको नली भेटाए उसको पोलेको दर्द कम गर्न भनी शमसान ओछ्याउन दागबत्तीको ईन्तजाममा तर उभो फर्की प्रश्न गर्ने क्षेमता उसको हराई सकेको छ!!

पहाड़की रानी

Image
मैले एउटा चित्रकोर्दै थिए सुन्दरी  तिमी  थियौ मेरी वर्षौपछि हाम्रो  मिलन  अहो तिम्रो ह्रदयको धड़कन हरियो रनवनमा घन्के झै लाग्यो। मेरा शुप्त चेतनाका झ्यालबाट एका एक विछोड़का पानाहरू उसै उसै हुरीले फरफराई रहे अनिता मिलनको मुस्कान मिठो नेत्र विस्तारै रशिएर टप्कन लाग्यो। उफ! त्यो मिलन आलिङन तिमी केही फुलेछौ, पनि नैरास्य छदा- छदै तिम्रो सुन्दरतामा कमै खोट देखें मैले आज पनि तिमी मेरी प्रेमिल भएर हो क्यार!  सयपत्री माला सजाउन पाँउदा गद-  गद  भई  म  रमाएकोदेखि किन फर्कयौ दुर देशी भन्ने प्रश्नहरूले बाटाका किनारबाट जिसक्याई रह्यो प्रश्नै प्रश्नको ढोकाहरूले हेरी रह्यो!  तिमी हाँसेकी थियौ सेताम्मे भई नाँचेकी थियौ ह्रदय खोली साथमा नचिनेकी भान गर्दै सुन्दरी तिमी लजाएकी थियौ पिढ़ा मनमा बोकी सहश्र पाईलाहरू रशपान गर्दै थिए।

क्वारानटाईन , पोथी डटकममा पुस्तक प्रकाशित भएपछिको अनुभव

https://dl.flipkart.com/s/eiwfgMNNनयाँ शिक्षा https://dl.flipkart.com/s/eiwfgMNNNN हामी पुस्तक विक्री हुदैन भन्छौ। ठेलीका ठेली पुस्तक प्रकाशित गर्दै घरै राख्छौ। तर वर्तमानमा नयाँ दोकानहरू नाम चलेका विश्वमा करोड़को दिनमा व्यवसाय गर्ने अनलाईन बजारले यसरी पुस्तक विक्री गरिदिने रहेछ। कोवित कालमा घरै बसी मैले यो एउटा नयाँ शिक्षा प्राप्त गरें। खर्च कम, जगह कम, ट्रासपोर्ट पनि उनिहरूले गरिदिने, समय समय रोयल्टी पनि दिने, विश्व बजारमा उनिहरूले पुर्याउने, कति राम्रो तन्त्र तैयार भएको छ, हामी अनविज्ञ छौ।  नयाँ पिड़ीलाई कति सजिलो छ। लौ है, pothi.com एउटा राम्रो प्ल्याटफर्म हो जहाँ तपाईको केही खर्च पर्दैन, तर आफुले मोबाईलबाटै सबै कुरो गर्न सक्नु हुन्छ, केवल पुस्तक कम्पोज पिडीएफ फायल र कबर डिजाईन गर्नु होस अनि उनिहरूले सिकाँउदै जान्छन, यसो गर भनि र विश्व बजारमा लगेर सजाई दिन्छन। अनि आफुलाई जति चाहिन्छ , अडर गर्नु होस तिनदेखि पाँच दिनमा घर आईपुग्छ पुस्तक। हामी कम्प्युटर ईलिटरेटहरूले त मोबाईलद्वारा नै यसरी विश्व बजारमा पुस्तक पुर्याउन सक्ने रहेछौ भने, ए अनुज हो, अरूले बनाको प्रोडक्ट किन्नु मात्र होईन,

नवरथा 2020_ 2021

Image
2020 नवरथा कसो कसो खुशीमा दुःख घोल्न तिम्रो हाम्रो शत्रु थाहा नपाई पसिगो घरमा! म पनि तैयार थिए जंगमा शक्तीको आरधना शुरू गरें हतियार,मास्क,सेनिटाकजर शुरू गरें पुजा! तुलशी, दुर्वा,फल र फूल ईश्वरमा भोग लगाँए त्यसैको रस काड़ा बनाई परिवारलाई पिलाएँ! अझ चार दिन लड़ाई जारी छ त्यससित म सख्या घटाउने ततपर्तामा शत्रु छ बड़ाउने पक्षमा। तापमान शन्तुलन अनि निम्बु मरिच साथ राखि नजर उतारें दियो र कपुरले लक्ष्मन रेखी लौ मेरो युद्ध जारी छ। सिमान्त यो कमरादेखि उ कमरा माझमा सुरूङ बनाए छु शैनिक मेरा पानी र राशन छन ल्याउन व्यस्त। बिजयासम्म शत्रु परास्त  पार्न लागि परेकी छु तिमीलाई पनि न्यौता छ दशमीमा हुने छ शकं - घोश!!

