Posts

Showing posts from September, 2021

दशै आयो

Image
हामी ॠतुसितै रमाउने गरौं छुट्टी छ केही सर सल्लाह मिलाउँ लुगा फाटा घाममा सुकाउँ लौ घुम्न जाउ दार्जीलिङ दशैं आयो । बाटाका पैरोहरू सोरीसके होला भित्ताका घाँस फुस काटी सफाई कर्मीले चिरी च्याटै पारे लौ घुम्न जाउँ दार्जीलिङ दशैं आयो। सारंगी गाईने चौरस्ताको उकालोमा हिमालको फोटो दास स्टुडियोमा घोड़ सवारी चौरस्तामा लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो। उसलाई बोलाएको छु प्रेमआलाप गरौला माल रोडमा साझ बत्तीको झिलमिल सरबरीमा लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो।   सिङ्गड़ा मिठाई नारायन दाशको भुजा चिप्स मिठो चौकको केक र चकलेट गिलिनेरीजको लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो। माहाकाल मन्दिर जाउला माताको आराधना गरि गुलाब टिप्न ओह्रालो लागौला लौ घुम्न जाउँ बोटानिकल गार्डन दशैं आयो। तेन्जिङलाई सम्झी कनञ्चनजङ्गातिर लागौं बरचिल र हिमालयन माउण्टटेनिङ  लौ घुम्न जाउँ राज भवन दशै आयो। अग्रेजका घोड़ादौड़ लेबोङमा हेरन देख्छ नी मालरोडबाट विसौनिमा बसी  चुस्की चियाको लौ घुम्न जाउ, छाड़ेको मुटु छाम्न दशै आयो।

अग्रेजी कविता

Image

साङरिला सिलगढ़ी(भानुभक्त समिति)

Image
जौं साङरिला बुक ईण्डिया! आजको शनिबार सिलगढ़ीमा हामी कति व्यस्त थियौं एकातिर "शब्द समय" शुसन गुरूङ साथीको दावत, निता तामङ साथीलाई माईतको रमझम देखाउनु थियो, साथै सिलगढ़ीको जाम र गर्मी जुलुम थियो। त्यसै माथि शब्द समयमा आज लोड सेडिङ दिवस परेछ। तरै पनि शब्द समयलाई केही अशर परेन,कार्यक्रम  यथावत रोचक भयो।  त्यसपछि निता साथीलाई लिएर,शुसन साथीलाई विदा दिएर टोटो सवारी शुरू भयो।विस्तारै समयमा नै साङरिला बुक ईण्डिया आई पुग्यौ बीर जवान चौक, भानुभक्त समितिको पहिलो तल्लामा। आहा त्यहा लाईट पंखा र चियाले केही समय थकान मार्यौ। नयाँ नयाँ पुस्तक हेर्न सुमसुमाउन र पढ़न पाउदा आनन्द विभोर भयौ।  प्रणय गुरूङ भाईको गीत र अर्का भाईको गीटारले साझ रमाईलो भयो। केही प्रश्नोत्तर मनोज भो, भाई अनि राजा पु, भाईसित राखें,कारण केही जिज्ञाशा थियो मनमा।   धेरै नकारात्मक कार्यले मन अमिलो पार्छ भने, केही सकारात्मक कार्य हाम्रा अनुजहरूले गरेकोदेखि मन प्रशन्न भयो। भुपीशेरचन्द शाक्षि छन दुवार अञ्चलको कलाकारिता। हामी पनि फोटोमा यस्तो दृश्यलाई कैद नगरी सकेनौ। मनोज भाईसित निकै बातचित भयो।वहाँहरूले यो पुस्तक पशलल...

गन्तव्य

Image
बाटो जति नै लामो भए पनि  गन्तव्य निरधारित छ, अलमलिनेहरू स्वार्थी हुन तर तर तिमीलाई कसले रोक्छ जबसम्म सफल हुन्नौ नयाँ बाटो अपनाउदै अघी बड़ जो बाटामा छोड़ीये उसको सोच त्यतिसम्म छ बुझ तिम्रो सोचलाई अघी बढ़ाउ जो आफ्नो समुहमा बस्न रूचाउदैनन उ कदाचित नेता होईन क्रेता र विक्रेता ब्यपारी हुन निच व्यवसाय जातिको आकाक्षा विक्रेता हो चौकी पाउदाँ न्याय गर्छु भन्छ नपाउदा जनताको साथ चाहिन्छ विश्वको साथ चाहिन्छ तर सात पाएपछि आफ्नो चरित्र देखाउछ मन अमिलो पार्छ जनता रूवाउछ राजनितमा आफ्नो पराय चिनिन्न तसर्थ हाम्रो आकांक्षा पुर्न गर्न राजनित नै गर्न पर्ने भो यो विशाल देशमा कमिलाको गोलो,मौरीको गोलो भई अघी बड़न पर्ने थियो तर भ्यागुतो भयौ सानो कुवाँको ,एकलै एकलै टर टर गर्यौ जोरले उफ्रेर कुँवामै हाम फाल्यौ तर म त मेरै अघिपछि हेर्दै छु नियाल्दै छु तिम्रो खोक्रो पनलाई शरमले चुर्लुम्म भै फेरी प्राथना गर्दैछु ईश्वर मेरो जातिमा फेरी दुर्गा मल्ल जन्माउ भनि फेरी शुभाष चन्द्र नै जन्माउ भनि दुर्गामल्लले प्राथना गरेका थिए जाति जगाउने म प्राथना गर्छु नेता जगाउने! अपसोस फेरि तिमी टेबलमा हार्न ...

अग्रेजी कविता

Image

आपनी साधारण मानुस नन!

Image
आज  एउटा स्कन मन्दिरका पण्डित बंगाली भाषी आएर यो फोटो हेरेर त्यसो भने। मैले सोंचे किन यो फोटो हेरी यसो भने भन्ने प्रश्न मनमा आयो अनि अलि धमिलीनु लागेछ र यसलाई शुरक्षित गरौ भन्ने सोंचे अनि ती ईतिहास पनि सेयर गरी राखौ भोली कसैलाई काम आउला। यो एउटा ईतिहास बोकेको फोटो फेरी धुमिल हुन लागेछ र यहाँ साझा गरें किन भने मार्क जुकरबकको यो एलबममा धेरै स्थान र सुरक्षा कवज पनि छ। यहाँ धेरै हस्तिहरू जसले समाज सुधारको निम्ति योगदान दिए अनि परम धाम गमन गरिसकेका छन। धेरै आज ओछ्यान परिसकेका छन भने धेरैले अझ समाज सेवा जारि राखेका छन। 17. 9.2004 को कुरो हो। भूगोल श्रेणी एघार बाह्रको निम्ति लेखिएको  पुस्तक थियो। भव्यताका साथ विमोचन भएको हो। नेपाली पाठ्य पुस्तकको सेण्डिगेट बनाउने हाम्रो परिकल्पना थियो तर कांश चिनारीको ज्वरोले घुमाएर आजसम्म यस्ता अहम कामहरू थांतिमा नै रहन गयो। अभाव कहाँ छैन र चारैतिर छ। साहित्य ठेलीका ठेली लेखिदैं छन। स्कूल सबै भटा भट अग्रेजी माध्यम गर्न बाध्य छौ नत्र बन्द गर्नु पर्ने हुन्छ।तर पनि यस पुस्तक प्रकासन हेतु लक्षिणकी लक्ष्मी कै बाहुलीबाट भएकोले पुर्ण आशिरवादका ...