डा जीवन नामदुघज्युको सक्षिप्त परिचय

8 सितम्बर, 1951 मा पश्चिम बंगाल को दार्जिलीङ्ग जिल्लाको सोनाडाको मुंडा कोठीमा जन्मेका, जीवन नामदुंग भारतको समकालीन नेपाली साहित्यका प्रमुख साहित्यकाहरू मध्य एक हुन। साहित्यिक यात्रा:- वहाँले 1970 अनि80 को दशकका सक्रिय साहित्यिक पत्रिकाहरूमा लेखन कार्य गरे भने पत्रिकाहरूको सम्पादक को रूपमा साहित्यिक क्षेत्रमा प्रवेश गरे। जस्तै- जागरण (1970-71), दुवर्स आवाज़ (1977-78), तेवा (1980-81)। उनको अन्य कार्यहरूमा कविता, आलोचना, अनुवाद अनि अन्य सम्पादकीय शामिल छन। वहाँ अनुवादको क्षेत्रमा फाटिलो स्थान बनाउन सफल भएका छन। 1986 मा 'जीवन नामदुंग का कविताहारु', उनको पहलो कविता संग्रहमा उनी एक यस्तो कविको रूपमा देखा परे, जुन समय सापेक्षित भएकोले आज उत्तिकै मधुर र रोचक छन । हुनत उनी साहित्यिक क्षेत्रमा आफ्नो महत्वपूर्ण कार्य - समलोचको रूपमा चिनिनु हुन्छ। आलोचनामा उनको महत्वपूर्ण कार्य 'पर्यवेक्षण' 1994 मा प्रकाशमा आयो जसमा वहाँले साहित्य अकादमी पुरस्कार प्राप्त गर्नु भयो। वर्षौदेखि वहाँ अनेक साहित्यिक अनि सामाजिक संस्थाहरूसित रहेर लेखकहरूलाई प्रोत्साहित गर्ने कार्य गरि र

लक्ष्मीकान्त जोशीज्युको सक्षिप्त परिचय

Image
स्व लक्ष्मीकान्त जोशी, ब्राहमणज्युको जन्म स्व स्व देवद्त्त ब्राहमण अनि स्व पवित्र ब्राहमणको कोखबाट 30..5.1924 सालमा सुके पोखरीमा भएको थियो। सूके स्कूलमा कक्षा छसम्म पढ़ेर, सिमानाको स्कूलमा मास्टरी काम गर्दा गर्दै देसको रक्षार्थ भारतिय सेनामा भर्ना हुनु भयो। वहाँले आफ्नो देशको सेवा गर्दा गर्दै पनि भाषाको सेवा गर्न छाढ़नु भएन। गोर्खा रेजिमेन्टमा लर्ड माउन्ट बेटनलाईसम्मलाई नेपाली भाषा पढ़ाउनु भयो। भारत स्वतन्त्र हुन अघि नेपाली भाषी भारतियहरूले, नेपाली देवनागिरी लिपीमा लेख्न पाउदैन थिए, त्यस समय पनि वहाँले रोमन अग्रेजीमा नेपाली कविता "23.11.1946 सालमा गोर्खाफुल" , गोर्खासमाचार पत्रमा लेखेका थिए। अग्रेज अफिसरहरूले अग्रेजीमा भाषण गर्दा ततकाल खड़ा रहि गोर्खा रेजिमेन्टलाई वहाँले नेपालीमा अनुवाद गरि सुनाउथे। " चित हौं पट हौं पैसा झै एक हौं सिर नेपाली उर गोर्खाली हौं" वहाँ सेवानिवृत्त हुनुभएपछि समाज सेवा अनि राजनितिमा प्रवेस गरी, अन्तिम जिल्ला परिषदको सुके बिजनबारी समष्ठीको सदस्य बनी पाँच वर्षसम्म आफ्नो गाँव बस्तीको सेवा गर्नु भयो, राङभाङ भेल्लीमा व