अनेसास विश्व महिला समुह

Image

अग्रेजी कविता

Image

हाम्रो संसार

Image
हाम्रो संसार हाम्रो ससांरमा आज खड़ेरी परेको छ यो रम झम झरीमा माया र एकता वगेको छ हुने काम भन्दा धेर स्वार्थ निजी लुकेको छ वाध्यता छ जनतालाई नेताहरू विकेको छ चियाबारीमा मालिक व्यपारी रग रगी चलखेलमा छ श्रमिकलाई वजारै अधेरो दशैंको नाना नपुगे कै छ विद्यालयमा प्रधान अध्यापक  नभयेनी चलेकै छ गाड़ी हाक्न पाए बाटोको के वास्ता  टोल तिर्न नी पैसा पुगेकै छ कुरा ठुलो ठुलो हांकछन राज्यको महाविद्यालय ल्याउन बर्षौ लाग्यो अर्थ न बर्थ लेक्चर छाटछन केन्द्र कै ताक्छु भन्छन खै त् जावो पेय जलको परिवन्द शितोशन मरूभुमि वनिसक्दा गाग्री र खाली जेरकीन ओराह्लो गुढ़दा नदी उल्टै उर्लाउ छु भन्छन एम पी वनाये मत्री पनि बनाये यै दार्जीलिङ्ग सिटले अझ पनि मुद्दालाई बिचारै गर्छु भन्छन हाम्रो एउटा भाको भाग खोसे कै छ आतंकीले कश्मिरमा वन्दुकले तर्साउछ दार्जीलिङ्गमा शित वम पढ़काउछ पुर्वमा भाग्ने भगाउने खेल देखाउछ  तरै पनि पर्वमा छिटको साड़ी मखमली चोली नाचेकै छ!!

हराएछ

Image
अहो! सबै खुलिएछ तर एकता हराएछ पुजा मण्डप हेरन सजिएछ तर आस्था हराएछ अहो जीवन सजिलो पो भयो की भने तर अझ सारो गाँठो परेछ जीवनको आकंक्षा भन्दा धेर बाध्यता पो भएछ क्यार होसै हराएछ हो ताल मेल नमिलेको आदेश स्वीकारेर अब परिवार उसले विस्थापित गर्ने भएछ त्यो हल्लिएको मेजमा कालो चस्मा लगाई उ बस्न लागेछ त्यै मेजमा बसी गुरूले पैसा कमाएकोदेखि त्यै मन्त्रले सरिरमा काँड़ा बिछाएछ थुक्क नेता हो यसरी एका एक गर्दै विकाश र अस्मितालाई टुक्रा टुक्रा पारी सत्य अब दार्जिलीङ्गबाट हराएछ घरमा गाड़ी र परिवारमा धोकाले कमाएको धन भा पुग्ने परिभाषा सिकाएछ नैतिकता र ईमानदारिता यहाँको परिवेशबाट हराएछ नी अब तर   म न दशैको शुभकामना दिन सक्छु मित्र  उड़ान भर्न अघी एउटा पखेटो काटिएको नाङ्गो लज्जित भएको आफैलाई देख्छु अरूलाई दोष्याई रहे जातिको गुणगान गाएँ तर टेबलमा नेता विकेको पाएँ अनिता एकता हराएको पाँए

समिक्षा संगरोध

Image

युगेन्द्र क्षेत्री अन्तरार्ष्ट्रिय पुरस्कार

Image

लक्ष्मीकान्त राष्ट्रिय अनुबाद पुरष्कार

Image

अग्रेजीमा अनुबाद कविता

Image

ईच्छा

Image
ईच्छा बालकुनीमा बसी मयकंलाई याद गरें  सम्झनाले झस्कायो तिमी तिर फर्केर हेरें तिमीलाई आलिङ्गमा केही छन राखौ की भन्दै उ सित साउती गरें बादलले छेक्नै लाग्यो उ कराउन लाग्यो छिटो गर यो गोधुलीमा भन्दै उसले मलाई ईसारा गर्यो परी झै आफ्नो उढ़ान भरेको मात्र के थिएँ यो जाबो सिसी क्यामेराले सेल्फी लिएर सुन्दरता बया गरि हाल्यो हाम्रो प्रेमको कथा लेखौं भन्नलाग्यो हो! धेरै भा थ्यो यो प्रेम अधुरै थियो तिमीसित बालकुनीमा बसी शितल पवन झै स्पर्श नगरेको अरूले देख्ला की भनी अंधेरीमा तिमीलाई चियाएको वृक्ष पछिलतिर बसी तिम्रो थकान मेटाएको तर पापी समाजका केमेरामा कैद भै गयो यो अमर कहानी कसरी धर्ती र आकाश माझको दुरत्व एक फड़को नाघि आयौ प्रिये! कालो रात्रीमा उजेली छर्दा तिम्रो बाईपंखी मन लौ सम्हाल मलाई लौ पुर्णीमाको सुन्दरता प्रिये तिमी सम्हाल  प्रेम तिमी सम्हाल।,❣❣❣ photo taken  at 7.30 pm .from  kalkut

अग्रेजी अनुदित कविता

Image

Darjeeling

Image

हो एउटा संस्था पच्चीस वर्षसम्म सुचारोरूपले सिलगढ़ीको मुटु गुरूङ बस्ती/नगरमा चलाउन सक्नु लरथरो कुरो होईन। आज भरखरै आएर बसोबास गर्ने नागरिकलाई बजारको भिड़मा हाम्रो जनसंख्या कम देखदा हामी हराई सकेछौ जस्तो लागेता पनि यस्ता ईतिहास बोकेका स्मारिकाले हाम्रो उत्सव र चिनारी बोकेको फूलपाती , सप्तमी समारोहले रजत जयन्ती मनाएको देखेपछि थाहा हुन्छ हामी कहाँ अनि कसरी हाम्रो ईतिहास लेख्दैछौ।अति सराहनिय कार्य सस्थाका सदस्यहरूले गरेका छन।त्यसैको साक्षिहुन पाईयो आज। मलाई महालय नै अघी सरेर आए झै लाग्यो। घरमा गई पन्ना पल्टाई हेर , लेखकहरूले पढ़दैनन भन्ने कुरालाई ध्यानमा राखी मैले पढ़े ,अमृत छेत्री सरले लेख्नु भएको ईतिहासले मन छोयो।कृष्णलामाज्युको अग्रेजीको लेखले अथक परिश्रम त्यहा झल्कीयो।आज अचानक डा' हर्क बहादु दाईलाई पनि यस कार्यक्रममा भेट्न र धेरै दिनपछि सुन्न पाईयो। 'पुतली झै हामी उड़ेकोजस्तो लाग्योझरेको पात झै हुरीलेसबैलाई संगेटे झै लाग्यो' त्यस्तै त्यस्तै आभास भयो।म पनि 'ए मिलर एण्ड हिज डङ्की'को कथादेखि प्रभावित छु उदाहरण दिने गर्छु। त्यस्तै वहाँको उदाहर्णहरू पनि रोचक लाग्यो।छ वटा कविता, एउटा लघु कथाले कार्यक्रम रोचक बनायो।समग्रमा भन्नु पर्दा कातिक प्रधान भाईको महेमान नबजीले वहाँको एलबमको गीत आमाको खुबै याद आयो माईत घरै पुगेजस्तो मिठो भोजनले आत्मा तृप्ति भयो।तल्लो तलामा उतरेपछि सागंरिला पुस्तक भण्डार राम्रो सुन्दर ढाचामा सजाएको बसौ बसौ लाग्यो। हरिभक्त कटवालजीलाई आईडल बनाई सजाएका रहेछन।संगीत र लेखनको सम्बन्ध झुण्डाईएको रहेछ।मनै मानेन निलामनि गुरूमासित बसेर रातो चियाको सिप लिदै राजा पुन्यानीज्युसित धेरै कुरोको चर्चा परिचर्चा भयो। हो हामी कवितामा सिलगढ़ीलाई आधुनिक बनाउबङ्गला हिन्दी अग्रेजी र नेपालीको यहाँ संगम सजाऔंनाटक र संगीतलेयसलाई सजाऔंसिलगढ़ीलाईरमाईलोबनाऔं।यस्तै यस्तै कुरोले रोचक बनायो कार्यक्रम। घाम सातोड़ा लागे झै घमाईलो भए पनि सांगरीलाको रातो चियाले तापमानलाई सन्तुलित तुल्यायो। समग्रमा भन्न पर्दा कार्यक्रम रोचक थियो। भानुभक्त समितीलाई धन्यबाद तथा बधाई, अझ उत्तोरोतर प्रगति होस।हाम्रो अस्तित्वको संघर्षमा यस्ता दस्तावेजहरू करगर सावित हुन।

Image
2018 भानुभक्त समिति- रजत जयन्ती

सौभाग्य

Image
मलाई नसुनाउ तिम्रा व्यथाहरू म आफैमा व्यथित भएको बेला मलाई पर सारी नगिज्याउ यहाँ म आफै आफमा हराएको बेला। सुन्दर बघैचाँमा फालेको  कथा नसुनाउ मलाई  म रोएको  बेला प्रेमलाई बलात्कारमा बदली यहाँ भुल कसको, जिवन रोएको बेला।  हेरन् लह -लह छ जीवन उसको अनुहार नमिल्छ  उसको यो बेला  यशोधा भईछ बांझो  कोख यहाँ नभन फालिएको, उ हाँसेको बेला। सत्य तितो होला ,सुने उसको  कथा नसुनाउ उसलाई दुःख लुकेको बेला समाजलाई पर सारी नगिज्याउ यहाँ संसकार आफै आफ हराएको बेला ।

Earthquake

Image

सर्जकहरू

Image
कहिले काँही  सर्जकहरूलाई देख्दा वहाँहरूको फिल्टर भएर आएको  मनोबल देख्दा आश्चर्य लाग्न लागेछ! हो त दाईत्य बोध  र  साँप -सिँड़ीको खेलमा म कहिले आफुलाई तल पुगेको देख्छु भने कहिले काँही भर्याङ  चड़दै माथि पुगेको पाउछु! दोष कसैलाई दिन भन्दा पहिले कोट्याउदैछु मैले चालेका दुई पाईला कतै उनलाई घोँचने सुईरो त बनेनन् कतै! जे होस गृष्म या शितलमा मैले पाईला चाल्न छाड़ेकी छैन् भन्छ उ, गोटी चल्न छाढ़े छैन उ, यो होड़को बजारमा पाठकहरूसित  तालमा- तालमिलाई उ अघी नै बड़ने कोशिशमा छ,  खेल न हो , यो जिवन घड़ीको पेण्डुलम जस्तो रहेछ त्यहाँ यसले समय देखाउँदै मलाई हल्लि रहेको छ भने म पनि कहिले तल त कहिले माथि यस्ता सर्जकहरूसित चाकाली चुकुलि  खेल्ने गर्छु भने अहिले साँप -सिड़ि खेलसित खेल्दै अघि बढ़ने गरि रहेको पाउछु उसलाई अनि म आफैलाई पनि अनिता पुस्तक फेरी बोल्ने गर्छ मलाई तिमी खेदछौ या बेच्छौ

सिलिकन भ्याल्ली अफ ईण्डिया

Image
आज म दिउँसो कोठा भित्र बसेर क्षेत्रिय विकाशको एउटा पाठ बाह्रलाई पढ़ाउदै थिएँ  । मन मनै विशवासका साथ भन्दै थिए,हो यहाँ ठिक लेखेको छ। कारण दुई चार दिन अघी मात्र छोरोको पदोउन्नती भएको छ। सफ्टवीएर ईञ्जीनियर ii( two) फ्लिपकाटमा। दशसम्म आईसीएसी, एघार बाह् सिवीएसी अनि ईनटरेन्श परिक्षा पास गरेर चार वर्ष ईञ्जीनियरीङको डिग्री हाँसिल गर्यो। थाहा छैन तर उ सिलिकन भ्याल्ली अफ ईण्डिया ताकी बेङलुरू नै पुग्छ भनेर।   मैले बुझे अनुसार, हाम्रो सरकारी विद्यालयमा निजी व्यवस्थामा कमप्युटर सिकाउने कार्य भई रहे थियो  शनिबार उसको छुट्टी हुदा मसित स्कुल आउने गर्थ्यो मैले पढ़ाउने सरकारी स्कुलमा अनि अरू नानीहरूसित बसेर कमप्युटरमा  के के गरि रहन्थ्यो । यस्तो उसको चाँसो देखेर मैले एउटा डेकस्टप किनी दिएँ पाँच क्लास पुग्दा अनि स्कुलमा एघार बाह्र पढ़दा पनि एउटा विषय कमप्युटर लिन लगाएँ। दोस्रो वर्ष ईञ्जिनियरीङ गर्दा नगर्दै उसले धेरै काम सिकेर आफै काम गर्न थाल्यो। पढ़न उसले तेति रूचाएन र हामी आमा छोरा माझ द्वन्द चलि रहन्थ्यो। उसले भन्ने गर्थ्यो तपाईलाई धेरै मैले पैसा कमाएको मन पर्छ या मेरो ...