डा गोविन्दराज भट्टराईको सक्षिप्त परिचय

Image
वि. सं. २०१० साउन १२ गते च्याङ्थापु, पाँचथरमा जन्मिनु भएका डा. गोविन्दराज भट्टराईका उपन्यास, कथासङ्ग्रह, निबन्धसङ्ग्रह, समालोचना गरी दर्जनौँ कृतिहरु प्रकाशित रहेका छन् भने अनुवाद र सम्पादनका दर्जनौँ कृतिहरु पनि प्रकाशित रहेका छन् । डा. भट्टराईका उपन्यासमा मुगलान (२०३१), मणिपुरको चिठ्ठि (२०३४), सुकरातका पाइला (२०६३) सुकरातको डायरी (२०६८) रहेका छन् । त्यसैगरी यात्रा-निबन्धका कृतिहरुमा एक्लै एक्लै एक्लै (२०६०), विश्वविद्यालयमा अग्निपूजा (२०६१), सँगै बसौँ यो रात (२०६४), गोधूलीमा दश पाइला (२०६६), मिर्मिरेमा दश पाइला (२०७०), आराधना (२०७६) अङ्ग्रेजी निबन्धसङ्ग्रह पिल्मिग्रेजिजबाट (अनुदित), मेरो पहिलो बेलायत यात्रा (२०७६) प्रकाशित रहेका छन् । कविताकृतिहरुमा एक कल्प (२०७१) र भूकम्प प्रार्थना (२०७७) हुन भने समालोचना : सिद्धान्त विधामा काव्यिक आन्दोलनको परिचय (२०४९), पश्चिमी बलेँसीका बाछिटा (२०६१), आख्यानको उत्तरआधुनिक पर्यावलोकन (२०६१), उत्तरआधुनिक ऐना (२०६२), उत्तरआधुनिक विमर्श (२०६४), समयबोध र उत्तरआधुनिकता (२०६९), डायास्पोरा सिद्धान्त र समालोचना प्रकाशित रहेका छन् । त्यस्तै जीवन

युगेन्द्र क्षेत्री परिचय

Image
स्व युगेद्र कुमार क्षेत्रीज्युको जन्म 19/06/1952का दिन खर्सङमा पिता,स्वर्गीय आई.डी.मुखिया अनि माता स्वर्गीय एम.एस.मुखियाको कोखबाट भएको थियो। वहाले दश कक्षा सेन्टअल्फन्स स्कूलबाट समाप्त गरि महाविद्यालय सेन्ट- जोसेफ कलेजबाट प्री पास गरि फेरी खरसाङ कलेजबाट डिग्री हासिल गरेका थिए। आकाशवाणी खरसाङबाट वेस्टन म्युजिक कारक्रमका पायोनियर उनी थिए भने शिक्षा ज्योती कार्यक्रमको शुरूवात पनि उनले नै गरेका थिए।खर्साङ अल ईण्डिया रेडियोका, समाचार वाचक, गाउँले सभाकमा सहभागीताअनि नेपालीमा उदघोशणा पनि उनले गर्ने गर्थे। गाँउले सभामा पनि उनको सहभागिता थियो। 1977मा भने विदेश प्रशारण विभागको नेपाली कार्यक्रममा उद्घोषक तथा अनुवादकको रूपमा नियुक्त भई अल ईण्डिया रेडियो नयाँ दिल्लीमा स्थाई रूपले कार्य गरिसकेपछि सन 2004देखि स्व युगेन्द्रज्यु क्षेत्रीज्यु नेपाली वाहिय सेवा विभागको प्रभारीको रूपमा नियुक्त भए अनि 30 जून 2012.. सेवानिवृत्ति. भए। साथमा वहाँका श्रीमती ललीताज्युले पनि अल ईण्डिया रेडियोमा कार्य गरिन भने वहाँको ठूलो उपलब्धि दुई छोरा- छोरी, भिसिका रानी क्षेत्री अनि भिभियन राज क्षे