दुगा चालीसा

Image
नमो नमो दुर्गे सुख दायिनी नमो नमो दुर्गे दुःख नाशिनी निरङ्कार छ ज्योति  तिम्रो तीनै  लोक    उज्यालो राम्रो ललाट मुखमा शशि विशाल नेत्र  राता   मृकुटी    भीषण मातृरूपा तिम्रो साह्रै सुहाउने दर्शन गर्ने जनले  सुख पाँउने संसारको शक्ति र भक्ति  तिमी पालन हेतु अन्न धन दिने तिमी अन्नपुर्ण पारी जग पालन गर्ने तिमी नै अति सुन्दर बाला मन हर्ने! प्रलयकालको सबै भय तिमी हर्ने तीमी नै गौरी शिवशङ्कर प्रेम गर्ने शिव योगी सबैले   गुण गाउछन ब्रह्म विष्णु  सधै  ध्यान   गर्छन रूप सरस्वतीको हौ ति मी धारा देउ सुबुद्धि ऋषि-मुनिलाई सहारा नरसिंहको रूपमा   तिमी अम्बा हेर।  प्रकट भयौ   फाड़ी खम्बा प्रह्लादलाई  रक्षा  गर्यौ   बचायौ हिरण्यकश्यपलाई  स्वर्ग पठायौ लक्ष्मीको   रूप    धरी     माते अंग   समाही      श्री    नारायने सिन्धु  सिन्धुमा  गर्छौ  विलासा अंपार दया दिन्छौ मनमा आशा हिमपर्...

कुरबानी

सहिदो की कुरबानी  यह मिट्टी के लिये है! हमारी देश के हर नागरिक की आँखे आज सहिद की परिवार प्रति नम जरूर है! पर एक एक खुन की वुन्द यह देश के लिये कुरबान है डटे रहेना मेरे भाई! आप के हौसला और  बहादुरी के लिये हर एक परिवार ईश्वर-  अल्ला से दुवा मागंते है! उन्हे  शक्ती दे!  हमारी उमर उन्हे लगे हिम्मत वुलन्द हो! भारत माँ के सपुत!  आतकंबादको  जड़ से मिटा दे तेरी गोदी मे खिले हर  फूल खुशबु मे जिये ना कि नफरत मे धर्म निरपेक्ष कि  मिसाल विश्व मे है ये मेरे वतन ! जन जन को हिलाना! वुरे नजर बाले! जनगनना कि  गिन्ती सिख आना हर एक माँ का  सपुत सिपाही है जरूरत मे माँ  ने उठाई तलवार लक्षमी वाई!  सावित्री देवी राम अर्जुन की  कथा सुन के आना गोर्खा, सिख, पञ्जावी सिन्ध, मराठा यह सब के पाठ  पड़कर आना! हमारी उङ्गली  पाँच है दो जोड़े तो दश  और नमन है! सिधी  रखे तो  भिन्न भिन्न पर मुठ्ठी  मे बधें है हम जब जब भी ,  वुरी नजर हम पे पड़े! हर एक जवान  की कुरबानी से, सिमा की लकिरे  मजबुत दिखते है सहिद की ...

कथा जस्तो भयो की?

आज म गई रहेको थिए।सबैलाई कल गरे।पुगौ है त्यहाँ भनि, तर अचानक एउटा कल आयो , म व्यस्त छु आज भने कै थिए नी! भोली अब ल? मैले हुन्छ भने। सबैलाई एक एक गरि कल गरें। उत्तर पर्खन पर्यो , रिङ लाग्न अघि भन्छ, आपका कल चालु है, बिल नहि भरें है तै सिघ्र भरिये , त्यसपछि रिङ लाग्यो, उत्तरमा-ए,,,,??किन,,???ल। अर्कोलाई लगाए, उठाएन।अर्कैलाई लगाए, अर्को नम्वरबाट मलाई कल आयो, म्याडम ! कहाँ आई पुग्न पर्ने, मैले बृतान्त सुनाए, अनि भोलि भने। त्यसपछि, म दार्जिलिङ मोढ़मा पुगे, ला हौ क्यान्सल ल? उत्तर पाए, भरे बात गर्छु फर्केको ल! त्यसपछि टोटो लिएर स्टाफसित लागे, कम्बर दुःखेर केही छैन, बाटो कति नराम्रो, धुलो, बाटाका दुई छेउ दुर्गन्ध छि;  सिलगढ़ीका बाटा छेउँ कति मैला! हाम्रो सहर कति मैला भारतमा मैला सहरहरूमा पहिलो नै आउछ क्यार! मन मन नै भने, म्यान! प्लिज लभ युबर सिटी!  छेउमा बसेकी ठिटीले गाईले घाँस चपाए झै चपाउदै थिई , प्याच्च रात्तै थुकि हाल्यो। मन मनै भने, प्लिज लब युवर हेल्थ! मुखले भनौ त! तेरेको क्या? भन्छै होला। गन्तव्यमा पुगि , भला कुशारी समवेदना दिएर घर आईयो  रिल्याक्स भएर बेडमा ढलकियो अनि ता ...

शैशव

Image
केवल दुई फुटको छ सेल्फी भन्न साथ हास्छ मोबाईल पाए क्लिक गर्छ उसको हसाईमा के के न लुकेको छ! ताता तुतु वोल्न खोज्छ यस्तो मिठो बचपन हाम्रो कहिले थियो नी त सत्य हो! तर सुन्दर पल भुल्ने कस्तो यो जीवन भुल्नु कहिले औषधि नै हो भने कहिले विसमात पनि चाहेर याद नहुने वाल्यपन तर ती पल हेर्न चाहे यस्तै हाँसोहरूमा खोज्न पर्ने डिलीट वटन लिएरै आएका हामी तर कल्पना शक्ति अभिव्यक्त गर्न सक्ने खुशीमा हास्न सक्ने दुःखमा रून सक्ने केवल मानव मात्र त्यसैले त हामी वुद्धीजीवि प्राणी अनमोल जीवनको अनमोल वाल्यपन हाँसौ अनि हँसाउ सेल्फी संगै  सबै मित्रहरूमा मुस्कान बाँटौ!

तीजको गीत

Image
रातो साड़ी हरियो चुरा हेरन राम्रो मिलेको बरा ढकने र दरैको पकवान माईत् लौ खान जावना... तीजको लहर  आयो बरीलै... निरजला शिव पार्वती पुजौन नाचौँन गावौँन    दिन काटौन हाते र मालो   सबैको   पालो हाँसखेल गरी गरौ    रमाईलो तीजको लहर  आयो बरीलै.... तिमीले साथी किन्यौ की साड़ी जानू छ माईतगाड़ी है चड़ी आउछन नी माईती लिनलाई चाँड़ै गरौला रमाईलो त्यो ढाड़ा पारी तीजको रहर ,,,, आयो बरीलै,,,,??  शुभकामना सबैमा तीजको!!,,

मिरिक तिम्रो सुन्दरता

Image
मिरीक! तिम्रो सुन्दरतामा म सदा मख्ख पर्ने गर्छु चियाका मुनाले वोलाउछन शितल लहरले पसिना पुच्छन लाउछन तिमीलाईदेखि सदा शान्त रहने ईच्छा जाग्छ हरियो वनका धनी थियौ होली चियाका मुनाले ढ़ाड़ा- काड़ा  टम्म मिलेको देखाउदा अझ शसुन्दरी देखिनछ्यौ तिमी सदा वाहर सुस्वास्थ्य छौ तिमी तर तिम्रा सन्तान भने कहिले काँही गुनाशो गर्छन तिम्रा जराहरू अव वुड़ो भयो रे गाई वैली भई सक्दा पनि मुर्खले दुध दुए जस्तो मात्र हुन्छ यदी तिमले पालुवा नफेरे फेरी एक चोटी नयाँ विरुवा नलाए! तर म रैथाने भएर मख्ख छु भने ती पर्यटकहरू रमाएको देखें मैले श्रमिक पनि त्यसरी खुशी होउन सँन्चो छ छैन मुनाले सोधदैन कहिले सदा हत्या गर्छौ दुई पात एक सुईरोको तर गान्धीका चित्र भएका कागजका नोट देशमा छर्चौ देश र मालिक धनी बनाउछौ व्यपार वड़ाई देश विदेश मगमगाउ छौ! वस समस्या छ त वोनस र श्रमीकको श्रमलाई भोकले मार्ने देशमा मुद्रा सदा छर्ने मलिकको ढ़िकुटी भर्ने श्रमलाई निम्बु झै निचोर्ने कहिले यसको दिन फर्कने?? तर म मक्ख छु  तिम्रो स्वच्छता देखेर!

किन 15.9.19

Image
किन??         किन तिमी मलाई रोएको  मात्र हेर्न चाहान्छौ? किन तिमी मलाई  माँगेको  मात्र हेर्न चाहानछौ? तिरगां ओड़ेर आउदा  आमाले  केही मागिनन् न नै छोरो गुमाएँ भनि  अशन्तुष्टी नै जनाईन। यति चाँड़ो भुल्यौ  भोटमा मस्त भै भाषणमा मायाका कुरो तातो  चुस्कीसित कहिले गरेनौ मलाई सधै माँग्ने नै  बनायौ नी तिमीले किन ? माया त धेर मैले पनि  तिमीलाई गर्या झै लाग्छ  ।  सधै हाँसेको देख्छौ,  नाँचेको देख्छौ,मस्तमौला तर भुर्लुक्क गुन्द्रुकमा  घरी घरी पानी उमाल्छु नानी पढ़ाउन गुर्दासम्म  बेच्ने गर्छु तर निराश छैन दुःख यतिमात्र छ सदा  माग्नु पर्ने चरण धुली म। हिम्मत हारेको छुईन  छुट्टा छुट्टै समय हो एकताको मन्त्र मन मनै  छ खुनको साईनो हो नी एकदिन म पनि किन  दिने बन्न नसकौंला र! तिमी माँग्न आउने छौ  यो विर्ताको लाग्ने खुखुरी।।

एउटा साहित्यकारको मृत्युमा मेरो विरोधाभाष 15.9.21

तिम्रो मृत्युले मलाई  नछोएको होईन तर तिम्रो कालो कर्तुत मौनता भित्र दफन थियो भुल्न सकिन। दुई थुङ्गा फुल श्रद्धाको दुई शब्द ऊँ शान्तीको यी शब्दहरू चड़ाउनै सकिन  बाला पनको पिढ़ा आलो भो। तिमी  साहित्यको आदर्श हौ तर सबैसित एक नाशे सम्बन्ध कँहा हुदोरहेछ र जीवनमा र आज  मौन छु। अध्यारोको फाईदा लिन खोज्ने एउटा चप्पल हातमा लिएर भाग्न वाध्य गराउने मानसिक कष्ट दिने। एउटा मानिसको अवगुणले शिशु ह्रदयलाई कष्ट दिने प्रवृत्ति तिम्रो मानसिकता त्यसैले शव यात्रामा मौन छु । आज जान्द छु दैवसित पारपाचुके छैन मानसिकतासित विरोधाभाष कालोदिन तिमीसितै दफन होस त्यसैले आज यो मौनताको होहल्ला । 🙉🙊🙈

कस्तुरी

Image
सिगरेटका ठुट्टा सरह  तिमीलाई लत्ताएँ खाली वोतल सहर घुईकाई पठाएँ भित्तामा गुटका खाई थुकेको घिनलाग्दो भित्ता जस्तो बनाएँ दिन रात गनाउने सौचालय झै दुरगन्ध सम्झे, कार्खानाको कालो धुवामा झै नाक बन्द गरी हिड़े किन आखिर किन र? कारण तिमी भित्रको तिम्रै शत्रुलाई गाली गर्नु थियो तिमीलाई त्यो दलदलबाट निकाल्नु थियो तिम्रो शुभाष छर्नु थियो तिमी भित्रको कस्तुरी जगाउनु थियो तिम्रो परिश्रम र गुण केलाउनु थियो तिम्रो परिवर्तनशिल उर्जालाई संसारमा प्रयोगमा ल्याउनु थियो जीवन वचाउनु र सजाउनु थियो! तिम्रो मुखमा धुवा विश वन्छ वोतल चकनाचु भए वाटो छेक्छ भित्ताका रगँ एकैनास सुन्दर दुरगन्धले विमारी निम्त्याउछ कारखानाका धुवाले सहर ग्रस्त पार्नु विकाश होईन नी! तर सबै आवस्यक छन, आफैलाई हेर! प्रकृतिले शुभाष र दुर्गन्ध छुट्याउछ राम्रो नराम्रो छुट्याउछ भने तिमी किन सन्तुलनलाई मान्न छाढ़ी साक्यौ? त्यसैले त् म तिमीलाई च्वाट्ट लत्याउन चाहान्छु मन न परे नाक वन्द गर्छु आँखा चिम्लन्छु, निधार खुम्चाउछु अनिता पलायन हुन्छु

Teacher's

Image
Teacher's Day Some years ago, What I learnt, now I am sharing it with someone else. Tomorrow again, I might share it someone else. It is possible that, He or she might be your  family member or someone own. After some years, it might happen whom I shared the knowledge, He will smile happily. To whom, I scolded, would be angry, And hide himself from me. Some wanted to be like me, would stand besides me. Who  will excel me, will always find me supporting. I too, on my Gurus, had  faith and hopes  That's why, today they call me, "Lady Latika" I remember, Ganesh Sir,( Thulo Guruama) Principal Ma'am,(Sano Guruma) Asst.Ma'am. Remembering all Gurus, I bow down. Also to Religiou's Gurus, I bow down. Students now become Masters Remembering Devkumar, Like this,with time I wish to share the knowledge with many more.