गुन्द्रि बजाल

Image
आज  कञ्चनजङ्गा  हाँस्दै  तपाईहरूको स्वागतमा छिन, देवकोटाको जन्म जयन्तीले देउँसी- भैलो खेल्नु भन्दैछन, अगम सिह गिरीको प्रेरणाले नेत्र नेछावर गरि राख्या छन, पाद्री गंगा प्रशाद प्रधानज्युको परिश्रमले साहित्यको जगेरा छ, डा पारसमनिज्युको परिश्रमले विद्यासागर झै बेड़ा थामेका छन,  दार्जीलिङले विश्व साहित्यलाई मन्थन -मिलन गर्न निमत्याएका छन!  
Image
समझौता बाहिरको वातावरणमा निस्कन नपाऊँदा घर घरमा दैवको लाठी सोचनै नसक्दा मनमा अलिकता नैराश्य छाउनु स्वभाविक एउटा छ मन या दुई भन्न गाहारो छ एकले दुःखी हुने संकेत दिन्छ अर्कोले भन्छ यो प्राकृतिक नियम। सबै काम छोड़ी बसें राम्ररी मनन गरें दोस्रो मनले सम्झौताको कुरा सिकाए जस्तो लाग्छ यो पृथ्वीमा आउने जाने क्रम सधै नित्य चक्र चल्छ तिमीलाई पर्दा अरूलाई भुल्छौ सबैको मनमा होला नी तिमी व्यक्त गर्छौ मौन समझौता सबैले गरेकै छन। हेर त्यो नित्य सधै घुर्रा घुम्छ तिमीलाई शुरक्षित राखी अण्डाकार भै घुम्छ उसले सबैलाई छोएर आउछ तिमीलाई पनि दिएको मन सबैलाई छुने क्षेमतासित तर्क वितर्क गर्ने मनको दुई हिस्सामा कहिले दिन हुन्छ कहिले रात रातपछिको उज्यालो तिमीले पनि पर्खन पर्छ। तिम्राहरू रातमा नदेखिएलान दिनको उज्यालो किरणमा मन मनै याद गर्न सक्छौ मन पर्ने नपर्ने कुरो राख्न सक्छौ कसैले रोक टोक नगर्ने मनन चिन्तनको समय दिने यै मन त् हो द्वन्द गर्ने चाड आउछ जान्छ अज जो छन भोली नौला मनहरू तिम्रो परिक्षामा हुने नै छ। संचय भएको माया उसैलाई प्रदान गरि हेर धरा घुमेर उज्यालो तिर लाग्छ अनि उसैसित माया साटछौ भविश्य

नेपाली भाषा साहित्य और संसकृति( सक्षिप्त विवरण)

नेपाली भाषा देवनागरी लिपि में लिखी जाती है।  यह नब्बे के दशक में भारतीय संविधान की आठवीं अनुसूची में शामिल भाषाओं में से एक है।  यह भाषा भारत के पहाड़ी राज्यों में बोली जाती है।  यह भाषा पूर्वी, पश्चिमी और मध्य क्षेत्रों में प्रमुख है।  यह नेपाल में सबसे अधिक बोली जाने वाली भाषाओं में से एक है।  यह बहुत हद तक भारत की राजभाषा हिंदी और नेपाली और उत्तर में बोली जाने वाली गडवाली और कुमाऊँनी भाषाओं से काफी मिलती-जुलती है।  इतिहास पर नजर डालें तो भक्ति काल में संस्कृत भाषा का प्रचलन था।  नेपाल में कई बड़े शाही परिवारों और आधिकारिक भाषाओं द्वारा भी संस्कृत बोली जाती थी।  उस समय इसे खस भाषा, पहाड़ी भाषा कहा जाता था।  समय के साथ इन भाषाओं में बदलाव आया।  वसंत तिलक और विद्यारण्य केशरी जैसे विद्वान कठिन भाषा में लिखते थे, जो संस्कृत से भी प्रभावित था।  जब से कवि भानुभक्त ने सरल नेपाली भाषा का उपयोग करके रामायण के छंदों का नेपाली में अनुवाद किया।  फिर शिक्षा की रोशनी आम लोगों के घरों तक पहुंची।  और भानु भक्त से पहले के लेखकों और कवियों को भानु भक्तिय रामायण जैसी पहचान नहीं मिली।  उसके बाद नेपाली ब

ट्रिङ- टिङ्ग

Image
म बसेर तिमीलाई सम्झना गरिरहेछु ब्यस्त छौ कि कसो नेटवक क्षेत्रदेखि  बाहिर पो छौ , दशैं आउदा निकै मनमा चाह हुन्छ परदेशी किन पो मलाई भुल्यौ? कुनै बाधा या वादाले  पो छेक्यो की? कसैको मायाले पो रोक्यो की, किन हो आजकल तिम्रो फोनको घण्टी नबजेको धेर दिन भयो  सधै सुस्वास्थ्यताको कामनामा तिमी हुन्छौ बाल्यकालको सम्झनामा पनि त तिमी हुन्छौ ती स्वर्निम जिवनका हरेक पाईलामा, परदेशी भै हराएको मान्छे आएको छ भन्ने सुन्ने गर्छु कति के सम्हाल्यौ कति के गुमायौ समय सँग सगैँ हो आज तिमीले जिउन सिकेछौ, आँशु बहेर सागरमा विलिन भएको वर्षौ भो आज हाँसेको देंखे मैले तरै पनि दशैंको  शुभकामनाको कामना र ईन्तजार  छ मलाई! यसैले ट्रिङ ट्रिङ घण्टीले झस्काउला भनि नेटवर्क बाहिर जान मन छैन मलाई😊😊 सबै मित्रहरूलाई  दुरत्वमा फड़को लगाउदैं दशैंको शुभकामना!!