पड़के चालिसे!

Image
अहो! हास्य नै फुटेन किन हो !  ट्याकै जुटेन यस उमेरमा अमीलो च्वाट्ट वेहुली भित्र्याउ स्वाट्ट..... त् कहिले पो हुन्थ्यो र हजुर.. चेप्टा नेप्टा परिस्थिती..... विती गो बा अब बितीगो नगर न् लोब लब भन्या होईन  .. लोब...लो..ब....भन्या अर्का की छोरी हेर्ने दिन गो बुहारी ईन गर्ने बेला भो.... पड़के ! ह्यानसम त् छस नी़... समाजको सुईरोले च्वास्स पार्ला हिमालमा लेक लाग्ला मधेसमा प्रेम पसिना झै तर् तर् ललाटबाट बग्ला आफैलाई सम्हाल ठिटा! नत्र पाउला समस्याको विट्टै विट्टा! अहो! ट्यक्कै जुटेन हासोँ भने फुटदै फुटेन!n

उड़ान स्थगित एउटा विन्दुमा

Image
उड़ान भर्न लाग्छु तर सिमानाले रोक्छ उड़ान भर्न लाग्छु तर विसमताको भुवरीले छेक्छ  विडम्बनाका पोकाहरू धेर गाँठो परि बसेका छन मनमा आङ तानिहेर्छु आशाका किरणतिर स्वच्छ विचार बोल्ला कि भनी उसको भरिएको झोली देखाउदै चै चै चै गरे जस्तो मात्रलाग्छ जहर पिलाई मलाई मदहोस बनाई खिल्ली उड़ाए जस्तो लाग्छ त्यो दन दन जलेको कलेजा भित्र पाकेको घाउ कोट्याई कोट्याई मेरो लाशको रगत चाटे झै लाग्छ त्यसैले उड़ान भर्न लाग्दा तुफान आई निमट्यान्नै पारे जस्तो लाग्छ तब बलवान राजनितले दन दन सलकिएको चौकी हेर्छ अनिता घरका गन्दे झार उखेल्न खोज्छ तब विवसताको घेरोमा तुफान आई मेरा आकांक्षा उड़ाउन लागे झै लाग्छ नबोल्ने हिदायत छ शुरक्षा कवज बोल्यो भने चार दिवार भित्रको परतन्त्र बोल्छ उफ यी बाद्यताका जंजिरले जकड़ी राख्या जस्तो लाग्न लाग्छ उड़ान दिशाहिन भई उत्तर तर्फलाग्छ उत्तरकाहरू टुक्रा- टुक्रा भई दक्षिन तिर लाग्दा सन्देह मनमा लाग्छ के म जिउँदै छु त्यसैले तुफानमा म उड़ान भर्छु सिमाक॔न चित्र भित्र कुच्ची र रंग भारत भुमिको मानचित्रमा उसलाई म सदा छिमेकी राज्य देख्छु  जब जब पनि म उड़ान भर्ने गर्छु मधेशबाट हिम...

पगला झोढ़ा

Image
यो झोड़ाको नाम यहाँका बच्चा बच्चाले जान्द छन! यो पागल छ! आफ्नो गर्वमा कोईला टाउकोमा पैरो राख्छ त्यसैले वर्षातमा पागल हुन्छ न शिर बचाउन सक्छ न नै जरा थाम्न सक्छ यसको अर्को नाम लक्ष्मि झोड़ा, कतिको माम र बास यसले पाल्छ कारण यो दार्जिलिङ्गको जिवन रेखा माझमा छ अरसठ देखि सुनेको यो पैरो जान्छ भनि तर कोईला पिट धुलोले कतिको चुला चौका जल्छ। यो पैरोले मेरो मनमा डड़ेलो लागि रह्न्छ, एउटा यहाँ  साँघु हुन पर्ने ईञ्जिनियर नजन्मेको हो या त प्लानर नभएको हो क्वाटनेरी र क्युनेरीको  अभाव सदा छ बिचारा, बिगत सम्झन्छु, यसलाई आजसम्म के के गरि पर्यटन स्थल बनाउथे होला शिला पत्थर ह्रास हुनबाट बचाउथे होलान ,,, निष्ठुरी माया फर्केर यतातिर कहिले हेरेनौ! बिकल्प भन्ने कहिले सोचेनौं त्यसैले उठाउ पोखाउ नामैत पगला झोड़ा म पनि यसको गहिराई लमाई उचाई नाप्न कहिले कहिले जाने गर्छु आफु त प्रकृतिसित बातै गर्न मात्र जान्दछु लण्डन र स्कटल्याण्डका पुलहरू हेरेपछित् टक्क एउटा उठाएर यहाँ  राख्न पाए हुनेथियो भन्दै एक चोटी  चिच्याई हेरे मेरो आवाज म तिरै प्रतिध्वनित भयो केवल बालु कंकड़हरू एक दुईवटा फेरी च...

कविता लेख्छौ आज!

Image
कविता लेख्छौ आज!                       आज अचानक एउटा                        कविता चन्द्र भै सामुने आई                           ठिङ्ग उभियो,,,,,,                          खै खै भन्दै म छेउमा गई बसे                            एउटा मुस्कान  मेरै अघी                          छक्क परेर मलाई हेरी रहेथ्यो                       गाढ़ीको ध्यार ध्यार आवाजले                     बोली अलि नबुझे पनि                 तर मधुर मुस्कानले        ...

चन्द्र यान

कति चावले हामी चन्द्र तिमी तिर फर्की हेरिरर्ह्यौ तिमीलाई धरतिमा उतार्ने ईच्छा, थाहा छ तिमी सदा लुकामारि खेल्छौ हामीसित शितल भै हाँस्छौ अनि हँसाउछौ यो हृदयलाई  शान्त तुल्याउछौ तर तिम्रो हृदय चिर्न एउटा मायाको चिन्ह पठाएका हामीले निष्ठुरी कसरी लुकायौ हामीले चालै नपाई कहाँ ढाकी राखेका छौ? तिम्रो माया निष्ठुरी तिम्रो छाया निष्ठुरी भो ! नखरा नगर आज हेर्दीन तिमीलाई बर्षौ मेरो मन चोर्यौ कति माया गरें  दिनरात टेलेसकोप लगाई तिम्रो सुन्दरता नेत्र तिप्ति गर्दै बसे कति दुरी तय गरी प्रेम पत्र तिमीलाई सेल्फी तिम्रो पाउन्, ईसरोको सहारा लिएर  मेरो मुटु पठाए, चिरेर पठाउ या सेल्फी तिमी तिर हेरी बसेको.... कुरी रहेछु प्रेम पाउन् केही त बोल प्रिये! मेरो हृदयको धढ़कन सुनी देउ, मेरो निन्द्रा नयनमा फर्काई देउ केही तस्विर तिम्रो मलाई पठाउने गर सम्पर्क कायम गरी प्रेम सफलताको शंकघोष गरिदेउ प्रिये!

शिकक्षक दिवस 2020_ 21

धेरै ससाना आँखाहरूले मलाई टोलाएर हेरिरहे छन कहिले हुने हो भन्दै मित्र मिलन कहिले जरदाको क्यान्टिनमा दुई रूपयाँ खर्चौ भन्दो हो! हो सुईटीको मिठाई बौधिको चिया र सुजी विसकिट खान नपाएको धेरै दिन भो हो यो घर बन्दीले भरचुवल सपना सरह शिक्षा धेर भो। फोन नल्याउनु स्कूलमा भनेको झल -झल याद छ गुरूले, आज तेहि फोन खोदाल भन्छ कोरोनाले घुमे घुमेई गर्छ शिक्षा पुवर नेटले अम्वानीको फ्रि जीयोको आशामा छ गाँउमा। मोदिजी की मनकी बात डिजिटल भारतमा छ धेरै काम काज न छ टावर गाँउमा न नै नेट स्मार्ट फोनको छ धेर दाम बन्द छ बाबा- आमाको काम। शिक्षक उमेर पुगेका धेरै  क्म्युटर  एनरोईडको छैन उनलाई ज्ञान अब लाउदैछन अनलाईनमा ध्यान ईबुक,दिक्षा ,ईपाठशालामा लाए मन शिक्षकले पाउदा रहेछन मान र धन । यी सबै कुरा सिकायो कोरोना माईले आज उ नै भएको छ गुरू चाईने सुर्ता फिक्री नगर विद्यार्थी जस्तो मादल बज्छ उस्तै नाँचौला उस्तै पढ़ौला । माक्स,सेनिटाईजर साफ सफाई घरको खाना आमालाई बुझ्ने परिवार सुस्वास्थ्य राख्ने हो समय भेट भए गरौला चर्चा- परिचर्चा गुरू दिवसमा छ तिम्रो सम्झना।

शिक्षण पेशाको अनुभव

छोरोले मलाई शिक्षक दिवसको शुभकामना भनि एउटा भिडियो साझा गरे। मैलेलुसलाई धन्यबाद दिनको सट्टा त्यहाँ दुई कुरो मन परेर भने मैले, त्यो के भने सरकारी स्कूलका शिक्षक शिक्षिकाले राम्रो पढ़ाउदैनन, कम तनखा पाउछन, निजी स्कूलका विद्यार्थीहरूले राम्रो शिक्षा पाउछन  । यो सरकारी तथ्याङ्कले बताउछ भन्ने उसको तर्क थियो भने मैले भने सरकारी स्कूलका गुरू गुरूमाले राम्रो पढ़ाउदैन भन्नु चाहि भूल हो भन्ने कुरो राखें। उसले भन्यो तपाई सेन्टिमेन्टल हुनुहुदैछ। तपाईले राम्रो पढ़ाउनु हुन्छ होला तर सबैले पढ़ाउदैनन। यस्तै तर्क हुदा हुदै उ उठेर गयो, आमा शुभरात्री भनी। कारण उसले देशको तथ्याकंको हिसिबले बोल्दै थियो म मेरो अनुभवको हिसाबले बोल्दै थिएँ। मैले पनि शुभरात्री भनी कमरामा पसे। आज पाँच तारिक शिक्षक दिवस सबै गुरूहरूको सम्झना गरें अनि आफ्नो अनुभवलाई याद ग घड़ीले रात्रीको बाह्र देखाउदैछ। मोबाईलको एउटा एपले सुत्ने बेला भयो भन्दैछ तर म अटेरी गरी लेख्दै छु । मैले दुई तीन वर्ष निजि स्कूलमा काम गरें,दुई वर्ष केन्द्रिय विद्यालयमा काम गरें अनि अब छब्बीस वर्ष हुन लाग्यो सरकारी स्कूलमा काम गरेको भयो  षम्मान धेरै पा...

ढाका17.8.2015

Image
काठमाङौंबाट प्रायः दशजना कलाकारहरू अनि नपुर्वाञ्च नेपाल बाट दुई गना अनि भायतब्ट मेरो उपस्थिति थियो। जरा फाउण्डेस नेपाल, रूट फाउण्डेसन बाङ्गलादेश र अन्य संस्थान मिलेर तीन दिने कार्यक्रम भव्य रूपमा गरियो। सेली गुरूमा कृष्ण प्रसाई अनि कुटु यी तीन व्यक्ती तथा फाउण्डेसन मिलेर  यो कार्तक्रम सफल बनाएका थिए।

8.8.19...ईडेनबर्ग

Image
स्कटल्याण्ड मादक परदार्थको कारखानाको निम्ति विश्व प्रसिद्ध छ। यहाँको बाह्र पन्द्र वर्षसम्म तैयार पारेर बेचिने विस्की; ब्राण्डीको विषयमा सुनेको थिएँ। हिज हाम्रो यात्राको क्रममा हामीले सम्पुर्ण हेर्ने र यसबारे बुझने मौका पायौं। गाड़ी गुड़दै गयो। बाटाका दुबै किनारमा जौंको खेति गरिएको, गौ चरण, भेड़ाँ चर्दै गरेको विशाल विसाल भुमि देख्न पाईयो। त्यसै ताजा जौंलाई कटेर, तरल ईस्टको सृजना गरि, काठका बड़े बड़े घ्याम्पा र ताँबाका बड़े बड़े औजार र पाईपमा घुमाई,वैज्ञानिक ढ़गमा विस्की तैयार पारेर बाह्र वर्षसम्म राखि, यसलाई बोटलमा हालि तैयार पारिदों रैछ। घरको एक पाने दुई पाने जस्तो नभएर तब भने यो विश्व मै नाम गरेर धेर बिक्री साथै विश्व प्रसिद्ध भएको पत्तो लाउने मौका पाईयो। त्यस कारखानाका झलकहरू म यहाँ सजाई रहेछु। हुन त हाम्रो तिर पनि यस्ता रम,  बियर, विस्की, ब्राण्डीका कारखानहरू होलान तर ईडेनबर्ग घुम्ने क्रममा एउटा रोमाञ्चक स्थल यो पनि हो य घुम्न पाईयो तर देशमा भने यसरी घुमेकी छुईन, जति हामीले ईडनबर्ईको मानक र चकलेट विषय जाने मौका पायौ।। स्कटल्याण्ड मादक परदार्थको कारखानाको निम्ति विश्व प्रसिद्ध छ।...