को को थिए आजको वार्तामा?

Image
राजु विष्टजी, हाम्रो क्षेत्रका सांसदज्युको वालबाट लिईएको प्रतिनिधि टोलीको नामावलीहरू यस प्रकार छन

12.10.2021 गोर्खाको जनहितमा वार्ता

Image
 वार्ता त्रीपक्षीय भन्ने साथै थपक्क हामीलाई अब गोर्खाल्याण्ड दिन लाग्यो जस्तो लागि हाल्छ। स्वभाविक पनि हो कारण गोर्खाहरू सबै कुरोमा ठोकर खान्छन त्यसपछि एउटै समाधान हामीलाई सुझछ, हामी जुनै राज्यमा बसे पनि हाम्रो एउटा ठाँउ हुन पर्छ जहाँ भविष्यमा कोहि पनि आफ्नो राज्य, आफ्नो केन्द्र शासित राज्य, गोर्खा भुमि, गोर्खा बासभुमि भनि हामी गर्व बोध गरौं। भारतको विशाल ह्रदयमा हाम्रो एउटा छुट्टै कोठाहोस जहाँ हामी शुखको श्वाश- प्रश्वास लिन सकौं। तर यो सहजै कहाँ हुदो रहेछ र,अझै कति समस्याको सामना गर्न पर्छ होला, अझै आफ्नो राज्य हुनेहरूले कहाँ वुझिदिन्छन र हाम्रो मर्म, अझ कति परिक्षा दिन पर्ने हो? तर म एउटा गोर्खाली नागरिक भएर सोचदैछु यो कुरा, हरेक गोर्खाली भारतिय नागरिकले सोच्न पर्ने पनि यसरी नै हो जस्तो मलाई लाग्छ। कारण हामी यस्तै चेपारोमा छौ,एकातिर नेपाली बहुल क्षेत्र छिमेकी देश छ, अर्कोतिर गोर्खाली बहुल राज्य छ। माझमा हामी न यताको न उताको छौ। जन गन मनको धुनमा दिनको शुरूवात हुने नागरिक हामी मात्र नभएर छिमेरी राज्य पनि छ, तर हामीलाई नबिथोलेस भन्दै लाखेश गर्छ त्यहाँकाहरूले, हुन पनि हो त्यो एउटा छदा छद

गोर्खाल्याण्ड/ पीपीएस 2

आज बाह्र तारिक गृह मन्त्रीले डाकेको सभामा हुने कुरोले 20% गोर्खाहरू मात्र उत्साहित छन। तर आज मुनिश तामङ, महेन्द्र पी लामा जस्ता दिग्गजहरूसितको बैठकले मने केही निचोड़ निस्कने छ भन्ने सोचेका छौ।त,वहाँहरूको सुझाव भने अशल नै हुनेछ भन्ने आशा छ। पर्छ।

तिमी डराउदै आउनु

Image
तिमी यहाँबाट जाउ भन्दा मेरो जग बसेको कथा सुनाउछु सिमामा बसेर आतकं किन? राजधानीका शाशक ईष्ट होलान तर तिम्रा परिवार पिरोलिदाँ त्यही भूत गाउँले पानी पिलाएको हो। यति चाड़ै भुल्यौ..वा मौन छौ? कस्तो छ  तिम्रो प्रबृति हेर त्! म त् फेरी भुक्म्पलाई निम्त्याउछु त्यहा मानवता र एकता थियो न कि घिनलाग्दो राजनिति अब उसो मलाई लखेटन अघी सोच! जग बसेको कथा पड़ेर आउनु मलाई सताउन अघी तिमी फेरी, तिम्रो दरवाजा र खिड़कीको कब्जाका काटींहरूको खिया मुसार्दै आउनु। हातमा लागेका लालीमा कमेजको फेदतिर नदेख्ने गरि पुछदै सकलो भएको भान गर्दै आउनु। मेरो कर्म र देश भक्तीको पाठ मन मनै याद भए पनि विर्से झै गरि आउनु। विस्फोटको तरड्ग नाप्दै आउनु स्वार्थ पुर्ती सधै सठिक निशाना नलाग्ला ।  माफी माग्दा  परिवारमा मलाई जाउ भन्न आउनु.... मेरो जग बसेको ईतिहास....   बर्तमान केलाउदैँ डराउदै डराउदै  मलाई जिस्काउन आ उनु....