सेक्सपियरको गाउँ

Image
good morning! सेक्सपियरसित केहि समय बिताउने मौका पाईयो वहाँ कै घरमा वहाँ कै गाँउमा ठिक समय पाँच आठ उन्नाईस कसले साथ दिए त्। अ ने सा सले। एउटा अठाह्र वर्षका बालक छब्बीस वर्षीय महिलासित विहे गरी घरजम गर्ने व्यक्ती अग्रेजी भाषाका महान लेखक जसको घर दुई तल्ले साधारण तर सरकारले त्यस ठाँउलाई फुलै फुलले सजाएका अति मनोरम दृष्य देखियो साचै नै आज पनि घर भित्र बसी रोमियो जुलियट कै मानो कल्पनामा दिन व्यतित छ केही पल म पनि फुर्न लागे उनकै आत्मा चड़ेछ क्यार सोचमा मग्न भएँ कविहरू अलि अनौठै हुन्छन क्यार आफु भन्दा धेर उमेरका या त आफु भन्दा धेरै कम उमेरका हरूसितको उनिहरूको सम्बन्ध रोमियो- जुलियट झै हुन्छ क्यार  मिठो सम्झना लिएर त्यहाँबाट विदाबारी भयौं धन्यहो लण्डनका कार्य कर्ता हामीलाई त्यहाँसम्म पुर्याए।।

स्वाभिमानको हत्या( नेपाली अनुबाद अग्रेजी कविता (कवि हुन लोकेश राज अरोड़ा)

Image
"  के हामी मात्र यस संसारमा यस्तो द्वन्द्वमा बाँच्न सक्दैनौं,  जहाँ हामी डोपामाइनको लघु खुराकको लागि हाम्रो गर्व स्ल्याश गर्दछौं।  तिमी घमण्डलाई बदसूरत भन्न सक्छौ,  म सहमत छु, तर तपाईले डोपामाइन युग्लरको माइनसकुल डोजको लागि भाँच्नु भएको मित्रता होईन।  ओह!  मलाई आश्चर्य छ कि हामी बस्ने संसार,  यति सरल अझै सम्म निराशाजनक जटिल;  त्यसपछि म बिरालातिर हेर्छु,  उनी आफ्ना पञ्जा सफा किन्छिन्  माछा को उनको दैनिक खुराक खान्छ  धेरै धेरै बाकस उनको एक मा जान्छ  तपाईलाई कुन सुस्त लाग्न सक्छ,  तर उनको लागी यो अद्भुत भन्दा कम केहि छैन।  हामी सबै पूर्वाग्रह संग बाँच्न छैन  केहि अन्तर्निहित, केहि यति धेरै छैन  पछाडि हेर्नुहोस्, यसले तपाईंलाई कसरी फाइदा पुर्‍याउँछ।  समय जहाँ तपाईं आफ्नो साथीलाई जान दिनुहोस्  एक निश्चित पूर्वाग्रह को कारणले तपाइँ लाई थियो  तपाइँ अब एकताको समान भावना को लागी लामो हुनुहुन्छ  यसले तपाइँलाई कसरी पूरा बनायो?  ओह!  म फर्केर हेर्दा अचम्म लाग्छ  कती बेवकूफ ...

Slash Our Pride....Lokesh Raj Arora

Don't we just live in such a dichotomy in this world,  Where we slash our pride for a miniature dose of dopamine.  You might say pride as ugly,  I do agree, but isn't the friendship you broke for a minuscule dose of dopamine uglier.  Oh! I wonder the world we live in,  So simple yet so frustratingly complex;  Then I glance over to the cat,  She licks her paws clean  Eats her daily dose of fish  Goes into her one of many basks  Which to you may seem sluggish,  But for her it is nothing short of marvellous.  Don't we all live with biases  Some inherent, some not so much  Look back, how does it benefit you.  The time where you let go of your friend  Because of a certain bias you had  You now long for the same feeling of togetherness  How did it make you whole?  Oh! I wonder when I look back  How stupid we might look with our biases  These un-funny rules and regulations  Beside the ...

स्टारटुर,,,,यात्रा लण्डनदेखि स्कटल्याम्ड( 6th_ 9th अमष्ट 2019

Image
स्टारटुर 6th to 9th August '19( लण्डनदेखि स्कटल्याण्डसम्मको यात्रा) स्टारटुरका कार्यकर्ताहरूले हामीलाई स्कटल्याण्ड घुमाए। यो ओल्ड लेडीले ईडनबर्क ईतिहासको धाराबाहिक सुनाए अग्रेजी भाषामा।  यो ह्यानसम कालो टाई  , सेतो कमेज , कालो प्यान्ट लगाउने लुईस हुन। तिनको घर वेल्समा छ। उनी वेल्उसका भषा नै बोल्निछन , अग्रेजी खुबे कम बोल्छन।थाहा छ स्कटल्याण्ड र लणडन दार्जिलिङ्ग र सिक्कीम जस्तो वल्लो ढाड़ा पल्लो ढाड़ा, तर अग्रेजी बोल्न उ रूचाउन्न, तर हामी भने अग्रेजी नजान्दा आफै खिन्न हुन्छौ, कस्तो अनौठो अनुभव भयो मलाई । जे होस उ त्यस  टुरका चालक थिए। उनले विशेष भारत मुलुकका पर्यटकहरूलाई घुमाउने क्रममा केही हिन्दी शब्दहरू सिकेका छन।हँसिला जोक गर्दै सबैसित मनोरञ्जन गर्दै हामीसित चार दिनको ट्रिपमा थिए। अर्की गुजराती मुलककी स्कटिस्ट एन ,आर, आई,स्रुती बसकी गाईडले हिन्दी अनि अग्रेजी भाषामा धारावाहिक जानकारी सहित  यात्रामा गाईड गरिन। हाम्रो यात्राको क्रममा दुईवटा क्रुज र एउटा सानो दार्जिलिङ्ग कै जस्तो दुई डब्बा भएको ट्र...