शब्द

Image
शब्द शब्द नै व्योम शब्द नै परम आनन्द  शब्द नै हो ब्रहमाण्ड  शब्द  नै   हो सभ्यता शब्द शब्द मै अहंकार शब्द नै हो  निरकांर शब्द मै छ निवारण शब्द  शब्द नै सभ्यता शब्दले छुट्याउछ प्राणी आखिर छ शब्दमा आदर्श शब्दै मा छ सम्मान शब्दले चिनाउछ साईनो शब्दैले सजाउछ साथ शब्द नै छ अजर अम र " म" शब्द नै हो ईश्वर "हामी" हो आशिर्वाद  शब्दले नै यो बुझाउछ सोध आफुलाई कुन शब्द तिमी हौ अनि म? शब्द सभ्यता पनि हो शब्द निराकार छ शब्दको आकार प्रकार हाम्रो जीवन शैली हो शब्द आदर्श हो  अनि हो यो महान जन जिब्रोमा बस्ने शब्द शब्द नै हो विशालाकार!🙏🙏😊😊😊

गोर्खा बहुल क्षेत्रको विडम्बना

Image
दार्जीलिङ्ग र जलपाईगुढी जिल्ला ( गोर्खा बहुल क्षेत्रको विडम्बना) 1 गोर्खाल्याण्ड पार्टीको झण्डा त्यागेर,नेताको ईतिहास मेटेर,आफ्नै आफ्नै बिच झगड़ा गरेर हुन्छ दार्जीलिङ्ग ?कस्तो अनौठो विचार धारा? विश्वले भोली सोचने दार्जीलाङ्गले आज सोच्ने गर्थ्यो भनि सुने थे मैले तर आज यो के हुदै छ? 2, बिजेपीलाई हामीले जितायौ भन्छौ,तर पहाड़को तीन महकुमा र तराई डुवर्सको जनसख्या 50_50% छ! पचास प्रतिशतले छुट्टै राज्यको समर्थन गर्छन भने समतलका पचास प्रतिशतले विरोध गर्छन,तसर्थ यो सांसदले केही नबोलेको हो! 3, गोजामोमो आफै आफमा भ्रमित छ को नेता ,को सुप्रीमो,को जनता बुझेकै छैन रैछ आजसम्म!यीनीहरूसब जता छन छनी तेतै फन फनी रैछ! तर आँटासित घुन पिसेको राम्रो होईन! 4 , जिएएएले राम्रो काम गर्दै छ दिल्ली मुखी कार्यक्रम यसलाई सबैले समर्थ गर्नु पर्छ तर जिएमसिसीले चाँहि जनतालाई किन गुम्राह गर्यो यसको सहि जवाब जनताले पाउने अधिकार छ जस्तो मलाई लाग्छ ! 5, पहिले जनता र बिमल गुरूङ्गको काँधमा आन्दोलनलाई अघी बड़ाये,आज बिनयको र अनितको काँधमा हाले कारण जहा छन छनी त्यँही फन फनी भने झै छ! बिमल गुरूङ्का अनुरागीहरू कारणै नबत

गोर्खे आमाको मन

Image
7.10.2020 हिज मात्र छोरोलाई वर्दीमा अनुहारमा कालो धशी पठाएको देश शुरक्षा हित सिमामा धावा बोल्न ड्रेगन मामाको धम्की घटाउन। आज अर्को छोरोलाई घरको समस्या बोल्न देशको हुकुमतमा, हो मलाई थाहा छ,एउटा... या विजय हुन्छ यात तिरङ्गा ओड़ेर उ आउछ! अर्कोलाई धेरै शिक्षा दिएकी छु घरको हितमा बोलेस है भनेर! नकी तेरो साथीहरूको स्वार्थ यसले फत्ते गर्न सकेको छैन घरको जङ्ग! आमा! डल्ले र तांबाको अचार पठाउनु भारमा सुकाको मासु र पल्टने अचार माथि लेकमा प्राणवायु कम छ मकै भुटेर पठाउनु है! भन्ने सन्देश छ छोरोको! गोर्खे आमा डेरा न ठहर, तर उसको निम्ति सिमा सुरक्षा सर्वपरी, मकै खोनद्र्याङमा जति पढ़कन्छ आमाको मनको युद्ध तेतिनै पढ़कीन्छ। देशले दिन नसकेको न्याय सम्झन्छ घर बस्ने छोरोको चुनौती, त्यसले कलमको युद्ध सधै हार्छ खाली हात घर फर्कन्छ मान्छे हँसाउछ। प्राथना गर्छे विहानै गोर्खे -आमा , छोरो त गोर्खाले धेरै पाउन पर्ने रछ विश्वमा उ कहाँ हारेको छ र! तर घर र ठहर पो भने झै भएन। आजको युद्ध कलम र बन्दुक दुबैको मेरो दाहिने हात सिमामा छ, देब्रेलाई पठाको छु हुकुमतमा मकै जस्तै युद्ध आमाको मनमा पट्या- पुटुङ छ।।

पी पी एसको निम्ति सुझाव

Image
पी पी ए  माथि   मेरो    सुझाउ परमानेन्ट पोलिटिकल सलुसन, यानकी सिधा सिधा भाषामा सोझो गोर्खाहरूलाई विभाजन गर्ने काम नगरि,युटी या त राज्य दिनु पर्छ भन्ने सोझो कुरो राख्न पर्छ जाने नेताहरूले, छैटौं अनुसुची, पाँचौ अनुशुची भनेर भुलाउनुहुदैन। उक्त पत्रको हिसाबले हो भने सबैलाई आवहान गरिएको छ। यो गनतन्त्र हो तसर्थ  रूलिङ पार्टी यानकी बिजेपीले अरू दलका अनि सघं संस्थाका राम्रो हिन्दीमा या अग्रेजीमा कुरा राख्न सक्ने नेता नेत्री तथा बुद्धीजिवीहरूलाई बैठकमा राख्न सक्नु पर्छ। पहिलेको जस्तो भुल गर्नु हुदैन। दार्जीलिङ्गको भौगोलिक परिसथिति र लघु बनाईदैं गएको क्षेत्र फलको हिसाबले, लदाक जस्तो युटी हुन सक्ने सम्भावना प्रबल छ।  राज्य र युटी बाहेक अरू प्रस्ताव केही नराख्नु होला। यो चिकन नेक अति संवेदनशिल क्षेत्र तथा गोर्खा बहुल क्षेत्र हो। तसर्थ गोर्खा साथै उनिहरूसितै यो पहाड़ र तराईमा बसोबास गर्ने निवाशीहरूको निम्ति केन्द्रले नै यसलाई राखेको उचित हुनेछ। सरकारले केहिदिनको निम्ति चारानादेखि लोभ्याउन शुरू गर्छ, त्यो नमान्नु, फेरी आठ आना भन्छन,त्यो पनि नमान्नु जब रूपयाँ एक भन्छन या युटी या राज्यमा अउछन तब मात्र

भरचुवल आन्दोलन

Image
मन आन्दोलित  हुन स्वभाविक हो शिमाना रगतले  कोरेको सत्य हो तर युद्ध जितेर  घर फर्कदा, कुनौटो आंगन साथीले  मिचेकोदेखि मन कता कता  अमिलो भएर आउछ अन्न बाली पाक्यो की भनी पाँच वर्षपछि हेर्दा नी काँचै छ। कति मरे कति  बिलाए तर यो गोर्खाले कहिले  न्याय पाउने हो? मन बिथोली रहन्छ  घोंच्छ च्यास्स, छोरो क्यमोफ्लास  लगाई जंगमा बाबा सेवानिवृत्त  सैनीक लाठीचार्जमा अनि परिवार विचरा  लघु सख्यामा मुकमा कोरोनाले माक्स  लाउन आज लगायो तर हाम्रो अधिकारमाथि  त् माक्स,,, लगाईएको कति वर्ष वित्यो, विश्वासका कोशिकाहरू प्याचै,,,,प्याचै,,, कति फुटे कति प्रेमालापहरू कति चोटी पारपाचुकेको  कगारमा ठिङ्ग खड़ा! कति ठुलो गनतन्त्रको  कति सानो चित्त गृह मन्त्रालयले  पस्केको खोराक सुपाच्य आजसम्म  छैन यो मेरो ठाँउलाई दुई पात एक सुईरो  सधै छ हरियो सानो रेल लढ़दै - पढ़दै  गन्तव्य ताक्छ बिजुली उत्पादन  पहिलो तर वर्तमान ईतिहास भुली  अरूठाँउ उज्यालो। कोरोना र ईपिका  प्राकृतिक बारीमा मजदुरी बोनस  कहाँ हो कता हो, लौ अण्डा जस्तो  पहाड़की रानी तर तिमी फुट्छौ प्याच्चै  कति चोटी,,,चोटी तर भोटको गन्ति  लगाई पस्कन्छौ आधा पेट

Sisters

Image
Sisters are always friend But who is elder  that's a frequent question ? She want's to be  younger always Whatever may  be her age? But always it's  a fun for us! When we are in peace  we discuss  many things and  Still we fight  for small thing. But in the  time of emergency Or in urgent  situation we always Miss the third one  for final decession. You know she is  the youngest one. She is good in explaining  present and past Guide us in  diffiuclt situation. I know after  going through it She will smile  a bit and comment that she is  the ealder one. In decession making  and youngest. According to birth  ..so inthis way We always miss  each other And the one who  is peeping us  from behind She is queen bee  friend of us And always  happy with us  Whatever mey  be the situation. That Is why we are  four always not three.

बोनस

Image
बोनस त त्यो हरियो पत्ति, चोर औंला र  बुड़ी औंलाको खेल हो पेटको यात्रामा थप सुख यो। झट्टारोले निभ्दैन आगो पेटको सुत्र अलग्गै छ हजुर! ति मुनाहरूसितको माया हो हाम्रा पुर्खाको आस्थाको यात्रा हो । स्लिम टि, ओलोङ टि, मिक्स टि भन्दै नाम दिदैं स्वाद लिदा बिचारा यी कर्मिहरू रूझेको तिमीले कहाँ देख्छौ र? कति निष्ठुरी छ तिम्रो तन्त्र भोको पेट खटेको देख्दा कहाँ राखी आँउछौ मानवता जब बस्छौ घुमाउने मेजमा! कलम किन लरखड़ाउछ ? तिम्रा शब्द लहरहरू टिपेर किन बीसले स्थान पाएन प्रश्न छ दशैंमा पौरखी हातको??

केही खोज्न मन लाग्छ

Image
कहिल कहिले भिड़ भाड़ जमघटवाट यसरी  टाड़ीन मन लाग्छ यी बाटाहरू झै  शुनसान पहरमा केही घोरीन मन लाग्छ कसैले साथ दिउन न दिउन लक्ष्य तिरै लम्किन मन लाग्छ वर्तमान र ईतिहास  केलाई सकेपछि फेरी एक चोटी मनन  गर्न मन लाग्छ युद्ध घढ़ीमा हाम्रो  देशमा गुणगान हुन्छ कति लड़ाकु कौम  मनन गर्न मन लाग्छ यी शान्त  सरड़कहरूमा ईच्छा हाम्रो पिल्सीएको  चिन्तन गर्न मन लाग्छ विर गोर्खा जस्तो शब्दलाई टुकड़ा- टुकरा गरी  फ्याक्न खोज्दा ती आतङ्कवादीहरूलाई  लखेटेको सोँच्न मन लाग्छ बर्दीलाई मात्र होईन !  मलाई माया गर नत्र विरका सन्तान  एकान्त सड़कमा अलमलिए साना साना पासहरूमा  बिलाउन लागे ती विरताको आवाज  धमिलो हुनसक्छ यसरी सुनसान  सड़कमा आफ्नो परिवारको विर्ता खोज्न परे  विर पुजाको अपमान हुनेछ! त्यसैले आज मलाई  यी शुनसान सड़कमा आफ्नो गन्तव्य  खोज्न मन लाग्छ!!

सरकारी कलेज दार्जीलिङ्गको सम्झना (2.10.2019)

Image
2.10.19 प्रायः 30-32वर्षपछि आफु पढ़ेको कलेजको अडिटोरियममा बस्न पाँउदा एक प्रकारको न्यानो अनुभव भयो। सरकारी कलेजमा त्यस समय हल कति ठूलो लाग्थ्यो, आज सानो लाग्यो, वास्तवमा हामी ठूला बड़ा भई सकेछौ। के के परिवर्तन भएछ त यतिका वर्षमा भनि सबै तिर हेर्यौ।रंग परिवर्तन भएछ कलेजका भित्ताहरूको तर कमन रूम छेउँ पानी तप तप चुने बिमारी अझ रहेछ। काठका सिड़ीहरू जस्ताको तेस्तै रहेछन। अलिकता बाहिरको बाटो परिवर्तन भएछ तर जे होस कविर बस्नेत भाई र पवित्रज्युले हामीलाई बड़ो रमाईला पलहरू प्रदान गरे।आफ्नो कृति प्रकाशमा ल्याउन साथै पवित्रज्यु र समुहको धमारी फ्युजन, कविता वाचन समिक्षा आदि कार्यक्रमले हामीलाई आनन्द विभोर गरायो।बधाईका पात्रा हुन दुवै।पुस्तक पढ़ने छु अनि अझ कुरो राखौंला। मलाई फेसबुकमा पढ़ने पाठकहरू पनि पाँए खुशी लाग्यो। गण्य मान्य व्यक्तीत्वहरूसित धेरै वर्षपछि भेट घाट भयो। बिचन्द्र सरले आफ्नो पुस्तक भेट गर्नु भयो। त्यसै समय विन्द्या दिदी बोल्नु हुदै थियो, सर यहाँ आफ्नो हस्ताक्षर गरिदिनुहोस न भनेको वहाँ बोलेको सुन पहिले भन्नु भयो। सोध कर्ता एउटी विद्यार्थीको अध्ययन र अनुभव रोचक थियो। तर